सिमानाको घाउ - Sajha Mobile
SAJHA MOBILE
सिमानाको घाउ
Posts 1 · Viewed 2054 · Go to Last Post
Smriti-malla
· Snapshot 0
Like · Likedby · 0
एक सुर क्षितिजमा म एक्लो हुँ की

पृष्ठभूमिबाट छाँटिएर यहाँ एकान्तमा आएछु की

भार ठुलो छ नै मेरो यहाँ देशको नक्सा जोगाउन भनी

पिर–अड्चन काखी च्यापी अडिग छु यहाँ सिमानाको घाउ बोकी

।।१।।



कहिले आत्तिन्छु–कहिले थर्किन्छु सबै हिँड्छन् मलाई टेकी

कहाँ सम्म मेरो हात फैलिन्छ थाहा छैन लडेको छु मत अचेत बनी

भन्छन् सबै कहिले बढ्छु त कहिले घट्छु के हुन्छ फेरि यहाँ भोली

मान्छेहरू तिमी सबै गर्ने म त यहाँ निराकार छु सिमानाको घाउ बोकी

।।२।।



मेरो–मेरो भन्दै कहिले माथिकोले मार्छन् मलाई घाँटी रेटी

फेरि तान्छन् ओह्रालै ओह्रालो तिमी मेरै भन्दै खुट्टा–गुडा कसी

नखोस हाम्रो भूभाग भन्दै आफ्नै त झन् उफ्रन्छन् छातीमै टेकी

थाहा छैन म कसको हुँ आधा मरो भई बाँचेको छु सिमानाको घाउ बोकी

।।३।।



अचल र अजगको ती खाम्बाहरु गाड्छन् कहिले काहीँ

कहिले खाल्डो खनी भत्काई चोट दिन्छन् बेसरी फेरी

सुख–चैन, भोक–तिर्खा, निद्रा सबै उडायो भन्छन् सिमानाको पैरेदारी

परेको छैन आतङ्क रोप्नु म उदास छु यहाँ त्यसै सिमानाको घाउ बोकी

।।४।।



डराउँछु म यहाँ कतै फेरि तोप र गोला फाट्ला भनी

निदाउन सकेको छैन यहाँ बुट पड्काई सेना आउँला भनी

फेरि आत्तिन्छु कतै भोली मान्छेको धावा खस्छ की मै माथि

आफ्नो–पर्याय उतै राख म मरी सकेको छु यहाँ त्यसै सिमानाको घाउ बोकी


Adriano Dinu Thapa


Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 87
· Posts 1 · Viewed 129
· Posts 1 · Viewed 141
· Posts 1 · Viewed 370
· Posts 1 · Viewed 334
· Posts 1 · Viewed 250
· Posts 1 · Viewed 292
· Posts 1 · Viewed 336
· Posts 2 · Viewed 773
· Posts 1 · Viewed 338



Travel Partners
Travel House Nepal