[Show all top banners]

WikiLeaks
Replies to this thread:

More by WikiLeaks
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ए एन ए को भबिस्य अन्यौलमा, टेक्सस सम्मेलन प्रभाबित हुने !
[VIEWED 7419 TIMES]
SAVE! for ease of future access.
Posted on 06-11-12 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थला परेको बिबादित संस्था ए एन ए (ANA) लाई उठाउन खोज्ने कार्यकारी बरिस्ठ उपाध्यक्ष हेम पाठकलाई नै थला पार्न खोजिए पछी ए एन ए को भबिस्य अन्यौलमा, टेक्सस सम्मेलन प्रभाबित हुने !

 
अमेरिकामा रहेका नेपाली बिच अत्यन्त लोकप्रिय, एक बर्षमा गीत संगीत, पत्रकारिता, निशुल्क छात्रब्रित्तीमा दश लाख भन्दा बढी खर्चिने सामाजिक योद्धा, नेपालको भ्रस्टाचार र तस्करीतन्त्र बिरुद्ध अभियानका अभियन्ता हेम पाठकको लोकप्रियतालाई देखेर डुब्नै लागेको ए एन ए ले वहाँलाई कार्यकारी बरिस्ठ उपाध्यक्ष तथा Emergency Fond का सँयोजक बनायो । ए एन ए को कार्य समितिले अध्यक्ष छेवाङ शेर्पा लामाले कानुनी कूरा मात्र हेर्ने र हेम पाठक ले बरिस्ठ कार्यकारी उपाध्यक्षका रुपमा ए एन ए को संगठन हाक्ने निर्णय पनि भयो । तर पछी बुझ्दै जाँदा वहाँलाई मोहरा मात्र बनाइन खोजेको, वहाँ लाई बाइपास गरेर केहीले ए एन ए लाई एउटा ठेक्का पट्टा कम्पनी जस्तो बनाउन खोजे पछी हेम पाठक अहिले असन्तुस्त बन्नुभएको बुझिएको छ। बदनाम ए एन ए लाई सुधार्न सकिन्छकी सबै नेपालीको साझा संस्था बनाउन सकिन्छ कि भनेर सबैको अनुरोध पछी उक्त पद स्वीकार गर्नुभएका पाठक लाई अहिले पूर्ण रुपमा बाइपास गरेर काम भैरहेको छ र वहाँले ए एन ए सुधार का लागि अगाडि सारेका अत्यन्त सान्दर्भिक योजना र कुरालाई अहिले पूर्ण रुपमा लत्याउने काम भएको छ। यसै महिना को अन्त्यमा टेक्सासमा हुने
भनिएको सम्मेलन ठेक्कामा दिने निर्णयमा पनि पाठक सन्तुस्ट हुनुहुन्न । नन प्रफिट संस्था, नेपालीको साझा संस्था भन्ने तर ठेक्का लागाएर कमाउने र केहीका लागि ठगी खाने भाँडो बनाउन नहुने भन्दा पाठक लाई ए एन ए ले बाइपास गरेको देखे पछी ए एन ए भित्रकै अन्य केही पनि तीन छक परेका छन।   
स्मरण रहोस् त्यहा एक जना शेर्पा जि लाई १० हजार डलर ए एन ए लाई दिने बाँकी वहाँले जती कमाए पनि जे गरेपनी नबोल्ने शर्त मा सम्मेलन ठेक्कामा दिइएको छ । जुन पुरै अबैधानिक छ। अमेरिकि कानुन अनुसार नन प्रफिट कुनै पनि संस्थाले त्यसरी ठेक्का लगाउन र नाफा कमाउने काम गर्न पाइदैन । यसमा ए एन ए झन बिबादित हुने देखिएको छ ।
हेम पाठकले ए एन ए भित्रको भ्रस्टाचार अन्त्यका लागि अगाडि सार्नुभएका धेरै योजना अत्यन्त राम्रा भए पनि दुई वटा उल्लेख गर्नै पर्ने खालका छन :
१- ए एन ए मा आर्थिक पारदर्शिता हुनुपर्ने, त्यसका लागि लाइसेन्स प्राप्त ब्यबसायिक सिपिए मार्फत आर्थिक कुराहरु हेर्ने, अनुगमन गर्ने । 
२ - ए एन ए का बिगतका कमी कमजोरीबाट पाठ सिकेर यसलाई सच्च्याउंदै अमेरिका र क्यानाडामा रहेका सबै नेपालीहरुको साझा, छाता संस्था को रुपमा निर्बिबाद हुने गरी अगाडि बढाउन ए एन ए कृयाशिल हुने

तर यस्ता राम्रा कूरा बर्तमान ए एन ए नेत्रित्व लाई मान्य नभए पछी पाठक ए एन ए छाड्ने मनस्थितिमा पुग्नुभएको छ । नेपाल मदर सँग कूरा गर्दै पाठकले भन्नु भयो "म ए एन ए लाई राम्रो कसरी बनाउन सकिन्छ भनेर योजना बद्ध ढंगले अगाडि बढ्न खोजेँ तर मलाई नै बाइपास गरियो, मेरो कूरा सुनुवाई भएन, मैले एक दुई दिन भित्रमा महत्वपूर्ण निर्णय गर्दैछु । मेरा कूरा सुनिएन भने म त्यहा किन रहने ? के का लागि रहने ? के म बिबादित हुनका लागि मात्र त्यहा लगिएको हु र ?"                    
पाठक ले यदी ए एन ए छोड्नुभयो भने ए एन ए झनै बिबादित र कमजोर संस्था हुने निस्चित छ । 

 
Posted on 06-11-12 12:29 PM     [Snapshot: 168]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेम पाठकले ए एन ए भित्रको भ्रस्टाचार अन्त्यका लागि अगाडि सार्नुभएका धेरै योजना अत्यन्त राम्रा भए पनि दुई वटा उल्लेख गर्नै पर्ने खालका छन :
१- ए एन ए मा आर्थिक पारदर्शिता हुनुपर्ने, त्यसका लागि लाइसेन्स प्राप्त ब्यबसायिक सिपिए मार्फत आर्थिक कुराहरु हेर्ने, अनुगमन गर्ने ।  This has been raised not by him. By all nepalese long before him hahaha. WHo did the accounting of DC ANA? he is CPA certified hahaha.

२ - ए एन ए का बिगतका कमी कमजोरीबाट पाठ सिकेर यसलाई सच्च्याउंदै अमेरिका र क्यानाडामा रहेका सबै नेपालीहरुको साझा, छाता संस्था को रुपमा निर्बिबाद हुने गरी अगाडि बढाउन ए एन ए कृयाशिल हुने  This has been raised not by him. By all nepalese hahaha.

These are common agendas not his agendas hahaha. Any other agendas he mentioned?

तर यस्ता राम्रा कूरा बर्तमान ए एन ए नेत्रित्व लाई मान्य नभए पछी पाठक ए एन ए छाड्ने मनस्थितिमा पुग्नुभएको छ | Any proof of this not happening?

The next neta is Hem Pathak. By the way who the hell is this guy who wants to be popular?
Last edited: 11-Jun-12 12:31 PM
Last edited: 11-Jun-12 12:34 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters