[Show all top banners]

bisal
Replies to this thread:

More by bisal
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 जती जोगी आय पनि ज्ञाने जस्तै !!!!!!!
[VIEWED 8862 TIMES]
SAVE! for ease of future access.
Posted on 07-09-09 10:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


यो भातेहरुले राजा को सबारी हुँदा जनता ले दु:ख पायो भनेको होइन पहिला?? आहिले आँफै गर्दै चन नौतन्की, सबै नेता हरु को कन्दो म सिन्स्नो पानी ले  हान्नु पर्ने।



ट्राफिक जामले जनतालाई सास्ती


काठमाडौं, (नेस) (राष्ट्रपतिको ‘सवारी’) राष्ट्रपति डा. रामवरण यादव नयाँ बानेश्वरस्थित व्यवस्थापिका-संसद् भवनमा सरकारको नीति तथा कार्यक्रम सम्बोधन गर्न जानका लागि शीतलनिवासदेखि बानेश्वरसम्मको सडकमा सवारीसाधन चल्न नदिइएका कारण राजधानीको ट्राफिक व्यवस्थापन बिहीबार अस्तव्यस्त बन्न पुग्यो।

राष्ट्रपति डा. यादवको ‘सवारी’ का लागि ट्राफिक प्रहरीले दिउँसो ३ः४५ बजेदेखि सवारीसाधन रोकेको थियो। यसका कारण झन्डै चार घण्टा र्सवसाधारण सवारीजाममा परेका थिए।

राष्ट्रपतिको सवारीमा भएको कडा सुरक्षा व्यवस्थाका कारण स्कुले बालबालिकादेखि र्सवसाधारणसम्मले ठूलो सास्ती खेप्नुपरेको थियो। राष्ट्रपति भवन शीतलनिवासदेखि सिंहदरबारसम्म सवारी द्रुत गतिमा भए पनि सिंहदरबारदेखि नयाँ बानेश्वरसम्मको सवारी निकै धिमा गतिमा भएका कारण जनताले थप दुःख पाउनुपरेको थियो।

सिंहदरबारदेखि बानेश्वरसम्म राष्ट्रपतिको सवारी हुँदा प्रहरीले र्सवसाधारण जनतालाई सडकमा हिँड्न पनि दिएको थिएन। अघिपछि घोडचडी, प्रहरी र सेनाको समूह तथा दायाँ-बायाँ एक नम्बरको कारगेटले सुरक्षा दिएको थियो।

राष्ट्रपतिको सवारीका कारण समयमा नै घर पुग्नुपर्ने आ-आफ्ना स्कुले बालबालिका घर नआएका कारण अभिभावक चिन्तित हुँदै स्कुल र ट्राफिक प्रहरीको कन्ट्रोल रुममा फोन गर्न व्यस्त देखिन्थे।

मुलुकमा गणतन्त्र आएपछि यस्ता ‘सवारी’ सास्तीबाट मुक्ति पाइने आशामा रहेका जनता पुनः त्यस्तै घटना पुनरावृत्ति हुन थालेपछि चिन्तित देखिएका थिए।


 
Posted on 07-10-09 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राष्ट्रपतिको बानीले बेइज्जतीको डर !


लेखनाथ अधिकारी, (काठमाडौं) मुलुकका प्रथम राष्ट्रपति डा. रामवरण यादवले बिहीबार सरकारको नीति तथा कार्यक्रम वाचन गर्नुहुँदा प्रत्यक्ष रूपमै सञ्चारमाध्यमबाट त्यसको प्रसारण हेरिरहेका थुप्रैले भने- ‘हत्तेरिका, के गरेको यस्तो ? कि आफै जान्नू, नभए सिकाउनेले त सिकाउनू।’

प्रसंग थियो, मुलुकका नम्बर १ व्यक्तिको पाना पल्टाउने शैली। राष्ट्रपति महोदय, हातको औंला चाट्दै थुक लगाएर पाना पल्टाउँदै गरिरहनुभएको थियो। एक त यसो गर्दा उहाँलाई विभिन्न कीटाणुको संक्रमणका कारण रोग लाग्न सक्ने स्थिति थियो भने दोस्रो मुलुककै नम्बर १ व्यक्ति जो र्सवसाधारणका लागि अनुकरणयोग्य पनि हुनुपर्ने हो, उहाँबाट के अनुकरण गर्ने त ? पाना पल्टाउँदा औंला चाट्ने- प्रश्न गम्भीर रूपमा उठ्न पुगेको छ।

‘उहाँ त आफै पनि मेडिकल डाक्टर, यस्तो कुरामा त ख्याल गर्नुपर्ने हो किन गर्नुभएन अचम्म लागेको छ’, -डा. रवीन्द्र समीरले नेपाल समाचारपत्रसँग भन्नुभयो- ‘स्वास्थ्यका हिसाबले पनि पेपरमा कीटाणु हुन सक्ने भएकाले उहाँ स्वयम्लाई असर गर्न सक्छ। उहाँले दिएको पेपर अरूले लिँदा पनि कुनै कीटाणु भए र्सन सक्छ, यति कुरामा त उहाँले कम्तीमा ध्यान दिनुपर्ने हो। झन् अहिले त स्वाइनफ्लुको महामारी नै छ, विश्वमा।’

राष्ट्रपतिले थुक लगाएर पाना पल्टाएको दृश्य देशभित्र मात्र होइन, विदेशमा पनि टेलिभिजनका दर्शकहरूले प्रत्यक्ष प्रसारणमार्फ हेरिरहेका थिए। मनोविज्ञानविद् डा. गंगा पाठक राष्ट्रपतिले बिहीबार र्सार्वजनिक समारोहमा देखाउनुभएको आदत बच्चादेखिकै बानी हुन सक्ने बताउनुहुन्छ।

‘तर, देशको संवेदनशील पदमा रहनुभएका व्यक्तिले र्सार्वजनिक समारोहमा यस्तो हर्कत देखाउनु लाजमर्दो कुरा हो। राष्ट्रपतिजस्तो मान्छेले गरेको काम बच्चाले अनुकरण गर्न सक्छन्। उहाँबाट आखिर के सिक्ने त ? उहाँको पहिलादेखि लागेको बानी भए पनि र्सार्वजनिक समारोहमा त्यस्तो आदत नियन्त्रण गर्नुपथ्र्यो। तर उहाँले नियन्त्रण नगरेको देख्दा उहाँको अवचेतनले नै त्यसो गरेजस्तो देखियो’ -डा. पाठकको भनाइ थियो।

ठूलो ओहोदाधारीले विदेशमा पनि यसखाले गतिविधि नगरेका भने होइनन्। बंगलादेशका तत्कालीन राष्ट्रपतिले एकपटक राष्ट्रसंघको महासभामा बोल्ने क्रममा पाना पल्टाउँदा ठूलो आवाज निकालेको र नेक्स्ट पेज भनेकोमा हाँसो उत्पन्न भएको एकपटक हामीले सुनेका थियौं, पूर्वराजदूत तथा पूर्वशिष्टाचार महापाल केशवराज झाले भन्नुभयो- ‘राष्ट्रपतिलाई यस्ता सामान्य कुराको जानकारी राष्ट्रपति कार्यालयका कर्मचारी वा परराष्ट्र मन्त्रालयका कर्मचारीले नै दिनुपर्नेमा त्यसो नगरेर गल्ती भएको छ’ -उहाँले भन्नुभयो।

उतिबेला राजाहरूले यस्ता कार्यक्रममा भाग लिँदा पहिला नै ब्रिफिङ लिन्थे र ‘रिहर्सल’ गर्ने हुँदा यस्तो गल्ती देखिँदैनथ्यो’ -उहाँको भनाइ थियो। डा. समीर भने विदेशमा यसखाले भीभीआईपीले सम्बोधन गर्ने कार्यक्रममा एउटा सानो बट्टामा कपास राखेर पानी वा कुनै रसायन हाल्ने गरिएको र त्यहाँ औंला चोपल्दै पाना पल्टाउने गरिएको बताउनुहुन्छ। नेपालमै पनि बैंकहरूमा पैसा गन्दा त्यस्तो बट्टा प्रयोग गरेको पाइन्छ।

कतिपय प्रसंगमा भने विशिष्ट व्यक्तिले लिखितरूपमा बोल्दा पाना कुनै सहायकले पल्टाइदिने चलन पनि हुन्छ। तर, बिहीबार राष्ट्रपतिले नीति तथा कार्यक्रममाथि सम्बोधन गर्दा पाना पल्टाउने कुरामा कसैको ध्यान जाने त कुरै भएन, पिउने पानीसमेत राखिएको रहेनछ- ‘उहाँ वाचन गरिरहेकै बेला ‘मुख सुक्यो पानी खाऔं न’ भन्न पुग्नुभयो।

त्यसपछि केहीबेरमा बल्ल उहाँका लागि पानी आइपुग्यो। राष्ट्रपतिलाई पहिल्यै पानीसम्मको व्यवस्था नगरिएको प्रसंगमा संसद् सचिवालयका कार्यवाहक महासचिव मनोहरप्रसाद भट्टर्राईसँग नेपाल समाचारपत्रले जिज्ञासा राख्न प्रयत्न गर्दा बिहीबार राति उहाँले फोनमा भन्नुभयो- ‘म भीडमा छु। अहिले राम्रोसँग बुझिनँ है।’ फेरि सर्म्पर्क गर्दा उहाँ सर्म्पर्कमा आउन नै चाहनुभएन। किनकि पहिल्यै विषयवस्तु भनिसकिएको थियो।


Source: http://www.newsofnepal.com/new/detailnews.php?type=mahanagar&id=3798


 


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters