[Show all top banners]

Neal H
Replies to this thread:

More by Neal H
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Actress Pooja Lama विवाह भएको डेढ महिनामै बखेडा
[VIEWED 11166 TIMES]
SAVE! for ease of future access.
Posted on 05-13-10 9:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नायिका पूजा लामा र डिजे शिशिर स्याङ्दानबीच कसिएको लगनगाँठो १ महिना १५ दिन नबित्दै सम्बन्ध-विच्छेदको बाटोतर्फ अग्रसर भएको छ । गत कात्तिक १५ गते दाम्पत्य जीवनमा जोडिएको यो सम्बन्ध सुमधुर हुन नसकेपछि अन्ततः छुट्टनिे मोडमा छ ।

भद्रकाली मन्दिर परसिरमा निकटस्थ व्यक्ति तथा सञ्चारकर्मीहरूलाई साक्षी राखेर सम्पन्न भएको यो जोडीको विवाह १५ मिनेटमै सम्पन्न भएको थियो । किन यति छिट्टै छुट्टनि लाग्नुभएको नि ? भन्ने प्रश्नमा नायिका

लामाले साप्ताहिकसँग भनिन्- 'विचार नमिलेर, मैले ऊसँग नबस्ने निर्णय गरसिकें ।'

विवाह भएको १५ दिनमै डिजे शिशिरसँग सम्बन्ध सकिएको घोषणा गरेर शिशिरको घर छोडेकी नायिका लामा सात दिन साथी गायिका निशा सुनारकहाँ बसिन् ।  निशाको घरमा बसेकै बेला शिशिरले घर जान आग्रह गरेपछि उनी श्रीमान्को घर गएकी थिइन् । 'शिशिरसँगको विवादका कारण निशाकोमा गएकी हुँ, तर त्यसबेला निशा बिरामी हुनुले पनि उनको केयरका लागि जानुपर्ने स्थिति थियो' पूजाले भनिन्- 'पछि शिशिर आएर मिलेर बसौं भनेपछि म उनीसँगै जान बाध्य भएँ ।'

पूजा र शिशिरबीचको भिडियो सार्वजनिक भएपछि उनीहरूले विवाह गरेका थिए । भिडियो सार्वजनिक भएको पर्सिपल्टै विवाह गरेका उनीहरूबीच बढीमा एक साता मात्र सुमधुर सम्बन्ध रह्यो । पूजाका अनुसार विवाहको केही दिनमै शिशिरले तिमीसँग विवाह गर्न मैले आफैंले भिडियो सार्वजनिक गरेको हो भनेपछि उनमा शिशिरप्रति घृणा जागेको थियो । 'कसैले आफ्नी श्रीमतीसँगको गोप्य सम्बन्धलाई आफैं पर्दाफास गरेको हो भन्छ भने त्यस्तो श्रीमान्प्रति मैले कसरी विश्वस्त बनेर जीवन बिताउने ?' प्रश्नोत्तर शैलीमा उनले भनिन्- 'विवाह गर्नकै लागि धोका दिने श्रीमान्ले भोलिका दिनमा झन् कति धोका दिँदै जाला आफैं अनुमान लगाउन सक्नुहुन्छ ।'

यता डिजे शिशिरले भने पूजासँगको भिडियो आफूले सार्वजनिक नगरेको दाबी गरे । शिशिरले यो कुरा सुनेर आफू आश्र्चयमा परेको बताउँदै जीवनमा गर्दै नगरेको गल्तीको आरोप सुन्नुपरेको बताए । 'सतिले सरापेको देशमा राम्रो गर्नेको नराम्रो नै हुन्छ भन्छन् नि' उनले भने- 'मैले उनको बेइज्जतिलाई साम्य गर्न विवाह गरेर सम्बन्धको नाम दिएको हो, मैले भिडियो सार्वजनिक गरेको भए म यहाँ नभएर भागिसकेको हुन्थें ।' पूजाले शिशिरले नै भिडियो सार्वजनिक गरेको बताएकाले अहिले होइन भन्नुलाई नौटंकीको संज्ञा दिइन् ।

विवाहका प्रारम्भिक दिनमा खुसी-खुसी चलिरहेको जीवनमा सानो झगडाले विवादको बीउ रोपेको शिशिर बताउँछन् । उनका अनुसार सानो झगडालाई पनि ठूलो रूप दिने पूजाको बानीले गर्दा पनि विवाद ठूलो बन्दै गएको हो । शिशिरले भने- 'मेरो अन्य युवतीसँग सम्बन्ध छ भनेर उनले विवाद बढाइन् । मेरो पुरानी गर्लप|mेन्डसँग अद्यावधि सम्बन्ध छ भन्ने उनको भनाइ छ, तर ती गर्लप|mेन्ड कहाँ छिन् भन्ने मलाई नै थाहा छैन ।'

शिशिरको भनाइको खण्डन गर्दै पूजा भन्छिन्- 'उसले विवाहअघि प्रेमसम्बन्ध रहँदा मेरो पहिलो प्रेम तिमी नै हो भनेको थियो, तर विवाहलगत्तै ऊसँग थुप्रै युवतीसँग सम्बन्ध रहेको थाहा पाएँ, त्यसकारण पनि मलाई उसको व्यवहार सही छैन जस्तो लाग्यो । झूटो बोल्ने उसको बानी रहेछ ।'

सामान्य साथीको रलिेसन मेन्टेन गररिहने भनेर मात्र हाल शिशिरसँग बस्दै आएको बताउने पूजा चाँडै नै कतार जाने तयारीमा जुटेकी छिन् । 'विवाहअघि नै म कतार जाने प्रक्रियामा थिएँ,' उनले भनिन्- 'अचानक बदनाम हुने स्थिति आइपरेपछि मैले विवाहको बाटो रोजेँ, ऊ असल जीवनसाथी भैदिएको भए सायद म यतै बस्थें होला, तर मानसिक रूपमा तनाव झेलेर म ऊसँग बस्न सक्दिनँ ।

'विवाहअघि अरूसँगको सम्बन्धलाई लिएर विवाहपछि खुसी साथ चलिरहेको जीवन भत्काउन खोज्नुले पूजाको सन्की व्यवहार प्रस्ट हुन्छ नि,' शिशिरले भने- 'त्यसरी अरूसँगको अफेयरको प्रसंग झिक्ने हो भने मैले पनि पूजासँग गर्ने थुप्रै प्रश्न हुन सक्छन् ।'

शिशिरले श्रीमान्-श्रीमतीबीचको यो झगडा सानो भएको बताउँदै आफू अझै पनि पूजासँगै बस्ने जिकिर गरे । उनले भने- 'म पूजालाई माया गर्थें, गर्छु र गररिहन्छु । मैले भिडियो सार्वजनिक हुँदा पनि मलाईभन्दा पूजालाई नराम्रो हुन्छ भनेर अपनाएको थिएँ, तर पूजाले मेरो माया बुझ्न सकिनन् ।'

'पूजाले परविारसँग नबस्ने, तिमी र म दुई जना मात्र बसौं भनेर प्रस्ताव राखेकी छिन्,' डिजे शिशिरले भने- 'त्यसैले अहिले नै हाम्रो सम्बन्ध सकियो भनेर भन्ने आधार छैन, अझै पनि मलाई यो समस्या हल हुन्छ भन्ने विश्वास छ ।'


 
Posted on 05-13-10 10:46 PM     [Snapshot: 257]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

1 and half month is enough to explore genitals.. either DJ's danda is not sturdy for Pooja or vice versa....

 
Posted on 05-14-10 3:53 PM     [Snapshot: 1250]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wel come wel come  america ma kala is waiting for you. 8 to 10 inch black haha
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ICE kidnapping people off the streets over op eds
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters