[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Bhupi Sherchan's poems

[Please view other pages to see the rest of the postings. Total posts: 51]
PAGE:   1 2 3 NEXT PAGE
[VIEWED 42474 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 11-26-05 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भूपी शेरचनका मीठा, मार्मिक र मन छुने कविताहरूबाट प्रभावित नहुने कमै होलान्। उनका कविता मध्ये एक:-

जीवनको अँध्यारो सडकमा

जीवनको अँध्यारो सडकमा
सफलता
साइकलको डाइनमोबाट बल्ने बत्तीझैं लाग्छ
कि जबसम्म
गतिको पैडिलमाथि
मेरो खुट्टा चलिरहन्छ
मेरो पथमा यो बत्ती बलिरहन्छ
तर जसरी नै म थाक्छु
र मेरो खुट्टा रूक्छ
अन्धकार मेरो अगाडि आएर भुक्छ।
 
Posted on 11-26-05 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

World map ji, More ! More!! More!! cant wait .....:P

 
Posted on 11-26-05 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जाग जाग अब जाग न जाग
लाग उन्नती बिशे अब लाग
घोर निद्रा अब ता परित्याग
भो भयो
अति सुत्यौ
अब जाग!!


 
Posted on 11-26-05 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Please include if you have poems and MUKTAK of HARIBHAKTA KATUWAL too..!!
 
Posted on 11-26-05 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ लिनुहोस् त अर्को कविता भूपीको।

प्रात: एक आघात

प्रत्येक दिन
चोरझैं सुटुक्क आएर
मलाई भोरले अलिकति निचोर्छ
व्यूझन्छु म किरणहरूको स्पर्शले
देख्छु प्राचीका नियमित रूपमा माझिएका
सेतासेता उज्जवल दाँत
हुन्छ मनको कुनै कुनामा
एक हल्का तर तीक्ष्ण आघात
आह! सकिंदै गइरहेछ मेरो जीवन
प्रत्येक दिन एक निश्चित मात्रामा टुथपेष्टझैं।

 
Posted on 11-26-05 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nice one !! Once more !!
 
Posted on 11-26-05 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

महासागरजी, हरिभक्त कटुवालका कविता पूरै त मसँग हाल छैनन्, तर एक टुक्रा चैं सम्झेको छु।

यो जिन्दगी खै के जिन्दगी

यो जिन्दगी खै के जिन्दगी
कुनै युवतीको हातमा चढ्दा चढ्दै
प्याट्ट फुट्ने चुरा जस्तो
यो जिन्दगी खै के जिन्दगी
बाटोमा हिंड्दा हिंड्दै फ्याट्ट चुड्ने
चप्पलको फित्ता जस्तो
यो जिन्दगी खै के जिन्दगी।
 
Posted on 11-26-05 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

World map ji..Sarai ramro..Aru pani katai paunu bho bhane lekhdai jaanu hola.
I had a muktak..but poor me cant type in nepali....
 
Posted on 11-26-05 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल एउटा अर्को कविता उनै भूपीको।

प्रजातन्त्र दिवस-


आज फागुन सात गते
प्रजातन्त्र दिबस
गर्व लाग्दो पर्व नेपालीको
एउटा ठुलो जुलुसले गरिरहेछ शहर परिक्रमा
बाटाभरि हिडिरहेछन सेता दौरा सुरुवालहरु
हेडमासटरको पछि पछि पसिना पुछ्दै बालहरु
चङ्गा झैँ उड्दैछन हावामा काला टापि
(विचारशून्य मस्तिष्कलाइ छोपी)
फर्फराइरहेछन्? जतासुकै काला कोटहरु
(जसभित्र छन्? सायद जुलुसपछि 'पप्लु' खेल्न राखेका नोटहरु)

आज फागुन सात गते
प्रजातन्त्र दिबस
गर्व लाग्दो पर्व नेपालीको
यहाँ केन्द्रमा मात्र हैन
अन्यत्र भइरहेको होला
प्रत्येक अञ्चलमा, हरेक जिल्लामा
जहाँ गर्दै होलान परिक्रमा
अलङ्?कृतहरु पट्टी मा बेरिएर
झुन्डिएर बिल्लामा
आज फागुन सात गते
प्रजातन्त्र दिबस
गर्व लाग्दो पर्व नेपालीको

आज प्रजातन्त्र दिबस
धेरै संख्या छ जुलुसेहरुको
तै पनि म सोच्नलाई र सोध्नलाई छु विवश
हो धेरै छ मान्छेहरुको गन्ती
तर खै दुल्हा?
जसको खुशिमा सम्मिलित भइ
हिँडिरहेछ यो जन्?ती!
आज फागुन सात गते
प्रजातन्त्र दिबस
गर्व लाग्दो पर्व नेपालीको



 
Posted on 11-26-05 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल अर्को एउटा पनि।

असार

दूर लाहुरबाट
लामो याद
र छोटो बिदा बोकेर
प्रत्येक वर्ष
दशैंमा घर फर्कने लाहुरेझैं
ह्रदयभरि सँगीसाथीको लागि प्यार बोकेर
झोलाभरि दिदीबहिनीहरूका लागि उपहार बोकेर
खल्तिभरि सोल्टिनीका लागि इन्द्रेणीको हार बोकेर
गुन्टा बोक्ने भरिया बादललाई
फकाएर फुलाएर
अघि-अघि
छिटो-छिटो पठाएर
पछि-पछि आफू
झुम्दै-झुम्दै
नाच्दै गाउँदै
बोटोभरि मादल बजाउँदै
बूटको आवाजले
आकाश घन्काउदै
हतार-हतार
चुहाउँदै पसिनाका धार
प्रत्येक वर्ष आउँछ असार।
 
Posted on 11-26-05 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ के लेखौ सपनापनि कोड अफ कन्?डक्?ट
देख्?न थाल्?या छु
कन्?डक्?टर अफरिका पुग्?या छन रे
डार्?इभिङ शिक्षा लिनलाइ
खोरका माउरचल्?ला पनि
एकै भएरे अबखोइ के हुने हो
बुद्वपनि जन्?मेरे मधेशमै
रातमा ढाक्?नु परछ रे
नवबुद्वलाइ धुर्?ब तारा सार्?है
उज्?यालो भा जस्?तो छ।
Purely inspired by your efforts I have tried my amatuer piece.
Kindly would you post Bhupi Sherchan's wonderful work named "Bhairahawa".
Thanks in advance :)





 
Posted on 11-26-05 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

iZen nice one :)

ल एउटा हरिभक्त कटुवालको साह्रै राम्रो कबिता

रहर -

बा, पाठशाला जान्नँ म
इतिहास पढाइन्छ त्यहा मरेका दिनहरुको।

खिया लागेका कलका पूर्जाहरु जस्तै
गणितका सूत्रहरु पनि साह्रै पुराना भैसके
रहर छैन मलाई बाँचिदिने
केवल इतिहासका पाना हरुमा,
मैले त बाच्नुपर्छ आउने दिनहरुमा
इतिहासभन्दा बढी अरु केही भएर
त्यसैले, पाठशाला जान्नँ म
इतिहास पढाइन्छ त्यहा मरेका दिनहरुको।

फ्रेम हालेर राख्ने आदर्शभन्दा
भोग्न सकिने आदर्श मलाई राम्रो लाग्छ
बनिसकेको बाटामा हिड्नभन्दा
बाटो बनाउँदै हिड्न रहर लाग्छ।
इतिहासका ठेली होइन
एउटा कोदालो चाहिन्छ मेरो पाखुरालाई
योजना होइन
पैतालाले नाप्नु छ मैले प्रत्येक अग्ला टाकुरालाई
र गर्नु छ भुक्तान जम्मै
धरतीले बोकाएका ऋणहरुको
बा, पाठशाला जान्नँ म
इतिहास पढाइन्छ त्यहा मरेका दिनहरुको।

 
Posted on 11-26-05 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई सारै मुनपर्ने एउटा भुपिको कविता:

साँगुरो गल्लिमा मेरो चोक छ
यहाँ के छैन सबथोक छ

.....................

मान्छेले बनाएको देवता र
देवताले बनाएका मान्छे ....
दुबैले एकआपसमा पुर्पुरो ठोक्छन।

.........................:(

सबै बिर्सेछ। किताब नेपाल मै छुट्यो।
 
Posted on 11-26-05 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Very nice piece iZen...and maila jyu..more please !!
 
Posted on 11-26-05 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Izen, your efforts are praiseworthy, very nice piece.
Bhairawa, here we go,

भैरहवा

टाढा-टाढासम्म
जता हेर्यो उतै मैलो, फुस्रो धरती
उजाड, उदाङ्ग
आदिदेखि अन्तसम्म एकनास
न कतै गर्वले उठेको छ
न कतै विनम्रताले झिकेको छ
न कतै उन्मुक्त मनले खुलेको छ
न कतै जलाउँदै लुकेको छ
नखदेखि शिखसम्म
वक्ष, नितम्ब केही पनि विकसित नभएको
बाँझी तरूनीको आङजस्तो सपाट,
मुश्किलले तीस-चालिस
घरजस्ता घर
बाँकी कुभिन्डोका गाँड निस्केका
कुप्रा झुप्राहरू, डन्डीफोर झैं
यताउता जथाभावी बेढङ्ग उठेका,
मानिस
कोही पूर्वका
कोही पश्चिमका
कोही पहाड फाँटका
कोही भारतका, कोही भोटका
तर सब यहाँ भेला भएका छन्
खोजीमा हरिया नोटका
यहाँ मानिसहरू कानेखुसी गर्छन्
नोट गनेको कागजे आवाजमा
पुरानो मोहर बजाएको आवाजमा
यहाँ मानिस हाँस्तछन्
यहाँ घाम उदाउँछ
पसलहरूका ढिकभित्रबाट
र बहीखाताका जिल्ला अझै राता हुन्छन्
यहाँ घाम डुब्छ कन्तुरमा
र बहीखाताका पाताहरू पहेलिन्छन्
सन्ध्याकालीन क्षितिज झैं
टाढा-टाढा देखिन्छन्
बुटवलका डाँडाहरू केर-मेर केर-मेर
बहीखाताको सिरानीमा ?शुभलाभ? लेखिए झैं
यो ठाउँ
एउटा यस्तो घरमा बसेजस्तो
जहाँ न त भित्ता छन्
न खापा
न आँखा राख्ने झ्याल छ
न ह्रदय सजाउने गमला
न हाँसो उमार्ने बारी छ
न कतै मनोहर द्रश्य देखिन्छ
सुनिन्छ त फगत
ब्रोङ्काइटिस भएका ट्रकहरूको खोकी,
बस्ने उमेर भएका बसहरूको घ्यार्र घ्यार्र
लाहुरेहरूको बुटको आवाज
र मठ्याहा नेपाली बोली ?'अच्छा यार'
र देखिन्छ केवल
साँझमा
रिक्सा, साइकल, भट्टी र सडकमा
लाहुरेहरू र कान्छीहरूको मांसाहारी प्यार
उफ्! यो पट्याइलाग्दो ठाउँ
यो अत्यासलाग्दो ठाउँ,
जता हेर्यो उतै फुङ्ग उडेको
फुस्रो, न्यास्रो
भैरहवा
हिलोको तलाउबाट निस्केको
भैंसीको-'भै'
तावाको छुटेर जलेको रोटीको ?'र'
गालीजस्तो नरमाइलो तातो
हावाको-'हवा'।
 
Posted on 11-26-05 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो भूपी शेरचनको कुरा आउँदा घुम्ने मेच माथी अन्धो मान्छे छुटिराको झन्डै-

घुम्ने मेच माथी अन्धो मान्छे -

दिनभरि
सुकेको बाँसझैँ
आफ्नो खोक्रोपनमाथि
उँघेर,
पछुताएर,
दिनभरि
रोगी मलेवाझैँ
आफ्नो छाती आफ्नै चुच्चोले ठुँगेर,
घाउहरु कोट्ट्याएर,
दिनभरि
सल्लाघारीझैँ एकलासमा
अव्यक्त वेदनाले सुँक्क सुँक्क रोएर,
दिनभरि
पाते च्याउझैँ
धरती र आकाशको विशालतादेखि टाढा
एउटा सानो ठाउँमा आफ्नो खुट्टा गाडेर,
एउटा सानो छाताले आफूलाइ ढाकेर,
साँझमा जब नेपाल खुम्चिएर काठमान्डौ
काठमान्डौ डल्लिएर नया सडक

नयाँ सडक असङ्ख्य मानिसका पाउमुनि कुल्चिएर, टुक्रिएर,
अखबार चिया र पान को पसल बन्छ,
किसिम किसिमका पोशाकमा
ओहोर दोहोर गर्छन्? थरिथरिका हल्लाहरु,
फुल पारेको कुखुराझैँ कराउदै
हिँड्छन अखबारहरु

ठाउँ ठाउँमा अन्धकार पेटिमा उक्लिन्छ
मोटरहरुको प्रकाशदेखि तर्सेर,
अनि असंख्य मौरीको भुनभुन र डदाइदेखि आत्तिएर
म उठ्छु
न्यायको दिनमा प्रेतात्माहरु उठेझैँ

नपाएर बिस्मृतिको 'लेथे' नदी,
रक्सीको गिलासमा हामफाल्छु

बिर्सन्छु आफ्नो पूर्वकथालाई
पूर्वजुनी र मृत्युलाई
यसरी नै सधैँ
चियाको किटलिबाट एउटा सूर्य उदाउँछ।





 
Posted on 11-26-05 4:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-26-05 5:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

One more from Bhupi Sherchan. Sorry if its not verbatim.

Malai nashaamaa dubyo bhanne haru
ek choti piyera ta hera, piunu kati garho chha!!

A Deshka laagi marera jaane sahid haru
ekchoti baachera ta hera baachna jhann garho chha!!


 
Posted on 11-26-05 5:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks Ocean,Birke_Maila and World_map for liking my first try.Here is my second try.Pardon my rashwas and dirghas.And the title is "My last night's dream"
अामा मैले डरलाग्?दो सपना देखेँ
अध्?यारोँ कुनामा ठुलो जमात देखेँ
धनी देखेँ अनि गरिब देखेँ
धनीले गरिबलाइ शत्रु देखेको देखेँ
गरिबले धनीलाइ शत्रु देखेको देखेँ


गरिबिलाइ कसैले शत्रु नदेखेको देखेँ

शिक्षित देखेँ अनि अशिक्षित भेटेँ
शिक्षितले अशिक्षितलाइ शत्रु देखेको भेटेँ
अशिक्षितले शिक्षितलाइ शत्रु देखेको भेटेँ
अशिक्षालाइ कसैले शत्रु नदेखेको भेटेँ

ठुला देखेँ अनि साना देखेँ
ठुला र सानाको दुश्?मनी देखेँ
असामनतासगँ कसैको शत्रुता देखिँन
छुचो मुख प्?याक्?क भनिँहालेँ
कतै हामीले गलत दिशामा त हेरिरहेका छैनौँ
अनि सबैले मलाइ शत्रु देखे।
 
Posted on 11-26-05 6:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.....
गरिबिलाइ कसैले शत्रु नदेखेको देखेँ
......
अशिक्षालाइ कसैले शत्रु नदेखेको भेटेँ

धेरै गहिरो छ! .......लेख्दै जानुस आइजेन ब्रो...म पनि व्याकरणको त्यति भेउ पाउँदिन, मलाइ शब्दले नै मोहित पार्छ!


भूपीका थुप्रै साना साना मन भित्र सम्म पुग्ने कबिता पनि छन्। प्रस्तुत छ मलाइ असाध्यै मन पर्ने २ टुक्रा

१.
जहिले पनि भर्खरकी किशोरीजस्ती
साँच्चिकै तिमी हिमालकी छोरीजस्?ती
कुन्नि के छ तिमिमा जो अरुमा छैन
कि तिमिलाई जति पाए पनि थोरैजस्ती
२.
एकलास तिम्रो बाटोमा रमाइलो दिन सक्तिनँ म
तिमी थाकेर ढल्दा सहाराको हात दिन सक्तिन म
बर्सनै नपाइ डाँडा काटेको बादल मेरो यौवन
चाहेर पनि ए ओइलाउदी कली! बर्षात दिन सक्तिन म


 



PAGE:   1 2 3 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
H1B
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters