[Show all top banners]

_____
Replies to this thread:

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 काठमाण्डू नेवाः खाजाघर र मेरो राज्य
[VIEWED 9991 TIMES]
SAVE! for ease of future access.
Posted on 04-30-11 7:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


आजको घडीमा म काठमाण्डूको बासिन्दा होइन । उपत्यकाको पूर्वीछेउको एउटा गाउँमा बस्छु र त्यस भेगका कामकाजी मानिसहरू सहर भएको छु । बनेपा-धुलिखेल-पनौतीको बसमा यात्रा गर्दछु । काठमाण्डूबाट उछिट्टएिर काँठको एउटा गाउँमा बस्न आएको भए तापनि त्यो सहर मेरो स्मृति-विम्बमा बलियोसँग टाँसिएको छ । आज पनि म त्यसका गल्लीहरूमा निरर्थक भौंतारिइरहँदा आपmनै मनको कुनाकाप्चामा डुलिरहेको अनुभूतिले रोमाञ्चित हुन्छु ।

काठमाण्डूको आफन्त भने म कहिल्यै भइनँ । शिक्षा-दीक्षा र रोजीरोटीको एकमात्र केन्द्रका रूपमा काठमाण्डूको शरणमा मलाई आउनु नै थियो, आएँ । आपmनो समयको उम्दा कलेजमा भर्ना भएँ र सहरको सातपत्रे भन्न मिल्ने असन नजिकै बस्न थालेँ । पढाइ सकें, नोकरी गरें, साहित्यको संसारमा हेलिएँ, पत्रकारितामा संलग्न भएँ, राजनीतिमा पनि हात हालें । मेरा यी तमाम गतिविधिको साक्षीका रूपमा रह्यो काठमाण्डू तर उसले मलाई जहिले पनि सुरक्षित दूरीमा राखिरह्यो । मेरो स्वागत कहिल्यै भएन तर हेलाँ गरिएँ पनि भन्दिनँ ।

एउटा परचक्री, अस्तित्वहीन तर उसको अविभाज्य छायाजस्तै मैले आफूलाई काठमाण्डूसँगसँगै हिँडाइरहें र एकदिन, अचानक त्यसलाई छोडेर हिँडिदिएँ । मेरो परिवारका लागि चालीस वर्षदेखिको थातथलो छोडेर हिँड्नु भनेको ठूलै घटना थियो तर काठमाण्डूका लागि बिल्कुलै महत्त्वहीन । ठूलो पीपलको रूखबाट एउटा पात चुँडिएर झरेको जस्तो पनि भएन त्यो, सुन्निएर मोटाएको जस्तो कुरूप, अनियन्त्रित फैलावटका कारण थला परेको महानगरका लागि मेरो पलायन । म अन्तिम र पहिलो भगौडा पनि त थिइनँ ।

म सम्झन्छु पुरानो काठमाण्डूलाई । त्यो एउटा सानो सहर थियो, सादा, एउटै उदास रंगमा कोरिएको भूदृश्यजस्तो । विष्णुमती पूर्व टुकुचासम्म फैलिएको त्यस सहरको मुटु असन-इन्द्रचोकनिर कतै ढुकढुक गरिरहन्थ्यो । सहरको निजी पहिचानको उभारका लागि केही विशिष्ट स्मारकहरू थिए, अहिले पनि छन् । सुन्धारा, नयाँ सडक पीपलबोट, नब्बे सालको भुइँचालोपछि बनेको नयाँ बान्कीको जुद्ध सडकको एउटा आकर्षक धर्सो, त्रिचन्द्र कलेज, दरबार हाइस्कुल, रोयल होटेल, पद्मोदय र जेपी हाइस्कुल । साथै थिए, नेपाल कफी हाउस, सन्देशगृह नामको अखबार पसल र इन्दिरा रेस्टुराँ ।

अनगिन्ती मन्दिर, विहार, पाटी पौवा, दरबार र चिसा गल्लीहरूको रहस्यमयझैं लाग्ने जालो भएको त्यो पुरानो सहरमा त्यतिबेला न कुनै मल थियो न त मल्टिप्लेक्स सिनेमाघर । मानिसहरूका हातहातमा मोबाइल पनि थिएन । सडकमा अन्धो घोडाको भयावह बथानझैं जथाभावी कुद्ने मोटरसाइकल पनि देखिँदैनथे । पिज्जाले प्रवेश पाएको थिएन हाम्रो मेनुमा । पूरा काठमाण्डूमा चाइनिज परिकारको स्वाद चाख्न पाइने एउटामात्र चमेनाघर थियो, कुनै तिब्बती शरणार्थीले ठमेलमा खोलको रेस्टुराँ, उत्से । खिचापोखरीको सर्दार मरीचीमान सिंहको आपmनो समयको डिजाइनदार घरको छिँडीमा अर्को तिब्बती परिवारले खोलेको अन अन रेस्टुराँ सम्भवतः चाइनिज खानाको दोस्रो आधिकारिक दोकान थियो काठमाण्डूमा ।

लोकपि्रय तिब्बती परिकार मोमोको स्वाद भने राँगा-भैंसीको मासुका पचासौं किसिमका व्यञ्जन बनाउन सिपालु काठमाण्डूवासीका जिभ्रोमा केही वर्ष पहिलेदेखि नै गडेर आइरकेको थियो । चटामरी र योमरीजस्ता पिठो र मासु मिसाएर तयार गरिने परिकारमा बानी परेकाहरूका लागि त्यस्तै किसिमबाट बनाइने मोमो पि्रय लाग्नु स्वाभाविक नै थियो । अहिले उपत्यकावासीहरूका लागि मोमो दालभातपछि सबैभन्दा बढी रुचाइएको खानेकुरा भएको हुनुपर्दछ ।

अहिले काठमाण्डूले आफूलाई भीषण ढंगले बदलेको छ । म जुन समयको कुरा गरिरहेको छु त्यतिबेला, काठमाण्डूका अगुवा साहित्यिक र सांस्कृतिक भद्रजनहरूका भेला हुने, बात मार्ने वा फुर्सदको समय कटाउने महत्त्वपूर्ण केन्द्रहरू इन्दिरा रेस्टुराँ र नेपाल कफी हाउस, दुवै अहिले छैनन् । काठमाण्डूको सांस्कृतिक अनुहारको एक छेउमा उभिने चेष्टामा मैले पनि आर्थिक रूपले त्यति सक्षम नहुँदा नहुँदै पनि प्रत्येक बिहान डेराबाट नयाँ सडकसम्म आउने, दि राइजिङ नेपाल र

आपmना प्रखर सम्पादकीय आलेखका लागि विख्यात नेपाल टाइम्स् दैनिक किन्ने र कफी हाउसमा गएर साहित्यिक/बुद्धिजीवीहरूसँग टेबुल सेयर गर्ने रुटिन बनाएको थिएँ । इन्दिरा रेस्टुराँ भने मेरो हैसियतभन्दा निकै माथिको थियो । त्यहाँ म पैसाको कारणले भन्दा पनि आपmनो पोसाकका कारणले जाँदैनथें । म थिएँ, जस्तो लुगा लगाएर हिँडे पनि हुने एक विद्यार्थी तर इन्दिरामा जाने ग्राहकहरू जहिले पनि सुट टाईमा सजिएका हुन्थे । इन्दिराका सञ्चालक नरोत्तमलाल श्रेष्ठ आपै+m पनि बाह्रै महिना थ्री-पिस सुट र टाईमा ठाँटिएर काउन्टरनिरको सोफामा बसेका देखिन्थे । चिकँमुगलका मेरा छिमेकी थिए ती । उनका सामु टर्रलिनको टिसर्ट पैन्टमा म पर्न चाहन्नथें ।

नेपाल कफी हाउस नयाँ सडकको बीच भागमा थियो । कमलाक्षीका धनाढ्य भण्डारीहरूको त्यो घर पुरानो, गि्रक रोमन शैलीको थियो र एउटा अलि पृथक् पहिचान दिन थियो समर्थ, त्यहाँ चलाइएको कफीघरलाई । हरिहरराज जोशी, शंकर लामिछाने, मदन रेग्मी, मोहन कोइराला, भूपि शेरचन, तुलसीनाथ ढुंगेल, द्वारिका श्रेष्ठ, उत्तम कुँवर आदि नियमित ग्राहक थिए, कफीहाउसका । रत्नशमशेर थापा, नगेन्द्र थापा, र हरिभक्त कटुवालहरू पनि आउँथे दिन नबिराई ।

मैले मोहन कोइरालालाई त्यहीँ चिनेको थिएँ । दोहोरो परिचय भएपछि मेरो मन एक प्रकारले खिसि्रक्क भएको थियो । कोइरालाका अद्भुत शैली र बान्कीका दिमाग नै रन्थन्याइदिने कविता पढेर कविको रूपाकारको जुन विम्ब मेरो मानसपटलमा बनेको थियो, त्यससँग हाडमासुका सर्जक कोइरालाको कुनै कोणबाट पनि सादृश्य थिएन । मैले त्रिचन्द्र कलेज विज्ञान संकायपट्टकिो कोर्टमा भलिबल खेलिरहेका, अग्ला, बलिया-

बाङ्गा देखिने, विलियम सेक्सपियरको जस्तो टाउको भएका, त्यतिबेलाका युवा कवि अभि सुवेदीलाई पो मोहन कोइराला ठानिरहेको थिएँ ।

मैले साहित्य लेखन, पत्रिका प्रकाशन र विविध सांगठनिक गतिविधिका माध्यमबाट आफूलाई काठमाण्डूको सांस्कृतिक जीवनको एउटा अविभाज्य अंग बनाउन भरमग्दुर प्रयत्न गरिरहें । तर काठमाण्डूको जुन मौलिक सांस्कृतिक पहिचान छ त्यसमा साहित्यिक क्रियाकलापको अवदान खासै नभएकोले मेरो साहित्यिक व्यक्तित्वले मलाई काठमाण्डूको पि्रय परिजन बनाउन सकेन । म बाहिरियाको बाहिरिया नै रहिरहें । म कसरी काठमाण्डूको खास बासिन्दा वा सम्भ्रान्त नागरिक बन्न सक्दथें त्यो मलाई कहिल्यै थाहा हुन सकेन । यस जुनीमा सायद हुने पनि छैन ।

काठमाण्डूका असंख्य गल्ली-गल्छेडामा चलिरहेका अनगिन्ती रक्सीपसलहरूले मात्र हो मलाई खुल्ला हृदयले स्वीकारेर आपmनो खासै भित्रिया मानेको । अहिले नेवारी खाजाघर भन्ने साइनबोर्डले सजिन थालेका ती 'वास' पसलहरू साँचो अर्थमा सबै प्रकारका विभेदबाट मुक्त छन् । समाजवादी छन् र छन् सहअस्तित्ववादी । कलकत्ताको पार्क स्टि्रटका मदिरालयको जुन महत्त्व बंगाली भद्रलोकका लागि छ अथवा लन्डनका पब्सहरूको अंग्रेजका लागि वा बिस्ट्रो र क्याफेहरूको प|mेन्चका लागि, त्यसैगरी काठमाण्डूका अधिसंख्य सामान्य जनका लागि यी खाजाघरको महत्त्व असाधारण छ । काठमाण्डूको सामाजिक जीवनको यो एउटा विशिष्ट पहिचान हो ।

राजधानीका नयाँ धनीहरूका लागि छापिएका चिल्ला रंगीन पत्रिकाहरूमा कहिल्यै उल्लेख नगरिने नेवारी परिकारहरू पस्किने यी खाजाघरहरूका ग्राहकहरू ती हुन् जसले धक फुकाएर खर्च गर्न सकिने मात्रामा अतिरिक्त आम्दानी कहिल्यै गर्न सक्तैनन् । ती मानिसहरू पनि यी पसलका स्थायी ग्राहक हुन् जसका लागि सहरका विभिन्न ठाउँमा खोलिएका वाइन सपहरूमा सजाएर राखिएका रंगीबिरंगी बोतलहरूको महत्त्व फाइभस्टार होटलको भव्य बारमा काम गर्ने वेटरका लागि जोनी वाकर ब्ल्यु लेभल हि्वस्कीको बोतलको जति मात्र हुन सक्दछ । यी दुवैथरी त्यो रंगीन बोतलको चमकलाई देख्न त सक्दछन् तर त्यहाँ भित्रको पदार्थ चाख्न सक्दैनन् ।

काठमाण्डूका धेरैजसो गल्लीमा दुई चार- दुई चारको संख्यामा पाइने वास पसलहरूले धेरै समय पहिलेदेखि काठमाण्डूवासीहरूको तिर्खा मेटाउँदै आएका छन् । नेवार संस्कृतिको विशिष्ट पहिचानका रूपमा रहेको सबै परिपाक पुगेको भोजनको केन्द्र बनेका यिनले इटालियन पिजेरिया र अमेरिकन फास्ट फुड सेन्टरको झल्को पनि मेटाउँछन् । इटालियन पास्ता र अमेरिकन हट डगलाई आलुतामा, चिउरा, छोयला, कचिलासँग तुलना गर्नुभए पुग्दछ । दक्षिण भारतीय डोसालाई भने मासु नहालेको चटामरीको मद्रासी भाइ भन्न सकिन्छ ।

काठमाण्डूका यी लोकस स्पिरिट पसलहरूले मलाई नेपाली कला र साहित्यको क्षेत्रका अनेकन् महत्त्वपूर्ण व्यक्तित्वहरूको सानिध्य दिलाएका छन् । कलाकारहरू शशी शाह, कृष्ण मानन्धर, उज्ज्वल कुन्दन ज्यापू, रवीन्द्र ज्यापू, भीमवरसिंह थापा, उत्तम नेपाली आदिसँग घन्टौंसम्म सहभोजनमा सामेल हुने अवसर दिएका छन् । यस युगका महान्तम नेपाली गायक नारायणगोपालको पि्रय अखडा बाङ्गेमुढाको गुरुजीको भट्टीमा अतीतमोहको वशीभूत म अहिले पनि कहिलेकाहीँ जाने गर्छु । बागबजारको रामभाइ तन्डुकारको भट्टी, जहाँ सर्वप्रथम मैले नेपाली रक्सीको स्वाद चाखेको थिएँ, त्यहीँ धेरै वर्षसम्म विख्यात सञ्चारकर्मी र बौद्धिक व्यक्तित्व तुलसीनाथ ढुंगेलसँग मैले टेवुल सेयर गरेको थिएँ । मेरो पुस्ताका अनेकन रक्सीपि्रय साहित्यकारहरूसँग त मेरो अझै पनि सहभोजन-पानी जारी छ । पत्रकारहरूचाहिँ धेरैजसोले खोयाबिर्केबाट युनाइटेड ब्रुअरी वा सिग्राम लिकर्सका बोतलसम्म फड्को मारेकोले भेट पातलिएको छ ।

नेवारी वास पसलहरू जातीय र वर्गीय घृणाबाट मुक्त छन् । ती त दुनियाँको थपेडा खाँदाखाँदा थकित गलित भएका सबैखाले गरिब वा अर्धगरिब मानिसहरूले कलेजो डढाएर भए पनि आफूलाई एक छिन बिर्साउन सहयोग गर्ने माध्यमहरू हुन् । त्यहाँ काठमाण्डू उपत्यकामा नेवारहरूको प्रभुत्व कायम हुने 'नेवाःराज्य' स्थापना नभएसम्म संघर्ष जारी राख्नेहरू जान्छन् र जान्छन् ताम्सालिङ, तमुवान र लिम्बुवान् राज्यका ज्यान दिन तयार भएको दाबी गर्नेहरू पनि । यी पंक्तिको सर्वहारा लेखक पनि त्यहाँ छाती फुकाएर जान्छ जो दुर्घटनाबस एउटी ब्राह्मणीको कोखबाट ताम्सालिङ घोषणा गरिएको इलाकामा जन्मिएको थियो र अहिले प्रस्तावित नेवाः राज्यको सहरभित्र बस्दछ । हाम्रा विवेकशील सभासद्हरूले जातीय संघात्मक राज्यका नाममा नेवाः र ताम्सालिङ राज्य बन्ने गरी संवैधानिक व्यवस्था गरे भने मेरो आपmनो कुनै राज्य हुने छैन, किनकि म बाहुन भएर जन्मेको थिएँ ।

प्रकाशित मिति: २०६८ वैशाख १७ १०:१९

 
Posted on 04-30-11 8:09 AM     [Snapshot: 23]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काठमाडौँ, तिमीसँग भोग-अभोग,रचना-विरचना वा अभाव-तृप्तिको मेरो आफ्नो गुत्थी छ. कुनै दिन म पनि जीवनको एक लजालु शिष्यझैँ तिम्राबारे आफ्ना प्रिय-अप्रिय अनुभूतिहरुको माला उधार्नेछु.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters