[Show all top banners]

sajhabusaima
Replies to this thread:

More by sajhabusaima
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 सुशील सभापतिमा विजयी
[VIEWED 9878 TIMES]
SAVE! for ease of future access.
Posted on 09-21-10 9:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काठमाडौं, आश्विन ६ - कांग्रेस सभापतिमा आगामी चार बर्षका लागि कार्यवाहक सभापति सुशील कोइराला विजयी भएका छन् । १२ औं महाधिवेशनमा बरिष्ठ नेता शेरबहादुर देउवालाई हराउँदै कोइरालाले कांग्रेसको नेतृत्व गर्ने अवसर पाएका छन् ।

सुशीलको विजयले कोइराला परिवारबाट कांग्रेस नेतृत्व उम्कन सकेन । बुधबार बिहान सकिएको मतगणना अनुसार कोइरालाले १६५२ र देउवाले १३१७ मत पाए । तेश्रो धारको नेतृत्व गरेका भीमबहादुर तामाङले मात्र ७८ मत पाए । कोइरालाले कांग्रेस विधानअनुसार ५० प्रतिशतभन्दा बढी मत प्राप्त गरेकाले उनी विजयी भएका हुन् ।

त्यागी नेताकारुपमा चिनिएका कोइराला लामो समय कांग्रेस पदाधिकारीमा रहेर काम गर्दै आएका थिए । निवर्तमान सभापति स्वः गिरिजाप्रसाद कोइराला अस्वस्थ्य भएपछि सुशीलले पार्टी कार्यवाहक भएर पार्टी नेतृत्व गरेका थिए ।

४० वर्षदेखि कांग्रेसी राजनीतिमा सक्रिय ७१ वर्षिय अविवाहित कोइराला ३८ सालदेखि केन्द्रीय समितिमा थिए । बाह्रौं महाधिवेशनमा संस्थापन पक्षको नेतृत्व गरेका कोइराला र देउवाको छुट्टाछुट्टै प्यानल बनेको थियो ।

कोइरालाबाट महामन्त्रीमा विमलेन्द्र निधि र कोषाध्यक्षमा पद्मनारायण चौधरी तथा देउवा प्यानलबाट महामन्त्रीमा विमलेन्द्र निधि र कोषाध्यक्षमा चित्रलेखा यादव मैदानमा छन् । महामन्त्री, कोषाध्यक्षसहित ६१ सदस्यीय केन्द्रीय सदस्यको मतगणना बुधबारदेखि सुरु हुने निर्वाचन समितिले जनाएको छ ।

नेतृत्व चयनका लागि मंगलबार भएको निर्वाचनमा ३ हजार ८८ महाधिवेशन प्रतिनिधिमध्ये ३ हजार ३७ जनाले मतदान गरेका थिए । साँझ पौने ६ बजे मतदान सकिए पनि मतगणना निर्धारित समयभन्दा पौने चार घण्टा ढिलो सुरु भएको थियो ।

राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा राति ८ बजेदेखि नै मतगणना सुरु गर्ने भनिए पनि पौने १२ बजेमात्र मतगणना सुरु भयो । तर मतगणना सुरु हुने बेलामा प्रक्रियाबारे विवाद भएपछि मतगणना ढिलो सुरु भएको हो । 


 
Posted on 09-21-10 9:26 PM     [Snapshot: 16]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुजाता नानिको बातो खुल्यो अबा ? धिक्कार छ कान्ग्रेशिहरुलाई


 
Posted on 09-21-10 9:39 PM     [Snapshot: 43]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@DBST : Sushil is against Sujata's steps in government this might be bad luck for sujata .

 
Posted on 09-21-10 10:23 PM     [Snapshot: 80]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुशील सभापति भए!


त के भयो? कोही काङ्रेसीलाई खुदो पल्ट्यो होला, कोही काङ्रेसीको पेट भत्भती पोल्यो होला।


तर सुशील सभापति भए!


त नेपाली जनतालाई के भयो? के देशले नयाँ सरकार पाउँछ? के देशले संबिधान पाउँछ? के नेपाली जनताहरुले कसरी बाँचु र कसरी एक छाक साँचु भनेर चिन्ता गर्न नपर्ने दिन आउँछ?


सुशील सभापति भए त के भयो? देउवै भएको भए पनि के हुन्थ्यो?


कागलाई बेल पाक्यो हर्ष न बिस्मात्! 


 


 


 
Posted on 09-21-10 11:33 PM     [Snapshot: 141]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

IPwN.
सुशिल ले तेती बेला कुजाताको बिरोड़ नगरेको भये आज सभापति हुने थियाना होला, सुशिल ले कुजातालाई आपहुं भन्दा अगाडी पो नजाना भनेको, कुजाताको बिरोद्को नाटक कुजाताको लागी नै थियो, गिरिजाको भक्ताले गिरिजाको सपना ता पूरा गर्नु नै पर्छा नि n


 
Posted on 09-22-10 7:50 AM     [Snapshot: 227]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yeh baat sunkar Atal Bihari Bhajpaai bahut khus huwe...not too sure about Nepali janata.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters