[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 "मन" हुनु त जगिया को जस्तो !!

[Please view other pages to see the rest of the postings. Total posts: 91]
PAGE: <<  1 2 3 4 5  
[VIEWED 53398 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 5 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 07-08-08 4:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"मन"  हुनु त जगिया को जस्तो!

 

 नाम जगिया, बर्ष ३२-३३ । श्याम बर्ण । नेपाली मुश्किल ले बोल्थ्यो।
जगिया पहिलो ब्यक्ती थियो मैले आफु पोस्टिङ भएको कार्यालय को गेट मै भेटेको। रिक्साबाट् ओर्लिंदै थिएं, उ  हतारिंदै मेरो ब्याग उठाउन आए, सलाम् साहेब भन्दै। पक्का चौकिदार् हुनु पर्छ, मेरो मनको ठ्म्याइ, सहि निस्कियो।

"नाम के हो?"
 
"जगिया।"

 "जगिया मात्र?"
"हाँ, साहेब, जगिया।"
 उसले मेरो सामान बोक्दै   अर्को इन्जिनियरको  क्वाटरमा भित्र लगे। इन्जियर साहेब संग औपचारिक परिचय गरें।  शायद इन्जिनियर साहेबले पहिले नै उसलाइ सूचना दिएको हुनु पर्छ र रिक्सा बाट ओर्लिने बित्तिकै थाहा पाइहाले।
 
सरकारी जागिरको पहिलो पोस्टिङ तौलिहवा, जिल्ला कपिलवस्तु। इलाहाबाद पढ्दा धेरै चोटी भैरहवा बिश्राम् गरेको र त्यहि बाटो हुंदै नौतनवा, गोरखपुर् -इलाहाबाद गएकोले कपिलवस्तु पनि उस्तै होला भन्ने सोचेर गयेको थिएं। भैरहवा सम्म त पीच बाटो खासै समस्या परेन। तर त्यहाबाट ६६ किमी बाटो धुलाम्य, र नेपालको भूगोल जस्तो बाटो। ३ घण्टा पत्यार् लाग्दो यात्रा। तौलिहवा, पहिलो द्रिष्टि मै उराठ लाग्दो लाग्यो। हिन्दुस्तानको कुनै देहात जस्तो लाग्ने, चारै तर्फ मश्जिद मात्र। गौतम बुद्धको कर्मथलोमा बुद्ध धर्म को नामो निशान थिएन्। राजा सुद्धोधनको दरबार  अबशेष र केही अशोक सतम्भ बाहेक बुद्ध धर्म को प्रतिनिधित्व गर्ने केही थिएन।

जगिया, हाम्रो अफिसको चौकिदार। श्रीमती र सानो बच्चा सहित गेट निरकै सानो कोठामा बस्थ्यो। बिहान कार्यालय खोल्ने, सफा गर्ने  लगायत सबै  उसैले गर्थ्यो। क्वाटर् र अफिस एउटै कम्पाउण्ड भित्र थियो। छुट्टा छुट्टै क्वार्टर, गेस्टहाउस्, अनि स्टोर रुम।

कुनै पनि बेला जगिया, हे जगिया भन्ने बित्तिकै  जि साहेब भनेर उपस्थित हुन्थे। बजार जाने देखि अखबार लिन जाने आदि इत्यादि जे काम पनि तुरन्तै गर्थे। यसमानेमा हाकिम र अरु दर्जाका स्टाफ सबैमा जगिया प्रति राम्रो धराणा थियो।
अफिस को एकापट्टी पोखरी, अर्को पट्टी जंगल र अर्को पट्टी खेत भएकोले सर्प, गोमन अनि  करेटको त उर्बरभूमि नै थियो। काठमाडौंको घरघरमा आ।ुने सानो सर्प RAT SNAKE   देखि त त्राहिमाम त्राहिमाम् हुने मान्छेलाई सर्प गोमनको वस्तिमा हुल्दिंदा सातो जानु स्वाभाबिक थियो।
तर के गर्नु, जागिर खाए पछि डरलाई नि आफ्नो घर बनाउनु पर्दो रहेछ।


म त्यता हाजिर भएको लगत्तै अर्को इन्जिनियर साहेब सरुवा लिएर नवलपरासि जानु भयो, मानौं यो उदेक लागो भूमिबाट मुक्ति पर्खेर बसेको। हाकिम हुनुहुन्थ्यो, तानसेन घर भएका भलादमि। हरेक छुट्टीमा घर जानु हुन्थ्यो र कहिं जानु छ भने निमित्त हाकिम दिएर जानु हुन्थ्यो।

एक दिन हाकिम घर गाको बेला, साँझ ८ बजे तिर, जगिया, साहेब  साहेब भन्दै आए, मेरो क्वार्टरमा। निकै आत्तिएको देखिन्थे।

मैले किन, किन आत्तिएको भनेर सोधें। अबधि भाषा मात्र बोल्ने तर नेपाली मिसाउदै  बच्चा बिरामी भएको र होस् नै नभएको  बताए। मलाई अबधि भाषा आउदैनथ्यो, हिन्दी मा भनें।
" चलो अस्पताल् ले चलते है।"
 
जिल्ल अस्पताल ३-४ मिनेट को पैदल दूरी मै थियो। जगियाले बच्चा बोके र हामी दुबै जना रफ्तारमा अस्पताल पुग्यौं। डाक्टर् यादबले प्रारम्भिक जाँच गर्नु भयो।  झाडापखालाले डिहाइड्रेसन् भएको होला भन्दै सलाइन पानी दिने कुरा गरे र दिए पनि। डाक्टर संग बिस्तारमा कुरा गरें। यता तिर झाडापखाला नर्मल रे।

एउटा सलाइन पानी चढाइ सक्दा नि बच्चाको स्थितिमा सुधार भएन। जगिया, त्यसै त आत्तिसकेको, बच्चा निलो हुंदै गए पछि झन आत्तिए। रुन थाले, जगिया। डाक्टर यादब पुन: आए र तत्काल बुट्वल वा भैरहवा लैजाने सल्लाह् दिए। रातको साढे ११ बजिसकेको थियो। एम्बुलेन्सको ब्यबस्था त्यो पनि रातको समयमा लगभग असंभव थियो नै।

अफिसको गाडी थियो तर ड्राइभर साहेब भने साँझ ८ बज्यो कि १ पाउच श्री मा झमझमाइ सकेको हुने। मलाई ड्राइभिङ आउदैनथ्यो।
"जगिया, गाडी चलाना आता है?"
"हाँ साहेब।"
"लाइसनवा नही साहेब।"
 
लाइसेन्स् साइसेन्सको बात छैन, साँचो मेरो क्वार्टरको ढोकै मा छ, गाडी लिएर आउ , म बच्चा लाई हेर बिचार गरेर बस्छु भने। उ एकै छिन मै गाडि लिएर आइहाले साथमा लज्जो अर्थात उनकी श्रीमती पनि, साडिले टाउको छोप्दै।

 
जगिया ले गाडी हाँके, खाल्डाखुल्डी छिचोल्दै निमेषमै भैरहवा पुर्‍याए। अस्पतालमा बाल रोग बिशेषज्ञ पनि रहेछ। डाक्टर् कर्माचार्य, काठमाडौ घर भएको नेवार। मैले नेवारी मै डाक्टर साहेब संग कुरा गरें। केही आत्तिनु पर्दैन, समय मै हस्पिटल ल्याउनु भयो, भन्नु भयो। त्यहि कुरा जगिया लाइ भने। तर पनि उनको अनुहारमा चिन्ताका रेखाहरु ज्यूंकात्यूँ नै थियो। "बच्चालाइ केही हुदैन भोलि बिहान सम्म मा ठिक हुन्छ।" डाक्टर् साहेब ले अबधि मै भन्नु भयो।


 सायद त्यो अघिको  सलाइन पानी मै मिसावट थियो। डिहाइड्रेसन नै भएको रहेछ।  सलाइन पानी फेरि दिइयो। बच्चा स्वास्थमा क्रमिक सुधार हुंदै आयो। रातको ३ बजे डाक्टर साहेबले उनकै को क्वार्टरमा एक निद सुत्न अनुमति दिनु भयो र भोको पेटमा अलिकति अन्न। म धन्न भए।

क्रमश:

 


 
The postings in this thread span 5 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 07-14-08 6:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो रहेछ ठुल्दाइ। मन हुनु त जगियाकै जस्तो। मैले पनि माने।
 
Posted on 07-14-08 6:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

Last edited: 14-Jul-08 06:52 PM

 
Posted on 07-14-08 7:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Another classic from Rahulvai... I read  it in one breadth. Beautiful one.



 
Posted on 07-14-08 7:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सरल भन्दा पनि सरल घटनालाई सुन्दर शब्दजालमा बुनेर यती  आकर्शक बनाउन सक्ने क्षमताको कदर गर्छु म ठुल्दाइ !

अरु अरु पनि आउँदै गरोस बेला बेलामा !
मन हुनु त जगियाकै जस्तो। मान्नै पर्‍यो नि अब । नभये त कुटेर खेदीहाल्छन नि फेरी 
 
Posted on 07-14-08 7:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rahul  dai, I also read it. You nicely presented Jugiya as a typical representative from lower class family with great heart.


 
Posted on 07-14-08 9:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बडो मार्मिक कथा रहेछ। जगिया को मन कति ठुलो। ठुल्दाइ को लेखाइ बेजोड छ।
 
Posted on 07-14-08 10:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साच्चै नै मन हुनु त जगिया को जस्तो अनी लेखाइ हुनु त हाम्रो ठुल्दाइको जस्तो। 
 
Posted on 07-14-08 11:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

very touchy. thanks for sharing rahulvai.


 
Posted on 07-15-08 12:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dai, maile pani padhe hai. dai ko sabai katha haru jastai yo pani mann paryo. aba chahi arko katha ko pratikshya maa....


 
Posted on 07-15-08 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"ओह!" यस्तो रहेछ कुरा!

मन हुनु त जगियाको जस्तो!!


 
Posted on 07-15-08 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"ओह!" यस्तो रहेछ कुरा!

मन हुनु त जगियाको जस्तो!!


 
Posted on 07-15-08 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रबी जी,
जगियाको लोप स्टोरी बाट धेरै सिक्नु पर्छ हामी ले पनि, मन धन संग मात्र हुँदैन।

शितल जी ,

हो, जगिया लाई स्यालुट गर्नै पर्छ। उनको मन को महानता लाई सलाम गर्नै पर्छ। गरीब को मन धनीको मन भन्दा बिशाल हुन्छ भन्ने कुरा लाई   देख्ने चिन्ने हर कोइले महशूश गर्न सक्छन। त्यसपछी कहिलेइ कपिलवस्तु गइएन र जगिया को हालचाल सोध्न पाइएन।

क्रेजी जी,
जगिया यिनै कुराबाट प्रभाबित भएर नै यो कथा लेख्ने हिम्मत गरेको हुं। चौकिदार को दु:ख को काहानी बहुत लेखिए होलान  । तर मन को काहानी शायदै कसैले लेखे होलान।

प्रभात जी,

समाजमा अरु पनि जगियाहरु होलान, हेपिएका, थिचिएका होलान। तिनको नि मन हुन्छन। तर देख्ने र लेख्ने मान्छे हुन्नन।

चेली जी,

धन्यवाद, राम्रो मानिदिनु भएकोमा , फेरी पनि भन्छु- मन हुनु त जगियाको जस्तो।

दीपिका जी।
हो, मन हुनु त जगिया को जस्तो ।

 

लहरे जी,

हो, मन हुनु त जगिया को जस्तो ।

प्रेरणा जी,
तपाईं ले मान्नु भयो, मेरो प्रयास सार्थक भयो।

GreenMapleTree जी,

मन पराइ दिनु भएकोमा आभारी छु। सदा झै जीवन जगतमा भोगेको कथा पस्केको हुं।

रिट्ठे जी,

अझै शंका, जगियाको जस्तो बढीया मन हुनुमा ? कसैले कुट्दैनन। जगिया को मन ले धेरैमा अपूर्ब ज्ञान को संचार भैसकेको छ।

Stat जी,

हो, तल्लो जाती र तल्लो कर्मचारी को कुरा कलरको कुरा गरेर डलर खानेहरुले धेरै ले गर्छन्। नाङ्गो छाती देखाएर हात्ती झार्छन, तर जगियाहरु सधैं गुमनाम मै रहन्छन।

 

नेप्चे जी,
मार्मिक छ नै। आँफैले भोगेको भएर हो कि, हिजो टाइप हानी सके पछी सर्सती पढ्दा यो आँखा अनायसै रसाए। मन हुनु त जगियाको जस्तो।

 

पिया जी,
मन हुनु त जगियाको जस्तो ( ठुलदाइ को मन पनि कमा छ र भन्या, जगिया को संगत भाको?) ।

ek@l जी,

Thanks for you nice comment.

 

जोशी जी,
मन हुनेले मन पराउने कथा हो यो, जोशीजी को मन पनि कम को छैन ।


 
Posted on 07-15-08 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Very nice presentation. I am sure it touched hearts of many. We need more "Jagiyas" in this world. Thanks for sharing Thuldai.
 
Posted on 07-15-08 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छोटो मिठो,

मैले त अर्को २-४ भाग जाला भन्ठनेको ठुल्दाइ ले एही सक्दिनु भएछ हुन पनि त्यो भन्दा अगाडि बढ्ने त अरु काहानी रइन्छ।
ल ठुल्दाइ अब पहाडी भेग तिर सरुवा हुँदा को अर्को काहानी जावस।


 
Posted on 07-15-08 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


साँच्ची नै हो, मन हुनु त जगियाको जस्तो। 

 
Posted on 07-15-08 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे जी,
हो भन्या। मन हुनु त जगिया को जस्तो। हिन्दी गाना छ नि- हम काले है तो क्या हुवा दिल वाले है। ठ्याम्मै मिलेको।

नेत्रे जी,

जगियाहरु धेरै होलान, बुझ्ने ले बुझी दिदैनन पो । धेरै  जगियाहरु अपराधको दल दल मा फस्दै गएका छन। शाक्य सर जस्तो हाकिम पनि त हुनु पर्‍यो नि > कसो?

बिस्टे जी,

लामो लामो कथा लेखेर ताली भन्दा बढी गाली खाइयो। जगिया को कथा अझै एक एपिसोड लम्ब्याउन सकिन्थ्यो तर लम्ब्याइन। फुर्सद पनि सधै ग्रिष्मको घाम हुँदैन नि।
जगिया मा अब के कमी थियो। १ लाख नगद र एउटा स्कूटर दहेजमा पाउथ्यो। एक से एक कुमारी  छमियाहरु  पाउथ्यो। गाउंको एक मात्र सरकारी अड्डा मा नोकारीइ गरेको लक्का र पक्का जवान थियो। स्वार्थ भन्दा मानवता बोल्यो जगियाको आत्मले।

चिप्ले जी,
जगिया को मन साच्चै नै बेमिशाल थियो।

 


 
Posted on 07-15-08 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ को नामै ठुलो अनी मन त झनै ठुलो
दाई, हाकिम साब को नाम के हो? जान्न मन्लग्यो if it's okay to share

 
Posted on 07-15-08 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै पहिले खानेपानी बीभागको नीयूक्ती लिएर जिल्लामा जागीर खान जाँदाको याद आयो। मेरो पनि  कपिल्बस्तु सँग मिल्दो जुल्दो जिल्ला थियो - नवलपरासी।



 
Posted on 07-15-08 4:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Spring जी,

सुषुप्त मन लाई जगाउने कोइ हुनु पर्दछ, यो कथामा हाकिम साहेब हुनु भयो।

बराल जी,

तपाईं पनि खाने पानी मै जागिरे? नवलपरासी कै कुनै घट्ना लेख्नुस् न।

 


 
Posted on 07-19-08 6:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जांगिया को मन जती महान थियो, हाम्रा कथाकार ठुल्दाइ को मन पनि उतिनै बिशाल र हृदय आकाश सरी खुल्ला रहेछ।
 



PAGE: <<  1 2 3 4 5  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters