[Show all top banners]

juction4love
Replies to this thread:

More by juction4love
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 नेपाली पण्डीतका बीहेका कुरा
Keywords associated with this thread

marraGE america nepal
[VIEWED 9884 TIMES]
SAVE! for ease of future access.
Posted on 11-21-12 8:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 धर्मशास्त्रका विद्वानहरुका अनुसार गाउँठाउँमा न्यायाधीशको रुपमा काम गर्ने पण्डित, पुरोहितहरुले विवाहको लगन र समयलाई लत्याउन थालेका छन् । ‘हामीले ग्रह, नक्षत्र र शास्त्रका धेरै कुराहरुको हिसाब गरेर विवाहको लगन निकालेका हुन्छौं’ नेपाल पञ्चांग निणर्ायक समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले अनलाइनखबरसित भन्नुभयो-’तर कसैको आग्रहमा पुरोहितहरुले मनलाग्दी रुपमा जथाभावी लगन निकालेर विवाह गर्ने प्रवृत्ति बढेको छ ।’ उहाँका अनुसार यस्ता पुरोहित, पण्डितहरुले धर्मशास्त्र र विधान विपरीत काम गरेका छन् । ‘शास्त्र र विधानले हुँदैन भनेको कुरालाई त मान्नुपर्यो नि’ ढुंगेलले भन्नुभयो-’पण्डितहरुकै कारण विवाहको संस्कार, परम्परा र मान्यता खलबलिन पुगेको छ ।’

हतारमा विवाह गर्नुपर्यो पुरोहितसँग सल्लाह गरेर लगन नभएको बेलामा पनि साइत जुराउने चलन हिजोआज हृवात्तै बढेको छ । विवाहको लागि निशेध गरिएको कात्तिक र चैतमा समेत हिजोआज विवाह हुन्छ । मायाप्रेम, विदेश जाने हतारो या अरु कुनै कारणले केटाकेटी तथा अभिभावकले गाउँठाउँका पण्डितसँग विवाहको बारेमा सल्लाह गर्छन् । लौ लगन भन्दा पहिल्यै या त्यो भन्दा पछि गर्नुपर्यो भनेर दबाब दिन्छन् । पुरोहितहरुले पनि यसो पात्रो पल्टाएजसो गर्छन् । लौ न त यो दिन मिल्ने रहेछ भनेर तर्क गर्छन् । अनि लगन नभएको दिन पनि विवाह हुन्छ । यो परिपाटी विस्तारै बढ्दै जाँदा हिजोआज विवाहको लागि लगन पर्खनेहरुको संख्या घट्दै गएको छ ।

यसरी निकालिन्छ लगन

धर्म गुरुहरुका अनुसार मंसिर, माघ, फागुन, बैशाख, जेठ र असार मात्र विवाहको लागि उचित महिना हो । यी महिनामा पनि सबै दिन विवाह गर्न सकिन्न । ग्रह, नक्षत्र र धर्मशास्त्रका अरु धेरै हिसाब गर्नुपर्छ । ‘२७ वटा नक्षत्र मध्ये ११ वटामा मात्र विवाह गर्न हुन्छ’ ढुंगेलले भन्नुभयो-’यस्ता धेरै हिसाब गरेर लगन निकाल्न हामीहरुलाई झण्डै १५ दिन मेहनत गर्नुपर्छ ।’

उहाँका अनुसार पात्रो निकाल्ने बेला नेपाल पञ्चांग निणर्यक समितिका सदस्य र पात्रो तयार पार्ने अरु पण्डितहरुले छुट्टाछुट्टै बसेर आआफ्नो ढंगले लगन हिसाब गर्छन् । यसरी हिसाब गरेर लगन निकाल्न एकजनालाई झण्डै दुई दिन लाग्छ । १० जनाले छुट्टाछुट्टै बसेर तयार पारेको लगनलाई एक ठाउँमा राखेर हेरिन्छ । सबैकोमा सबै लगन मिलेको छ भने उतिखेरै पारित हुन्छ । तर छुट्टाछुट्टै भयो भने फेरि सामुहिक बसेर साझा दिनको टुंगो लगाइन्छ । यसरी छुट्टाछुट्टै र सामुहिक रुपमा बसेर तयार भएको लगन पारित गरेर पात्रोमा लेख्ने काम हुन्छ ।

‘यसरी हामीले धेरै मेहनत र आपसी छलफल गरेर लगन निकालेका हुन्छौं, तर यसको उल्लंघन गर्ने काम भैरहेको छ’ ढुंगेलले भन्नुभयो । शास्त्रले दिउँसो १२ बजेदेखि साँझसम्म विवाह गर्न हुँदैन भनेको छ । तर हिजोआज यही समयमा बढी विवाह हुन्छ । ‘जन्ती ढिलो पुगेको, नभ्याएको भनेर लगनको दिन पनि समयको ख्याल गरिएको हुँदैन’ ढुंगेलले भन्नुभयो-’लगनमा, त्यो पनि समयमै विवाह गर्नेहरु निकै नगण्य मात्रै छन् ।’

जथाभावी गर्दाको असर

धर्मगुरुहरुका अनुसार लगन र समयको ख्याल नगरी विवाह गर्दा दम्पत्ती, घरपरिवार र समाजमा नकारात्मक असर परिरहेको छ । तर यसमा कसैले ख्याल गरेको हुँदैन । ‘विवाह हुने बित्तिकै कसैको मृत्यु भयो या छिटै सम्बन्ध विच्छेद भयो भने मात्र मान्छे झल्याँस्स हुन्छन्, तर कालान्तरमा हुने असरको चाहिँ ख्याल गर्दैनन्’ पञ्चांग निणर्ायक समितिका सदस्य सचिव ढुंगेलले भन्नुभयो । उहाँका अनुसार दम्पत्तीबीच मनमुटाब, पारिवारिक कलह, सन्तान प्राप्तीमा दोष, स्वास्थ्यमा समस्या लगायतका असरहरु बढ्दै गएका छन् । ‘विवाह जस्तो महत्वपूर्ण कुरामा अरु विषयजस्तै लगन र समयको महत्व निकै छ भन्ने कुरा बुझ्न जरुरी छ’ ढुंगेलले भन्नुभयो ।


 
Posted on 11-21-12 10:24 AM     [Snapshot: 112]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिथि मात्रै हैन चिना देखि आदि इत्यादि मिलाएको मंगले दाइको बिहे भएको २ महिनामा मोटर साइकल दुर्घटना परि मर्यो - खै त राम्रो असर ?

मानिसको चरित्र अनि दम्पति बिचको समझदारी सुखद दाम्पत्य जिबनको कडी हो ?

मिया बीबी राजि तो क्या करे काजि !!!!!!!!!!

Last edited: 21-Nov-12 12:10 PM

 
Posted on 11-21-12 11:58 AM     [Snapshot: 204]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

मंग्सीर  लाग्यो साझा मा
केटी खोज्न थाल्यो साझा मा
साईत पण्डित पाल्नु भयो साझा मा
Marriage certificate खोज्न थाल्यो  साझा मा
Last edited: 21-Nov-12 12:00 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters