63rd BIRTHDAY CELEBRATION OF ARJU RANA DEUBA CELEBRATED - Sajha Mobile
SAJHA MOBILE
63rd BIRTHDAY CELEBRATION OF ARJU RANA DEUBA CELEBRATED
Posts 1 · Viewed 2436 · Go to Last Post
ojhasamajdhangadhi
· Snapshot 0
Like · Likedby · 0
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा ले पार्टी केही सीमित व्यक्तिहरूको कब्जामा परेको टिप्पणी गर्दै यस्तो अवस्था सधैं नहुने बताएका छन्। पत्नी डा. आरजु देउवा राणाको ६३औँ जन्मदिनका अवसरमा महाराजगञ्जस्थित निवासमा पुगेका कांग्रेस नेताहरूसँग अनौपचारिक छलफल गर्दै देउवाले पार्टीभित्र देखिएको वर्तमान अवस्था अस्थायी भएको र समयक्रममा परिवर्तन आउने बताएका हुन्।
उक्त भेटघाटमा देउवाले पार्टी अहिले कठिन चरणमा रहेको उल्लेख गर्दै नेताहरूलाई धैर्य गर्न आग्रह गरेका थिए। उनले अहिलेको परिस्थिति चुनावी चटारो र आन्तरिक व्यवस्थापनका कारण सिर्जना भएको भन्दै यो समय बितेर जाने विश्वास व्यक्त गरेका थिए। महाराजगञ्ज पुगेका एक नेताका अनुसार देउवाले पार्टी एकढिक्का राख्न चाहँदा–चाहँदै पनि तत्काल थप निर्णय लिन नसकेको स्वीकार गरेका थिए।
देउवाले वर्तमान सभापति गगन थापा प्रति असन्तुष्टि जनाउँदै ‘यसरी सबै सेटिङ मिलाएर भित्रभित्रै पार्टी कब्जा गर्लान् भन्ने सोच्दै नसोचेको’ बताएका थिए। विशेष महाधिवेशनको प्रक्रियाबाट पार्टी गगन थापाको प्रभावमा गएको भए पनि नियमित महाधिवेशनमार्फत नेतृत्व पुनः आफूहरूको पक्षमा फर्किने विश्वास देउवाले नेताहरूलाई दिलाएका थिए।
उनले पार्टीभित्र देखिएको असन्तुलन स्थायी नभएको र संगठनात्मक शक्ति अझै आफूहरूकै पक्षमा रहेको दाबी गर्दै आगामी नियमित महाधिवेशन निर्णायक हुने संकेत गरेका थिए। देउवाको भनाइअनुसार हाल देखिएको नेतृत्व संरचना र शक्ति सन्तुलन परिवर्तनशील छ र कांग्रेसभित्रको राजनीति अन्तिम निष्कर्षमा पुगिसकेको छैन।
देउवाको यो अभिव्यक्तिले नेपाली कांग्रेसभित्र जारी आन्तरिक सत्ता संघर्ष र नेतृत्वको द्वन्द्वलाई थप सतहमा ल्याएको छ। विशेष महाधिवेशनपछि उत्पन्न नयाँ राजनीतिक समीकरणप्रति असन्तुष्टि जनाउँदै आएका देउवाको पछिल्लो भनाइले आगामी दिनमा कांग्रेसको आन्तरिक राजनीतिमा थप तरंग ल्याउने संकेत देखिएको छ।
https://youtu.be/cy-f8EuZFU4
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 5 · Viewed 1565 · Likes 1
· Posts 1 · Viewed 182
· Posts 1 · Viewed 198
· Posts 3 · Viewed 2153
· Posts 1 · Viewed 252
· Posts 1 · Viewed 268
· Posts 1 · Viewed 472
· Posts 10 · Viewed 5011
· Posts 3 · Viewed 846
· Posts 1 · Viewed 323



Travel Partners
Travel House Nepal