[Show all top banners]

craze
Replies to this thread:

More by craze
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Marich Man ko Betha
[VIEWED 8052 TIMES]
SAVE! for ease of future access.
Posted on 07-18-13 8:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

के बिराए, र बेखर्ची बने मरिचमान?

  • 130
     
     
    29
     
     
    0
     
     
    159
     
  • GET NEWS ALERTS

पूर्वप्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठलाई उनका विरोधी पनि ‘राष्ट्रवादी’ मान्छन् । उनलाई भ्रष्टाचारको जोडदार आरोप पनि लागेको छैन । २०४३ जेठदेखि सुरु भएको उनको ४६ महिने कार्यकाल मुलुकको शासन-प्रशासनको दृष्टिले कालरात्रि पनि हैन।

पञ्चायतविरुद्ध जनआन्दोलन हुँदा प्रधानमन्त्री रहेकैले श्रेष्ठलाई राज्यले ‘खलनायक’को व्यवहार गर्दै आएको छ।

क्यान्सरले थलिएर उपचार गराउन दिल्ली पुगेका उनको परिवारले खर्चका लागि समेत सार्वजनिक याचना गर्नुपरेको छ । यति हुँदा पनि अरु पूर्वप्रधानमन्त्रीको जस्तै सहुलियत दिन खिलराज रेग्मी सरकार निकै उदासिन देखिएको छ । एक महिनादेखि मन्त्रिपरिषद् अध्यक्ष र मन्त्रीहरु दुविधाग्रस्त छन्।

‘मरिचमानलाई पैसा दिँदा अहिलेका गणतन्त्रवादी नेताहरुको कोर्रा खाइने त हैन’ भन्ने मनोवैज्ञानिक त्रास मन्त्रीहरुमा देखिएको छ । राजनीतिक विचारधारा फरक हुँदैमा दुःखबिमार, जन्ती, मलामीमा पनि पानी बाराबार हुँदैन भन्ने हेक्का कर्मचारी मन्त्रीहरुले पु¥याउन सकेनन्।

जागिर खाएर मन्त्रीको कुर्सीमा पुगेका अहिलेका सबैजसो मन्त्री पञ्चायतमा उपसचिव वा शाखा अधिकृत थिए । त्यतिबेला श्रेष्ठसम्म पुग्ने हैसियत यिनीहरूको थिएन होला । कुनै लाभका लागि राष्ट्रिय पञ्चायत सदस्य वा मन्त्रीको घरदैलो धाएकै व्यक्ति हुनुपर्छ अहिलेका धेरै मन्त्री । आफ्नो विगतदेखि डराएर पनि श्रेष्ठको उपचारमा सहयोग गर्‍यो भने ‘मण्डले’को बात लाग्ला भनेर तर्किएको हुनुपर्छ।

राजा वीरेन्द्र वा पञ्चायतले बिपीलाई क्यान्सरको उपचार र गिरिजाप्रसाद कोइरालाको श्रीमतीको दुर्घटनामा सहयोग गरेर राजनीतिक संस्कार देखाएको थियो । पंचायतविरोधीहरुलाई अराष्ट्रिय तत्व भनिन्थ्यो । तर जेलमा उनीहरुलाई दिने सिदा अरु अपराधी भन्दा राम्रो हुन्थ्यो । यो पनि विरोधीलाई सम्मान गर्ने संस्कारकै उदाहरण हैन र ? रेग्मी मन्त्रिपरिषद्ले यस्ता दृष्टान्तबाट पाठ सिकेको देखिएन।

पूर्वप्रधानमन्त्रीको उपचारमा केही गर्नुपर्ने हो कि ? अर्थमन्त्री शंकर कोइरालाले मन्त्रिपरिषद्मा कुरा राखेका रहेछन् । स्रोतका अनुसार अध्यक्ष मौन बसे । अरु मन्त्रीले पनि सुनेको नसुन्यै गरे ।
हिजो (बुधबार) बसेको उच्चस्तरीय राजनीतिक समितिको बैठकले मरिचमानको स्वास्थ्य उपचारमा रकम उपलब्ध गराउन सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले हिजै राति १० बजेतिर ट्विट गरे– ‘मरिचमानको उपचारमा राज्यले सहयोग गर्नु राम्रो हुन्छ । म पनि यसका लागि वर्तमान सरकारसँग आग्रह गर्दछु।’

दलहरुले मुख फोरिसकेपछि अब रेग्मी सरकारले अलमल गर्ने छैन । अब केही दिनमा सायद मन्त्रिपरिषद्ले पूर्वप्रधानमन्त्री श्रेष्ठको उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले बेहोर्ने निर्णय गर्नेछ । श्रेष्ठका छोरा अनिलले दिल्लीबाट हारगुहार गरिरहेकै छन् । उपचारमा दिनकै ५० हजार रुपैयाँ लागिरहेको उनको भनाइ छ।

२०२९ सालदेखि मन्त्री, राष्ट्रिय पञ्चायत अध्यक्ष हुँदै प्रधानमन्त्री भएका व्यक्ति साँच्चिकै गच्छे नभएकै हुन् त?

बसाइ, रहनसहन बुझ्न म श्रेष्ठको काठमाडौं धापासी हाइटस्थित निवास गएँ । बिहीबार दिउँसो १ बजे।

मूल गेटमा घन्टी बजाएँ । कोही खोल्न आएन । पञ्चायती प्रधानमन्त्रीहरु सूर्यबहादुर थापा वा लोकेन्द्रबहादुर चन्दको घरमा जस्तो सुरक्षाकर्मी पनि थिएनन् । धेरैपटक बजाउँदा पनि कोही नआएपछि गेट उघारेर भित्र पसेँ।

कम्पाउन्ड ठूलै (करिब २ रोपनी) रहेछ । तीस वर्ष पहिला सस्तो कालमा केही हजारमा किनेको भन्ने छिमेकीहरुबाट मैले पत्ता लगाइसकेको थिएँ । गेटको दाहिनेपट्टि एउटा सानो ग्यारेज रहेछ । तर मोटर देखिएन । मोटरको चिनोका रुपमा एउटा पुरानो टायर भने थियो।

१६ वर्ष पहिला म त्यहाँ पुग्दाको चार कोठे एक तले घर जस्ताको तस्तै रहेछ । खाली माथि दुई कोठा थपिएको । तर फिनिसिङ पूरा नभएको । घरको मूलढोकाको सामुन्ने आँगनमा एउटा मोटरसाइकल थियो । नत्र पूरै कम्पाउण्ड रित्तो।

मैले मूलढोकाको घन्टी बजाएँ । कोही आएन । जाली खापा मात्र लगाइएको थियो । भित्रको लिभिङ रुम छ्याङ्गै देखिन्थ्यो । एकजोर पुरानो सोफा । त्यसलाई फूलबुट्टे चाइनिज कपडाले मोरिएको रहेछ । सोफा सामुन्नेको टेबुललाई नै फन्का लगाउनेगरी चारवटा प्लास्टिकका सेता कुर्सी पनि देखियो।

फेरि लामो घन्टी बजाएँ । एउटा ठिटो आए । जाली खापाको चुकुल उघारे।

‘म पूर्वप्रधानमन्त्रीबारे बुझ्न आएको । परिवारको कोही हुनुहुन्छ,’ मैले सोधेँ।

‘आमा सुत्नुभएको छ । भाउजु बाहिर,’ उनले एकै सासमा जवाफ दिए, ‘अरु सबै जाना त बुबासँगै इन्डिया हुनुहुन्छ।’

उनी संघार भित्र र म बाहिर उभिएरै कुरा गर्न थाल्यौं।

‘नाम के हो?’

‘रेशम थापा मगर।’

‘घर कहाँ हो नि?’

‘दाङ,’ उनले भने।

‘तपाईं को नि?’

‘पत्रकार,’ मैले आफूलाई चिनाएँ।

‘कस्तो छ त बिरामीलाई?’

‘पहिलाभन्दा राम्रो छ रे । तर औषधि महँगो भयो भनेर पीर परेको छ,’ ती भाइले भने।

‘मरिचमान कुखुरा पालेर बस्छन् भन्ने सुनेको थिएँ,’ मैले मौका छोप्दै सोधेँ, ‘कुखुराको खोर कता हो, देख्दिन नी?’

घर पछाडि देखाउँदै उनले भने– ‘पाँच वर्षअघि पहिरोले टहरा भत्क्यो, कुखुरा पनि पाल्न बन्द।’

रेशम कुरा छोट्याउन हतारिएको मैले चाल पाइसकेको थिएँ।

‘अनि सरकारले उपचारका लागि केही दियो त?’

‘अहिलेसम्म केही दिएको छैन,’ उनले भने, ‘आज अन्नपूर्ण पत्रिकामा निस्केको छ त्यत्ति हो।’

मरिचमान परिवारको सदस्य जस्तै भइसकेका उनी पनि उच्चस्तरीय संयन्त्रले सरकारलाई उपचार खर्च दिनु भनी अनुरोध गरेको समाचारबाट उत्साहित देखिए।

‘दिल्लीको सबै खबर कसलाई थाहा हुन्छ?’

‘आमालाई भन्दा जेठी भाउजुलाई धेरै थाहा हुन्छ,’ उनले भनेँ, ‘फर्किहाल्नुहुन्छ, पछि फोन गर्नुस् न।’

फोन नम्बर टिपेँ । भाइले ढोका ढप्काए । चुकुल लगाए। 

म झरीमा रुझ्दै अफिसतिर हानिएँ । मोटरसाइकल हाँक्दा पनि तर्कना आइरह्यो । यी जेठी भाउजु भनेका अनिलकी श्रीमती हुनुपर्छ । हामी केटाकेटी हुँदा मरिचमानको जेठो छोराको बिहेको बारे सुनेका थियौं।

बिहे, ब्रतबन्ध, पासनीमा देखासिकी र फजुल खर्च रोक्न मरिचमानको पालामा सामाजिक सुधारको अभियान चलेको थियो । उनले प्रधानमन्त्री हुँदा नै छोराको बिहेमा ५१ जाना मात्र जन्ती लगे । ५२ औं जन्तीलाई फर्काइदिए भन्ने अपुष्ट हल्ला सुनेका थियौं।

भरत गुरुङ, डिबी लामा, जगत गौचन, विकास गुरुङहरुलाई मरिचमानकै पालमा मुद्दा चलेको थियो । हुन त पञ्चायतका प्रधानमन्त्रीले सबै कामको जस वा अपजस बेहोर्नु पर्दैनथ्यो । राजा वा दरबारलाई नायक मानिन्थ्यो, प्रधानमन्त्री निमित्त मात्र।

भरत गुरुङहरुको काण्ड पनि रानी ऐश्वर्य र अधिराजकुमार धीरेन्द्र शाहको मनमुटावले मञ्चन भएको मान्नेहरुको संख्या ठूलो थियो।

जे भने पनि निरंकुश व्यवस्था र राजतन्त्रको पैरवी बाहेकको ठूलो बात अहिलेसम्म मरिचमानले खेप्नुपरेको छैन । उनी पञ्चायतका कतिपय मन्त्री, प्रधानमन्त्रीजस्तो कमाउनतिर लागेका भए अहिले उनका परिवारका सदस्यले दुनियाँसँग हात थाप्नु पर्दैनथ्यो। बरु उनी माओवादीहरुको समेत रोजाइमा परेको सिंगापुर वा बैंककको अस्पताल पुगेका हुन्थे। तर्कनै तर्कनामा म अफिस आइपुगेँ।

मरिचमानको घरमा फोन गरेँ । बुहारी बबी आइपुगिसकेकी रहिछन् । मेरो अनुमान सही निस्क्यो । उनी ५१ जाना जन्तीवाला बेहुली नै रहिछन्।

‘दिल्लीको हालखबर के छ?’

‘पहिलाभन्दा सुधार भइरहेको छ,’ उनले भनिन्, ‘आइसियूबाट जनरल वार्डमा सारिसकियो।’

तर उपचार खर्चले भने परिवारलाई पिरोलेको रहेछ।

‘अहिलेसम्म आफन्त र शुभेच्छुकको सद्भावले भरथेग गरिरहेका छौं,’ बबीले भनिन्, ‘यसरी कति दिन धान्न सकिएला।’

‘सरकारले केही आश्वासन दिएको छ ?’ मैले उही प्रश्न दोहोर्‍याएँ।

‘आज अन्नपूर्ण पोस्टमा आएको छ,’ उनले भनिन्, ‘हामीले केही जानकारी पाएका छैनौं।’

मरिचमानको परिवारमा चारदलीय संयन्त्रले दिएको निर्देशनबाट साँच्चिकै आशा पलाएको रहेछ । चार दलले भनेपछि सरकारले तुरुन्त निर्णय गरिदेला भन्ने भरोसा उनीहरुले गरेका रहेछन्।

मेदान्तको उपचार सकेर बिरामीलाई स्वस्थ बनाएर घर ल्याउन पाइएला– बबी र मरिचमान परिवारका सदस्यहरु सरकारकै मु

- See more at: http://setopati.com/raajneeti/2529/#sthash.OZhPdLCT.NCkxtaMQ.dpuf
 
Posted on 07-18-13 9:22 PM     [Snapshot: 65]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खिल राज रेग्मीलाई दश पुस्तालाई पुग्ने सम्पति कमाउदै  फुर्सद छैन । आफ्नो office मा आफ्नै भाई देखि लिएर सबै आफन्तहरु मात्रै राखेका छन् र सबैले मिलेर पैसा कमाउन पुगोस भनेर हिजो tv मा रिपोर्ट हेरेको थिए ।
 

 
Posted on 07-19-13 1:24 PM     [Snapshot: 426]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लुटको धन फुपू को स्राद्द : सतामा पुगेकोबेला गरेनन भने कहिले गरुन त ?
Last edited: 19-Jul-13 01:25 PM

 
Posted on 07-19-13 9:56 PM     [Snapshot: 584]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ICE kidnapping people off the streets over op eds
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters