world_map
Replies to this thread:
More by world_map
What people are reading
Subscribers
Please log in to subscribe to world_map's postings.
:: Subscribe
|
|
[VIEWED 8691
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-31-07 5:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
अचेल साझामा नाम मिल्ने कथाहरू, जस्तै दीप ज्यो को 'रेखामा नभएकी रेखा', दिपिका जीको 'पूजाको पूजा' आदी आएका छन् जुन निकै मनोरन्जनात्मक छन्। मलाइ ती कथा पढ्दा मैले ९ महिना अघि लेखेको कथाको याद आयो। हुनत यो मेरो बाल्यकालका कथाहरूको श्रृंखला हो, जुन ब्लग र चौतारीमा छ, लेख्न थालेको १ वर्ष भन्दा बढी भयो। मेरो लेखाइ खासै ईन्टरेस्टिङ त लाग्दैन म आफैंलाइ तर यहाँ उस्तै उस्तै खालको शीर्षक मिलाउनको लागि म त्यो भाग मात्र कपेर पेस्टिदिन्छु। यस कथामा मेरो नाम 'चित्रे' राखिएको छ, जुन मेरो चौतारीको नाम पनि हो।
प्रेरणाको प्रेरणा
Tenth part:-
“फिनल्याण्डको राजधानी कुन हो?” “पासऽऽ“ “यो प्रश्न ग्रुप बी लाई जान्छ।“ “उलन बटोर” “गलत, यही प्रश्न ग्रुप सी लाई” “उमममममऽऽऽ“ “समय सकियो” प्रश्न ठोक्किँदै ठोक्किँदै हाम्रो ग्रुप मा आइपुग्यो। म जुरूक्क उठें र भनें “हेलसिन्की”! “ठीक!!!” तालीको पर्रा छुट्यो, हाम्रो अंक बढ्यो। क्वीज शुरू हुनु भन्दा पहिले त मलाइ भित्र भित्रै डर लागिरहेको थियो, क्यापटेन पनि राजेशलाइ नै बन्न कर गरिरहेको थिएँ। तर मोहन सरले म नै बन्नु पर्ने अडान राख्नुभएकोले आँट गरेर क्यापटेन बनेको थिएँ। जीवनको पहिलो हाजिरी जवाफ प्रतियोगिता भएकोले होला मलाइ त्यस्तो लागेको, तर म त्यसबेला छक्क परें जुनबेला हामी बिजयको संघारमा पुगिसकेको मलाइ थाहा भयो। मलाइ कुन बेला क्वीज सकियोस् जस्तो लागेको थियो, किनकी अरू टीमले हामीलाइ उछिन्ने चिन्ताले मलाइ सताइरहेको थियो। मेरो ओंठ मुख सुकिसकेको थियो तैपनि प्रश्नका सही उत्तर चैं म दिइरहेको थिएँ। अन्तमा हाम्रो टीम ‘डी’ ले जित्यो, मेरो मन खुशीले नाच्न थाल्यो, चिन्तामा डुबेको चित्त शान्त भयो। “हुर्रे!! हाम्रो क्लासको टीमले जित्यो!!!” मेरा साथीहरू म र राजेशलाइ काँधमा बोकी उफ्रँदै खुशी मनाउन थाले। साथीको काँधमा चढ्दा टाढा अर्को कक्षामा उही गोरी, राम्री, फूर्तिली केटीमाथि मेरो आँखा गएर टक्क अडियो। उनी पनि क्वीजमा ग्रुप ‘ए’ कि क्याप्टेन थिई। तर मलाइ अझै उनको नाम भने थाहा थिएन।
----------------------------------------------------------------------------------------------------------
स्कूलको आन्तरिक प्रतियोगितामा जितेर अब म र राजेशको टीम अन्तर विद्यालय क्वीजमा जाने भयौं। म फुरूंग थिएँ, तयारी गर्नेतिर पनि वास्तै गरिनँ, अत्यधिक आत्मविश्वासबाट ग्रसित भएँ। प्रतियोगिता शुरू भयो, विभिन्न विद्यालयका समकक्षी साथीहरूसँग खेल्दा रमाइलै हुँदै थियो, तर हामी धेरै राम्रो भने गर्न सकिरहेका थिएनौ। क्वीज मास्टरबाट प्रश्न आयो: “म राष्ट्रको नोकर हुँ” यो कुन प्रधानमन्त्रीले भनेका थिए?” “मरीचमान सिंह” यौटा टीमबाट फूर्तीसाथ उत्तर आयो। हलमा उपस्थित सबै गलल्ल हाँसे। भर्खर ४६ सालको आन्दोलन सकिएको थियो। मलाइ कुनै राणा प्रधानमन्त्री हुन् भन्ने चैं थाहा थियो तर नाम भने आएन। “जुद्द शम्सेर” मैले उत्तर दिएँ। तर वास्तवमा पद्म शम्सेर रहेछन्। पहिला तीन टीम अर्को राउण्डमा जाने भएकाले मलाई कम्तीमा तेस्रो हुनैपर्ने कुरा थाहा थियो, तर निकै हम्मे हम्मे परिरहेको थियो। साधारण प्रश्नको पनि गलत जवाफ दिएर मैले आफ्नै खुट्टामा बन्चरो हानिरहेको थिएँ। अन्तमा हाम्रो टीम १० अंकले गर्दा चौथो स्थानमा अड्केको अवस्थामा प्रतियोगिताको अन्त्य भयो, मेरो मन कुँडियो। एकै पल्ट ‘जिनी’ जस्तै अन्तर्ध्यान भएर साथीहरू र गुरूहरूको कडा नजरबाट भागुँ जस्तो लाग्यो तर अफसोच म जादूगर थिइनँ।
----------------------------------------------------------------------------------------------------------
“ए चित्रे भन्ने को हो?” हाम्रो स्कूल बसको ड्राइभर कराए। “म हुँ, किन?” मैले बसको सीटबाट उत्साहका साथ उठ्दै घर जाने मूडमा उत्तर दिएँ। “तिमी बस, फेरी स्कूल जानु पर्छ”। ड्राईभरको यो कुरा सुनेर म झसंग भएँ, घरमा गएर भिडियो गेम खेल्ने योजना डगमगाउन थाल्यो। “किन? के भयो?” घरको स्टप आइसकेर फेरी फर्काएर स्कूल लग्न खोजेको देखेर मेरो कन्सिर तात्तेर आयो। “तिम्रो मम्मीले भन्दै हुनुहुन्छ।“ हँ? मम्मीले म घर पुग्न लागेको मान्छेलाई किन फर्काएर स्कूल पठाउन लाग्नु भएको होला? मनमनै यो कुरा सोच्दै यस्सो बस बाहिर हेरेको त मम्मी वाइवाइ चाउचाउ र कोकोनट बिस्कुट बोकेर मलाइ बोलाउँदै हुनुहुन्थ्यो। “चित्रे! तिम्रो स्कूलबाट फोन आएको भर्खर, तिमीलाइ फेरी स्कूल फर्काइदेऊ रे। क्वीजको तयारी गर्नुछ रे, तिमीलाई क्लास पछि बस्नु भनेको तर तिमी त बस चढेर भाग्यौ भन्दैहुनुहुन्थ्यो सरले!!” “ए हो त! मैले त भुसुक्कै बिर्सेछु!” मैले भनें, अनि खानेकुरा लिएर मन नलागी नलागी फेरी उही रित्तो बसमा बसेर स्कूल फर्कें। हाम्रा सरले आन्तरिक प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने क्यापटेनहरूलाइ मात्र छानी नयाँ टीम बनाउनु भएको रहेछ, विद्यालयको आधिकारिक टीम। अनि एक ठूलै प्रतियोगिताको लागि तयारी हुँदै रहेछ। “ए चित्रे! मैले तिमीलाइ स्कूल सकिएपछि पनि बस भन्या हैन? तिमी त भागेछौ नि, झन् हाम्रो टीमको क्याप्टेन भएर!” प्रदिप सरले भन्नु भयो। “हैन सर, मैले त बिर्सें।“ मैले किन्चित लज्जा र डर मिश्रित स्वरमा भनें। “ल भइ हाल्यो, त्यो रूममा जाऊ, नितीन र प्रेरणा पनि त्यहीं छन्, म एकछिनमा आउँछु” सरले भन्नुभयो। उक्त कोठाभित्र पस्नेबित्तिकै मेरा आँखा एक जोडी आँखासँग गएर जुधे अनि मेरो मुटु जोडले ढुक्ढुकाउन थाल्यो। सेक्सन ‘ए’ कि उही केटी पनि त्यहीं होली भनेर त मैले सोचेकै थिइनँ, उनको ग्रुप ‘ए’ तेस्रो भएको त मैले भुलिसकेको थिएँ। उनले मलाइ देख्ने बित्तिकै मधुर मुस्कानका साथ भनी ‘चित्रे! किन भागेको घर?’ म झण्डै बेहोस भइनँ। उनलाइ मेरो नाम नि थाहा रहेछ, मेरो मुटु मार्च पास गर्दाको ड्रम जस्तै ड्वाङ् ड्वाङ् बज्न थाल्यो। मैले सकिनसकि घाइते मुटु सम्हाल्दै भनें, “मैले त भुलेछु”। “प्रेरणा! कति राम्रो नाम!” मैले मनमनै सोचें।
---------------------------------------------------------------------------------------------------------
नितीन, प्रेरणा र मेरो टीम खूबै जम्यो, हामीले पहिलो राउण्ड र सेमीफाइनलमा सफलता पाएर फाइनलमा प्रवेश गर्यौं। पहिलो राउण्डको महत्त्वपूर्ण समयमा नितीनले हाम्रो टीमलाइ बचाएको थियो। दुई टीम सेमीफाइनलमा प्रवेश गर्ने अवस्थामा हामी केही अंकले तेस्रो स्थानमा थियौ र अन्तिम केही प्रश्न मात्र बाँकि थिए। प्रश्न थियो’ “अफगानिस्तानमा बिद्रोह गरिरहेका समूहलाइ के भनिन्छ?” मलाइ यसको जवाफ थाहा थिएन, प्रेरणा र नितीनबाट पनि केही उत्तर आइरहेको थिएन। आफू क्यापटेन भएको हुनाले मैले जे भएपनि उत्तर भन्ने प्रयास गर्दै थिएँ तर केही शब्द दिमागमा आएन। जम्मा ३० सेकेन्डको समयमा २५ सेकेन्ड त बितिसकेको अनुमान मैले लगाएँ। यत्तिकैमा नितीनको मुखबाट अनायासै निस्कियो, “मुजाहिद्दिन”। मैले पनि केही नसोची जुरूक्क उठेर चिच्याएँ, “मुजाहिद्दिनऽऽ“। “ठीऽऽऽक!” म खुशीले गदगद भएँ, हामी पहिलो स्थानमा पुगेछौं। पछि सेमीफाइनलमा पनि प्रवेश गर्यौं। फाइनलको एकदिन अगाडि तयारीमा प्रदिप सर भन्दैहुनुहुन्थ्यो, “तिमीहरू राम्रो टीम हौ, तर अरू टीम कस्ता छन् त्यो हेरेर तयारी गर्नू। सेन्ट मेरीजलाइ त तिमीहरू जित्छौ, सेमीफाइनलमा त उनीहरूलाइ हामीले धेरै अंकले दोस्रो पारेका थियौं।“
---------------------------------------------------------------------------------------------------------
फाइनलको दिन म अलि चाँडै स्कूल पुगेको थिएँ खानै नखाई, तयारी गर्नको लागि। गर्ल्स होस्टेलका ईन्चार्ज गुप्ता सर मलाई खाना खुवाउँदै प्रश्न सोधिरहनु भएको थियो। “तिमी त भूगोलमा धेरै राम्रो रहेछौ।“ गुप्ता सर भन्दै हुनुहुन्थ्यो। खाना खाने टेबलमा केटीहरू कराउँदै थिए” ह्या! कस्तो बोर भो, ईङ्ग्ल्याण्ड हार्यो नि!” मलाई मनमनै हाँसो उठ्यो, “ठीकै भयो, ईङ्ग्ल्याण्ड त मलाई मनै पर्दैन, मलाई त अर्जेन्टिना जिते पुग्छ।“ मैले मनमने सोचें। अर्जेन्टिना ईटलीलाइ सेमीफाइनलमा हराएर फाइनलमा प्रवेश गरिसकेको थियो। त्यतिबेला १९९० को विश्वकपको फाइनल नजिकिरहेको थियो। जताततै विश्वकपको ज्वरो व्याप्त थियो।
हाम्रो हाजिरी जवाफको फाइनल पनि शुरू भयो, हामी आरामका साथ अघि बढिरहेका थियौं, धेरै प्रश्नका सही उत्तर दिंदै। अन्त्त्वोगत्वा हामी विजयी भयौं, सुनका तक्मा भिर्यौं र क्यापटेनको नाताले मैले शिल्ड उठाएँ। घर फर्कँदा म सोच्दै थिएँ, “प्रतियोगिता जित्ने प्रेरणा मैले प्रेरणाबाट त पाएको हैन?”
नोट:- यस कथामा नामहरू परिवर्तन गरिएका छन्।
|
| |
|
|
|
|
pjna007
Please log in to subscribe to pjna007's postings.
Posted on 12-31-07 5:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
WM ji --aha katiramro katha --asadhe man paryou
---एकै पल्ट ‘जिनी’ जस्तै अन्तर्ध्यान भएर साथीहरू र गुरूहरूको कडा नजरबाट भागुँ जस्तो लाग्यो ---malai pani taserai bhagau jasto lagchha embarrassing situation haru maa
|
| |
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 12-31-07 5:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
Haha chitre bro........!!! puranai rahechha, gone through all. La ramro chha, arule padhnai parchh ek patak
|
| |
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 12-31-07 5:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
मैले बल्ल पढे लौ धेरै राम्रो प्रस्तुती रहेछ आखिर जीत मा महिला को कत्रो योगदान त!! शायद कोही पनि केटी नभएर होला त्यती बेला तिर हो हाम्रो स्कुल दोस्रा भ्एको थियो (बल्ल थाहा भयो पहिला हुने त चित्रे एन कम्पनी)
|
| |
|
|
kancha01
Please log in to subscribe to kancha01's postings.
Posted on 12-31-07 5:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
Worldmap Ji, dherai ramro katha raakhnu bhayeko rahecha, asadhyai man paryo, pheri pheri pani padhna paaiyos..
|
| |
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 12-31-07 9:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
mero nam kasle liyo bhanya ta world map le po raicha. aru pani lekha hai mero namko katha.
Happy New Year 2008
|
| |
|
|
wow.nepal
Please log in to subscribe to wow.nepal's postings.
Posted on 01-01-08 6:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
saral ra ramro, mitho prastuti. aru pani jaawos world map ji.
|
| |
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 01-02-08 12:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
world map jyu, malai pani tension bhayeko thiyo deep ko topic dekhera feri aafule story lekhera post garna thikka pareki aba arko topic kata khojne jaanu  hajur ko yo story ta sachhikai "prerana ko prerana" nai raichha, “प्रेरणा! कति राम्रो नाम!” मैले मनमनै सोचें।"--maile pani tehi soche. raamro laagyo hajurko katha.
Last edited: 02-Jan-08 12:09 PM
|
| |
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 200 days
| Recommended Popular Threads |
Controvertial Threads |
| ए १ पनि पुगेनछ ? |
| NRN card pros and cons? |
| Democrat wants to run election like in India. Chaos and Confusing to voters. |
| नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ |
| 2020 : Why No Trump ! |
| नेपाली वालमार्ट चोर |
| 200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year. |
| ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION |
| मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे |
| मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु |
| Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place |
| Why Oli must go for the UML to survive? |
| Funny when Nepalis talk about Epstein and injustice |
| अब के हाेला त? |
| EAD Filing |
| BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS |
| NOV 18th TPS DAY |
| H1B |
| नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार |
| Sukulgunda 2.0 / www.sukulgunda.com |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|