[Show all top banners]

चेली
Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 चाहन्न म
[VIEWED 9087 TIMES]
SAVE! for ease of future access.
Posted on 07-11-08 8:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(भानु जयन्तीका उपलक्ष्यमा)

आज तिम्रो जयन्तीमा शब्दविहीन भएकीछु
प्रत्येक वर्ष अझ बढी लाचार बन्दै गएकीछु
तिम्रो नासो हाम्रो देश अझ सानो बनिरा'छ
"म त बाँच्नै सकिन नि" सगरमाथा भनिरा'छ

आज यहाँ साहित्य नि मोलहीन भएकोछ
ढुकुटी त्यो साहित्यको, दीन बन्दै गएकोछ
लज्जित बनी श्रद्धा-सुमन चढाउन चाहन्न म
तिम्लाई माला लाउन हात बढाउन चाहन्न म

मेरा भाइबैनालाई तिम्रो नाम थाह छैन
तिम्रा कृति पढ्ने मेरा दाइदिदीलाई चाह छैन
कवि आधा पागल हुन्छ, बुज्रुकहरु भन्ने गर्छन्
नेपाङ्रेजी बोल्नेलाई आधुनिकमा गन्ने गर्छन्

तिमी धेरै माथि थियौ, हामी तल गिरेकाछौं
मुख लुकाउन डिस्को, पब, बार भित्र छिरेकाछौं
आज तिमीलाई यो देशको भानु भन्न चाहन्न म
आडम्बरी नेपालीका रानु भन्न चाहन्न म!

तिमीलाई यो देशको भानु भन्न चाहन्न म
आडम्बरी नेपालीका रानु भन्न चाहन्न म!

आडम्बरी नेपालीका रानु भन्न चाहन्न म!
Last edited: 11-Jul-08 08:43 AM

 
Posted on 07-11-08 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज तिम्रो जयन्तीमा शब्दविहीन भएकीछु
प्रत्येक वर्ष अझ बढी लाचार बन्दै गएकीछु
तिम्रो नासो हाम्रो देश अझ सानो बनिरा'छ
"म त बाँच्नै सकिन नि" सगरमाथा भनिरा'छ

 

वाह चेली वाह ! गज्जब !


 
Posted on 07-11-08 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह चेली वाह ! गज्जब !


 
Posted on 07-11-08 9:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गजब!

...आज यहाँ साहित्य नि मोलहीन भएकोछ
ढुकुटी त्यो साहित्यको, दीन बन्दै गएकोछ...

वास्तवमै ठिक कुरा हो, खै नेपाली साहित्यको पहिले जस्तो चर्चा?


 
Posted on 07-11-08 9:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह ! चेली ! वाह!
भानु जयन्ती त मैले पनि बिर्सेंछु। यो कोलाहलमा यो हातहालाहालमा भानु भक्त मात्र सरु भक्त पनि बिर्सिएका छन। तिनलाई मात्र होइन चेली हामीलाई पनि पागल भन्छन। त्यसैले हरी भक्त भन्छन।
मलाई न सोध कहाँ दु:खछ घाऊ .............................................
 
Posted on 07-11-08 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह चेली वाह ! गज्जब !
 
Posted on 07-11-08 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


असार २९ मा हैन र भानु जयन्ती? 

 
Posted on 07-11-08 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठेब्रो धन्यवाद!

लहरे र सान्नानी दिदी, (कपीक्याट) धन्यवाद

ठूल्दाइ, नेपालका नेपाली सबैले बिर्सिन्छन् अचेल भानु जयन्ती, बरु दार्जिलिङ, सिक्किमतिर सम्झन्छन् रे!!

त्यही त माल्दाइ, किन होला हाम्रो साहित्य त्यस्तो उपेक्षित बनेको अचेल !! स्कुल पढुन्जेल नेपाली मेरो सबै भन्दा मनपर्ने विषय थियो, तर कसैले "सबैभन्दा मनपर्ने विषय कुन हो?" भनेर सोध्दा, म नेपाली भन्दिनथें, नेपाली भन्दा साथीहरुले जिस्काउने डर थियो, त्यस्तो किन भाको? हामी आफैंलाई, आफ्नै भाषा-संस्कृतिलाई अनि आफ्नै अग्रजहरुलाई सम्मान गर्दैनौं भने सम्मान पाउँछौं कसरी ???

चिप्लेज्यू, हो भानु जयन्ती असार २९ मैं हो ! २ दिन बाँकि छ अब, मैले सबैलाई त्यो दिन भानुको स्मरण गराउन मात्र आजै यो पोष्ट गरेको!!

 


 
Posted on 07-11-08 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरा भाइबैनालाई तिम्रो नाम थाह छैन
तिम्रा कृति पढ्ने मेरा दाइदिदीलाई चाह छैन

 

धेरै राम्रो छ चेली नानी,
आजकल को भाई बहिनी लाई भानु को नाम था नभए पनि चेली बहिनी ले चाँही भानुभक्त को सम्झना मा एत्ती राम्रो कबिता लेख्दिएकोमा धेरै खुशी लागेको छ्।


 
Posted on 07-11-08 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै राम्रो छ , चेली बहिनी। अरु पनि लेख्दै गर है। तिम्रो कबिता ले सानोमा भानु जयन्ती को उपलक्ष्य मा हुने कबिता प्रतियोगिता को लागी भनेर जिन्दगी मा पहिलो कबिता लेखेको याद आयो।
 
Posted on 07-11-08 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


स्कुल पढुन्जेल नेपाली मेरो सबै भन्दा मनपर्ने विषय थियो, तर कसैले "सबैभन्दा मनपर्ने विषय कुन हो?" भनेर सोध्दा, म नेपाली भन्दिनथें, नेपाली भन्दा साथीहरुले जिस्काउने डर थियो, त्यस्तो किन भाको? हामी आफैंलाई, आफ्नै भाषा-संस्कृतिलाई अनि आफ्नै अग्रजहरुलाई सम्मान गर्दैनौं भने सम्मान पाउँछौं कसरी ???

मेरा भाइबैनालाई तिम्रो नाम थाह छैन
तिम्रा कृति पढ्ने मेरा दाइदिदीलाई चाह छैन

 

चेली, तिमीले एउटा एकदम तितो सत्य ओकल्यौ। दु:खको कुरा, "नजिकको तीर्थ हेलाँ" भन्ने रोगले धेरै जनालाई ग्रस्त पारेको छ। बिदेशी साहित्य, संगीत बारे प्रशस्त थाहा हुने तर आफ्नै नेपालको बारेमा मानिसहरु अनभिग्य छन् र जान्ने चाहना पनि राख्दैनन्।        


                     

 

 



 
Posted on 07-11-08 3:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिष्ट हजुरबा, शुरुवात कसै कसैले त गर्नैपर्यो नि होइन र, हामीलाई बाटो देखाउने अग्रजहरुलाई त्यसै भुल्नदिन कहाँ भयो त? त्यही शुरुवात  गरेको हो मैले पनि!!!

नेप्चे दा', म पनि लेख्थें भानु जयन्तीमा कविता । भानु जयन्ती आउँदा त सानो तिनो चाड आएजस्तै लाग्थ्यो !

चिप्लेज्यू, साँच्चै किन त्यस्तो हुन्छ ?


 
Posted on 07-13-08 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भानु जयन्तीका उपलक्ष्यमा सबैलाई धेरै धेरै शुभकामना!!

 


 
Posted on 07-13-08 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



तिमी धेरै माथि थियौ, हामी तल गिरेकाछौं
मुख लुकाउन डिस्को, पब, बार भित्र छिरेकाछौं

 Well expressed.. Keep it up


 
Posted on 07-13-08 2:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेली तिम्रो कबिताले मलाई पनि आफ्नो अतितमा मा पुर्यायो। हामी सानो छँदा हाम्रो स्कुलमा पनि भानु जयन्तिको दिन उनको स्‍मृतिमा धेरै रमाइला कार्यक्रमहरु राखिन्थ्यो। मलाई कबिता त लेख्न कहिले आएन तर भानुको तस्बिर चै बनाएर पहिलो पुरकार जितेकी थिएँ। त्यही दिन याद आयो। अहिले त स्कुलमा त्यो कार्यक्रम नै हुँदैन रे।


 
Posted on 07-13-08 6:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

cheli timi kati ramro ramro kabita lekcchau hai -- yo "ranu" bhaney ko ke ho?
 
Posted on 07-13-08 9:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेली, कबिता धेरै राम्रो लाग्यो। "रानु" भनेको थाहा पाये अझ राम्रो लग्थ्यो होला। तर म चाँही "नाम थाहा हुने भाई" हुँ


 
Posted on 07-14-08 8:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपिका तिमी चित्र नि बनाउँछ्यौ ? बाबा हो, कति धेरै प्रतिभा ?  हाम्रो स्कुल मा नि बरु डान्स पार्टी हुन्छ होला अचेल भानु जयन्ती त के हुँदो हो !!

pjna007,  खै यार!! राम्रो लेख्ने ट्राइ गर्ने हो, कस्तो हुन्छ पाठकहरु कै जिम्मा ! धन्यवाद है

रानु भनेको मौरीको घारको नेतृत्व गर्ने रानी मौरी हो । Queen Bee भन्छन् नि, त्यही !

joshit, कविता राम्रो मानिदिनुभएको मा धन्यवाद तर "नाम थाहा हुने भाई" भनेको अलि बुझिन नि मैले ???

 

 

 

 


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
2020 : Why No Trump !
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Tps decision coming or not nov 18
अब के हाेला त?
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
Funny when Nepalis talk about Epstein and injustice
NOV 18th TPS DAY
EAD Filing
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
Work Permit
H1B
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters