[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari XIX

[Please view other pages to see the rest of the postings. Total posts: 304]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 135888 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-20-06 11:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!

कैयौं उकाली ओरालीहरू पार गर्दै चौतारी १९ औं संस्करणमा आईपुगेको छ। कथा, कविता, गीत, गजलहरूले गुञ्जायमान हुँदै, हँस्सी मजाक,खुशी, चुट्किलाहरूले सिंगारिदै चौतारीले गाम्लेहरूबाट पाएको मायाले नै यहाँसम्म पुग्न सफल भएको हो।

सबैको साझा चौतारीमा नेपे दाजी,बिर्खेमाइला, दादा, पुन्टे, काका, नमे, सिरे, भौते, गोतामे, मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती हिते ,नारने, कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे तथा साझा-चौतारी हेर्न आउनुहुने यहाँहरु सबैलाई चौतारी परिवारकोतर्फबाट हार्दिक स्वागतम्

यस संस्करणमा पनि रमणीय सहर पोखराको ताल-बाराही मन्दिरमा अवस्थित चौतारी छानिएको छ।
आउनुहोस्,
यो गर्मीको पसिना फेवातालको पानीले पखाल्नुहोस्।
अनि चौतारीमा बसी नाच्नुहोस्, गाउनुहोस् अनि रमाउनुहोस्।


यसचोटीको चौतारीमा पुग्नको लागि डुङ्गाको आवस्यकता पर्छ। सहयोग चाहिएमा यो गालब डुङ्गा खियाउन हाजिर छ।

माझी दाइ पोखरा फेवातालको
लाऊ माया साँच्चैको, नलाऊ है ख्याल-ख्यालको!



 
Posted on 07-20-06 11:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल यसपाली पनि धर्म कमाउने पालो गालउको परेछ। धन्यवाद छ नया चौतारी चिनेकोमा।

अघिल्लोको एउटा दुईटा प्रसंगको अपडेट है, हामी पहिलो चौतारी महोत्सव मनाउने कुरा गर्दै थियौँ, गाम्लेहरुले यसबारेमा पनि ब्या---------प----क छलफल गर्नुहुनेछ भन्ने आशा छ।

उता कुम्लेले ब्या' गर्न मुन लाग्यो भन्दैथ्यो। यो पातकी कुम्लेलाई कति हतार भ'को ब्या' गर्न१ चाँडै दु:ख नबेसा कुम्ले, होश गर।
 
Posted on 07-20-06 11:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल यसपाली पनि धर्म कमाउने पालो गालउको परेछ। धन्यवाद छ नया चौतारी चिनेकोमा।

अघिल्लोको एउटा दुईटा प्रसंगको अपडेट है, हामी पहिलो चौतारी महोत्सव मनाउने कुरा गर्दै थियौँ, गाम्लेहरुले यसबारेमा पनि ब्या---------प----क छलफल गर्नुहुनेछ भन्ने आशा छ।

उता कुम्लेले ब्या' गर्न मुन लाग्यो भन्दैथ्यो। यो पातकी कुम्लेलाई कति हतार भ'को ब्या' गर्न? चाँडै दु:ख नबेसा कुम्ले, होश गर।
 
Posted on 07-21-06 12:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गलबेले फेउतालको चौतारी चिनेर धर्म कर्म अर्न आटेको रैच । ल है अलि अलि धर्म हामिलाइ नि लाओस ।
के रे चौतारी महोत्सब को लागि नाम जम्मा अर्नु पर्यो के । काम सल्ला अर्नु परेन त ? कोइ कता कोइ कता, नाम जम्मा अर्नै नै गर्हो भो । ल सप्पैले मिसको हाजिरी कापीमा नाम लेखाम । नाम पनि दिम । सल्ला पनि दिम ।
मैले त १ नम्मरा नाम लेखिहाले के रे ।
नं १ नमे
सप्पैले १ पछि २ अनि ३ अर्दै जाम । कोइ छुटे त्यो त मिसले नै मिलाउनु हुन्च के रे । को कोस्का सल्ला के छन, त्यो पनि मिस नै लेख्नुहोस है । हामि पनि हातो सारो अर्मला नि ।
 
Posted on 07-21-06 2:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी नयाँ भए पनि नियात्रा चाहिं पहिलेको नै हो। चौथो भाग सुम्पिएको छु। अहिलेसम्मको प्रतिकृयाको लागि धन्यबाद। अरु प्रतिकृयाको आशमा।
--- गालब

चिम्सेको जन्ती जाँदा - ४

हामी निरन्तर बुढीगण्डकीको किनार किनारै उत्तर दिशातर्फ हिंडिआएको हौं। यो नदीसँग मेरो गहिरो आत्मीयता छ। पहिलो त गाउँको छेउबाट बग्ने हुनाले जिल्ला बाहिर जाँदा मेरो परिचयसँग बुढीगण्डकी पनि गाँसिएको हुन्छ - नेपालीले बिदेशमा सगरमाथाको परिचय दिए जस्तै। दोश्रो, हिउँदमा पौडिने ठाउँ भयो। हुन त घरमा नदीमा पौडिन गएको थाहा पाए बेस्सरी गाली खाइन्थ्यो, पछि पछि त्यो पनि साम्य हुन थाल्यो। कुनै नदीको भेल देख्नेबित्तिकै म आफूलाई त्यो भेलमाथि पौडिरहेको कल्पना गर्न पुग्छु र नदी पार गरेपछि कुन ठाउँमा पुगिन्छ भनेर मनमनै हिसाब गर्न थाल्छु। हाम्रो गाउँमा (२-३ कोश तल) भन्दा यहाँ नदीको पानी निकै कम थियो - ढुङ्गा ढुङ्गा फड्केर पनि अर्को तिरमा पुग्न सकिएला जस्तो। नदीको बगरको बाटो हिंड्दा एक किसिमको आनन्द आउँथ्यो - तल एकनासले स्वाँ गरेको नदी, हिंडाइको पसिना पखेल्ने शीतल बतास। कतै बालुवामा हिंड्नुपर्थ्यो भने कतै ढुङ्गै ढुङ्गामाथि फड्किनु पर्थ्यो। नदीको धादिङ्पट्टि एउटा खहरे खोला मिस्सिएको दोभान थियो। त्यो खोला पनि कस्तो ठाडो भने, त्यसलाई खोलाको सट्टा छहरा भने उपयुक्त हुने। हिउँद भएकोले त्यस खोलामा पानी भने कमै थियो, तर त्यसले वर्षायाममा ल्याएको अजंगका ढुङ्गा-मुढाहरु यत्र-तत्र थिए। खोलाको दुबैपट्टिका किनारका आलो पहिरोले हालसालको वर्षायामले भीषण क्षति पुर्याएको प्रमाण दिन्थ्यो।

साढे ४ बजेतिर २-४ वटा चिया-चमेना खाने झुपडी पसलहरु अवस्थित एउटा रमणीय चौरमा आइपुगियो। सायद सुनौलो बजार भन्छन् क्यारे। हाम्रोतिर पनि नदीकिनारमा यस्तै चौर छ। तर १०-१२ अगाडि नै खयर र सिसौ लगाएर अहिले त एक किसिमको झाडी भैसकेको छ - हाम्रातिरका जान्ने सुन्नेले "बगर खाली राख्नुभन्दा यसो खयर र सिसौ हुर्काऔं। खयर-सिसौ महँगो दाममा पनि बिक्छन्। गाउँमा उस्तै परेको बेलामा केही आम्दानी पनि हुन्छ" भनेर बृक्षारोपण गर्न लगाएका रे! खै त्यो सिसौ र खयर घारीले गाउँलाई के कत्ति फाइदा गरेको छ (शोभा चाहिं दिएको छ है), तर हामीलाई चाहिं कल्ब्रेक र म्यारिज खेल्नका लागि भनेजस्तो ठाउँ दिएको छ। तर खयरघारीमा चाहिं खयरका काँडा बिझ्ने डरले त्यति जाँदैनथ्यौं। हामी जति उत्तरतिर लाग्यौं त्यति नै बयरघारी र सिमलका रुख बढी देखिन्थे। अहिले आइपुगेको चौरमा गोठालाहरु बाख्रा र गाई चराउँदै थिए। गाइबस्तु घर फर्काउने बेला भएपनि जन्ती र दुलाहा हेर्नको लागि होला (हो कि, म जस्तो हिरो आएको देखेर हो!!) ‍‍हामीलाई कुर्दै थिए।

हामी आरखेत बजार पुग्दा ६ बज्न लागेको थियो। हिउँदका दिन छोटा, झमक्कै साँझ परिसकेको थियो। आरखेत बजार भनेको दुर्गम क्षेत्र र "सुगम" क्षेत्र बिचको केन्द्र हो। अन्नपूर्ण क्षेत्रमा ट्रेकिङ् जानेहरु पोखरामा बास बसेजस्तै, गोरखा-धादिङ्का दुर्गम भेगमा जानेहरुका लागि रात बस्ने "स्टप" हो आरखेत बजार। आरुघाटभन्दा सानो र पिछडिएको भए पनि यो भेगका मानिसका लागि महत्वपूर्ण आर्थिक र सामाजिक केन्द्र हो। धेरैजसा पसलका छानाहरु खर वा कटुसका पातले बनेका हुनाले बजारको नाम "स्यौली बजार" राखेमा बढी उपयुक्त हुन्थ्यो होला। यो युगमा पनि बिजुली बत्ती नपाएर आरखेत बजार तर्साउने भूतघरहरुको बस्ती जस्तै देखिन्थ्यो। लालटिन, मैन्टोल र टुकीको बत्तीमा पसले-पसल्नीहरु ग्राहकको सेवामा तल्लीन थिए। बिहानदेखि खाना नखाएको हुनाले निकै भोक लागिसकेको थियो। राजुलाई हेरेको ऊ पनि निन्याउरो मुख लगाउँदै थियो। घरमा भएको भए बिचमा दुई पटक खाजा खाएर पनि बेलुकीको खाना खाने बेला भएको हुन्थ्यो होला। हिंड्न पनि ५ घन्टामा ५ कोश बाटो हिंडिसकेका थियौं नि त!

क्रमश:
 
Posted on 07-21-06 2:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पाँचौं भाग पनि।

चिम्सेको जन्ती जाँदा - ५

दुलहीको घरतिर पुग्न अँझै समय लाग्ने। त्यसमाथि पनि खानाको ब्यबस्था के कसो हुने हो थाहा छैन। बरु यतैतिर केही खाएर जान पाए पेट दह्रो हुन्छ, पीर गरिरहनु पर्दैन भन्ने लाग्यो। राजु पनि मेरो कुरामा सहमत भयो। जन्तीका अरुहरु पनि पसलमा पस्न थालेको देखेर म, राजु र श्यामे पनि नजीकैको होटल (खाना खाने ठाउँ हो। तर मुग्लिनका होटलहरुसँग चाहिं दाँज्न मिल्दैन है!) मा पसियो, र मेचमा बसियो। होटलमा यसै २५-३० की मालिक्नी रैछन्। नजीकै उनको ४-५ वर्षे छोरो तामाङ् भाषामा खै के के भन्दै पिर्दै थियो। ढोकामाथि आर्मी ड्रेसमा सज्जित २०-२२ वर्षे लक्का जवानको श्याम-श्वेत फोटो टाँगिएको थियो - सायद भारतीय सेनामा काम गर्ने उनको श्रीमान होला। हामी मेचमा बसेको देखेर मालिक्नीले उत्सुक नजरले हामीतर्फ हेरी - ऊ मुक भाषामा अर्डर माग्दै थिई। वरिपरि हेरेको एउटा ठुलो बाटुलो सिलवरको भाँडामा चना थियो। ढोकाको अर्कोपट्टि भित्ता पट्टि राखिएको -याकमा केही रारा चाउचाउ, हात्तीछाप जस्ता देखिने चप्पल, ग्लूकोज बिस्कुट, चौतारी र गैंडा चुरोटका प्याकहरु खापिएका थिए। मैले अनुमान लगाइसकें आज चाउचाउमा टार्नुपर्ने भो।

हामी केहीबेर अँझै चुप देखेर साहुनीले सोधी, "बाबुहरुलाई के राखौं?"
श्यामेले हाम्रो प्रतिनिधित्व गर्यो, "के के ख्वाउन सक्नुहुन्छ दिदी?"
"आबु, चाउचाउ छ्या, चना छ्या, बिस्कुट छ्या। खाना खाने भे पकाउँछ केरे" एकदम तामाङ् सैलीमा उत्तर आयो।
"खान मन त अरु पनि थ्यो, आज चाहिं चाउचाउ बनाउनुस् न त!" राजु मोरो दुई अर्थ लाग्ने खालका कुरा गर्न खप्पीस, बाण हानिहाल्यो।
साहूनी खुसुक्क हाँसी मात्रै, अरु प्रतिकृया दिइन। ऊ उठेर स्टोभमा दम दिन थाली। एकछिन पछि स्टोभको आगोले कोठा अलि उज्यालो भयो। उसले ३ पोका रारा चाउचाउ फोरी र तताउन राखेको पानीमा हाली। हामी तीनै जना चाउचाउ कहिले पाक्ला भनेर स्टोभतिरै आँखा लगाउँदै थियौं। राजुको धैर्य टुटेछ, भन्यो - "हैन, चाउचाउ त २ मिनेटमा पाक्छ भनेर एब्रोटाइज (विज्ञापन - एड्भर्टाइज) आउँथ्यो, खै त ३ मिनेट हुँदा पनि पाकेन!"
"एउटा चाउचाउ पाक्न २ मिनेट लागेपछि, ३ वटा पाक्न ६ मिनेट लाग्दैन त? एकछिन अँझै पर्खी।" मैले जवाफ फर्काइदिएँ; हामी तीनै जना गलल हाँस्न थाल्यौं। साहुनी पनि गफ बुझेर हो या हामी हाँसेको देखेर हो, मुस्काई। तर मलाई पनि केही खाइहाल्न पाए हुन्थ्यो भन्ने लागेको थियो, नजिकैको सिलवरको भाँडोतिर इशारा गर्दै भनें - "चना खाने त केटा हो?"
दुवै जनाले मुन्टो हल्लाए। साहुनीले ३ वटा प्लेटमा चना चुली लगाएर हामीसम्म ल्याइदिई। चना रैछ चिसो न चिसो। बिहान (हो कि, अँझ अघिल्लो दिन) कतिखेर बनाएर राखेको हुँदो हो। खाइनसक्नु रहेछ। फेरि पिरो पनि कति हाल्नु परेको? हामी चना खाँदैथियौं कि खुर्सानी खाँदै थियौं छुट्याउनै गहारो। अरु बेला भएको भए दोश्रो चम्चा पनि मुखमा पर्न सक्तैन थियो होला, आज चाहिं तीनै जना जिब्रो हाहू गर्दै चुपचाप खान थाल्यौं। साहूनी पहाडीभेगबाट लेकतिर आउनेहरुले खाएको देखेर अभ्यस्त भैसकेकि थिई होला, अघि नै एक लोटा पानी टेबलमा राखिदिइसकेकी थिई। पानी खानेमा पहिलो म थिएँ। पानी खाउँञ्जेल त जिब्रोलाई एक किसिमको राहत हुन्थ्यो, तर निल्ने बित्तिकै झन् बढ्ता पोल्ने। एकछिन पछि चाउचाउ खान पनि हम्मे भयो। अघि नै चनाको पिरोले जिब्रो खुइलिसकेको, तातो चाउचाउले त झन् पोल्ने। चम्चामा चाउचाउ राख्यो, पेटले ले ले भन्छ जिब्रोले नले नले भन्छ, के गर्नु? फेरि चाउचाउ पनि कति वर्ष पहिले बनेको हो, ओस्सिएको रहेछ। तैपनि पटापट खाइयो। हिंड्नेबेलामा राजुले एउटा भेडाको नोट बुझायो, साहुनीले याक भएको रातो नोट फिर्ता दिई। "यस्तो ठाउँमा पनि यति खानाको ४५?" राजु अलिअलि बकबक गर्दै थियो।

पसलबाट निस्केको जन्तीहरु नजीकैको चौतारीको पेटीमा बसिरहेका रहेछन्। बिहेको दिनमा दुलाहा चौतारीमा बस्न हुँदैन भन्ने भनाइ छ; त्यसैले चिम्से चाहिं छाता ओढेर उभिइरहेको थियो। कस्तो बिडम्बना! बिहेको दिनमा सबभन्दा सास्ती दुलाहालाई। सबैजना हामी ३ भाइ र शिरेदाइलाई कुरेर बसेका रहेछन्। एकछिन पछि शिरेदाइ पनि आए। उनको त्यहाँ चिन्ने मान्छेको पसल रहेछ, त्यतै चिया-सिया खान भनेर लागेका रहेछन्। नभन्दै चिया मात्रै हैन, "सिया" पनि खान भ्याएछन् - उनको हिंडाइ नै प्रमाण थियो।

यतिञ्जेल हामीहरु बुढीगण्डकीको तिर-तिरै आएका थियौं। आरखेतबाट चाहिं उकालो लाग्नुपर्ने रहेछ २ घन्टा जति। यो उकालो लाग्ने डाँडो नै थुमीको डाँडो रहेछ - चिम्सेको ससुराली डाँडो। करीब सात बजेको हुँदो हो त्यहाँबाट हिंड्दा। दुलहाका बाउले कताबाट एउटा मैन्टोलको ब्यबस्था गरेका रहेछन्। मैन्टोलको उज्यालोमा चिम्से र ऊ नजीकैका मान्छेहरु हिँडे। हामी जन्तीको सबभन्दा पछाडि थियौं, जुनको उज्यालोको साहरामा लुख्रुलुख्रु उकालो लाग्यौं।

क्रमश:
 
Posted on 07-21-06 7:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालब कति राम्रो सँग दितेल मा लेक्नु भाको ।अरु नि चितो चितो लेख्नुस् न क्य। धरै राम्रो लाग्यो ।
रोल #६ ठुलि
हजुरर्‍र्‍र्‍र्‍र्‍ मिस्
 
Posted on 07-21-06 7:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रोल # ८ चित्रे
हाजिर मास्टर्नी दिदी

गालबको कथा पछी पढ्नेछु

ठुल्नानी के छ हालखबर ?
आज त शुक्रबार हो, आहा कति मज्जा है? :)
 
Posted on 07-21-06 7:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ नया चौतारी नि आएछ। यो चौतारी महोत्सवको कुरो मुनासिब छ भन्ने मान्छु है। त्यति बेला सम्ममा केहि न केहि त फुर्ला नि यो बोधो दिमागमा।

गालब जि, :पि। धर्म गर्ने भन्छौ, दान नगरी के को धर्म? अनि झन कन्यादान भन्दा ठुलो दान केही हुन्न रे। सघाउन खोजेको त झन कुरै नबुझ्ने भन्या। अनि मेरो कुरो कहाँ बाट आयो नि? बरु भउतेको गर्दिने हो कि पुन्टे दाइ कि साली सङ्ग? मान्छन् पुन्टे दाइले? कि जम्मै आफै राख्छु भनेर तम्सेका छन?
:-)
 
Posted on 07-21-06 7:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे मेरो सबै ठीक छ तपाईं लाई नि । हो आज शुक्रबार तर के गेर्नु काम्बत चोदो चुत्ति मिल्दै। मेरो मेनेजर् को नि बोस् आउच रे। रिस् उत्त्ने। :(
 
Posted on 07-21-06 8:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानी, मेरो त आधा दिन सकिसक्यो ।
अब अर्को चार घण्टामा सकिन्छ । :)

चिन्ता नगर, टाईम छिट्टै बितिहाल्छ ।
यो वीकेन्ड्मा रमाइलो गर्नुपर्छ । :)
 
Posted on 07-21-06 8:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I hope so chitre.
 
Posted on 07-21-06 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो ल गालबजी डुङ्गा खियाउनु पर्यो हात दुख्यो सकिन चौतारी सम्म पुग्न। :)


रोल् नम्बर् ५ --> हाजिर मिस

ल राम्रो राम्रो कुरो चलेको रहेछ ठिक छ दादाले भन्नु भएको जस्तै गरौँ न अनि गोतामेजी पिकनिक् को कुरो कता हरायो?

अनि कहिले रे ठयाक्कै महोत्सव्? त्यो दिन absent हुनेलाइ चौतारीबाट boycott गर्नु पर्छ है त? पहिले नै निबेदन (त्यो दिन आउन नमिल्ने कारण जताइ) दिएमा चाहिं छुट् हुनेछ।

गालबजी सारै interesting लाग्यो तँपाइको लेखाइ। हसाउनु पनि भयो बिच बिचमा।

ठुल्ननी मेरो पनि झन friday नै धेरै काम हुन्छ हेरन के गर्ने।

कुम्लेको चाहिँ जन्ति जान पाइएला जस्तो छ यसपालि। उता अर्को मेलमा खसिको मासु खुवाउने कुरो गर्याछ। ल भौते मामाको भएनि कुम्लेको भएनि बिहे खानै पर्छ यसपालि।

चित्रेको कथा न बिचमै रोकियो नि ?
 
Posted on 07-21-06 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मज्जाको कुरो चलिरा'बेला आफ्नो ह्या भ्याइ नभ्याइ भैरा'छ

फेरि त्यो छनि एकपटक आएर कहिले नि नफर्कने र बेलाँ बेलाँ भाडिने कुरो गर्नेको चै नाम काट्दिन पर्छ जस्तोलाग्छ मलै त

ल गए मत धान रोप्न ...गैरी खेत मा ठूलो रोपाइ छ रे आज
इन्द्रेणि नानी कता गइछन खै सबै काम मलाइ मात्र भनेर करौदैथिन ...आजभोलि मलै पो भा'छ सप्पै काम :( :( :(
 
Posted on 07-21-06 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हाऽ हाऽऽ हाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽछिऊँ!!!!!!!!!!!!!!!!!!!!
 
Posted on 07-21-06 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ईस्क्यूज मी!
 
Posted on 07-21-06 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-21-06 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

r u ok poonte da? chiso lagyo ho?
 
Posted on 07-21-06 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साहिताबेलाँ लौ हेर यो पुन्टे दा!!! ह्याच्छिउ गर्देर....:(

:)
 
Posted on 07-21-06 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रोल्ल्न्२२ यस मिस्
ल दुङा खियाएर आउनु पर्नि स्कुलाँ आउदा अनि ढिलो भा'हो है मिस् ,उठ् बस् नगराउनुस् है गराउने नै हो भनि गालब् लाइ गराउनुस् ल :D

गालब् जि खुब् राम्रो गैरा'छ् तपाइ को कथा ।

चौतरि महोत्सब् को कुरा चै मलाइ नि मन् परो,अझ धेरै बोलेर एकदिन् मै भर्ने कुरा .अनि त्यो धेरै बोल्नेलाइ पुरस्कर् नि दिने हो कि? बरु पिक्निक् नि राख्ने कि प्रीति ले भन्या जस्तो?

चित्रे खै कथा पुरा गरेको?

मिस् लाइ धान् रोप्न सघाइदिन आउ कि?
 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
TPS to F1 Status.
NRN card pros and cons?
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters