[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 इलाहाबाद एक्स्प्रेस

[Please view other pages to see the rest of the postings. Total posts: 84]
PAGE:   1 2 3 4 5 NEXT PAGE
[VIEWED 77718 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 5 pages, View Last 20 replies.
Posted on 08-16-10 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     10       ?     Liked by
 

इलाहाबाद एक्स्प्रेस


भाग १ -राष्ट्रिय अडान

(दुई दशक भन्दा अघी को केही स्मरणहरुलाई लिपिबद्ध गर्ने प्रयास गरेको छु । आग्रह- पूर्बाग्रह् नराखी शुद्ध संस्मरण को रुपमा ग्रहण गरी दिन हुन आग्रह गर्दछु ।)


सन १९८७ को जुलाई महिनाको पहिलो हफ्तामा   कोलम्बो प्लान अन्तरगत अध्ययनमा जानेहरुको कन्फर्मेशन आउने सुरु भएको थियो । ५ तारिख होला कहिलेइ हुलाकी न आउने घर मा "तार" बोकेर हुलाकी आयो । किन आएको के को आ वा बुझ्न गाह्रो भएन । दङ्ग पर्दै हुलाकीलाई २ रुपैया टिप्स दिएं । डर थियो, राजनैतिक कारण ले वा भित्र भित्रै अर्को मान्छे पठाउन कसै कसै को अकन्फर्मेशन न आएको रेकर्डमा आफ्नो पनि पर्ने हो कि , त्यो भएन ।  हर साल १-२ जना अभागीको को लिस्ट मा आफ्नी नाम न चढियोस् भन्ने कामना हुन्थ्यो , खुशीले खुट्टा भुइमा थिएन। अनेक करणले डाक्टरी पढ्न नदिए - न सकिए पनि तत्कालिन श्री ५ को सरकारबाटै छानिएर अध्ययनमा बिदेश जान पाउदा निक्कै खुशी थिएन।


छिटो संचार को माध्यम भनेको तार अथवा आकाश बाणी ( आ वा ) नै थियो । आ वा इलाहाबादको इन्जिनियरिङ्ग कालेजमा ३ अगस्ट भित्र पुग्नु पर्ने र त्यो भन्दा अगाडि आबश्यक प्रकृयाको लागि भारतीय दूतबासमा संपर्क राख्ने भन्ने आशय छोटकरिमा लेखिएको थियो । आ वा कै आधारमा सँग संगै इलाहाबाद जाने को को हुन भन्ने थाहा पाएं । शर्माजी पोखरा घर भाकोले संपर्क राख्न सकिने कुरा भएन । श्रीराम नजिकै टोलमा बस्ने तर चिनजान् न भाको। सुरेश सँग भने राम्रो चिनजान् भाको र फोन नम्बर समेत भाको पर्‍यो। झन खुशी भएं ।
 
इलाहाबाद कहाँ ? कुन प्रदेशमा केही थाहा थिएन । घरबाहिर नै स्टेशनरी पसल थियो । इण्डिया को नक्सा किनेर ल्याएं । नजिक नै रहेछ घर र इलाहाबाद को दूरी ।


त्यसको भोली पल्ट नै सुरेशजीलाई फोन लगाएं । त्यती बेला घरै पिच्छे कहाँ फोन हुन्थ्यो र । एउटा टोलमा १-२ घरमा फोन हुन्थ्यो । टोल भरिकै वासिन्दा को पब्लिक फोन जस्तो। संयोगले मेरो पुरानो घर ( हजुरबा र काकाहरु बस्ने घर ) मा दूरसंचार को पहिलो लट कै फोन थियो । त्यसरी नै  सुरेशको घर मा । शर्माले पोखराबाट फोन गरी सक्या रैछ । २ दिन पछी नै काठमाडौ आउँदै छ रे । अब रह्यो श्रीराम को खोजी गर्न बाँकी । टोल कै भए पनि त्रि-चन्द्र को भाकोले चिनजान् न भाको ब्यक्ती । खोज्दै जादा भेटियो । आ वा आएको हेक्का पनि रहेन छ । आ वा लाई कल्ले हो हावा मा उडाइ सकेको रैछ ।



शर्मा काठमाडौ आए, के गर्ने कसो गर्ने भनी छलफल गर्न भेटघाट को चाँजो मिलाइयो । अस्कलको अमृतमान सर को सालीक निर साँझ ५ बजे भेट्ने तय गर्‍यौं । निर्धारित समयमा हामी ३ जना भेला भयौं । श्रीराम को अत्तोपत्तो थिएन ।



एम्बेसी जानु अघी के कस्तो तयारी गर्नु पर्ने हो त्यसबारे छलफल गर्‍यौं । सुरेशको काकाहरु पनि कोलम्बो प्लान मै अध्ययन गर्न जानु भएकोले धेरै कुरा उनले घरबाट बुझेर आएको रहेछ । कोलम्बो प्लान को नियम अनुसार नजिक को एअर्पोर्टमा सम्मको हावाइ टिकेटको ब्यबस्था गरी दिनु पर्ने र कालेज सम्मको लोकल ट्रनस्पोर्ट खर्च को सोधभर्ना दिनु पर्ने ब्यबस्था रहेछ ।



एम्बेसी को तयारी बैठक मै बिहीवार एम्बेसी जाने मिती र समय निर्धारण गरियो र सो को खबर श्रीरामलाई खबर गर्ने जिम्मा मै मा आइपर्‍यो।


एम्बेसी जाने बेला नआइ हुँदैन नत्र पढ्न जान पाउदैन भने पछी बल्ल आउने भयो श्रीराम। निर्धारित समयमा हामी भारतीय दूतबास पुग्यौं । केही समयको प्रतिक्षा पछी नै एम्बेसिको कल्चर एन्ड एडुकेशनल एटैची प्रमोद मजुमदारजी ले बोलाउनु भयो । औपचारिक बधाई सधाइ को कुरा पछी सिधै कोलम्बो प्लान र भारतीय शैक्षिक संस्था बारे जानकारी दिनु भयो ।
कहिले जान्छौ टिकेट को लागि अहिलेऐ इण्डियन एअर्लाइन्स मा फोन गरी दिन्छु भन्नु भयो । हामी पूर्व तयारीका साथ गएकोले भनी हाल्यौ - "२ अगस्ट मा पुग्ने गरी टिकेट दिनुस् ।'"



एक छिन फोन मा हिन्दिमा कुरा गरी डेस्कमा फर्किनु भयो ।


 "लौ बधाई छ , २ अगस्ट कै दिनमा बनारस को फ्लाइट रहेछ , १ बजे काठमाडौ बाट  फ्लाइट छ  ३५ मिनेट को फ्लाइट ।"
 
शर्माले बीच  मै प्वाक्क दिइहाले - "बनारसबाट इलाहाबाद कसरी जाने त ?"  अंग्रेजीमा फरर दिहाले ?
मजुमदार - यु क्यान टेक आइडर ट्रेन अर बस । ड्याट   विल कस्ट ओन्ली २० रुपिज व्हिच वि विल  रिइम्बर्स ।



हामी चारै जना ले एकै स्वर मा भन्यौ ।


" नो , वि विल नट गो बारनसी "



"यु हाभ टु म्यानेज टिकेट्स टु  इलाहाबाद  "



मजुमदारजी ले सम्झाउन कोशीश गर्दै इलाहबादमा काठमाडौ बाट प्लेन जादैन । सबै भन्दा नजिक को एअर्पोर्ट भनेको बनारसको हो आदी भन्दै त्यही टिकेट बाहेक संभव न भाको कुरा गर्दै थिए।



 " बेटा इस से अच्छा दुसरा नही हो सकता , बारनसिका टिकेट ले लो " हिन्दी मा सम्झाउने कोशीश गर्नु भयो मजुमदारजी ले ।



"सरि सर, वि डु नट अन्डरस्ट्याण्ड हिन्दी ।"


 शर्माले तु जवाफ फर्काए ।



अक्कबक्क पर्दै मजुमदारले अंग्रेजीमै सम्झाउन थाल्नु भयो । हामी मान्दै मानेनौ । इलाहाबाद सम्मै प्लेनमा पुर्‍याइ दिनु पर्छ भन्ने अडान कायम थियो ।



"व्हाइ आर यु इन्सिटिङ नट तो गो भाय बारानसी ? डु यु हाभ एनी भ्यालिड लजिक ?" भन्न थाले बुढा त ।



सुरेश पनि काम थिएन " वि हेअर्ड ड्याट , ट्राभलिङ बाइ ट्रेन इन यु पी एन्ड बिहार इज नट सेफ , डु यु टेक रेस्पोन्सिबिलिटी इफ वि आर रबड ओर सोमथिङ् मिसहाबड ? "


अब भन्ने मजुमदार को माथिङल घुम्यो । कस्ता केटाहरु को फेला परेछ भन्ने सोच्यो होला त्यसले । रीस पनि उठ्यो होला ।



"वि क्यान नट प्रोभाइड एअर टिकेट नोन ओडर ड्यान बारनसी । दिस इज द फाइनल । आइडर टेक टिकेट टु   बारानसी अर म्यानेज योर्सेल्भस "


अझै हामीले कोलम्बो प्लान को नियम अनुसार नै हुनु पर्ने अबिचलित अडान लिरह्यौ । रीसको पारो निकै चढ्यो  मजुमदारलाई ।


"इफ यु टक इन दिस वे, आइहाभ टु रिपोर्ट टु हाइएर अथोरिटी  । इट मे क्यान्सिल योर कन्फर्मेशन ।"



थर्काउने भाषा मा भन्न थालए मजुमदारले।


युबा जोश थियो। कुनै प्रभुको कृपाले पढ्न जान लागेका थिएनौ । राष्ट्रले छनौट गरेर पठाएका हामी   । न त कोलम्बो प्लान भारत सरकार को थियो । मात्र भारत सरकारले पढ्ने ब्यबस्था गरिदिएको र सो बापत कोलम्बो प्लान कमिटीबाट निस्चित रकम पाउथ्यो ।
उसले थर्काए पनि हामी डराएनौ , झन राष्ट्रियता जाग्यो हामीमा । 



शर्माले पनि थर्काउने भाषा मै भने " इफ यु दू सो, वि नो व्हाट टु दू एन्ड व्हेर टु कम्प्लेन अगेण्स्ट यु "


अब भने मजुमदार लाइन आयो । जागिरको सवाल आयो । त्यसको बिरुद्ध उजुरी गरी दिन्छु भने पछी पट्लुन भिज्यो होला, याद गरेनौ ।


"ओके , यु सर्च फोर टिकेट, हाउ टु गेट इलाहबाद , आइ विल मेक पेयमेन्ट ।"



थ्यान्क यु भन्दै टिकेट खोज्न हामी दूताबास बाट निस्क्यौ । चारै जना को अनुहारमा बिजयी भाव देखिन्थ्यो । नियम कानून अनुसार को अडान लिन किन डराउनु ?


 मखुला ??


क्रमश:    
 
 

Last edited: 16-Aug-10 10:55 AM

 
Posted on 08-16-10 11:08 AM     [Snapshot: 21]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न ठूल्दाई, आजै जावस , अहिले नै जावस उता पुगेसम्मको केहि, साह्रै रोचक तथा घोचक रहेछ 'ईलाहावाद एकस्प्रेस'!


नो़ट: यस संस्मरणको शिर्षक अति नै अति नै मन पर्यो!


 


 
Posted on 08-16-10 11:25 AM     [Snapshot: 47]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो ठुल्दाइ ......

ल पहिलो पोस्ट गरेको ४० मि. भयिसक्यो .. अर्को भाग हालिसकेको होला भन्या त .... ल ठुल्दाइ छिटो गरौ .........
 
Posted on 08-16-10 11:39 AM     [Snapshot: 51]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे वाह रे वाह ठुल्दाइ,
आज ब्यान देखिन कता हराउनु भयो भन्या त इलाह्बाद एक्स्प्रेस मा तल्लिन हुनुहुदो रईछ।
गजब को प्रस्तुती छ् ठुल्दाइ,
१९८७ को सेट्टिङ इम्याजिन गरेर पढे मैले पनि
"चार जवान फुल्बुट्टे सर्ट अनी बेल्बट्टम पाइन्टमा,झप्प चौतारी को रुख जस्तो कपाल,अनी बाक्लो जुगाँ "
अनी मिती तिथी देखी लिएर मज्मुदार को नाम थर सम्म कस्तो याद भन्या,
लौ न् लौ अर्को भाग झट्टै राखम
कसरी गईयो त कि भिया बनारस नजाने भनेर इलाहाबाद एक्स्प्रेसमा परियो
 
Posted on 08-16-10 12:53 PM     [Snapshot: 124]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


रमाइलो लाग्यो, त्यो मजुमदारसँगको झगडा आफ्नै आँखा अगाडि भए जस्तो लाग्यो, अर्को भागको प्रतिक्षामा...


 


 
Posted on 08-16-10 12:53 PM     [Snapshot: 126]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

हेर यता ठुल्दाइको एक्स्प्रेस शुरु भैसक्या रैछ, उता मलाइ चौतारी छिर्नै देको हैन बिहानदेखि। हैन मैले के गल्ती गरेँ र?


दाइ, मैले पहिलो भाग त पढेँ, अरु झन् interesting होला भन्ने आशामा छु।


चौतारीका सबैलाइ मैले धेरै धेरै सम्झ्याछु भन्दिनु होला है।


 
Posted on 08-16-10 1:17 PM     [Snapshot: 145]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

पहिलो भाग साँस नफेरी पढे दोश्रो भाग चाँही फेरेरै पढ्छु दाई ! लाँउ लाँउ खाँउ खाँउ उमेरमा चिलिम फर्क्यो भने के गर्नु फेरी तेइ भर हतार नगरि  बिस्तारै राख्नु होला दाई परेको म बेहोरुला
 
Posted on 08-16-10 1:20 PM     [Snapshot: 147]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

क्रेजिलाई अस्ती नेपाल बाट आउँदा केही खोसेली नबोकी खाली हात चौतारी फर्केको ले चौतारी ले केही समयको लागि डिस्मिस गरेको हो ! निवेदन दिनु पर्छ रु ५ को टिकस टासेर अनी अनी बल्ल कार्वाही फुकुवा हुन्छ
 
Posted on 08-16-10 1:20 PM     [Snapshot: 147]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 



झक्कास को कथा गइसक्या राइछ यहाँ

ल ठुल्दाइ अर्को भाग तुरुन्त लेख्नु पर्‍यो

ल आज ठुल्दाइ लाई चौतारी बाट छुट्टी मिल्यो ल -

यो कथा लेख्न ठुल्दाइ लाई मैले छुट्टी पास भो ल
Last edited: 16-Aug-10 01:57 PM

 
Posted on 08-16-10 1:30 PM     [Snapshot: 166]     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

Thumbs up !!! Clicked on "Up arrow"

I can not do anything than curse those stupid people who clicked on "down arrow".

Best part I liked in this section

"सरि सर, वि डु नट अन्डरस्ट्याण्ड हिन्दी ।"
" इफ यु दू सो, वि नो व्हाट टु दू एन्ड व्हेर टु कम्प्लेन अगेण्स्ट यु "



 
Posted on 08-16-10 1:53 PM     [Snapshot: 183]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

सतासी सालमा ईलाहाबाद रवाना भाको भनेसी त --- बुझें बुझें पौराणीक कालको बर्णन हुँदै र छ। अनि राहुलजी आज्ञा गर्नु हुन्छ, हे चौतारे मुनी हो -त्यहाँ उप्रान्त ----


जाओस प्रभो, जाओस -- आज मौकैमा आईएछ साझा-- खुराक दरो भेटीयो।


ईलाहाबादमा आफु आबाद र दुश्मन बर्बाद भाको घटनाहरु पनि जाओस -- सबै त खुलस्त गर्न पनि नमिल्ला फेरी -- मखुला?


 


 
Posted on 08-16-10 9:20 PM     [Snapshot: 360]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

साँची आज धेरै पछि साझामा रौनक छायो, वाक्कै भै सक्या थेँ बकम्फुसे धागोहरु देखेर, धन्न सान ब्रोले चौतारी रिडेजाइन गरे अनि यता ठुल्दाइको अन्खेर दिप प्रभोको कथा नि पढ्न पाइयो, सत्ते वाक्क-दिक्क-प्याक्क भै सक्या थेँ, तर जे होस् १-२ जना भे नि पुराना कथाकारहरुले कलम चलाइदिए, अलिक रमाइलो भो।

ल न दाइ, नरोकुम् पेलुम् पेलुम्, so good to see you byak!

 
Posted on 08-16-10 9:32 PM     [Snapshot: 364]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एश मा त सुरु मै एक्साइटिङ् सिन छ नि, गर्मा गरम नै पर्ला जस्तो छ बिच बिच मा, शर्मा जि ले क्या गफ हान्न भ्या को भन्या, we don't know Hindi रे, हुन त ८६ साल तिर हिन्दी  टि।भी तेती थिएन होला फिल्म हलमा गएर हेर्न पर्ने होला, हिन्दी फिल्म हेरेन भने हिन्दी बुह्ज्ने कुरै छैन
जे भएपनी RV को  प्रस्तुती राम्रो छ, फेरी सबै गोप्य कुर यहाँ नखोल्नु नि भाउजु पनि तपाईं लाई थाहा  नदि तपाईंको पोस्टिङ् पढ्न आउनु हुन्छ भन्ने सुन्या थे।  

 
Posted on 08-16-10 10:32 PM     [Snapshot: 398]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 


राहुल दाई सादुबाद
ल साझामा एस्ता खुराक पस्किदैजानुस .  पेलम पेलम 
 त्यो down vote गर्ने को असत्तिहरू रहेछन ??

 
Posted on 08-17-10 8:09 AM     [Snapshot: 525]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अति उत्तम| पढ्दा आफैलाइ COLUMBO प्लान परेको जस्तो लाग्यो| मलाईत त्यों इंडिया सरकारले नै डैरेक्ट देको जस्तो लाग्थ्यो| अरु नि जावोस| I am glad I ddin't miss this one.
 
Posted on 08-17-10 9:40 AM     [Snapshot: 560]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

इलहाबाद त म पनि पुगेको छु दाई एक फेर, बरालिँदै। दाईहरुलाई त UP/बिहार नजाँदै था रैछ त्यता तिर ज्यान मालको खतरा हुने कुरा, मैले चै त्यै इलाहाबादमा पनि भोगेको । टिरेनमा आमा छिंडीमा म चैं बुँइकलमा सुतेको, आमा एक्कासी "ए ए......." भनेर कराउनु भो। मिर्मिरे हुन लागेको रैछ, मस्त निन्द्रामा थें आँफु। आमाको आवाजले के अनिस्ट भो नि भन्ने भो, बुरुक्कै हाम फाले बुँइकलबाट छिँडीमा। हेर्छु त आमा र मामाको सिकारको टग अब वार चली रा रैछ, डोरी चैं आमाको पर्स। आमा झ्याल भित्रबाट तान्ने मामाको सिकार झ्याल बाहिरबाट। अनी होस आयो आमालाई सघाउनु पर्छ भनेर, मैले नि बल लाएँ। जितियो नि गाँठे नत्र बिजोक हुने। उ चैं बिहान बिहानै बोहोनी खराब भो भनेर सराप्दै गयो होला।

अरु नि जावोस दाई हामी भुरा हुँदाका दाईका कुरा।

 
Posted on 08-17-10 10:37 AM     [Snapshot: 607]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज ता क्या साइतमाँ साझामा आको रैछु, दुइओटा दामी कथा एकै पल्टा


ठुल्दाई, एक्दमै राम्रो छ ..अर्को पार्ट छिटो पोस्ट गर्न पर्यो


 
Posted on 08-17-10 11:06 AM     [Snapshot: 653]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाई को कथा पढियो, सलल बगियो बेमान क्रमस: ले घ्याच्च ब्रेक लाइदिदा पो रोकिनु पर्यो लु अर्को भाग नि टासम त चाडै
 
Posted on 08-18-10 1:52 AM     [Snapshot: 797]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ, हजुर को रचनाहरु पहिला देखी नै पढी रहेकी भए पनि कहिले प्रतिकृया लेख्ने आट आएन। किनकी हजुर को बेजोड लेखन शैली को बयान गर्न म सँग शब्द नै छैन। झन अरु को भारी-भारी शब्द को प्रतिकृया देखेर मेरो शब्द फिक्का लाग्ने डर लाग्थ्यो। इलाहबाद एक्स्प्रेस सुरु गर्नु भएको मा भित्री मन देखी नै शुभकामना दिन मन लाग्यो, कथा को बाकी भाग नि चाडै पढ्न पाइयोस। 

 
Posted on 08-18-10 9:22 AM     [Snapshot: 872]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

हन मेरो माथिङल म एउटा प्रश्न फ\न फ्\न घुमिरहेको छ । यि कस्ता साझा मित्र हुन जस्ले यस्तो जीवन्त यात्राास्मरन लाई पनि १३ -१३ वटा negative मर्किङ गरेको ? के भा हाम्रो बुद्धी ? 

जे होस्, rahulvai गजब को बर्णन गर्नु भो, भुगर्व -बाघ ले भनेझै आँखै अगाडि घटेको भान भयो । आर्को भाग को पर्खाइमा..... 

 



PAGE:   1 2 3 4 5 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters