[Show all top banners]

waka
Replies to this thread:

More by waka
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 मैसाप हजुर अचेल पिउन थाल्नु भएछ
[VIEWED 10897 TIMES]
SAVE! for ease of future access.
Posted on 02-14-08 8:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गजल सम्बन्धी तेती ज्ञान त छैन ,
नेपे गुरु,शिरिस आदिको देखासिकी गरेको हुँ।
सुझाबको आशमा छु 
 

मैसाप हजुर  अचेल पिउन थाल्नु भएछ
ओईलाएको फुल जस्तै जिउन थाल्नु भएछ

चिसो सिरेटोमा पनि उदाङग चल्ने अगं
अचेल गर्मिमा पनि छोप्न थाल्नु भएछ
बैशको रापमा बाफिएको नसालु माद
बोझिलो भयो कि,नसकी खेप्न फाल्नु भएछ

आँखा भरी बग्न लागेका अधुरा सपना
बिझ्ने भयो कि, नसकी थेग्न बाल्नु भएछ
अभिमानले भात्किएका मायाका प्रणय
कतै जोडीन्छ कि भनी लेख्न थाल्नु भएछ


 
Posted on 02-14-08 11:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैशको रापमा बाफिएको नसालु माद
बोझिलो भयो कि,नसकी खेप्न फाल्नु भएछ

nice,keep it up


 
Posted on 02-21-08 10:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाटो कुर्ने आँखा लुकेछन कतै हेराइ फेरियो कि
माया रोप्ने मन झुकेछन कतै पराइ बेरियो कि

दिलको चौतारीमा मन डुलाउदा खिलखिलाउथेउ
मुन्टो अब निहुरिएछन कतै देखाई घेरियो कि
चाहको छहारिमा तिमीलाई नै देखे  भन्थेउ
आज सबै मेटिएछन ,कतै लेखाइ केरियो कि
 
मायाको गीतमा पिरतिको संगीत गुनगुनाउथेउ
सुरको ताल फेरिएछ ,कतै गवाइ भासियो कि  
भएभरको साधना भात्काइ आगो लगायौ
पिडामा मन जलेछ ,कतै दबाइ नासियो कि


 
Posted on 02-24-08 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Waka-jyu,

गजल-व्याकरणको हकमा, अन्तिम रचनाको पहिला तीन श्लोक अलग्गै र पछिल्ला दुई श्लोक अलग्गै समानुप्रास (काफिया, rhyme) भएका कुरा त भनिरहन परेन ।

[ फेरियो

बेरियो

घेरियो

केरियो ]

 

अनि

 

[ भासियो

नासियो ]

काफियावन्दी र अन्य नियमको लागि यो चिनारी सहायक होला:

http://www.ebazm.com/ghazalbeher.htm

 

 

अनि नेपाली शब्द उपलब्ध भए सम्म हिन्दी शब्द प्रयोग नगर्नु पनि राम्रै सुझाव हुनेछ ।

 

यी प्राविधिक कुरा बाहेक गजब बान्कीको गजल गयो । बधाई छ, र शुभकामना पनि !

 

Nepe


 
Posted on 02-24-08 4:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपे ज्यु ,हजुरको सुझाब मेरो प्रेरणा हुनेछ । म कोशीश अबश्य गरिरहने छु ,आशा छ यहाँहरु बाट सुझाब पाइरहने छु ।

 
Posted on 02-24-08 8:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी एउटा गजल टास्ने कोशीश गरेको छु, प्रतिकृयाको आशामा छु    

 

   धोकामा जलेको मन कसै गरी थिर हुन्न 
    जति दले नि साबुनले मनको पिर धुन्न
 
    माया जोडेर तिमीलाई दिल सुम्प्या थिएँ
    सिपालु रहिछौ नि त्यहि दिलमा झिर उन्न
    हारजितको च्याँखेमा माया थापिएछ
    सबैलाई मात दियौ नि तिमीले तिर चुन्न
 
    बेनामी बजारमा लिलाम भएछ इज्जत
    सकिएन कसै गरे नि धागोले शिर तुन्न
    स्वच्छ निर्मल शान्त तलाउ माग्या थिएँ
    छाडिनौ जिबनमा पहिरो जाने भिर बुन्न


 
Posted on 02-24-08 8:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Flirtatious, grievous, sensual !

 

सलुट, यार !

 

Long live unrequited passion ! Keep it up !

 

Nepe

Last edited: 24-Feb-08 08:58 PM

 
Posted on 02-25-08 5:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपे ज्यु ,हजुरको सहयोगमा हुर्किएको हो यो गजल ।
यहाँहरुको प्रेरणामा श्रीजनाले सजिबता पाउनेछ।
धन्यवाद 


 
Posted on 02-26-08 6:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ कस्तो भयो,अहिलेको पारीबेशलाई चिहाउन खोजेको ,
आशा छ सुझाब पाउछु। 

 

मन्दिर मास्ने पूजारी भए ,घर भाडा पहरे (भाडने )
माटो डस्न कहाबाट उम्रे निल कडा लहरे

भाईचारी साची सारेको माया नसर्दै
खुशीमा खसे, उर्लेर फेरी साउनका खहरे
आध्यरो गाउमा अन्धाको बस्ती बाटो चाहिएन 
भ्रममा कुदे बथान टाउका निमुखा जो ठहरे

आस्वासन पीइ चाउरिएका पेट फुक्लान भनी
छरिएका आशा बटुली रछन बिचरा टहरे
आफ्नै उचाइ गिराएर आफ्नै माटो फाल्ने
भड्किएको मन  भएछन अब चाँही जहरे  


 
Posted on 02-28-08 7:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी एउटा अर्को गजल उनेको छु ,गजलको बिधामा
अभ्यास गर्ने शिलशिला हो यो ,
सदा झै सुझाबको आशामा छु।

 

आफ्नै करङ बजाइ पराइ मनका धुन छान्नेलाई
आफ्नै मान्छे भनुम कसरी बिरानो हुन जान्नेलाई

सम्झदा पोल्छ ,मुटुनै घोच्छ ,बिर्सन सक्तिन
हाँसि हाँसि आँफैले रचेको मायाको खुन तान्नेलाई

अभिमानको भर्र्याङ् चढी कहिले सगर पुगिदैन
के भनुम मलाई नै अन्न भित्रको घुन ठान्नेलाई

हजार गल्ती गरे नि साखिली भयौ आखिर
दोसी मलाई बनाइयो कस्ले छुन्छ रुन जान्नेलाई

सफलताले शिखर चडोस भन्ने कामना तैपनी
खार आउने गरी तातो तेलमा गुन झान्नेलाई


 
Posted on 03-15-08 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अझै यो भन्दा पनि राम्रो राम्रो गीतालु (गजल्)हरुको सिर्जना गर्न सक्नुहोस् ,अनी मैले गाएक कार मुरलिधर ले भन्नु भएको जस्तई किन हिन्दी मा एस्लाई गजल भन्ने ? हामी नेपाली हो र नेपाली बाट सिर्जना भएको कुरालाई नेपाली मा नै गजल नभनी गीतालु भनेर भनौ न हुन्न र ?किन हामी एस्लाई हिन्दिमा गजल भन्छौ अब देखी कसैले पनि नेपाली गीतालु लाई गजल नभनौ सबैले गीतालु भन्ने गरौ ?
हजुरको उत्तरो-त्तर् प्रगती को कामना गार्दछु।


प्यारा कृष्ण पन्डित्


 
Posted on 03-16-08 4:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thanks pyara,

if u want to read more, please see "kehi gajal haru,"

thanks for comment


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
नेपाली वालमार्ट चोर
H1B
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters