[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 आमन्त्रण

[Please view other pages to see the rest of the postings. Total posts: 275]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14  
[VIEWED 181200 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 14 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 10-24-07 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आमन्त्रण

 

कुरा ति दिनहरुका हुन जति बेला म १० कक्षाको बिट मार्दै थिएँ।

दिउँसो तिर ट्वाक आयो घरमा। छुट्टीको दिन थ्यो भात गोदेर ओछ्यानमा एक राउन्ड सुत्दीम कि भन्दै ढल्कीरा थेँ उ आईपुग्यो।

"दीप्, ल हिन" भन्यो आउना साथ। हातमा एक चाङ्ग निम्ता देखेर थाहै जस्तो थ्यो तैपनि "काँ?" भन्या त्यै चाङ्ग बोकेको उस्को दाइने हात अलिकति उठाउँदै भन्यो "निम्ता बाँडन"।

ट्वाकको दिदीको ब्या आउँदै थ्यो। त्यो निम्ता बाँडने काम झर्को चै झर्को लाग्दै हो तर त्यति निरस पनि थिएन। निरस र सरस गन्तब्यले टुङ्गो लाउथ्यो। त्यसैले एउटा आश नजानिदो किसिमले धडकन सँगै मिसिएर प्रतिपल चम्किन्थ्यो।

म हिँने उ सँग। धेरै तिर बरालिइयो--निम्ता बाँडियो-- धेरै निम्ता बाँड्नुथ्यो एउटा घर बाट अर्को घर पुग्दा समय निकै खर्च हुने। त्यसो समय खर्च गरेर पुग्यो ट्वाकको त काम हुने मेरो नहुने। पुग्या घराँ तरुनीहरु नभए पछि मेरो के काम भो? अघि धडकन सँगै चम्किने भन्या आशले धेरै निरासाको चडकन् भेट्यो त्यो दिउँसो।

ट्वाकलाई "तेरो जुन जुन नातेदारहरु कहाँ छन सुन्दरताको सिहासनमा बिराजमान केटीहरु उतै उतै हिन न -- रक्सी नभाको भट्टीमा कति जानु? दिक्कै लाग्ने" भन्न पनि भएन तर मन मनमा त भनी रहेँ। के को आस गरेर हिन्या के आइलाग्यो भन्दै घर घर ट्वाक सँग सँगै नमस्ते गर्दै धेरै हिनियो। पछि त थकाई पनि लाग्यो, भोक जस्तो पनि अनि तरुनीको आश प्यास नै भए पछी मैले ट्वाकलाई भनें "ल अब डाईट ख्वा त --"

हामी जय बागेस्वरीबाट लामपोखरी हुँदै चाबेल तिर आउँदै थिम। उस्ले "ल हुन्छ म ख्वाउँछु भन्यो"। राम्रै लाग्यो।

"अब कति ठाम बाँकि छ तेरो?" भन्या "छन त छ अझै तर अब आज यै एउटा फुपुका जानी अनि पुग्यो" भन्यो।

"तेरो फुपुको नी घर ह्याँ हो र? तेरो फुपुहरु त उता थापाथली-कुरियागाउँ तिर र डिल्लिबजारमा हैन र?" मैले सोधें। म गाको छु उस्का ती फुपुहरु कहाँ।

"ह्याँ चै मेरो बाउको फुपु के -- बाउले फुपु भन्या हाम्ले पनि फुपु अब" भन्यो।

डाईट खाएर जाने होला फुपुकाँ भन्या  त गणेशथान आउनु अघि नै देब्रे पट्टीको एउटा घराँ लाग्यो ट्वाक।

"ए, डाईट भन्या खै त?" मैले फेरी भास भुस पार्ला भनेर सम्झाएँ।

"ख्वाउँछु भन्या अहिले -- पैले हिन्न ह्याँ काम सक्काउँ --" भन्छ ट्वाक चै।

"बोरै भै सक्यो लरखरिदा लर्खरिदा" मैले मेरो दिक्क सुनाएँ।

"ह्याँ बोर हुन्न तँलाई-- ल हिन" भन्यो।

"यो लास्ट स्ट्प हो?" मैले सोधें उस्ले "हो हो" भन्यो।

गैयो भित्र। ठोकियो नमस्ते। बसियो बैठक कोठामा। थकित ज्यानलाई केही राहत भो।

"खै त फुपु?" ट्वाकले सोध्यो त्याँ हामी सँगै बैठकमा बस्या आन्टीलाई--फुपुकी बुहारी हुन क्यारे।

"उता नरेन्द्रदाई काँ -- आउने बेला पनि भयो होला अब त" सुनाईन आन्टीले। अंकल भनाउँदा पनि आए। ट्वाक सँग भलाकुसारी भो। ब्याको कुरा गर्न थाले। आफुलाई चै भोक लागी रा बेलाँ झर्को लाग्न थाल्यो।

ट्वाकको दिदीको ब्याको कुरा त नातेदाराहरुलाई था नभाको हैन--निम्ता त एउटा औपचारीकता मात्रै थ्यो।

"ए, महेन्द्रदाई" घर बाहीर बाट कुन चै ले बोलायो यसो झ्याल तिर बाट बाहीर हेर्दै अंकल चै "एकै छिन है म आईहाल्छु" भनेर हिने।

मैले ट्वाकलाई "ल हिन, अब" भन्ने संकेत स्वरुप कुहिनाले ठ्याक्क हानें।

उस्ले तत्काल आन्टी तिर हेरेर भन्यो  "आन्टी, भोक लाग्यो -- खाजा खाम न"।

अघोरी ट्वाकले त्याँ पो ख्वाउने भो डाईट। झन हुटेलाँ म:म: तिर डल्याम्ला भन्या त -- म:म: सम्झिने बित्तिकै मुखमा पानी आयो --त्यै म:म: पानी निलेर बस्नु पर्यो। ट्वाक मेरो वाकयुद्ध्मा पर्ने निश्चित थ्यो त्याँ बाट निस्के पछी।

"लछ्मी --लछ्मी" भन्दै आन्टी कराईन। एकै छिनमा घुर्मैलो धोती लाकि एउटी अँधबैसे आईमाई फुङग उड्या अनुहार लिएर ढोका नेर आईन।

"जाउ त खाजा बनाएर ल्याउ" आन्टीको आदेश गुन्जियो। लछ्मी तर चटपटाईनन्।

यत्तिकैमा एउटी सुन्दरताको पन्चाङ्ग अग्नीमा जाज्वल्य हुँदी एउटी तरुनी मन्द मुस्कान साथ कोठा भित्र छीरी।

ट्वाकलाई मुलत: शब्दले, अनि मलाई आँखाले अभिबादन गरे जस्तो लाग्यो। ट्वाकले अघि ह्याँ बोर हुन्न भन्या झट्ट सम्झें हो रे छ भन्ने लाग्यो। ट्वाक प्रतिको द्वेस हरायो। बरु आभारी भएँ। म:म को तल तल पनि हरायो।

उ ट्वाक सँग भलाकुसारी गर्दै थिई -- लछ्मी चटनपटाको देखेर आन्टी आफैं उठीन र बाहीरीइन, लछ्मी पछी लागिन। उनीहरु जानु के थियो मैले मेरा आँखाहरुलाई ट्वाक सँग कुरा गर्दी त्यो ठीटीका अमृतरसले भरीएका झै लाग्ने र रस टप्केलान कि झै देखीने अधरहरुमा डुबुल्की मार्न निर्बाध छोडी दिएँ।

उस्ले म तिर हरेक पल्ट हेर्दा मेरा नयनले उस्कालाई अभिनन्दन गरेकै हुन्थें। ति आँखाहरुमा कौतुहलता म पढ्न सक्थें। 

ट्वाकले न त मलाई उ चिनायो न नै उस्लाई म। तर त्यै आन्टीकी छोरी भाको मैले बुझिसकेको थिएँ।

एकै छिनमा चाउचाउ, चिया, र पानी आयो किस्तीमा। लछ्मीले बोकेर ल्याईन -- आन्टी पनि पछी लागेर छिरिन कोठामा। बाताबरण फेरीयो। लछ्मीले हामी अघिको टेबलमा खानेकुरा राखेर फर्किन। "ए कत्ति छेउमा राखेको" त भन्दै थिईन आन्टी लछ्मी सुरु सुरु निस्किन कोठाबाट। लछ्मी रीसाकि हुन कि कान नसुन्ने मैले बुझिन।

नवतरुनी चै ले किस्ती मिलाउने भै। तातो चाउचाउको कचौरामा के गरेर हात लाई कुन्नी उस्ले, तातोले चिलेछ उस्को त्यो कोमल हात। चिल्नु के थ्यो उस्को हात बिच्की हाल्यो-- बिच्केको हातले चियामा दनक दिएछ अनि पानीको गीलासमा पनि -- घोप्टी हाले कप र गिलास --पानी र तातो च्या ज्यानमा आईलाग्यो -- पानीको त केई भएन च्याले  त डामी हाल्यो। जर्याक जुरुक  उठियो। आत्था आत्था भन्दै कराउन पनि भएन पोल्न छोडेको पनि छैन।

"ए, पोल्यो कि के हो?" भन्छीन आन्टी चै। नपोलेर अन्त के भयो त?

"के गरेर, घोप्ट्याई यस्ले -- एउटा काम ठिक सँग गर्नु छैन" आन्टी छोरी तिर लागिन।

केटी पनि एक छिन त स्त्बध भाकि थिई पछि त उल्टो हाँस्न थालि। आन्टी कराउँदै थिईन। मेरै जत्तिको बिजोग थिएन ट्वाकको -- उस्लाई पानीले धेर च्याले कम भेटेछ।

लछ्मी लछ्मी तिन चार चोटी भने पछी लछ्मी आईन।  सबै घोप्ट्या देखेर हिनीन। एक छिन पछी रुमाल बोकेर फर्केको देखें।

केटी चैं म तिर मुस्कान साथ हेरेर "सरी ---म फेरी ल्याउछु च्या र चाउचाउ" भन्छे बा।

मैले कोठामा को को छन बिचारै नगरी भनें तर नरिसाईकन "फेरी ल्याउँछु रे? किन? फेरी घोप्टयाउन? भैगो पुग्यो आजलाई।"

आन्टी हाँसीन, उ हाँसी, ट्वाकको अनुहारमा पनि हलुका हाँसो थ्यो। लछ्मी ढलेका भाँडा उठाई होरी रुमालले पोखीएको सोस्तै, उठाउँदै थिइन। उनलाई हाँसोले छोएको थिएन।

पछी हिन्ने बेलामा ठीटी बाहीर सम्म पुर्याउन आई -- फेरी "सरी" भनी अनि निस्किदा निस्किदै ट्वाक भएको मतलबै नगरी म तिर उही घातक नजरमा "उफ"को सकस, अनि उही मादक अधरमा मुस्कानको बकस सार्दै भनी "पर्सी मङ्गलबार गणेशथान आउने त होला नी?" ----

 


 
The postings in this thread span 14 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 12-03-07 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिप ब्रो..प्रशंसाका निम्ति उपयुक्त शब्द मसँग छैन !तपाइका लेखाइको म भक्त त छँदै थियँ तर अब महाभक्त हुने सुरमा पुगेँ !
आगामि दिनमा यहाँका सृजनाहरु पढ्न पाइयोस यस्तै मौलिकताकाहरुले भरियका !!!

महाभक्त
स्याटेलाइट-


 
Posted on 12-03-07 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपजी,

म त हजुरको लेखाइको प्रसंशक नै हु। निकै मनपर्छ हजुरको कथाहरु । हुनत कथाको प्रसंग   नारीपात्र(तरुनी)लाइ लखेट्ने भन्दा अर्को  देख्या छैन ?

 अरु पनि जाओस न त चाडै यो सकिएको भए। इन्द्रेणी जस्तै --कसैले आगमनको सूचना दिएको भए..

 


 
Posted on 12-04-07 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप  अन्तिम मा  ट्वाट संग टुंगाइदेको  कहानीलाइ ?

 मैले हेर्नु भन्दा पहिले नै  'गेट लस्ट' भैसक्या रहेछ । अरु पनि जाओस ,  अन्त दाइको साथी  'दाई' भन्छु क्या 


 
Posted on 12-05-07 7:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल पढियो दीपजीको कथा पूरा! क्या छ! जति पढेपनि फेरि पढीरहन मन लाग्नी!

हुनत दीपजीले कथालाई पछि बढाउन पनि सक्छु भन्नुभएको छ, तर मलाई भने यतिखेरको अन्त्यनै ठीक लागेको छ। यहाँबाट घटनाक्रमहरुलाई फेरि बिहेतिरै तानियो भने धेरै नमिल्दा कुराहरु आउन सक्छन्। त्यसैले बाँकी कुराहरु पाठकहरुलाईनै सोच्न बाध्य बनाएर यहीं टुंग्याउनु राम्रो होला जस्तो लाग्छ।

 दीपजीजस्तो प्रखर कथावाचकलाई फेरि एकचोटि सलाम!

अरु कथाहरु पनि चाँड्चाँडै पढ्न पाईयोस्।


 
Posted on 12-05-07 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ब्यस्तताका बाबजुत पनि दीप ज्युको कथा "आमन्त्रण" पढेको हो । कमेन्ट लेख्न मात्र कन्ज्युस्याइ गरेको हो ।
मलाइ त सार्है नै इर्स्या लाग्यो धारा प्रबाहरुपमा कथा बगेको देख्दा । अत्यन्तै राम्रो र प्रिथक (तल्लो रेफ लेख्ननै आउदैन, कसैलाइ अौछ भने कसरि हो येसो सिकाइ दिम्न है) लाग्यो । प्राएजसो क्रमश: पछि कथा कता जाला भन्ने लागिरहन्थ्यो । सार्है नै राम्रो । पछि नयाँ नयाँ कथाहरु अबस्य पनि पाइने छ भन्ने आशा छ तर बाङ्गे चाँही न छुटोस् है ।
 
Posted on 12-05-07 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(shift r) R ‌= ृ

pअनि shift संगै  r पनि थिच्ने

(pR)पृ

:)


 
Posted on 12-05-07 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथाको बिषय बस्तु काल्पनिक भएकोले अघि बढाउन कुनै गार्हो छैन -- काल्पनिक कथाको अन्त्य हुन्छ नै पो कसरी र  भन्ने मनसाय हो मेरो कथा बिसाउँदा र सकिएको छैन भन्दा।

अब लेख्नै परेछ भने अर्कै कथा लेखम्ला -- यता त निक्कै ठोकिहालियो नी गफ। कसो?

यत्ति धेरै सदभावहरु मैले पाउनु भनेको चानचुने कुरा हैन। म अग्रपंक्तिको कथाकार भए पनि लौ भन्नु। साथिहरुको उदारता नै हो म प्रतिका शुभेच्छाहरु।


 
Posted on 12-05-07 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yo katha ko highly awaited part “Didi ko bihe ko din” tyskoi bich ma pugera katha rokiea/end /karmasa bhaeko le deep le sajha readers haru laai anyaya bhane garekai ho.


 
Posted on 12-05-07 6:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ   दीप्-जी, तपाईं अग्रपन्क्ती को कथाकार नभये को हुन त यो साझा मा?  अवश्य नै तपाईं अग्रपन्क्ती म गनिनु हुन्छ।  सम्_ओफ र अरु दुई चार जन हुनुहुन्छ तपाईं को दौतरी हरु।  आबो अर्को कथा चाँही कहिले पढ्न पाईने हो, कुन्नी?

 
Posted on 12-05-07 10:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

The story is missing orgasm. Deep,  come  on,  give a last push. Bange Desperately needs it.
 
Posted on 12-06-07 7:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिसले सिकाउनु भएको त्यो pR ले त - " प्र् " पो भयो त । pRthaka - प्र्थक यस्तो हुन्छ । कसरि हो ?
 
Posted on 12-06-07 8:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

याहुजी,

 Unicode Nepali Converter चलाउनु हुदोरे'छ । मलाई त्यो थाहा थिएन पहिले,  हजुरलाई भएको असजिलोको लागि माफी चाहन्छु।

अनि छ नि http://www.google.com/transliterate/indic/ यो चलाउने गर्नु भएको छ?  त्यो converter भन्दा यो झन सजिलो छ र शब्दहरु छानिछानि राख्न र  edit गर्न पनि मिल्छ।

:)


 
Posted on 12-06-07 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभा जी धेरै धेरै धन्यबाद बल्ल लेख्न सकें -  पृथक
 
Posted on 12-07-07 2:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.Deep,

झ्यालीन्चा खोई त? उसको रोल नई नभाको एस्पाली ?
 २००३ को ताका "यू. एस. एम्बेसी - पानी पोखरी" को पिस नि गजब को थियो.

"आमंत्रण" मा त शुरूमई  आफ्नो टोल को नाम! वाह!

As for the current one, the ending correlates highly with the title.


 
Posted on 12-07-07 7:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

याहुजी,

 खुशीलाग्यो  तर  धन्यवाद मिसलै चै किन नदेको नि  contribute त उस्को नि हो  

खै त दिपजी को अर्को कथा कहिले आउने होला आज शुक्रबार भैसक्यो :)


 
Posted on 12-07-07 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Neural,

लौ झ्यालिन्चा लाई सम्झिने मान्छे नी भेट भो -- बोलाउँला नि उस्लाई पनि नेस्ट्याम।

अब फेरी मनलाई दुख दिन जयबागेस्वरी तिर पुर्याईदेको? हत्तेरी!


 
Posted on 12-07-07 9:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep G,

khai ke lekhau. ek taka tapai ra bange ko tyo budanilkantha ko katha padhya thiye...khub ramailo lagyo. samaya ko abhab le.........

hijo rati sadhe 2 samma computer agadi yo 2 aakhan lai gadhai padhe......ABA KE HOLA...ABA KE HOLA...bhandai..........

tapaile ta yo katha kalpanik bhannu bhayo...tara katha ma yati ras cha ki ....kalpanik jasto lagena..deep ji.....

ali tala maathi huna sakcha but kalpanik chanhi hoina jasto lagyo.....tyo gathyamangal ko aunthi ko punch!!....love=> oralo ma chadya cycle......haina tapaiko lekhai ma yasto jadu cha ki mantramugdha parcha bhanya...sano sano kura lai kati maja le .....jado maina ma hamra dd harle bunya sweater jastai bunnu huncha bhanya.....

thanks again deep G,

time bhayo bhane tapai ka sabai kahta haru sakaune mero naya DREAM bho.....

jai Nepal!!.......

ARKO EK BHAIRAB ARYAL ko janma bha jasto lagyo malai....21st century ko bhairab aryal....

-daum


 
निशान्त
Posted on 12-13-07 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्बोsss! दिप सोमले फिरि यताहुँदि धमाका छोडिदेको रैछन्त!

जे होस हाम्रो हाँडिगाउँलेहरु हरिप नै छ छनलाई। दिप सोम ल मस्ति रैछ ब्रोको, जता गए पनि छब्कि फालाफाल! बाङ्गे ठिस पनि हिरो हुनु थालेछ :)

लास्टै जोत हानेको हानेको गरेर भएपनि छब्कि चाहिँ सोमले पट्ट्यायो जस्तो छ। अनि के भयो हौ गणेशथानमा???


 
Posted on 12-14-07 8:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep ji, didn't get chance to read your stories for past 3 weeks, but today I finished 'em all. Great twisting stories as always, I really love your story. Good one, enjoying reading every words. Thanks for sharing your great stories, you are a great writer. The best thing is I can imagine the scenes while reading, wow!!!

wow.nepal


 
Posted on 12-31-13 1:53 PM     [Snapshot: 26507]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल दीप दाइ को अर्को कथा पढेर सिद्धाए ..... पुरानो होस या नया ... जहिले पनियो मन र मस्तिस्क लाइ आनन्दित पर्ने तपैका कथाहरु.... हाँसोको फोहोरा संगै सिधाये.... ल सप्पै पढ्नुस भनेर धकाल्दै छु माथि....

तपाईं किन साझाबाट यसरि हराउनु भो .... सम्झेर मन भारि हुन्छ.... 

- थाहा छैन 

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters