[Show all top banners]

gadha
Replies to this thread:

More by gadha
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 very relevand and good poem for nepali in USA
[VIEWED 9764 TIMES]
SAVE! for ease of future access.
Posted on 05-06-07 6:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hey guys check this out
Citation: nepalopost.com
A good poem
अमेरिका तान्न साथी



राकेश कार्की

लस् एन्जेलस्, अमेरिका, अप्रिल २५


मलाइ पनि चाँडो अमेरिका तान्न साथी
अप्ठेरो पर्यो यता परिवार धान्न साथी
मित्र दौँतरी हेर्दा हेर्दै सप्पै उँभो लागे
म झन् उँधो किनकी घुस खान्न साथी
अति दुर्गम सरुवा मंत्री कहाँ नधाउनाले
दिन्छु तलब चन्दा पर्दो रैछ मान्न साथी
देशमै दुःख सहँु या विदेश गै पैसा पठाउँ
साह्रै गाह्रो पर्यो ठीक बेठीक छान्न साथी
स्वास्नी छोराछोरी छोडे भिसा दिन्छ भन्थिस्
भैगो नि त आधा मुटु सँगै लान्न साथी
देश छोडी माया छोडी सकिन्छ त बस्न
डलरमा आँसु झर्छ भने म त जान्न साथी
 
Posted on 05-06-07 6:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

more kavitas
(५) गणतन्त्रको खेती

भन्दिनु है Û पारिजात दिदीलाई भन्दिनु
दिदीले छोडेर गएको मुलुकमा
सम्बिधानका पन्ना–पन्नामा फलेका
गुलिया, चिप्ला र धारिला अक्षरहरू
भोक मार्ने मकै–भटमास बन्न सकेनन्
तसर्थ सुरु भएको छ गणतन्त्रको खेती ।

भन्दिनु है Û पारिजात दिदीलाई भन्दिनु
आन्दोलनको हलोमा जुलुसका नाराहरु नारेर
गल्ली–गल्ली, सडक र चोक जोत्दै जाँदैछन्
फालि अडकाउँने दरबारका जग समेत जोत्दै जाँदैछन्
सातसमुद्र पारी र छिमेकक फिरङ्गी-मोडलका
ग्र्याण्डडिजाइन र रोडम्याप जोत्दै जाँदैछन्
जोतेको सियो र खनेको चपरीमा
आफ्नै रगतका वीउ हाल्दै जाँदैछन्
यो महान खन्–जोतबाट कोही आतङ्कित छन्
र एम्बेसीहरूका गोप्य प्राविधिक सहयोगमा
बचाउका काला बङ्कर तैयार गरिरहेछन्
तर गणतन्त्रको खेती गर्नेहरू
बङ्करहरू पनि जोत्दै–जोत्दै जाँदैछन्

भन्दिनु है Û पारिजात दिदीलाई भन्दिनु...
सम्बिधानका पन्ना–पन्नामा फलेका
गुलिया, चिप्ला र धारिला अक्षरहरू
भोक मार्ने मकै–भटमास बन्न सकेनन्
तसर्थ सुरु भएको छ गणतन्त्रको खेती


(४) तिम्रो दरबार र हाम्रा घरहरु

तिमीले
सैन्यबलको बलियो आधार माथि
बखतरबन्द टैंकहरुको पर्खालभित्र
बन्दूक माथि बन्दूक थप्दै
एउटा दरबार खडा गरेको रहेछौ ।
जहाँ, खुल्ला आँगनहरुमा
हतियारधारी सैनिक जवानहरुले मार्चपास्ट गर्छन्
बाग-बगैंचाहरुमा
बम-बारुद मात्र फल्छन् र फुल्छन्
विशाल ढोकाहरुमुनि
आठपहरिया भारदारहरु तैनात छन् र
बुट्टेदार झ्यालहरु हुँदै
मात्र दमन र कर्फ्युको आदेशले ओहोर-दोहोर गर्छ ।

तिम्रो दरबारको
भित्ताहरुमाथि ठूला-ठूला फ्रेमहरुमा
हाम्रा खोस्सिएका मौलिक अधिकारहरु कैद छन्
भुँइभरि चारैतिर
हामीबाट लुटेको ढुकुटीलाई ओछ्छयाएको छौ
र, बैठक कोठाका ठूला-ठूला शोकेसहरुमा
हाम्रो स्वतन्त्रतालाई थुनेको छौ ।

ए राजन, पक्कै पनि
तिमीले आफ्नो दरबारको खामाहरुलाई
समयको प्रचण्ड मार देखि
बर्बाद हुनबाट जोगाउन सक्ने छैनौं,
तिम्रा दुर्गन्धित सपनाहरु चुहिंदै गरेका
ती थोत्रा छानाहरु टाल्न सक्ने छैनौं
र, तिम्रो विश्वासका जर्जर भित्ताहरुमा
दरार पर्नबाट पनि रोक्न सक्ने छैनौं ।

यता हाम्रा घरका खामाहरुमा
हाम्रा गतिशील खुट्टाहरु काँमेका छैनन्
हाम्रा मुटुका कोठाहरुमा
जोश र चेतनाले डेरा बसेका छन्
र, हाम्रो जनआन्दोलन को यो घरलाई
हामीले अझै बढी बलियो बनाउँदै छौं ।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
H1B
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
EAD Filing
Tps decision coming or not nov 18
Why Oli must go for the UML to survive?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters