[Show all top banners]

cybernepali
Replies to this thread:

More by cybernepali
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 4]

Tyo Din

Mr. D

tragicomic

jetho390
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 अमेरिकामा नव-आगन्तुक नेपालीहरुले ध्यान दिनु पर्ने कुराहरु - सुनिल मणि दाहाल
[VIEWED 28584 TIMES]
SAVE! for ease of future access.
Posted on 02-10-15 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के तपाईँ वैधानिक रूपले अमेरिकामा स्थाई बसोबास का लागि आउदै हुनुहुन्छ ? आउदै हुनु हुन्छ भने तपाईँले धेरै कुराहरू आउनु भन्दा अगाडी नै ध्यान दिनु आवश्यक छ | धेरै नेपालीहरू वास्तविक जानकारीको अभावमा वा आफ्नै कमजोरी का कारण धेरै समस्यामा परेका छन् ! यस लेखको मूल आशय ती नव-आगन्तुक नेपालीहरू लाई सही बाटो देखाउनु रहेको छ !अमेरिका एउटा अपार अवसर प्रदान गर्ने मुलुक हो जहाँ व्यापक प्रजातान्त्रिक स्वतन्त्रता छ ! त्यसैले विश्वका सबै मुलुकका नागरिकहरू यस देशमा अटाएका छन् | एउटा अविकसित मुलुकबाट आएको मान्छे लाई निश्चय पनि यो अति विकसित र खुल्ला प्रजातान्त्रिक मुलुकका हरेक कुराहरू अनौठा र अबिस्श्वनीय लाग्न सक्छन् ! अत:तपाईँ डिभी वा अन्य वैधानिक बाटो बाट यो देशमा स्थाई बसोबासका लागि आउदै वा भर्खर्रै आउनु भएको भए निम्न कुरा हरुमा विशेष ध्यान दिनु होस :
 
क) अमेरिका आउनु अगाडी ध्यान दिनु पर्ने कुराहरू:
 
१) नेपालमा तपाईँ जे जस्तो हुने खाने भए पनि, सरकारी वा अन्य कार्यालयमा जे जस्तो ठुलो पदमा हुनु हुन्थ्यो त्यस लाई बिर्सनुस र मैले शून्यबाट आफ्नो ज़िन्दगी सुरु गर्नु पर्छ भने सोच बनाउनु होस !
 
२) आफ्नो अध्यन तथा तालिम अनुभवको सम्पूर्ण कागजात आफू सँगै लिएर आउनु होस, अमेरिकामा अध्यनको लागि यी कागजात हरुको आवश्यकता पर्छन |
 
३) नेपाल छोडे पछि कानुन, बोली चालीका बेबहार, काम गर्ने तौर तरिका पनि एक दमै फ़रक हुन्छन्, यसलाई ध्यान दिनु होस !
 
४) अमेरिकामा कानुन लाई भगवान् सरह मानिन्छ र त्यही अनुरूप सबैले पालाना गर्छन्, अत: आफ्नो सोचमा परिवर्तन गर्नु होस र अमेरिकन कानुनलाई नेपाली कानुन झैँ खेलबाड र मजाकका रूपमा कैले पनि नलिनु होस !
 
५) महिला, केटाकेटी र बुढा बुढी लाई सम्मान र मर्यादा राख्ने गर्नु होस !
६) जन्तु, जनावर, बोट बिरुवा लगायत प्रदूषण सम्बन्धी आफू लाई सचेत बनाउनु होस !
 
ख) अमेरिकामा प्रवेश गरे पछि ध्यान दिनु पर्ने कुराहरू:
 
१) दिनमा एक घण्टा अमेरिकाको नियम कानुन का बारेमा अध्ययन गर्नु होस,स्थानीय समाचार हेर्ने र पढने बानी गर्नु होस !
 
२) DV बाट आएको भए नजिकको सोसियल सेकुरिटो को कार्यालय खोजी निवेदन दिनु होस , यसका लागि जो कोइ नेपाली साथी भाइ वा आफन्तले मद्दत गर्ने छन् !
 
३) सोसियल सेकुरिटो नम्बर र ग्रिन कार्ड प्राप्त भए पछि छोरा छोरी भए तिनका लागि नजिक को स्कुलमा भर्नाको प्रकिया सुरु गर्नु होस।
 
४) नजिकको DMV कार्यालयमा परिचय पत्रको लागी निवेदन दिई परिचय पत्र बनाउनु होस !
 
५) आफ्नो अवस्था अनुसार आफू बसेको आसपास वा बसको सुविधा भएको स्थानमा काम खोज्नु होस र जे जस्तो काम पाइन्छ काम सुरु गर्नु होस! 
 
६)  साथी भाइ आफन्तजनकोमा अस्थाई बसोबास गरेको भए भरसक अलग बस्नु होस, आफू आत्मनिर्भर हुने कोसिस गर्नु होस !
 
७) सुरुमा यातायातको कठिनाइ हुन्छ, गाडी चलाउन सिक्नु होस र एउटा प्रयोग भएको गाडी सस्तोमा किनेर मितव्ययी हुनु होस !
 
८) नेपाली समुदायले अनेकौ सङ्गठन खोलेका छन्, ख्याल गरेर मात्र ती सङ्गठनमा आबद्द हुनु होस ! अमेरिकामा नेपाली राजनीतिको कुनै अस्तित्व छैन यो कुरालाई ख़्याल गरी कसैको बहकाउमा नलाग्नु होस !
 
९) आफ्नो काममा ध्यान दिनु होस, अर्काको प्रगति, गाडी र बंगला देखेर आफ्नो मन न खुम्च्याउनु होस ! तपाईँ जस्तै अरूले पनि त्यस्तै दुख गरेर आफ्नो प्रगति गरेका हुन् यो कुरा ध्यान दिनुहोस !
 
१०) आफू आर्थिक रूपले सक्षम नहुन्जेल वा भरपर्दो कमाइको आधार नहुन्जेल घरमा लगानी नगर्नु होस ! तपाईँलाई सुरु मै घर किन्न सल्लाहा दिनेहरू प्रसस्तै हुने छन्, यसमा सचेत हुनु होस !
 
११) आफू लगायत परिवारको लागी मेडिकल ईन्सुरेन्स गराउनु होस । यसका लागी कम आम्दानी भएकाले अधिकतम सुविधा पाउने हुँदा नजिकको काउन्टी अफिसमा सल्लाह लिनु होस !
 
१२) प्रत्येक वर्ष आय कर तिर्न नभुल्नु होस ! यो अनिवार्य छ !
 
१३) तपाईँलाई उच्च शिक्षाको लागी आफू बसेको स्टेटमा एक वर्ष बसी कर तिरेको भए सरकारी अनुदान प्राप्त गर्न सहज हुन्छ, यो कुरालाई ध्यानमा राखी आफ्नो पढ़ाई सुरु गर्नु होस ! यहॉ नपढी राम्रो जागिर पाउन कठिन छ !
 
१४) यो देशमा मेहनत नगरी खान पुग्दैन ! तपाईँलाई विविध कारणले चिन्ता र पिरले सताउन सक्दछ ! यसलाई सामान्य रूपमा लिई चिन्ता नगर्नु होस र आफूलाई शारीरिक रूपमा तन्दुरूस्ती राख्नु होस ! यसका लागी नियमित योगा तथा अन्य व्यायाममा आफ्नो समय छुट्याउनु होस !
 
यदि तपाईँ नेपालमा आर्थिक रूपले सम्पन्न हुनु हुन्छ, पढ़ाई पुरा गरी आफ्नो पेसामा पहिचान बनाई रहनु भएको छ वा पूर्ण रूपमा स्थापित भै सक्नु भएको छ वा उमेर ढल्कदैछ भने अमेरिका तपाईँको लागी स्थाई बसोबास गर्ने भरपर्दो थलो भने हुने छैन !
 


 
- See more at: http://brtnepal.com/literatures.php?pid=7954#sthash.9yCXA8ZO.hjR7Dy7y.dpuf

 
Posted on 02-10-15 10:02 AM     [Snapshot: 46]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-10-15 10:24 AM     [Snapshot: 73]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



आए पछि को १४ नम्बर १ नम्बरमा हुनु पर्थ्यो |
बाउको लज आमाको होटेल हुदैन , मिहिनेत जिबनको एक अंग हो |

Last edited: 11-Feb-15 01:14 PM

 
Posted on 02-10-15 10:32 AM     [Snapshot: 116]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो सुझाबहरु नेपालमै मनन गरे त अमेरिकामा भन्दा देशमै धेरै प्रगति गर्न सकिन्छ ! हे हा हा !खाते खातेहरु
 
Posted on 02-10-15 10:43 AM     [Snapshot: 142]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहिले चाहिं अशिस्मीले १००% कुरा गर्यो |

त्येस्तो कुराको मनन गरेर नै अमेरिका अमेरिका भएको हो

नेपालमा बस्नेहरुको अशिस्मीको जस्तो खाते विचार भएर नै नेपाल भएको हो

अस्तु
 
Posted on 02-10-15 11:08 AM     [Snapshot: 217]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो सुझाब! हामी आउदा एस्तो सुझाब दिने कोहि थिएन
 
Posted on 02-10-15 1:25 PM     [Snapshot: 368]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ख) अमेरिकामा प्रवेश गरे पछि ध्यान दिनु पर्ने कुराहरू:
Just wanted to add one more to this list:
-- Just because you met someone from Nepal for the first time, please don't ask how they got here and what their immigration status is. People don't like to discuss their 'naali-beli' with some 'airey-gairey' Nepali who they are meeting for the very first time.
 
Posted on 02-10-15 2:30 PM     [Snapshot: 461]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेरो गुरुवा हरुले यिनै कुरा तिमीहरुलाई सिकाएर बसेको र देश लुट्न छोडेको भए तैले भने जस्तै हुन्थ्यो |

लुट्नु हुन् , ठग्नु हुन् , परिश्रम गरेर मात्र कमाइ हुन्छ, भद्र कुरा गर्न र लेख्न सिकाएन र सिकेनौ :आज भने यो तोरिलाउरेल ठिक लेख्यो |
 
Posted on 02-11-15 1:15 PM     [Snapshot: 1150]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 



 यदि प्रहरी संग जम्काभेट भयो र केहि सोध्यो के गर्ने ? 
दाया बाया हल्चन नगरी ठिङ्ग उभिने | अंग्रेजीमा जबाफ दिन नसक्ने हो भने " नो इंगलिस , फ्रम नेपाल " भन्ने ( एति चाहि सिकी राख्ने ) | 
हात छातीमा बाधेर भलाद्मी भै बस्ने : बिर्सेर पनि गोजीमा हात नहाल्ने !
 
Last edited: 11-Feb-15 04:02 PM

 
Posted on 02-11-15 1:26 PM     [Snapshot: 1171]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I wanted to add one more point because now I rarely have 'Cash' in my wallet. Carry some cash with you or yours. Ke garne, afu Inner City bata aayeko byakti pare. हुन त लुटाई खादा अरु कुरा को ध्यान हुदैन आफु लुटाई मा परिया अनुभव छ त्येसैले भनेको ...क्रैक addict लाइ भनेर अलिकति cash खोल्ति मा राखेको राम्रो.
 
Posted on 02-11-15 2:06 PM     [Snapshot: 1231]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

WTG magorkhe1.
 
Posted on 02-11-15 2:06 PM     [Snapshot: 1231]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

WTG magorkhe1.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters