[Show all top banners]

Bishnu Gautam

More by Bishnu Gautam
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 सडक दुर्घटनाः जोखिम तथा न्यूनीकरणमा सर्वसाधारणको भूमिका
[VIEWED 6735 TIMES]
SAVE! for ease of future access.
Posted on 05-10-13 3:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 विष्णु गौतम

 

        सन् २००८ डिसेम्बर २७ साझ ९ बजे जिन्दगीको अन्तिम फोन भएछ मेरो र छोरो कुमारको बीचमा । शुवाङ् छि टुर्समार्फर्त् २००८ मा अत्याधिक चिनिया पर्यटक भित्राउन सफल भई पर्यटन व्यवसाय र समाजसेवामा राम्रो प्रभाव जमाउादै गरेको जेठो छोरा कुमारले अचानक २८ वर्षको कलिलो उमेरमा तिलगंगा सञ्चारग्राम अगाडि भएको मोटरसाईकल  दुर्घटनामा परी ज्यान गुमाउन पुग्यो । त्यसको नौ महिना पछि अमेरिकामा त्यहाको युनिभर्सिटि टप गरेर विभिन्न अवार्डसहित देशकै नाम उच्च गराउन सफल माईलो छोरो बलराम समेतले सन् २००९ अक्टुवर ३ का दिन २६ बर्षको कलकलाउादो उमेरमा कार दुर्घटनामा ज्यान गुमाउन पुग्यो । यसरी एकपछि अर्को गर्दै हामीमाथि बज्रपात परिरहृयो । नियतिका अगाडि हामी निमुखा थियौ, त्यो अकाल मृत्युलाई हामीले रोक्न सकेनौा । छोराहरूको सफलतामा ढक्क फुलेको छाती चोटैचोट खाएर छियाछिया भयो, एउटा हाासीखुशी परिवार वेदनाको भेलमा बग्यो । चरम दुःखको त्यो क्षणमा हामीले हिम्मतले काम लियौा, शोकलाई शक्तिमा बदल्न हामीले छोराहरूको सपनालाई काध चढायौ । दुई सन्तानको वियोगमा हामीले अरु हजारौा सन्तानका लागि काम गर्ने संकल्पका साथ लक्ष्मी प्रतिष्ठानको स्थापना गर्‍यौा । पवित्र उद्देश्यमा साथ दिने निःस्वार्थ हातहरू, हार्दिक मनहरू पायौ र त दुई वर्षको छोटो अवधिमा नै हामीले ग्रामीणस्तरमा उल्लेख्य परिणाम हासिल गर्न सकेका छौ ।

प्रतिष्ठान अघि बढेकोमा हामी खुशी छौा तर छोराहरूको वियोगको पीडा अहिले पनि ताजा नै छ । मेरी पत्नी लक्ष्मीका आाखा सन्तानको सम्झनामा भिजिरहेकै छन्, बुबाआमाको अनुहारको उदासी स्पष्टै देखिन्छ । छोरी र कान्छो छोराको मुहारमा दाइहरू गुमाउनुको पीडा बारम्बार झल्कन्छ । जबजब म कुमार र बलरामका बारेमा सोच्दछु, मन अमिलो भएर आउाछ । कति रङ्गनि सपनाहरू थिए उनीहरूसाग जोडिएका, कति सुन्दर योजनाहरू थिए हामी मिलेर बनाएका  तर सबै भताभुङ्ग भए जसरी भत्कन्छन्् तासका घरहरू । आज म सोच्छु- सडकमा हुने प्रत्येक दिनका ती अनगिन्ती दुर्घटनाहरूमा यसरी नै कति घरसंसार भताभुङ्ग भएका होलान् ? कति सपनाहरू चकनाचुर भए होलान् ?

अब बितेको एक महिनाकै कुरा गरौ । असार १ गते सिमराबाट हेटौंडातिर आउादा मेरो नजिकको नाता पर्ने राम चौलागाईंको दुर्घटनामा मृत्यु भयो । उनी आफैा ट्रक व्यवसायी संघको कार्यसमिति पदाधिकारी थिए तर उनलाई आˆनै समितिको ट्रकले किचेर ज्यान लियो । भनिन्छ- मोटरसाइकललाई ट्रकले ठक्कर दिएर भुइामा लडेपछि उनले हात उठाएर आफुलाई चिनाउन खोजेका थिए रे, तर ट्रक ड्राईभरले नदेखे र नसुनेझैा क्रुरतापूर्वक ट्रक व्याक गरेर उनलाई मारिदियो । उनको घटनास्थलमा नै निधन भयो । उनको निधनले फेरि उही अनुत्तरित प्रश्न उब्जाएर गयो- नहुनुपर्ने दुर्घटना भइसकेपछि आफूले ठक्कर दिएका पीडितलाई उद्धार, उपचार गर्न छाडेर किन व्याक गरी गरी मारिदिन्छन्् चालकहरू ?

यस विषयमा सवारी चालक तथा व्यवसायी संघहरू त इन्कारमै टाउको हल्लाउाछन्् । मुख खोलिहालेमा प्रतिप्रश्न गर्छन् – “सडकमा एउटा कुखुरा त बचाउन खोज्ने चालकले कहाा मार्छ जानीजानी मान्छे ?” तर दिनदिनै मान्छे मारिएकै छन्् । मेरै घरमा कुनै समय कोठा लिएर बस्ने कृष्ण महर्जनको झण्डै डेढ महिना अगाडि गौरिघाटमा भएको दुर्घटनामा परेर निधन भयो । यता बाटोमा हिाडिरहेका मेरा मित्र डेकराज भट्टराईलाई असार ३० गते बनेपाको बुडोलमा गाडीले ठक्कर दिादा उनको घटनास्थलमा नै ज्यान गयो । गम्भीर घाईते अर्का एकजनाको न्यूरो अस्पतालको अति सघन कक्षमा उपचार भइरहेको छ । त्यसको भोलिपल्टै नवलपरासीमा एउटा बस नहरमा खस्न पुग्दा ४२ जनाको ज्यान गयो, १६ जना घाइते भए । साउनको पहिलो दिन नै कृष्णभिरबाट रात्री बस त्रिशुली नदीमा खस्दा १६ जनाको मृत्यु भयो । सोही दिन नवलपरासीको सुनवलमा यात्रु बसमा टि्रपर ठोक्किादा तीनजनाको ज्यान गयो र ४० जना घाइते भए भने कपिलवस्तुको चैनपुरमा जिप पल्टादा जिप चालकको मृत्यु भयो ।

यसरी हेर्दा सडक दुर्घटनामा ज्यान गुमाउनेहरूको संख्या द्वन्द्वकालमा युद्धका कारण ज्यान गुमाउनेहरूको भन्दा पनि धेरै देखिन्छ । १० वर्षको अवधिमा द्वन्द्वमा करिब १४ हजार जनाले ज्यान गुमाए । त्यसलाई वर्षले भाग लगाउादा १४ सय हुन आउाछ । तर, तथ्यांकहरूले देखाए अनुसार नेपालमा देशैभरि सडक दुर्घटनामा ज्यान गुमाउनेहरूको संख्या बाषिर्क सरदर २००० हुन आउाछ । घाईते र अंगभंग हुनेहरूको संख्या त्योभन्दा कयौा गुणा बढी हुन सक्छ । हुन त यो विश्वव्यापी समस्या हो । सन् २००९ मा विश्व स्वास्थ्य संगठनले निकालेको प्रतिवेदन अनुसार विश्वभरिमा प्रतिवर्ष १२ लाखभन्दा बढीले सडक दुर्घटनामा ज्यान गुमाउाछन्। त्यसमध्येको ९० प्रतिशत दुर्घटना नेपाल जस्तो अल्पविकसित र कम आय भएको मुलुकहरूमा नै हुने गर्छ ।

दुर्घटनाका पछाडि विविध कारण छन्् तर जुनसुकै कारणले भएको भए पनि दुर्घटनाबाट हुने हानी नोक्सानीचाहिा समान किसिमको हुन्छ । व्यक्तिगत स्वास्थ्यमा मात्र होइन, पीडितको परिवार र पूरै समुदायमा त्यसको आर्थिक एवं सामाजिक असर पर्न सक्छ । दुर्घटनामा अंगभंग वा घाइते हुादा कति व्यक्तिलाई जिन्दगीभरि औषधोपचारको आवश्यकता पर्न सक्छ । उमेर बढ्दै जाादा अपाङ्गता र बुढ्यौली दुबैको असरका कारण जिन्दगी अझ कठिन हुन सक्छ । यता आम्दानीचाहिा बढ्नुको सट्टा उल्टो घट्न सक्छ । अर्कातर्फ घरको कमाउने सदस्यले ज्यान गुमाएमा परिवारमा चरम आर्थिक संकट आउन सक्छ, अभिभावकत्व गुम्न सक्छ र कति केटाकेटीको पढाई छुट्न सक्छ । यसो तथ्यांक हेर्ने हो भने सडक दुर्घटनामा ज्यान गुमाउनेहरू प्रायः १६ देखि ४० वर्षभित्रका हुन्छन्् जुन कि एकदम सुन्दर र उत्पादक उमेर पनि हो । यसरी हेर्दा सडक दुर्घटनाको क्षति अकल्पनीय छ ।

यत्ति संगिन विषयमाथि सर्वसाधारण तथा सरकार र यसका सरोकारवाला निकायहरू मौन छन्् । दुर्घटना न्यूनीकरण गरी सडक सुरक्षा बढाउने कुरामा कसैले चासो दिएको छैन । सााघुरा सडक र सडक घुम्तीहरू, चालक र पदयात्रीको लापरबाही, तीव्र गति, मादक पदार्थ सेवन, गलत साइडबाट हुने ओभरटेकिङ्ग, क्षमताभन्दा बढी भार, कच्चा चालकहरूबाट सवारी चलाइनु, मेकानिकल समस्या आदि दुर्घटना गराउने प्रमुख कारण हुन् । त्यसैले सुरक्षित बानीव्यहोरा, सुरक्षित र दुरुस्त सवारी साधनहरू, तथा सुरक्षित सडकहरूको व्यवस्थापन गरी सडक यात्रालाई सुरक्षित बनाउनु जरुरि छ । सबैभन्दा ठूलो कुरा त आचरणगत सुधार नै हो र सडक व्यवहारमा सुधार आएमा धेरै समस्याहरू आफसेआफ हटेर जान्छन्् ।

लक्ष्मी प्रतिष्ठानले आˆनो स्थापनाको दुई बर्षमा सडक दुर्घटना न्युनीकरणका लागि सडकका डिभाइडरहरू रिपेन्ट गर्ने तथा तिनमा राति चम्कने खालका स्टिकर लगाउने कार्य गर्दै आएको छ । तर, वास्तवमा त्यो मात्र समस्याको समाधान होइन रहेछ । पेन्ट गरिएका डिभाइडरहरू केही समयमा नै कालो हुन्छन्, टासिएका स्टिकर उप्काएर सडक बालबालिकाहरू डेन्डराईट सुाघ्छन् । यसबाट हामीले के बुझ्यौ भने दीर्घकालिन समाधानका लागि ट्राफिक सिस्टममा नै सुधार ल्याउनु जरुरी छ जसका लागि चालकहरू सबैभन्दा बढी जिम्मेवार हुन्छन् । चालकले ट्राफिक नियमको पालना गरी दक्षतापूर्वक सवारी चलाउने हो भने ९० प्रतिशत दुर्घटना कम हुन्छ ।

सिट बेल्ट, मादक पदार्थ सेवन चेक जस्ता अभियान बेलाबेलामा सञ्चालित भए तापनि सडक सुरक्षा बढाउनका लागि सरकारी तवरबाट ठोस पहल हुन सकेको छैन । दुर्घटना घटाउने खालको दहि्रलो कानुनी आधार पनि छैन । घाइतेलाई आजीवन उपचार तर मृत्यु भएमा काजक्रिया खर्च मात्र दिादा हुने भएकाले बााच्ने सम्भावना भएकालाई समेत व्याक गरेर मार्ने प्रबृत्ति बढेको छ । त्यसैले भएका कानुनमा सुधार हुनु र नयाा कानुन बन्नु निकै जरुरी छ । सााघुरा बाटाहरू चौडा पार्नु र वैकल्पिक बाटाहरूको निर्माण गर्नु पनि उत्तिकै जरुरी छ । जनताको जिउधनको सुरक्षा र सुरक्षित आवागमनको  सुनिश्चितता गर्नु सरकारको दायित्व हो । यसका साथै सडक सुरक्षा बढाउने कुरामा सर्वसाधारणको भूमिका समेत उत्तिकै महत्वपूर्ण हुन्छ । आज अर्काको देखेर नचेत्ने हो भने भोलि नियतिको त्यो बज्रप्रहार आफैामाथि पनि पर्न सक्छ । यसर्थ सबैजनाले आ-आˆनो ठाउाबाट सडक सुरक्षाका लागि योगदान दिनुपर्छ, ट्राफिक नियम र सडक अनुशासनको पालना गर्नुपर्छ । दक्ष, कुशल र इमान्दार चालकहरू सडकमा भएको विकृतिलाई न्यून गर्ने सबैभन्दा उपयुक्त माध्यम हुन् । यस अर्थमा अब लामो समयको ड्राइभिङ्ग तालिम प्याकेजमा दिई, सवारी साधनको सामान्य मेकानिकल समस्या सुल्झाउन सक्ने र ट्राफिक नियमको पूर्ण जानकारी भएका दक्ष चालकहरू ठूलो संख्यामा उत्पादन गरी सडकमा ओराल्नुपर्ने देखिन्छ ।


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters