[Show all top banners]

waka
Replies to this thread:

More by waka
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 छोरी सुजातालाई चिठ्ठी
[VIEWED 10675 TIMES]
SAVE! for ease of future access.
Posted on 01-14-08 12:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बुढो भए त के भो ,सबैले भन्छन अझै बाबु
म नभए कस्ले राख्न सक्छ  यो देशलाई काबु 
म जे भन्छु ,बिर्सन्छु होश पनि छैन आखिर
मर्नु अघी गर्नै  पर्‍यो नि आफन्तको खातिर

लाउला र खाउलाको बेला दिए उपहार लाउडा
जस्ले जे भनुन  बनाइ दिए अब निकै तगडा
पाउने सधैं चुप ,नपाउनेले नै गर्छन् झगडा
प्रजातन्त्रमा के मज्जा नभए देखी लफडा

छोरी सुजी बौको बिडो मन लगायर थाम 
पायको बेला मिलायर गर्नु पर्छ जे छ हाम
बिरोधिलाई सके सम्म पाखा लगाउन जान
मैले जस्तै आफ्नो को सधैं बढाउनु सान

बुढो गोरुले गाई ओगटे झै पद नछोड्नु
युबा पुस्ताको अघी बढने बाटो छेक्नु
जनता लाटा छन आश्वासअन धेरै बाडनु
जाल झेल जे गरेर पनि सधैं नेता हुनु

डाँडा माथिको जुन म त मेरो अर्ती मान
बुध्धी बिबेकी सँग सधैं हुन नि साब्धान
परे जाकी दिनु लगाएर शक्ती र साधन
जुग जुग टिकी रहोस् छोरी तिम्रो शासन


 
Posted on 01-14-08 4:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It applies all around the word and passed to next generation. This vulture killed Ram and Laxman with an intention to avoid their political rise and send them to fight a gorilla fight in Okhaldhunga. He just put them aside with no issue, I think BP was also part of the culpit.


 
Posted on 01-14-08 8:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Waka I really enjoyed this work of yours. Keep it up
 
Posted on 01-23-08 6:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thanks nayasadak.

ke desh ra janatako lagi kohi neta nepaliko bhagya ma chhaina ?

thanks poon-hil .


 
Posted on 01-30-08 2:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-30-08 6:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thanks bishnu damak.


 
Posted on 01-31-08 10:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nice,

ya katu yathartha ho yo.keep it up.


 
Posted on 02-03-08 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आजका हामी नेपाली


मिठो बोलेर जस्ले अरुलाई फसाउछ
खुट्टा तानेर जस्ले आरुलाई लडाउछ
काम भन्दा जस्को हुन्छ ठुलो बोली
लाग्छ आजभोलि यस्तै छौ हामी नेपाली


पदको लागि जस्ले पाउ मोल्छ
नामको लागि जस्ले दाउ खोज्छ
खाने पाउने ठाउमा जो पुग्छ हाम्फाली
लाग्छ आजभोलि ।।।।।।।।।।।।।।।।।।


अरुको प्रगतिमा जो डाह गर्छ
आफ्नै दुनोको मात्रा जो चाह गर्छ
समाज मा जस्ले बोल्छ अरुलाई खसाली
लाग्छ ।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।


अरुलाई पर्दा जो पर भागछ
आफ्नो लागि जो शर खोज्छ
स्वार्थको लागि जो जान्छ हम्फाली
लाग्छ ।।।।।।।।।।।।।।।।।।।।।।।।।


अरुको कुरा काट्न जो रुचाउछ
राम्रै काममा पनि जो खोट लगाउछ
जुधायर अरुलाई जस्ले बझाउछ ताली
लाग्छ ।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।


अगाडि पर्दा जो ङिच्च हास्छ
पछाडि पिच्च जस्ले थुक्छ
जो बढछ अगाडि जाल हाली
लाग्छ।।।।।।।।।।।।।।।।।।।।।


निमुखा माथि जस्ले धाक जमाउछ
पसिना चुसी जस्ले लाख कमाउछ
जती घिच्दा नि न अघाउने हन्तकाली
लाग्छ।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।


अरुलाई जस्ले झुस ठान्छ
आफु भन्दा अरुलाई भुस ठान्छ
समाज मा फेरी पनि पाउछ जस्ले ताली
लाग्छ।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।



 
Posted on 02-10-08 2:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

                   
बन्द, शायद नेपालको राष्ट्रिय पर्ब
जुलुस, नेपालको महान जात्रा
भाषाण ,धाराबाहिक किम्बदन्ती
नेता,मिठो बोलेने पाखन्डी

बन्द ,
ए सुन त ,नेपाल बन्द है
किन
हाम्रो माग पुरा  नभएर
हाम्रो काम पुरा नभएर

पेट्रोलको भाउ बढ्यो
बजार भाउ बढ्यो
पानी आयन
बत्ती बलेन
अब त अत्ती भो
चक्का जाम ,टायर बालम
ढुङ्गा हानम ,शिशा फुटाम
.................
नौलो  समाधानको उपाए


जुलुस ,


हाम्रो माग पुरा गर
....रजिनामा दे
.....जिन्दाबाद
......मुर्दाबाद
धेरै टाउका बिना दिमाग
हुल उही सोझा जनता
मर्छ ,लडछ ,सडछ

भाषाण


नेपाल सिङगापुर बन्छ
सबै समस्या छु मन्तर हुन्छ
मेलाम्छी काठमान्डौ आउछ
सुरुङ मार्ग ,रेल मार्ग बन्छ
शान्ती अमन चयन को बेबस्था हुन्छ
रोजगारिको प्रबन्ध मिल्छ
एकै छिन्मा नेपाल माथि उठछ
ताली जोर सँग बज्छ
भाषाण सकिन्छ ,
नेपाल जहाको तही
अर्को भाषाण सम्म चुप रहन्छ
नेता,

             
भाषाण गरेर रगत तताउछ
शासन गरेर जगत कमाउछ
सिधान्त बेच्छ ,कुर्शी खोज्छ
देश लुटछ ,फुर्ती लडाउछ
आफ्नोलाई बनाउछ ,अरुलाई उडाउछ
भाग बन्डामा रमाउछ
आँफै झाक्री आँफै बक्सी
२०५ बाट ६०१ ....
अझ कती भाग बनाउछ
१० लाखमा गरम पन्थी होस् य नरम पन्थी
कर्तब्य र निस्ठा बिर्सी
बिजयको कुटिल हासो फुकाउछ        
 


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters