[Show all top banners]

pra34
Replies to this thread:

More by pra34
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 मेरो मनको बोझ
[VIEWED 11297 TIMES]
SAVE! for ease of future access.
Posted on 03-02-08 4:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

2 बजे तिर अफिसमा फोन आयो दिदीले गरेकी रहिछ । बेलुकी घर फर्कदा यहाँ छिर है अनी दुबैजना सँगइ घर जौला भनी ,हस भन्दै फोन राखिदिये । निक्कै खुशी लाग्यो , दिदी सँग भेट नभएको नि थुप्रै भएको थियो । अफिसबाट चाडै निस्किये र दिदीको घर तिर लागे ।   
घरभित्र छिर्ने बितिकै ,मेरी दिदी आएर मलाई हतार हातर गर्दै आफ्नो कोठामा लगी ,उ मलाई केही भन खोजी रहे जस्तो लाग्यो उस्को मुखमा एक किसिम को तनब प्रस्टै देखिन्थ्यो ।
"के भयो किन मलाई यहाँ लाएको ? " मैले  सोधे
 माथि बैठक कोठा बाट निक्कै हल्ला आउँदै थियो ।  उ अली हिचकिचएको जस्तो गरी ।
उ केही बोल्नु भन्दा अघाडी नै फेरी मैले सोधे ,"के हो आज anything special, family get together हो कि क्या हो?"  मेरो कुरा खत्तम नहुँदै उस्ले एक्छिन बस म भिनाजु लाई भेटेर आउछु भनेर गैइ । एक्छिन पछी दिदी भिनाजु दुबैजना आए । भिनाजुसँग  साधारण कुरा पछी भिनाजु ले प्रसँग फेरेर प्रश्न गर्नु भयो ,"अब कहिले बिहे गर्ने ? हामीलाई कस्तो भोज खान हतार भैसक्यो " भिनजु पहिला देखी नै मलाई खुब जिस्काउनु हुन्थ्यो ।
मैले त्यो प्रश्नलाई  खसै seriously लीईन ,खाउला नि भिनाजु पहिला बिहे गर्न केटा नि भेटिनु पर्‍यो नि ,मैले हासेर जबाफ दिये ।
दिदी चाँही हेर तँ ठूली भाईसकिस अब बिहे को बारेमा पनि सोच आमाले निक्कै पिर गर्दै हुनुन्थ्यो ,अब त पढाई पनि सकियो जागिर पनि खाइसकिस  उमेर पनि भाईसक्यो । तेरो कोइ छ भने भन क्यार नत्र अब हामीले देखाएको केटासँग बिहे गर । तँलाई आखिर कस्तो केटा चाहिन्छ ? अहिले केटा छान्दै बस पछी बुढी भएपछी कुन चै राजकुमार आउछ त सँग बिहे गर्न ,दिदी आफ्नै ताल्मा गाली गर्दै थि । मेरो लागि त्यो गाली पहिलो पटक थिएन मलाई तेसको कुराले केही असर पर्नेवला थिएन ..... त्यो कुरा उस्लाई नि थाहा थियो तै पनि मलाई केके भन्दै सम्झाउदै थि । मैले चुपचाप कुरा सुनिरहनु नै उचित ठानेर केही प्रतिकृया देखाइन ।
आजकल मलाई हरेक दिन घरमा बिहे गर भनेर किच्किच गर्न थालनु भएको थियो । आमासँग त अघिल्लो हफ्ता ठुलो झगडा परेको थियो । आमालाई मेरो भन्दा नि मेरो बहिनी को पिर थियो । बहिनीको affair को  कुरा  घरमा थाहा भये देखी आमा मेरो पछाडि लाग्न थालनु   भएको  थियो । सबैजनाको बिचार बुज्दा मेरो बिहे सकिनासाथै बहिनिको बिहे गरिदिने थियो  । ठिकै छ बहिनिको बिहे गर्दिनुस् न त भन्दा पनि दिदीको बाँकी रखेर बहिनीको कहाँ बिहे गर्ने समाजले के भन्छ भनु हुन्थ्यो । यो बिहेको टपिक निस्क्यो कि मेरो परो तात्न थालथ्यो । आखिर म बिहे नगरनको कारण पनि त भन सक्दिन थिए ..........

भिनाजु पनि सम्झौन थालनु भयो । दिदी र भिनाजु को कुरा सुन्दै गएपछी थाहा भयो उनिहरु ले मेरो लागि मैले थाहा नै नपौने गरी जाल बिछैसकेका रहेछन । माथि कोठामा मलाई हेर्न भनेर केटा र उस्को परिवार आएका रहेछन । खोइ भिनाजुको आफन्त रे , केटा चै ईन्जिनियर  अहिले कुनै private कम्पनीमा काम गर्दैछ । भिनाजु मलाई details दिदै हुनुन्थ्यो । मेरो रिसको सिमा नै रहेन  घर जान्छु मलाई बिहेसिये गर्नु छैन भनेर जुरुक्क उठे , दिदी केटा हेर मन परेन भने बिहे नगर मेरो पनि त इज्जत् को खयाल गर भन्न थालि । हुन्छ भनु  आफुलाई बिहे गर्नु नै छैन हुँदैन्न भनु दिदीको इज्जतको सबाल थियो । उस्का घर परिवार अघाडी उस्को मान राख्ननि हुन्छ भने ।

माथि कोठामा गये र सबैलाई नमस्ते गर्दै छेउमा रहेको कुर्सिमा बसे। सबैसँग चिना परिचय भयो ।  मलाई  भित्र  भित्रै उकुस्मुकुस भैराखेको थियो । केटाका दिदिहरु खास्खुस गर्दै थिए । समान किन्नु अघाडी समानलाई हरे झै उनिहरु मेरो आँखा , नाक , मुख हात खुट्टा सबै नियालेर हर्दै थिए । दुइजना लाई कुरा गर्न दिउ भनेर हामी लाई अर्को कोठा मा पठैदिये, म खाटमा बसे उ चाँही नजिक्कैको सोफामा बस्यो । मैले उस्लाई राम्ररी हरेको पनि थीइन , एक्चोटी हर्न मन लाग्यो बिहे नगरे पनि मान्छे त हेरौ नत भनेर एसो हरे । गोरे आग्लो निक्कै handsome रहेछ । हामी दुइजानै चुप चाप बसिरखौ । त्यो मौनतालाई भङ्ग गर्दै  ," are u nervous "? उस्ले प्रश्न गर्‍यो । मेरो बोली फुट्नु पन्द अघाडी नै , iam nervous too , भएर खिसिक हास्यो । दातँ निक्कै राम्रा रहेछन , उस्को त्यो हसाइमा मात्रै कती केटीहरु पागल हुँदा होलन मैले येसो सम्झे । १० मिनट पछी चियाको बाहाना गरेर मेरो दिदी  हाम्रो चियो गर्न अैइ र तुरुन्तै फर्की हाली । त्यो केटाको  हात कामी राखेको थियो , बिच बिच्मा थुक निल्थियो  ... मुख रातो रातो भएको थियो शायद पहिलो चोटि केटी हर्न आएको हुनु पर्छ मैले अनुमान गरे । मेरो अनुमान शाही थियो एक्छिन पछी  आँफै त्यो कुरा बतायो। केटा मान्छे एती nervous भएको पहिलो चोटि ढेखेको थिए । हुन त म पनि  nervous थिए । मलाई उसँग केही कुरा नै सोध्नु थिएन , उखानै छ नि नजाने गाउँको बाटै नसोद्नु भने । तै भएर म केही नबोली बसे ।   तर  उस्ले पनि  केही  सोधेन दुबैजना निहुरिएर बसीरखौ । उता कोठाबाट उस्को दिदी आएर कुरा गरौत भनेर सोधेपछी अं गरे भनेर उठेर गयो । मलाई झन आनन्द उस्को कुनै पनि प्रश्नको जबाफ दिनु परेन । हामी घर सल्लह गर्छौ भनेर उनी हरु बिदा बारी भये ।
म पनि दिदिसँग कुरै नगरि घर गये । घर पुग्दा आमा बुवाको आँखामा निक्कै प्रश्नहरु थिए म भने केही नभनी केही नभएको जस्तो गरी भित्र छिरे ।
आमा सानो स्वरमा बुवा लाई भन्दै हुनुन्थ्यो "एस्लाई  केटा मन परेन जस्तो छ ...... कस्तो केटा चहिने हो  ...... अब ठुलिको घर परिवारलाई पो के भने ... बिचरीले कती दुख्ख गरेर सबै मिलएकी थि येस्ले सबै बिगारने भै । कुल घरआन सबै राम्रै थियो , त्यस्तो केटा पाउनुत ठुलो भग्ये हो ....... सम्झैसो न तेस्लाई ।
आमाको कुरा सुने पछी आफले आँफैलाई प्रश्न गरे ...... के छ होला मेरो भाग्यमा ?
क्रमस ...........


 
Posted on 03-02-08 7:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिबाहको लागि केटा केटी हेर्ने कार्यक्रमहरुको अर्को पाटो पस्किदिनु भएकोमा प्रा जिलाई धन्यवाद। अरु पनि थप्दै जानु होला।
 
Posted on 03-02-08 8:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरु भागको प्रतिक्षामा!!

 
Posted on 03-02-08 9:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यसपछी के भयो त प्रा३४ जी?
 
Posted on 03-02-08 9:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रमाइलो छ। नेपाली समाजको बास्तविक चित्रण गरिएको। अनि बिहे गर्ने उमेर भएका हरुको र परिवरको मनको बह पोखिएको।
लौ लौ आर्को भाग पनि जावसनत।
 
Posted on 03-03-08 1:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुद्धै  सुस्त गवाही चुस्त भन्चन हाम्रो तराई तिर त्यस्तै भो नि यहाँ पनि
हुन पनि दिदी बहिनी हरु लाई निक्कै बाठो हुन पर्छ है बिहा बारी को ममिला मा पत्तकै चित्त नपर्ने बेहोरा
खयाली ठठा हो है

 
Posted on 03-03-08 8:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

really nice and interesting subject.

Has anybody got any idea what will happen if girls come to see boys hahhahhah????


 
Posted on 03-03-08 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Maaja ko katha rahechha. Baki bhaga pani chadai padhna paiyosa.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ICE kidnapping people off the streets over op eds
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters