[Show all top banners]

Gautam B.
Replies to this thread:

More by Gautam B.
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 कथा
[VIEWED 14896 TIMES]
SAVE! for ease of future access.
Posted on 06-05-07 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो मेरो मौलिक रचना हैन। यो कथा मैले लेखेको हैन, देखेको हो। यो कथा मैले रोजेको हैन, भोगेको हो। यो मैले लेख्न चाहेको कथा पनि हैन, आएको कथा हो।

एउटा ज्यामी (रामकिस्ने वा रामकिशन वा रामप्यारी वा रामदुलारी कुनै एक नाम दिनुस्।) कामबाट छुटेर घर फर्किरहेछ। उ लखतरान छ दिनभरिको कामपछि। अक्सर उ एक्लै हुन्छ घर फर्किँदा। एउटा घना जंगलको बाटो हुँदै फर्किनुपर्छ उसले। उसै त जंगल, झन अचेल हिंस्रक जन्तुहरु थपिएका छन् रे! त्यसैले उ सधैं सकेसम्म उज्यालैमा त्यो जंगल काटिसक्छ जसरी भएपनि।

तर आज कामबाट निस्कन साह्रै ढिला भएछ। उ डराई-डराई हिडिरहेछ, सासै रोकेर हिडिरहेछ। कतैबाट बाघ-भालु निक्लेला र झम्टेला भन्ने डरले उ त्यसै पनि अधमरो भईसकेको छ।
उसको डर साकार उभिन्छ अचानक उसको अघिल्तिर! संसार हल्लाउने गर्जन सुन्छ उ र देख्छ दुईटा बल्डेंग्रा आँखाले उसलाई ताकिरहेछन्! विशाल वाघ उसको बाटो छेकेर उभिएको छ।

अब रामकिस्नेले के नै गर्नसक्छ र अरु? उ आफैंलाई बिर्सेर कुद्न थाल्छ। उ यसरी कुद्छ कि (अचम्म छ, कस्तो शक्ति आउँदो रहेछ मान्छेमा, आपत परेपछि!) गर्जिँदै दौडिरहेको वाघले पनि उस्लाई भेट्न सक्दैन।

यसरी घना जंगलमा बाघसंग छलिन वेपर्वाह दौडिदा-दौडिदै अचानक स्वर्ग देख्छ उस्ले। जंगलको बीचमा कतै एउटा सानो झुप्रो छ! कतै केहि नसोची उ सोझै झुप्रोभित्र पस्छ र ढोका लगाउँछ। बाहिर पिँढीमा आएर बाघ घुरेको सुन्छ रामकिस्नेले, तर अब आफू बाँचेकोमा ढुक्क भइसकेको छ उ अब!

झुप्रोमा जन्मेर, झुप्रोमा हुर्केर, झुप्रैमा बूढो हुन आँटेको रामकिस्ने यो झुप्रोसंगपनि परिचितनै छ भने हुन्छ। मेरो मतलब झुप्रोमा कहाँ के छ भनेर उ अँध्यारैमा पनि ठम्याउन सक्छ। ढोकाको एकापट्टि छामछुम पारेपछि उसले खोपा भेट्छ। टुकी छ त्यहाँ। आफूसंग बाँकी रहेको एक काँटी सलाई कोरेर उ टुकी बाल्छ र पुनर्जन्मको खुशीमा लामो सास लिन भनेर टाउको उठाउँछ।

तर पख्नुस्! खुशी नहुनुस्! रामकिस्नेले लामो सुस्केरा हाल्न पाउँदैन। टुकीको उज्यालोमा उ देख्छ उसको अगाडि एउटा गोमन फूलेर बसिरहेको छ, आक्रमणको पूरा तयारीमा!

बाघबाट जोगिएको रामकिस्ने साँपको गुँडमा पुगेको छ!

मैले भनिरहनु पर्छ र रामकिस्ने भनेको नेपाली जनता हो भनेर?!

तर यो कथा किन दोहोरिईरहेछ हरेक पुस्ता-दरपुस्तामा?

किन हाम्रो रात सकिएर दिन आउँदैन? किन हाम्रो रात अनन्त छ ?
 
Posted on 06-05-07 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

देखिँदैछन, हाम्रा अनन्त रातका कहालीमय पर्खाइहरू,
भोगिँदैछन, अतित ,वर्तमान र भविष्य समेत बोकेका थर्काइहरु
हुनुपर्दैन, रात ढल्यो भनेर खुशी, बिहानीसंग बवण्डर उठेको छ
कल्पनै गर्न नसकिने दिनभित्रको कालरात्रीले झिसमिसे कुरेको छ ।



सटीक कथाको देउरालीमा, मेरो सहमतिको सानो पातले विश्रान्ति पाओस् ।

-एकलव्य
 
Posted on 06-05-07 5:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह! वाह!! एकलब्यजी!! क्या सटीक बयान गर्नुभयो यार!
 
Posted on 06-05-07 7:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह! वाह!!
सटीक कथाको देउरालीमा, मेरो सहमतिको सानो पातले विश्रान्ति पाओस् ।
 
Posted on 07-07-09 11:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ज्वाईँ सापलाई धन्यबाद भन्न बिर्सेको रहेछु:)

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters