[Show all top banners]

Kiddo
Replies to this thread:

More by Kiddo
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 SAJHA Geeti Katha
[VIEWED 17777 TIMES]
SAVE! for ease of future access.
Posted on 04-01-13 3:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

रेडियो साझामा यहाँ हरुलाई स्वागत छ| आजको गीति कथा सुन्न यहाँ हरु रेडियो नजिक आउनु भएकोमा धेरै धन्यबाद||

आजको गीति कथाको शिर्षक:

मिलन-बिछोड 

 
यो साझा गीति कथा हो| यहाँ हरुजस्तै पाठकले कथालाई बढाउदै लैजाने छन्, मिल्दो video clip जोडेर:

 
Posted on 04-01-13 3:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-01-13 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 


१४ दिन भो|
भित्ताको calendar पनि फेर्या छैन, समय नगएको जस्तो लागोस भनेर होला शायद.

उनको फोटो हरु केलौदै बस्दैछु, अतितक सम्झना केलौदै बस्दै छु.
के भो? किन भो? सोच्न मन छैन, एति थाहा छ, उनि अब यहाँ छैनन्, रहन्नन्. केवल उनको याद छ, उनको फर्किने आश छ.


 

 
Posted on 04-01-13 3:29 PM     [Snapshot: 38]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

खै के कमी थियो मेरो मायामा कुन्नी ? उनी हठात् मलाई छोडेर गइन, जान्छु भनेर एक वचन पनि नबोली । तर अझै पनि मलाई उनले छोडेर गएको कुरा विश्वाश गर्न मन नै छैन । कहिले सोच्छु यो सब केवल सपना हो, मात्र सपना, उनी यतै कतै छिन्, मेरो नजिकै छिन्, कतै लुकिरहेकी छिन्, अनि मलाई जिस्काइरहेकी छिन् । तर एकै छिनमा झसँग हुन्छु, उनी नहुँदाको एउटा नमिठो अनुभुती मनमा खेल्छ र सहन नसकेर आँसु झरिदिन्छ ।  



 
Posted on 04-01-13 3:37 PM     [Snapshot: 54]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-01-13 3:40 PM     [Snapshot: 38]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यही  आशमा  म अजै  पनि  तिम्रो  बाटो  हेर्दैछु  .. तिमि  आउने  आश  अजै  पनि   मेरो  मनमा छ | तर  किन  हो  कुन्नि  फेरि  यो  मन  यसै  डराउछ , कतै  तिमि  नआउने पो  हो  कि , कतै  म सधै  येसरी  नै  तिमीलाई कुरेर  जिन्दगी  बिताउन  पर्ने  हो  कि  !!! तिमीले दिएर गएका घाउहरु अजै पनि बाँकि नै छन्, कति दुखछन् कति यसै नै बिलाउछन् ........


 
Posted on 04-01-13 3:58 PM     [Snapshot: 76]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनायास...समय बित्दै छ, घडीले ढांटे पनि. रेडियोको पनि battery सकेर होला रुघा लाग्या जस्तो अवाज आउछ, प्रवीणदाइ को.

के भयो? कसरि भयो? के सोचौ अब. कसरि ती राम्रा दिन हरुमा ढुसी लागे? कसरि त्यो पलाएको तुशामा तुशारोपात भयो? 

हिजै त हैन? मैले तिम्लाई बागबजारमा बस बाट ओर्लिदा देखेको? तिम्ले त ध्यानै गरिनौ तेतिबेला, तर मैले त त्यो दिन नै तिम्रो आँखामा होश गुमाएको थिए| खसी बजार नजिकको पान पसलको रेडियो मा बजेको गीत अहिलेनी याद छ, तिम्रै आँखा हेर्दै देखेको दिनको सपना, अझै नि याद छ:


Last edited: 01-Apr-13 03:59 PM

 
Posted on 04-01-13 4:59 PM     [Snapshot: 125]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमी त्यो खसी बजार नजिकै चार्टर एकाउन्टेन पढ्नको लागि तयारी कक्षा पढ्दै थियौ । म भने तिम्रो आँखाहरुमा डुबिसकेको थिए, तिम्रो प्रेममा पागल भइसकेको थिए । हरेक दिन तिम्रो त्यो इन्स्टिट्युट तलकोको पान पसल अगाडि अभिएर तिमी आएको र गएको हेर्नु त मेरो दैनिकी नै भइसकेको थियो ।

तिमीलाई के थाहा र पहिलोपटक तिमीलाई दसैंको ग्रिटिङ कार्ड दिदा मेरो मन कति अत्तिएको थिए । मेरो मुटु फुत्त निस्केला झै भएको थियो, सास रोकिए झै भएको थियौ तर तिमीबाट पनि जवाफ स्वरुप ग्रिटिङ कार्ड पाउदा मेरो खुशीको सिमाना थिएन ।

तिमीलाई याद छ त्यो दिन जब मेरो अनुरोध स्विकार गरेर हामी दुवै कपन गुम्बा घुम्न गएका थियौ । तिमी लजाएकी थियौ, म धकाएको थिए । तर तिम्रो हेराइमा, तिम्रो बोलाइमा, तिम्रो हरेक चालमा म लठ्ठ भएको थियो । मनभित्र एउटा हुरी चलिरहेको थियो । म तिमीलाई आफ्नो भन्न्न चाहन्थे । अगाँलोमा बाँधेर यो पापी संसारलाई भुल्न चाहन्थे । एउटा मिठो भूल गर्न चाहन्थे, एउटा सुन्दर फूललाई माया गर्ने भूल ...

 
 
Posted on 04-01-13 7:23 PM     [Snapshot: 159]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्रो पत्र ढिलो गरि आयो ।  साहुसंग एक महिने छुट्टी मिलाएर घर फर्किए ।  आँखामा सपना खेल्दै थिए , मनमा त्रास रंकिदै थियो , प्रतेक पाइलामा उद्बेग बढ्दै थिए  ।  आफ्नो घर छिर्नु अघि तिम्रो घर अड्किए - जे भय थियो, त्येही मुर्त रुपमा आँखा अगाडी तेर्सिए । रातो सारीमा तिमीलाई अन्माउदै रहेछन ।  म स्तभ्ध भए । आवाज रोकियो । सास मन्द गतिले चल्न थाल्यो ।  अनि अवाक  भएर आँखाका आँशु सम्हाल्दै तिमीलाई टोलाईरहे । सायद धरातलमा विलिन भएर अस्तित्व गुमे हुन्थ्यो  भन्ने भान भयो तर पन्चे बाजाले गिज्याउदै मलाई पल पल झकझाकायो । 



 
Posted on 04-01-13 7:41 PM     [Snapshot: 179]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-01-13 7:51 PM     [Snapshot: 190]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तर मलाई थाहा थियो ... तिम्रो बाबुआमाले जबर्दस्ती तिम्रो बिहे तय गरिदिएका थिए ... जुन दिन बिन्ध्यबासिनी मन्दिरमा हामीले अब आइन्दा यो दुनियाँमा एक अर्काको लागि मात्र बाँच्ने निधो गरेका थियौ, त्यही दिन देखि तिमी सम्पूर्ण रुपमा मेरी र म तिम्रो भइसकेका थियौ ... मलाई थाहा थियो तिम्रो मनमा म बाहेक अरु कोही बस्न सक्दैन भन्ने कुरा ... त्यसैले मैले त्यस्तो कठोर परिस्थितिमा पनि सम्हाली राखे ... आपतको बेलाको साथी सच्चा साथी भने झै त्यो बिकास मालाकार पनि मैले बोलाउने बित्तिकै तुरुन्त आफ्नो गाडी लिएर तिम्रो घर अगाडि आपुग्यो । तिनै मेरो दुई चार जना साथीको आड भरोसाले गर्दा नै त मैले तिमीलाई भगाएर धुलिखेल लैजान सके । मेरा ती साथीहरुले पछी खानु गाली खाएछन्


Last edited: 01-Apr-13 07:52 PM

 
Posted on 04-01-13 9:25 PM     [Snapshot: 199]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

आमा,
छोरा भासियो नभन
सम्बन्ध नासियो नभन
तिम्रो छोरा जिउदै छ
देश, गाउँ र परिवारको स्मृति अझै बुन्दै छ

सपना किन्ने होडमा
अनगिन्ति मोडमा
जीवन लक्ष्य खोज्दै छ
किन हो अझै  नि देश छोडी पराया ठाउँ रोज्दै छ

साथीभाइ धन पठाउदा हुन्
मेलमिलापमा रमौदा हुन्
खबर बेखबर दिंदा हुन्
अनि गाउँलेहरु सोद्धा हुन् - छोरा यो दशैं  त आउछकि  भनि ?

हेर आमा,
तिम्रो छोरा अकिन्चित छ
तैपनि नङ् खोस्रीदै जीवन भुमरीमा तौरीदैछ
आकृतिका छायामा
पाखा-पँधेरोका  मायामा
अन्तिम जीवन दर्शन कोर्दैछ




 
Posted on 04-02-13 12:03 AM     [Snapshot: 269]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तर सोचे जस्तो हुदो रहेनछ | बास्तबिकता र भनाइमा धेरै फरक हुदो रहेछ | हामीले त्यो बिन्दबासीमा खाएको कसमहरु कता गए कुन्नि | मैले प्रयास गरेको नै थिए आफ्नो तर्फ़बाट तिमीलाई खुसी राख्न | गरिब परिवार बाट आएको मान्छे मा थाह नै थियो तिमीलाई, मैले मेरो बाबु आमालाई पनि त हेर्न पर्थियो नि | तर तिमीले बुजेनौ, तिमीलाई सुख सयल चाहिएको थियो जुन मैले दिने प्रयास गरेकै थिए | तिमीले मलाई बुझेको छौ जस्तो लाग्थ्यो मलाई तर आज खै के  भयो .......


Last edited: 02-Apr-13 12:05 AM

 
Posted on 04-02-13 12:34 AM     [Snapshot: 278]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

https://youtu.be/hW8J4fWCeaY 
Last edited: 02-Apr-13 12:36 AM

 
Posted on 06-12-14 7:55 AM     [Snapshot: 623]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-12-14 8:01 AM     [Snapshot: 628]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सरलीकरण गरिदिनु हुन्छ कि ? अकिन्चित ==
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
TPS to F1 Status.
NRN card pros and cons?
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters