[Show all top banners]

Logankobaje
Replies to this thread:

More by Logankobaje
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 बाजेको पहिलो जेल यात्रा.........।
[VIEWED 7060 TIMES]
SAVE! for ease of future access.
Posted on 01-18-21 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

पर्खाल नाघेरे ८४ दिन लगाएर अमेरिका छिर्दा कतै जेलको हावा खानु परेन तर यहाँ काम सुरु गरेको २ हप्तामै १ रात जेल परियो । भाको के भन्दा ग्यास स्टेशनमा क्लर्कको काम गरि राखेको थिए एउटा काले आएर चुरोट माग्यो, बजिया हेर्दा भुस्तिग्रे थियो उमेरले minor रैछ, चुरोट बेचियो । बाऊचाहिले पुलिश लिएर आयो , अनि सिधै मामाघर । पछि ओकिल लाएर अनुनय बिनए गरेर केस राफ साफ गरियो । नागरिकता लिने बेला किच किच हुन्छकि भनेको केहि भएन । चुरोट किन्ने दिन minor उमेर हद पार गरि सकेको रैछ । तेस दिन देखि कानुन मिच्ने नाममा traffic light नि उलंघन गरेको छैन । yellow light देखे नि बिस्तारि गाडी रोक्छु । मूजि no risk take । अगुल्टोले लागेको छ तर्सिनै पर्यो । प्रसङ्ग यहाँ "शिवहरि खतिवडा" को एउटा लेख संग जोडिएको छ , उनको "अमेरिकामा नेपालीले कानून नजान्दा..." भन्ने लेख म जस्ताको लागि उपयोगी हुन सक्छ । लेख एस्तो छ ............

"अमेरिकालाई संसारकै सबैभन्दा राम्रो कानूनी शासन व्यवस्था भएको देशको रूपमा चिनिन्छ। अहिलेका राष्ट्रपति ड्रोनाल्ड टम्पका पछिल्ला केही उद्दण्डताबाहेक कानूनी रुपमा अमेरिकामा कोहीलाई पनि काखा र पाखा पारेको रेकर्ड छैन। राजनीतिक घटना भए पनि केहीदिन अगाडि अमेरिकाको संसद भवनमा भएको आक्रमणमा संलग्नलाई एक एक गरेर प्रहरीले पक्राउ गरि कारबाही गरिरहेको छ।

भनिन्छ, अमेरिकामा साना वा ठूला जे भए पनि कानूनको आँखा छल्न सकिँदैन। यस्तै उदाहरण अमेरिकामा बस्ने केही नेपालीको हकमा लागू भएको छ। अमेरिकाको विभिन्न राज्यमा नेपालीले सामान्य विषयमा ध्यान नपुर्‍याउँदा कानूनी रूपमा ठूलो झमेला व्यहोर्नुपरेको समाचार बढिरहेको छ। नेपालमा सामान्य लाग्ने वा कानूनी रुपमा निषेध नगरेको विषयमासमेत अमेरिकाका नेपाली कानूनी रूपमा फस्दै गइरहेका छन्।

सामानको पैसा तिर्न बिर्सदा झण्डै जेल

तीन वर्ष अगाडि विद्यार्थीको रूपमा अमेरिकाको टेक्सास आएका एक नेपाली घरायसी सामान किनमेलको लागि नजिकैको सुपरमार्केट गए। सामान्य रूपमा आवश्यक सामाग्रीको किनमेल सकेर पैसा तिर्ने समयमा उनी सेल्फ चेकआउट (आफैंले सेल्सम्यानले जस्तो सामानको नापतौल गर्ने र पैसा बुझाउने) स्थानमा गए। सबै सामानको नापतौल सके पनि उनले गल्तीले एक सामानको चेक गरेर पैसा तिर्न विर्सिए। करिब ४५ डलरको उक्त सामानको भुक्तानी नभएको तत्काललै स्टोरका कर्मचारीले थाहा पाए र उनले प्रहरीलाई खबर गरिदिए। उनलाई तत्काल प्रहरीले पक्राउ गर्‍यो र करिब ५ सय ५० डलर शुल्कको साथ अदालती झमेला व्यहोर्नुपर्‍यो। अदालती झमेलाभन्दा पनि उनलाई आफ्नो खराब रेकर्ड बसेकोमा चिन्ता छ। ‘जानी जानी पैसा नतिरेको वा छुटाएको होईन तर मैले त्यहाँ आफ्नो कुरा राख्नै पाईनँ, प्रहरी आएर पक्रेर लग्यो र चोरीको मुद्दा दर्ता भयो,’ उनी भन्छन्, ‘करिब तीन वर्ष भइसक्यो तर अहिले पनि यो घटनाले तर्साउने गर्छ।’

अहिले अमेरिकामा सेल्फ चेकआउट सामान्यतया सबै स्टोरमा हुने गर्छ। कोरोना महामारीपछि त झनै यो लोकप्रिय भइरहेको छ तर केही नेपालीले यो वियषमा नजान्दा वा हेलचेक्रयाई गर्दा प्रहरीको फन्दामा यसरी पर्ने गरेको देखिएको छ। सफलिफ्टिङ नामको कानून आकर्षित हुने यस्तो स्थानमा कसले देख्छ र? भन्ने वा हेलचेक्र्याई गर्ने नेपालीहरू अहिले पनि भेटिन्छन् तर चेकआउट गर्ने समयमा सबै सामानको नापतौल र भुक्तानी नगरेको पाईए चोरीको कानून अनुसार सजाय भोग्नुपर्छ। टेक्सासमै गत वर्ष अर्का एक नेपालीसमेत यहीँ मुद्दामा प्रहरीको फन्दामा परेका थिए। यस्तो अवस्थामा प्रहरीको फेला परे सामानको मुल्य अनुसारको सजायको भागीदार हुनुपर्ने कानूनी प्रवाधान छ।

जस्तो यदि सामानको मुल्य ४ सय डलर वा सो भन्दा कम भए करिब ६ महिनाको जेल र १ हजार डलरसम्मको जरिवाना हुने कानूनी प्रावधान छ। त्योभन्दा माथि सामानको मुल्य अनुसारको सजाय हुने गर्दछ। यसको अलवा आपराधिक रेकर्डसमेत रहने व्यवस्था कानून रहेको छ। नेपालबाट भर्खर आउने वा अमेरिका मै पनि धेरै समय बसेका नेपालीहरू जानबुझ वा अन्जानमा यस्तो कार्यमा पक्राउपर्ने गरेको उदाहरणहरू छन्। यहाँ आफैं सामानको पैसा भुक्तानी गर्ने भए पनि उक्त स्थानको निगरानीको लागि स्टोरले कर्मचारी खटाउने भएको कारण बढी सतर्कता अपनाउन कानूनविद्हरू सुझाव दिन्छन्।

अश्लिल भिडियोले पुर्‍याउन सक्छ जेल

भर्खर नेपालबाट अमेरिका आएको पुग नपुग डेढ वर्ष हुँदै थियो। साथमा श्रीमती र करिब ७ महिनाको छोरा। अमेरिकाको मेरिल्याण्डमा हाँसिखुसी रमाइरहेका अर्का नेपाली युवा बेला बेलामा नेपालका साथीभाइसँग रंगिन हाँसी मजाक गरिरहन्थे। फेसबुकको म्यासेन्जरमा अश्लिल भिडियो पनि साटासाट भइरहन्थ्यो। नेपालमा साथीभाइमाझ सामान्य हुने यहीँ कार्यले अहिले उनलाई प्रहरीको फन्दामा पुर्‍याएको छ। अघिल्लो साता एक्कासी घरमा दुई जना प्रहरी आए र उनको र मोबाइलको अनुसन्धान गर्‍यो। दुर्भाग्य! बाल यौन दुराचार (चाइल्ड पोनोग्राफी) मा पर्ने एक भिडियो उनकै म्यासेन्जरमा आएको र सेयर भएको देखियो।

यति भएपछि प्रहरीलाई के चाहियो र मोबाइल जफल गरेर अनुसन्धान सुरु गरेको केही समयमै उनको मोबाइलमा उनकै नाबालक छोराको केही नांगो फोटो र भिडियो देखियो जसलाई शंकाको घेरामा राख्दै तत्काल फोस्टर केयर भन्ने बच्चालाई हेरचाह गर्ने संस्थालाई खबर गरिदियो प्रहरीले। आफ्नो बच्चाको भिडियो र फोटो जुनसुकै अवस्थामा खिच्नु अपराध होईन तर प्रहरीले यो भिडियोलाई अर्को घटनामा लगेर जोडिदियो। ‘अन्जानमा भएको यो घटनाले धेरै दिन खाना रुचेन। फोस्टर केयरले त बच्चा छोडिदियो तर प्रहरीको अनुसन्धान अझै सकिएको छैन, उनी भन्छन्, ‘नेपालमा कानून भए पनि यस्ता विषलाई साथीभाइमा हाँसी मजाकको रुपमा लिईन्छ तर यहाँ गम्भीर हुनेरहेछ।’

चाइल्ड केयरले उनलाई मात्रै एक्लै छोराको हेराचाह गर्न नपाउने, अब आइन्दा यस्ता कार्य नगर्ने सर्तमा बच्चा छोडेको छ। तर यस्तो अवस्थामा अमेरिकामा बच्चा नै उनीहरुले लैजानेदेखि अरू गम्भीर सजाय हुनसक्छ। उनलाई अब प्रहरीको के फैसला आउने हो भन्ने चिन्ता छ। साथीभाइबीच जिस्किएको घटनाले उनलाई यो अवस्थामा पुर्‍याएपछि अब अरुलाई सचेत बनाउने अभियान सुरु गर्ने बताउँछन्। ‘हामीलाई नेपालमा सामान्य लाग्छ तर यहाँ कानून नजान्दा यस्ता गल्ती हुने रहेछ। म नेपाली समुदायमा विशेष गरेर यूवाहरुलाई अनुरोध गर्छु कृपया सचेत हुनुहोला। यहाँ कानून र प्रहरीले नदेख्ने केही नहुँदोरहेछ,’ केही समय अगाडिको कुराकानीमा उनले भने।

कानून अनुसार अमेरिकामा पोर्न अर्थात अश्लिल भिडियो हेर्न छुट भए पनि १८ वर्ष वा त्यो भन्दा कम उमेरका वालबालिका संलग्न अश्लिल भिडियो हेर्न मात्र नभएर अनलाईनमा खोजी गर्न पनि अपराध मानिन्छ। यहाँको प्रहरीमा यस्तो भिडियोलाई ट्याक गर्ने छुट्टै संयन्त्र र विभाग रहेको छ। बालबालिका संलग्न यस्ता भिडियो हेर्नु मात्र नभएर खोजी गरे पनि यहाँको कानून अनुसार ठूलो सजायको भागिदार हुनुपर्ने व्यवस्था छ। कुनै पनि संयन्त्रबाट त्यसको वितरण गरेमा राज्य अनुसार त्यसको गम्भीर सजायको व्यवस्था पनि कानूनमा गरिएको छ। जसमा लामो समय जेल देखि देश निकालासम्म हुनसक्छ।

ट्याक्सीमा युवतीसँग सम्मालिन नसक्दा बलात्कारको मुद्दा

२६ वर्षिय नेपाली विद्यार्थी रन्जन थापा, जो आफ्नो खर्चको लागि वोस्टनमा उबर नामको ट्याक्सी चलाउँथे। एक रात रक्सीले मातिएकी एक यात्रुलाई आफ्नो गाडीमा घर पुर्‍याउने समयमा उनले बीच बाटोमा गाडी रोकिन। रक्सीको तालमा थापासँग केही रंगिन क्रियाकलाप गरिन् र पछि उनीमाथि दुर्व्यवहारको कोसिस गरेको र बलात्कारको आरोपमा प्रहरीको फन्दामा पर्नुपर्‍यो। कडा मिहेनती थापाको यहीँ एक कालो रातले पुरै जिन्दगी अध्यारो बनाइदियो।

अमेरिकामा महिलामाथि हुने कुनै पनि दुर्व्यवहारको कानून कडा छ। सहमति मै हुने हाँसिमजाकलाई पनि महिलाले ठूलो मुद्दा बनाएर फसाउनसक्ने हुँदा महिलाप्रति थप सचेत हुन नेपालीलाई यहाँका विज्ञ वारम्वार अनुरोध गर्दछन् तै पनि यस्ता घटनाहरु बेला बेलामा यहाँको मुख्य समाचार नै बनेर आउने गरेको छ। ‘ऊ धेरै मिहेनती थियो र आफ्नो कलेजको लागि खर्च जुटाउन काम गरेको थियो। कसरी फस्यो हामी त छाँगाबाट खसेजस्तै भयौं,’ थापाका भिनाजु रविन्द्र लामिछानेले यहाँको एक प्रमुख समाचार संस्थासँगको कुराकानीमा भनेका थिए। पछि थापा बलात्कारमा दोषी देखिएनन् र अदालतबाट धरौटीमा रिहा भए। तर सामान्य संयमता अपनाउन नसक्दा उनी कानूनी र सामाजिक रुपमा ठूलो झन्झटमा परे।

छोरीमाथिको थप्पडले तीन दिन थुनामा

सरकारी छात्रवृत्तिमा ठूलो पठाईको लागि अमेरिका आउन पाउने अवसर। साथमा श्रीमती र सानी छोरीलाई पनि ल्याउन पाउने। सुरूमा यो भन्दा ठूलो अवसर एक नेपालीलाई के हुन्थ्यो र तर उनलाई पछि त्यहीँ परिवारसँग ल्याएको छोरीले तीन दिन जेल बसाईदिईन्। पश्चिम अमेरिकी राज्य नोभेडा आएका यी नेपालीको समस्याको विषयमा जानकारी नहुने नेपाली सो क्षेत्रमा सायद कमै होलान्। कारण थियो छोरीले चकचक गरेर पढाइमा डिष्टर्व गरेपछि लगाएको एक थप्पड।

स्कुल जाने छोरीले त्यहीँ एक थप्पडको कारण प्रहरीमा फोन लगाईदिईन्। प्रहरीलाई के चाहियो र बच्चामाथि हिंसा गरेको नाममा उनलाई पक्रेर लग्यो। जेलबाट त छुटे तर त्यसैको कारण अमेरिकी कानूनको दाग रेकर्डमा रह्यो। यहाँ आफ्नो छोराछोरी भए पनि नेपालमा जस्तो थप्पड लगाउन पाईदैन।

नेपालमा आमा बाबु बन्नु सौभाग्य मानिन्छ तर अमेरिका यो सुविधाको रुपमा कानूनी व्याख्या छ। अर्थात बच्चालाई राम्ररी हेरचाह नगरेको देखिए वा कुटपिट गरेको वा अन्य हिंसा गरेको लागेमा सरकारले बच्चा जफत गरेर बच्चाको स्याहार गर्ने निकाय (फोस्टर केयर पनि भनिने) लाई जिम्मा दिन्छ र अभिवकलाई कडा सजाय।

नक्कली फेसबुकले पुर्‍यायो जेल

डिभी परेर अमेरिका आएका २९ वर्षिय नेपाली संजय लामा गत वर्ष फ्लोरिडाबाट पक्राउ परे। यहाँको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गर्दै जाँदा पत्ता लाग्यो लामाले १२ वर्षिय वालिकालाई उनले नक्कली नामको साहारामा जिस्काएका रहेछन्। जसलाई प्रहरीले बाल यौन कियाकलाप आकर्षित हुने मुद्दा बनायो र कम्तीमा १० वर्षको जेल हाल्ने मुद्दा अदालतमा पेस गर्‍यो।

यसको लागि ब्यूरोका एजेन्टले नै सञ्चालन गरेको फेसबुकमा उनले फेक आइडीको प्रयोग गरि कुरा गरेका थिए। एजेन्टले आफू १२ वर्षिय बालिका भएको भन्दा भन्दै उनले यौन आकांक्षासहित भेट्न अनुरोध गरेका थिए र मोटरसाइकलमा बालिका भेट्न पुगेका थिए। अमेरिकामा २००६ देखि यहाँको कानून विभागले सुरक्षित बाल्यकाल नामको कार्यक्रम ल्याएर यसरी बाल यौन आकर्षित हुने कार्य गर्नेलाई कानूनी कारबाहीको दायरा ल्याउने अभियान चलाएको छ।

जसको लागि प्रहरीले नै फेसबुक जस्ता सामाजिक सञ्जालमा अकाउन्ट बनाएर यस्ता व्यक्तिको पहिचानको लागि पहुँच बनाउने गरेको छ। जानकारहरु सकेसम्म सामाजिक सञ्जालमा नचिनेको मानिससँग कुरा नगर्न तथा साथीको रुपमा सम्पर्क नबढाउन अनुरोध गर्छन्।

यी त केही उदाहरण मात्रै भए। नेपालमा सामान्य लाग्ने केही कार्यलाई अमेरिकाले कानूनी रुपमा बर्जित गरेको भन्ने नजान्दा यहाँ धेरै नेपालीहरु समस्यामा पर्ने गरेका छन्। जस्तो नेपालमा सार्वजनिक स्थानमा पिसाब गर्नु सरकारले रोके पनि नागरिकलाई सामान्य लाग्न सक्छ तर अमेरिकामा सार्वजनिक स्थलमा पिसाब गर्दा दुई वर्षसम्म जेल जानुपर्ने कानूनी व्यवस्था छ।

कसले देखेको छ र? भन्ने भावना नेपालीको मनमा आए पनि अमेरिकामा सार्वजनिक स्थानमा क्यामेरा राख्न पाईने र सार्वजनिक स्थलमा जो कोहीले रेकर्ड गर्न पाउने भएको कारण कुनै पनि समयमा यस्ता काम प्रहरीमा पुग्ने गरेको उदाहरणहरु छन्।

यहाँका जानकारहरू कानूनी रुपमा अमेरिकालाई नजान्दा नेपालीहरु सामान्य विषयमा पनि ठूलो समस्यामा परेको बताउँछन्। नेपालमा जस्तै ख्यालठट्टामा गरिने कामहरु समेत अमेरिकाको लागि ठूलो समस्या हुन सक्छ। कुनै एक सामान्य गल्तीको कारण पनि यहाँ जिन्दगीभर सजाय भोग्नुपर्ने हुनसक्छ।

नेपालमा सामान्य हुने विषयहरुलाई यहाँ पनि त्यही हिसाबले लिँदा कानूनी रुपमा समस्यामा पर्ने नेपाली कानून व्यवसायीहरु बताउँछन्। अमेरिका आउनु अगाडि वा आएपछि पहिला यहाँको कानून र सजायको विषयमा राम्रो जानकारी लिन कानून व्यवसायीहरु सुझाव दिन्छन्।"
 
Posted on 01-18-21 12:53 PM     [Snapshot: 64]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

करिब ८ वर्ष पहिला म संगै बस्ने एक जना रूम पार्टनर पनि Minor संग अन्तरंगित कुराकानी गरको केस मा २८ दिन जेल परेको थियो. पढाई मा अति नै तिब्र दिमाग को थियो, हामी घरमा अरु साथीभाई हरु को नेपाली फोहोरी सब्द हरु को प्रयोग लाइ लिएर गुनासो गरि रहन्थ्यो तर केटो को खेल अर्कै रहेछ/ साथी त करिब तिन महिना देखि नै अन्लाइन मा चय्टिंग गर्दै आइरहेको रहेछ अनि उता बाट पुलिस ले / एक दिन त्यो केटि जो संग उ सधै कुरा गर्थ्यो बिहान सबेरै उसैले काम गर्ने स्टोर को पार्किंग एरिया मा भेट्न बोलाई छ केटो त्यहाँ पुग्दा त मामा हरु wait गरिराखेका रहेछन अनि केटो पर्यो फन्दामा / हामी करिब ८ जना जति मिलेर ३३००० बोंद राखेर निकाल्नु परेको थियो/ केटो ले करिब ४ वर्ष सारै दुख पाएको थियो तयही पनि उसको इमेज मा लागेको यो कालो दाग भने मेटिएको छैन.....
 
Posted on 01-18-21 3:23 PM     [Snapshot: 237]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Elko bro, जेल बाट छुटेपछि डिपोर्ट गर्छ , होइन र ?
 
Posted on 01-18-21 3:45 PM     [Snapshot: 272]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गर्छ नि सिस्ने ब्रो, यो देशाँ कि त पर्खाले हुनु पर्छ कि त citizen बाकि मूजि ग्रीन कार्ड, visa वाला हरुलाई त सिदै डिपोर्ट हान्छ। आफु मूजि पर्खाले परियो इम्मिग्रेशन संग मेरो fingerprint नै थिएन अनि कुन देशाँ डिपोर्ट गर्नु । तर डिफेन्स गर्ने राम्रो मौका दिन्छ , येतिकै आरोप मात्र लाग्दा डिपोर्ट हुन्न ।
 
Posted on 01-18-21 5:25 PM     [Snapshot: 349]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओकिल अलि राम्रो पर्यो भने डिपोर्ट चाइ गरिहल्दो रहेनछ,, कसो कसो डिपोर्ट हुन बाट चाइ जोगियो अनि ठुलै रकम खर्च गरेर रेकर्ड बाट हट्यो क्यारे तर पनि नेपाल जाने आउने बेला चाइ एरपोर्ट मा धेरै पटक घन्टौ इन्वेस्तिगेत गर्दो रहेछ,, पहिलो चोटी नेपाल गएर फर्कदा करिब नौ घण्टा एरपोर्ट मै रोकेको थियो
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters