[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ ~ चौतारी महोत्सब~ ~

[Please view other pages to see the rest of the postings. Total posts: 373]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 NEXT PAGE
[VIEWED 192569 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 19 pages, View Last 20 replies.
Posted on 09-06-06 12:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ ~ चौतारी महोत्सब~ ~





एक बर्षसम्म चौतारीमा बिताउदा २४ पटक चौतारीका छपनिहरु त फेरीसकिएचन । बार्है महिनाका चिसा र ताता हावा खादै गफ मार्दा कम्ता रमाइलो त हुदो रइनच गाठे । अब त झन यो पहिलो महोत्सबमा कति रमाइलो हुने हो कति? यसपाली त खास्साले कुदेको छु के रे चौतारीका छपानि पनि । अब सप्पैले यि चिटिक्का परेका छपनिमा कथा,कबिता,गजल,गित,ठट्टा,राम्रा राम्रा फुटा अनि अरु कुराहरुले बुट्टा भरेर च्याट्ट पार्नु पर्च के रे । गाम तिर मेलाको चापा चाप भए नि चिया खाने निउ पारेर यो महोत्सबलाइ महामहोत्सब बनाउनु पर्च है ?
ल हेर सप्पै जनालाइ चौतारी महोत्सबको चाड लागिसकेच । मलाइ त नाम पनि सप्पैको कण्ठ भइसकेच के रे !नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई, सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे , मज्जाले जम्न पर्च है यो बिसेष चौतारीमा । ल हेर मैले त मलाइ नै बिर्सेचु । मेरो नाम चै नमे है ?
यो एकदमै बिसेष भकोले मुइले त लम्बर पनि देको छैन यसलाइ । सप्पै मिलेर २ दिनामा भर्ने कुरा भको छ के रे ? अब भर्नि भनेको जति भरे पनि हुन्च है रउसीको घ्याम्पो भरे जस्तै अरेर । तर चाड आयो भनेर टन्न रौसि धोकेर नआम है,ह्या आमा पाटी न भे नि दिदी बैनि पार्टी छन् क्या , फेरी उठ बस अराउलान सप्पैको अगाडी । दशैमा सप्पैले बर्ष भरिको रिस, झगडा भुलेर मिलिजुलि चाड मनाउचन के रे, अब यो चौतारीमा कोइ कोइलाइ तेस्तै परेको भए एइ अबसर पारेर नराम्रो कुरा भुलेर आम के रे । हुन त तेस्तो कल झगडा परेको त छैन यो चौतारीमा तर अलिकति मुन्छेहरु आउन छोड्दा केइ भ कि भन्नि यो पापी मन को सुर्तना क्या ?
मैले मात्रै बोले त फेरी अरुको बोल्ने पालो नै नआउला , ल त है गोतामेको देशको मया अर्नि कबिता जप्दै म अलि उता सरें ।
पूरै जुनी अटेको निमेष देखें
आज फेरि सपनीमा देश देखें,

हिमाली सेतो आकाशमा ठोक्किई
चम्केको फाँट, वन-प्रदेश देखें,

थाप्लामाथि,लहरै पाखाहरुको
निला दह सुसेलेको भेष देखें,

फूलमा चढेको रंगको के कुरा?
पातमा वसन्तको प्रवेश देखें,

कस्ले कोरिदियो त्यति राम्रो चूल्ठी?
पहरामा छहराको केश देखें,

आफ्नो भन्नु रहेनछ अरु केहि
"नेपाल" नै श्री-सम्पत्ती, यश देखें,

आज फेरि सपनीमा देश देखें
आज फेरि सपनीमा चौतारी देखें।
 
Posted on 09-08-06 12:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुइ बिवश सहयात्री

हामी दुइ नौजवानहरुले पनि त्यसरी नै साइत जुराएर यो सामुन्द्रिक यात्रा सुरु गरेका थियौं जसरी अरुहरु गर्थे।
यसरी हैन, यसकथालाई ‘एकादेशमा’ भनेर सुरु गर्नु पर्थ्यो होला, किनभने यो दुरुस्त लोक कथा जस्तो छ। यसले ओगटेको संसार बडा अनौठो छ।
महासमुन्द्रको एक टापु देखि अर्को टापुसम्मको लामो यात्रा थियो यो। यहाँ यस्तै थियो। बीस एक्काइस बर्षको लक्का जवान भएपछि हरेक दुइजनालाई एउटा डुङ्गाको दरले यात्रा गराइन्थ्यो। गरिन्थ्यो। गर्दैछौं। दक्षिणी टापु देखि उत्तरी टापुसम्म बर्षौंको यात्रा गर्नुपर्ने हुनाले जम्मा पारेर डुङ्गामा लादिएको खर्चबर्चले पूरा यात्रालाई पुग्नु संभव थिएन। बाटामा कतै समुन्द्रि झारहरु, कुनै ठुलासाना माछाहरु, गंगटाहरु र कतै अकस्मात छेउमा आईपुगेका बेवारिसे डुङ्गाहरुबाट प्राप्त हुने अपुतालीबाट जीवन निर्वाह गर्नुपर्थ्यो। बीचमा छालहरु मच्चिने, ज्वारहरु उठ्ने र समुन्द्रि आँधिको सामना गर्नुपर्ने हुनाले यात्राको लक्षप्राप्ति बडा दुरुह भैरहन्थ्यो। जाडो समुन्द्रमा हिमशिलाहरु संग ठोक्किएर डुङ्गा दुर्घटना हुन सक्थ्यो, तातो समुन्द्रको बाफले पोलेर खट्पटिइन्थ्यौं। छिमेकी डुङ्गाका यात्रीहरु संग झै-झगडा, भनाभन र कहिलेकाहिं त आ-आफ्नो डुङ्गाहरु अरुको भन्दा अगाडि लैजाने होड्बाजीमा बहना उठाएर हानाहान सम्म हुने घटनाहरु समुन्द्रि यात्राका रितनै थिए। सबैलाई अरुले आनन्दपुर्वक नौका बिहार गरेर प्रकृतिको रसास्वाद लिएको जस्तो लाग्थ्यो र आफूले चाहिं बडो दुखपूर्वक गह्रुङ्गो ढुङ्गा बोकेर घिसार्नु परे जस्तो लाग्थ्यो। जे जसरी भएपनि यात्रा पुरा गर्नेलाई सफल जोडीको रुपमा प्रशंसित गरिन्थ्यो र बीचबाटैमा डुङ्गा बदल्नेहरु, सहयात्री बदल्नेहरु र किनारामा देखिएका अन्य टापुहरुमा ओर्लेर बाटो बदल्नेहरु बदनाम हुन्थे। बरु कुनै कुनै बहादुरहरु, बाध्यहरु र कमजोरहरु एउटा डुङ्गा लिएर एक्लै यात्रा गरेका पनि देखिन्थे।
यात्राको बर्षदिन पनि बित्न नपाउदै हामी दुई नौजवान यात्रीहरु बीच एउटै डुङ्गामा सवार भएर पनि साना-तिना कुराहरुमा परिरहने झगडाले आपसी मित्रता प्रति मोहभंग पैदा हुनथाल्यो। हामीहरु मध्य एकजना चाहिं डुङ्गा खियाउँदा आफूमाथि बढि भार परेको गुनासो गर्थ्यौं भने अर्को चाहिं आफ्नो सहयात्रीलाई अरुको डुङ्गा देखेर लोभिएको आरोप लगाउँथ्यौं।
“तिमी आफ्नो एक्लो साथिप्रति पनि गद्दारी गर्छौ, बहना खियाएको नक्कल मात्र गर्छौ, मलाई बढि भार परेको अवस्था प्रति पटक्कै संबेदनसिल छैनौ तिमी त, यति लामो यात्रामा यसरी धर्म छाडे पछि कसरी पूरा गर्नु”। एउटाले भन्यो।
“ल हेर त यो पापी, मैले भन्नुपर्ने कुरा त उसले पो भन्दो रैछ, मेरो बहनानै ठुलो छ, यसले जत्ति पानी त्यसले ठेल्नु पर्छ र?” उत्तर यस्तो आयो।
“यस्तै हो भने यो डुङ्गामा यात्रा गर्न सक्दिन”।
“तैले मनको कुरा भनिस्, तेरा आँखा आर्कैको डुङ्गामा गाडिएकोले म सँग निहु खोज्छस्, खुबि भए डुङ्गा बदल्, साथि बदल्”।
“ल हेरुँ त तेरो ताइँ। बडो धाक लाउँदो रहेछ, यस्तै हो भने, बदल्छु पनि”।
एक कान दुइकान मैदान भयो। तर डुङ्गा चाहिं तिनीहरुले बदलेनन्। समुन्द्रि समाजमा हुने बदनामीको डर थियो उनीहरुलाई।
“एइ, झगडा नगर्”। छेऊबाट गुज्रने कुनै यात्री सल्लाह दिएर अगाडि बढ्थ्यो। मानौं उसको डुङ्गामा कुनै झगडानै नपर्ने जस्तो साला।
दिउसो न्यानो सुर्य मध्य आकाशमा आउँथ्यो। सुर्यको चमकदार किरणहरु समुन्द्रको पानीमा घोलिएर रत्नझैं चमचमाउँदथे। रोमाञ्चकारी बिध्युत्तरंगमा छालहरुमा अनगिन्ती डुङ्गाहरु एउटै दिशामा अगाडि पछाडि भएर उत्तरतिर तैरिंदै जाँदा स्वर्गको यात्राबाट फर्केका देवदुतहरुको ताँतीको दिब्य, अलौकिक र जादुमय यात्रा अनुभूत हुन्थ्यो। क्षितिजमा देखिने स-साना हरिया हरिया टापुहरु बिपरित दिशातिर बिहार गर्ने स्वर्गका टुक्राझैं लाग्थ्यो। ठुला साना माछा उफ्रेर डुङ्गाको अगाडि पर्दा सुर्यको प्रकाशमा सक्कली चाँदीझैं चम्कन्थे। घामपानी पर्थ्यो र उत्तरी क्षितिजतिर सप्तरंगी ईन्द्रेणीले यात्राको निम्ति दिब्यद्वार निर्माण गर्थिन्। मनै पुलकित भएर आनन्द सागरमा आजन्म डुबुँ डुबुँ लाग्ने यो परमानन्दको अनुभूति अकल्पनिय र अकथनिय हुनसक्थ्यो।
तर सामुन्द्रिक प्रकृतिको यो स्वर्गिय साम्राज्यबाट बेखबर हामी दुई यात्रीहरु आपसी झगडाका दैनिक क्रियाकलापहरुमा अन्धाधुन्द भएर ब्यस्त थियौं। यात्रा कति सकियो र कति बाँकि छ यसप्रति हामीलाई कुनै वास्ता थिएन।
आफ्नै झगडामा मुर्छित थियौं; हामीहरु। त्यसो त कुनै पनि बेला समुन्द्रि दैत्यको फेला पर्न सकिन्थ्यो र यात्रामा पूर्णबिराम लाग्नसक्थ्यो। यी भाग्यका कुरा थिए। बाहिरबाट देख्नेहरुलाई लाग्थ्यो, हामी दुई सहयात्रीहरु स्वर्गको यात्रा गरिरहेका छौं तर हामी भने आपसी द्वेश, इर्श्या, द्वन्द र कुण्ठाबाट अत्यन्त पिडित थियौं र कहिलेकाहिं त बिक्षिप्त नै हुन पुग्थ्यौं।
“म सक्दिन”। एउटाले बहना डुङ्गा भित्र फालेर सुतिदियो। अर्कोलाई एक्लै डुङ्गा लतार्न पर्ने भो।
म पनि एक्लै यो डुङ्गा लतार्न सक्दिन। हेर मित्र, रात परिसकेको छ। उ त्यो परको टापुमा बत्तिहरु बलिसके, कमसेकम तिमीले खानेकुराको चाँजोसम्म त मिलाऊ, यसरी सुतिदिएर”।
“बिरामी भएपछि के गरूँ? चाहिंदैन मलाई खानेकुरा, आफैं गर, आफैं खाऊ”।
“तिमी सुत्ने, म खानेकुरा बनाउने, दुबैजनाले डुङ्गा छाडेर डुङ्गा अगाडि जान्छ त?”
“जतासुकै जाओस्। सुख नभए पछि दु:ख त जतापनि पाइएला”।
“दु:ख र सुख त मनकै खेलहरु हुन्”।
“तिम्रो स्वार्थीपन नै दु:खको कारण हो”।
“भैगो, यो थोत्रो बिबाद हामी आजै देखि छाडौं। जसरी भएपनि सँगै यात्रा गर्नुनै छ। मिलेर गरौं, मनलाई खुसि पारेर गरौं र ईज्जत पूर्वक गरौं, हेर ईज्जतको पनि कुरा हुन्छ, अरुले के भन्लान्”।
“हिजो मैले यहिकुरा भन्दा तिमीले किन मानेनौ?”
“हिजो मलाई रिस उठेको थियो”।
“आज मलाई रिस उठेको छ”।
“हरे, देख्नेले पनि के भन्लान्?”
“जेसुकै भनुन्, सँधै अरुकै डरले त यति हुँदापनि यो नरकजस्तो डुङ्गा छाड्न सकेको छैन”।
“तिमीलाई छाड्न मन छ भने छाड, छोडिहाल् नकचरा”।
कुकुर बिरालाको झगडा भैरहन्थ्यो। बर्षौं सम्मको हामीहरुको झगडा कहिलेकाहिं अत्यन्त तिब्र हुन्थ्यो।
“तँ आज फेरी अरुको डुङ्गा देखेर लोभिएको छस्। घरिघरि तेरो मन बिचलित भएर अरुको डुङ्गा र अरुनै सहयात्रीको चिन्तनमा निमग्न हुने गरेको आभाष मैले पाइरहेछु”।
“यो तेरै मनको पाप बोलेको हो, पापी”।
“होइन”।
“हेर मित्र, तिमी र म त साँच्चिनै भन्ने हो भने जीवनसाथि नै हौं, राम्रो सोचे राम्रो पनि हुन्थ्यो”।
“नखरा नपार् चटके, राम्रो हुन नदिने त तँ नै होस्। तँ र म सहयात्री अवश्य भएका छौं, साथि होइनौं”।
“ठिक भन्यौ जस्तो लाग्छ। परस्परमा जीत र हारको धारणा बनाउने, बातैपिच्छे आफैंले जित्न चाहने, मित्रमा हुनुपर्ने त्याग र उदारताको भावना पटक्कै नभएका हामी सहयात्री आज प्रतिद्वन्दि भएका छौं। तर यसरी बुझेपछि हामीबीच संझौता हुन सक्दैन र?”
“संझौता ब्यापार ब्यवसायमा हुन्छ। तर मित्रता हृदयको खेल हो। त्यो स्वयं हुन्छ भने हुन्छ। संझौताबाट मित्रता संभव देख्दिन म”।
“तिमी र म त हे सहयात्री, अर्काका छिद्रहरु खोजेर निहुँमात्र खोजिरहने मनोबैज्ञानिक शत्रुहरु नै हौं”।
“त्यसोभए तिमी निंदाइमात्र रहेको बेलामा तिमीसंग बोल्न नपाउँदा साह्रै न्यास्रो बढ्नुको कारण के हो त”?
“त्यो त धेरै बर्षको साथले उत्पन्न लगाव मात्र हो। लगाव प्रेम होइन। त्यो त ब्यसनमात्र हो। नपाउँदा तल तल लाग्ने”।
“तिम्रो र मेरो एउटा कुरामा दुबैको स्विकृति छ”।
“के”?
“हामी दुइ आपसमा पटक्कै मिल्न सक्दैनौं भन्ने कुरामा”।
“तर हामी जति नमिले पनि समाज देखि हाम्रो सातो जान्छ”।
रात जति गहिरिएको भएपनि चाँदनी पोखिएर समुन्द्र चाँदीझैं टल्किरहेको थियो। आकाश सुन्य र निर्मल थियो। आकाशको कालो च्यादरमा सिताराहरु झलमल्ल थिए। पल्लोतिर देखिने डुङ्गाका यात्रीहरु पालोपालो गरेर नाचिरहेका थिए। ठुल्ठुला चारपाँचवटा बत्तीहरु र सुमधुर संगीतले समुन्द्रका जलतरंगहरु संग नृत्यगर्दा अपूर्व सौन्दर्य प्रकट हुन्थ्यो। सुन्दर आकाशमुनिको बिशाल समुन्द्र र पहाडजस्ता देखिने त्यसका छालहरु अदभूत शक्तिका अदभूत लीलाझैं अनुभूत हुन्थ्यो। सामुन्द्रिक संसारको अनौठो रहस्यले जुनसुकै यात्री पनि रोमाञ्चित एवं चमत्कृत हुन सक्थ्यो। र ब्यष्टिको पर्खाल भत्किएर समष्टिको बुद्धत्वमा एकाकार हुन्थ्यो। यस्ता अनन्त क्षणहरु आफ्नै आँखा अगाडि घुमिरहे अदृष्य भएर चर्मचछुमा। अनेकौ ज्वारहरु उठे र भाटाहरु फर्के। हामीहरुको द्वन्द पनि सामुन्द्रिक धारझैं अबिरल बगिरह्यो।
आज आकाशमा बादल छायो, सिमसिमे रुञ्चे पानी पर्यो र समुन्द्र कालाम्य भएर दिउसै अन्धकारको साम्राज्य स्थापित हुँदा यात्रीहरुको मन पिंडाले छट्पटिनथाल्यो। हाम्रो मन पनि।
“यो यात्रामा बिविध कारणले म भोकै रहेको छु”।
“भोकहरु म सँगपनि छन्”।
“तँ चुप लाग”। रिसको पारो बढ्यो।
“तैं चुपलाग चोर”।
“के चोरेको छु मैले तेरो? मुख सम्हालेर बोल्”।
“मेरो समुन्द्रि यात्राको संपूर्ण सुख चोरिस्”।
“म सक्दिन यो डुङ्गा चलाउन”।
“म पनि सक्दिन, एक, दुइ, तीन, सक्दिन”।
झगडा चर्किंदै गयो। आँखाहरु राता भएर नशाहरु फुल्न थाले। बहना उठाएर एकआपसमा हिर्काउन थालियो। सँगसँगै समुन्द्रि आँधिको संकेत देखियो। उत्तरी टापुको प्रवेशद्वार डुङ्गाहरुको ताँतीलाइ छिचोलेर हेर्दा टाढा क्षितिजमा देखा पर्थ्यो। आँधिको भुमरिमा छालहरु घुम्न थाले। डुङ्गा टल्पलाउन थाल्यो। पानीका लहरहरु गोल गोल परेर बताससँगै उचालिंदै पछारिंदैछन्। जलकणहरुको बाक्लो परत्ले कुहिरोले झैं दृष्यहरु छेक्यो। त्यसैबेला हामीदुइ यात्रीहरुलाई लिएर डुङ्गा समुन्द्रको गहिराईमा ठाडो परेर गाडियो।
भोलिपल्टपनि सफा आकाशमुनि निल समुन्द्रमा हजारौं डुङ्गाहरु हाँसझैं तैरिने क्रम जारी थियो।
*****************************************************
 
Posted on 09-08-06 2:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Niyamappati! Basi kathaa tasna paainna.
 
Posted on 09-08-06 6:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नियामत्ति दादाले कथा नहालि त्यो दोहोरी मात्रै गार बस्न पाइदैन ।
 
Posted on 09-08-06 7:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न कस्तो मित्तो मित्तो कबिता लेखेका हुन्न । आफुलाइ त दिप् ज्योले कबित लेखन् सिकाए दिनु भएन। :(
 
Posted on 09-08-06 8:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल, अब चौतारीमा आम्ने सबै गाम्लेहरूको लेख्ने नाम र चौतारीमा न्वारन गरीएको नामको लिष्ट तयार पार्छु म, यै चौतारी महोत्सवको मौका पारेर। जसको नाम छुटेको छ हात उठाइ हाल्ने है!

१) Nepe – नेपे दाजी
२) Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ
३) Dada_Giri – दादा, दादा बुरो
४) Nepesahila – साहिंला
५) Poonte – पून्टे दाई, पून्टेदा
६) Kick – काका
७) GautamB. – गोताएँ, गोतामे ज्यू
८) Shree5 – सिरे
९) Bhaute – भउते, भौतेकाजी
१०) Nepalean - नमे
११) Amazing – आइते, जंगे
१२) Sandhurst_Lahure – लाहुरे जेठा
१३) Camoflaged – कुम्ले
१४) Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्
१५) Pretty – सान्नानी
१६) Uptowngal – ठूल्नानी
१७) Tyra – तितौरी
१८) Nirman – निरे
१९) Ruina – रूइना
२०) Matrix_rose – पुष्पपुरी
२१) Ocean – मुन्द्रे
२२) Lau_ta_lau – लाले
२३) Bostonian_nepali – बेंसीथाने नेपाली
२४) Sano_kanchha – सान्कान्छा
२५) Ishwor – ईश्वर
२६) Floraj – फुलौरे, ज्योतिष महाराज
२७) World_map – चित्रे
२८) Echoes – धने
२९) Dalli_Resham – डल्ली फुपू
३०) Subha – सुभे, शुभ दिदी
३१) Chipledhunga – चिप्ले
३२) Foe_4_Misty – मिस्टे
३३) Gwanche – ग्वाँचे
३४) Sajha_user – सन्जु
३५) Vata-ta-ta – भट्टे
३६) Gaalab – गाले
३७) Lootekukur- लुते
३८) Sherpini – शेर्पिनी
३९) Ma_chameli – चमेली
४०) Ramkisne – रामकिस्ने
४१) Nepal_ko_chora- नेप्चे
४२) Cerine – सेरू
४३) Yahoooo – यामे
४४) Harke_kailo – काहिंला
४५) Nails- चरिनंग्रे
४६) Bob_dai – बबे दाई
४७) Deep- दीप ज्यो
४८) Gurl_Interrupted - ईन्द्रेणी
४९) Manepaliketa - माने
५०) Kalankisthan - कैले

अरू धेरैको नाम छुटेको हुन सक्छ, कतिको त मलाई चौतारीको नाम थाहै नभएर नलेखेको हुँ। तपाईहरूलाई थाहा भएसम्म थप्दै जाम् है गाम्लेहरू!

ए ठूल्नानी, पीर नगर, तिमीलाई मै सिकाइदिउँला नि कविता लेख्न। :D
 
Posted on 09-08-06 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के बिधि रिसाएकि तिरु, त्यो तिम्ले भन्या कुरो त्यत्ति सजिलो रहेनछ के अनि तिमिसँ कुरै हुन पाएन अनि भन्न नपाको के मैले, नरिसाउ है अब? ल टाँस त अब त्यो हाम्रो स्केच्।
जिम्माल् बा के को झुम्का हाल्दिने? सुनको भए मात्र नत्र त म मान्दिन नि फेरि।
मिसका प्रश्नहरुका नि अरुहरुले उत्तर दि सक्या रे छ नत्र त म मिलाउथेँ नि :P:P
नमेको राष्ट्रीय गित र कबिता राम्रा छन्।
गौतम जीलाई कति joke आउने रच नि। :D:D:D
साहिलाको कबिता नि खास्सा छ। कथा पुरानै भएनि रमाइलो लाग्यो।

नियामत्ति दादाले कथा नहालि त्यो दोहोरी मात्रै गार बस्न पाइदैन ।
 
Posted on 09-08-06 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आजको साँझ
नाँचमा जुन्कीरीको बहकिदै गर्दा
ठुलीको माँझ
लेखम्ला सङ्गै कबिता बतासले रात जिस्काउदै गर्दा

के भन्छेउ त ठुली?
 
Posted on 09-08-06 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'बधाई छ सुबीर, तिमीले अब ट्रीट दिनुपर्छ, इट वाज रिअल्ली आउटस्ट्यान्डिङ्'

'स्योर, ट्रीट त दिन्छु तर तिमीलाइ मात्रै है, अन्ली यु एन्ड मि'

सारा मेरी क्लासमेट हुन, हामी त्यती धेरै क्लोज छैनौं, खाली हेल्लो-हाइ फ्रेन्ड मात्रै । आज साराले दिएको बधाई अनि ट्रीट दिनुपर्ने आग्रहको प्रतिकृयास्वरूप अनायास यस्तो उत्तर निस्कियो मेरो मुखबाट । यो उत्तर कुनै पनि हालतमा प्री-प्लान्ड थिएन। आज मैले विश्व-विद्यालयस्तरिय बकृतवकला प्रतियोगतिमा पहिलो पुरस्कार पाएको थिए, विश्व-विद्यालयकै सभा- गृहमा भएको थियो प्रतियोगीता र हाम्रो कलेजका धेरै साथीहरु आएका थिए, मेरो क्लासका त सबै जना थिए ।
§§§§§§§§

'सुबीर तिमीले ट्रीट दिने भनेको होइन हिजो'

' या.....या....।या.... हो त, कहिले फ्री छौ तिमी, आज कलेज पछि छ बजे निरुलाज ?'

'स्योर्, मलाई तिमी कालिमाटी चोकबाट पिक गर है त, पौने छ बजे'

' अस्ती तिम्रो पर्फर्मेन्स धेरै राम्रो थियो, सुबीर, तिमीले सबै प्रतियोगीहरुलाइ ओझेलमा परिदियौ, यु सिम्पली रक्ड्'

'थ्यांक्स् सारा, बाइ द वे, तिमी के लिन्छौ, मलाई त यहाँको चिकेन मम असाध्यै मन पर्छ'

' ओके, म पनि चिकेन मम अनि हट एन्ड सावर सुप लिन्छु ।'

सारासँग अप्रत्यासितरुपमा पहिलो पल्ट रेस्टुराँमा गएको थिए म एक्लइ, मैले सारालाइ दिएको ट्रीट । हुन त हामी क्लास ग्यादरिङमा धेरै चोटि रेस्टुराँ गएका छौ, महिनामा कम्तिमा पनि दुई चोटि त हामीहरु जमघट गर्छौ नै तर आज सारासँग एक्लइ केही समय बिताउँदा थाहा भयो, उनिबारे मेरो धारणा गलत थियो । मलाई लाग्थ्यो उनि घमन्डी छिन बोल्दा पनि पैसा पर्ला जस्तो गर्छिन आदी.........आदी........... मान्छेलाइ बाहिरी रुपबाट मात्रै जज गर्नुहुँदैन रहेछ । केही छिनको साथबाट नै थाहा पाएँ, मैले घमन्डी र छुच्ची ठानेको केटी यती धेरै फ्रेन्डली रहेछ भनेर ।

शायद म नै 'ठीस' छु, कसैसँग मित्रतको पहल गर्नै सक्दिन म या शायद गर्नै चाहन्न । अहिलेसम्म जती पनि मेरा साथीहरु छन कसैसँग पनि मैले मित्रता गरेको होइन, सबैले मसँग मित्रता गरेका हुन । तर यो कुरा चाँही सही हो कि एकचोटि मसँग मित्रता गर्ने मान्छेले कहिल्यै पनि पछुताउनु पर्दैन । मित्रता मेरो लागि त्यस्तो बन्धन हो जस्को कुनै सीमा छैन र यदि कुनै सीमा छ भने पनि मेरो मित्रता को सीमा ब्रम्हाण्ड जत्तिकै अनन्त छ ।
§§§§§§§§

'हेलो सुबीर्, धेरै दिन भयो हामीहरुको भेटघाट नभएको , कस्तो चल्दैछ एक्जामको तयारी ?' एक्जाम प्रीपरेसन होलिडेको बेला साराले फोन गरिन ।

'हेर न सारा बेहाल छ, मैले अर्को सोमबारसम्म मेरो जूलोजीको प्र्याक्टिकल फाइल सब्मिट गरिसक्नु पर्छ तर मेरो ड्रइङ एकदमै नराम्रो छ, असाध्यै गार्हो भइरहेको छ । केही फिगर त मेरो बहिनीले बनाइदिइन तर बिचरा उसको पनि केही दिनमै एसेल्‌सीको जाँच छ ।' मैले मेरो समस्या बताए ।

'हे, यती सानो कुरामा चिन्ता लिएर बसिराखेको, तिमी मलाई तिम्रो प्र्याक्टिकल बुकमा कुन कुन फिगर बनाउने भनेर टिक गरेर देउ, म तिम्रोलागि फिगरहरु बनाइदिन्छु ।' साराले भनिन ।
मलाई थाहा छैन यो उनले साँच्चिकै भनेकी थिइन या औपचारिकता मात्रै थियो तर मैले यो मौका गुमाउन चाँहीन्, फेरी सारा अब त मेरी राम्रो साथी भइसकेकी थिइन ।

' वाउsssssss !!! सारा तिमीले बनाइदिन्छौ मेरो लागि फिगरहरु ? तर तिमीलाइ पनि त एक्जामको तयारी गर्नुपर्छ नि, फेरी तिम्रो सब्जेक्ट त जूलोजी पनि होइन, बोटनी हो ।'

'एकैछिनको काम त हो नि सुबीर, बरु हामीहरु एक्जामको लागि कम्बबाइन्ड स्टडी गरौंला नि, हुन्न ?' साराले भनिन्, 'बरु भोली तिमी मलाई तिम्रो प्र्याक्टिकल बुक ल्याइदेउ है ।'

'हुन्छ सारा, थ्यांक्स्, बरु हामी कहाँ भेट्ने नि भोली ?'

'जहाँ भेटे पनि हुन्छ, एकैछिन को कुरा त हो नि ।'

'ओ के, देन्, तिमी भोली दस बजे कालिमाटी चोकमा आइराख है, म तिमीलाइ त्यही भेट्छु, अनि, विल यु कम विथ मे टु नगरकोट ?'

शायद अप्रत्यसित अनि असान्दर्भिक थियो मेरो आग्रह, उनि केही छिन मौन रहिन। 'नगरकोट त टाढा छ हैन ?'

'हे.... त्यस्तो टाढा केइ छैन, म त्यहाँ धेरै चोटि गइ सकेकोछु, तिमीलाइ चार बजेसम्म घर पुर्‍याउने जिम्मा मेरो'

'ओ के, देन्, टुमरो एट टेन; एन्ड या डन्ट फर्गेट टु ब्रीङ योर प्र्याक्टिकल बुक है!'

'स्योर्!'

त्यो एउटा बेग्लइ अनुभव थियो, सारासँग नगरकोटको यात्रा । मेरो बाइकको पछाडि उनि अलि असहज रुपमा बसेकी थिइन । म चाहन्थे उनि मलाई 'टाइट्ली होल्ड' गरुन तर साराको लागि त्यो कुरा त्यती सम्भव थिएन किनकी हामी राम्रो साथीहरु मात्रै थियौ, केवल गुड फ्रेन्डस् । आधा बाटो जती माथिदेखि सडक मर्मतको काम भइरहेको थियो, सबै सवारी साधनहरु केही समयको लागि त्यही रोकिरखेका रहेछन । म बाइक अगाडि लगेर बाटो कतिबेला खुल्छ भनेर त्यहाँको इन्चार्ज दाइलाइ सोध्न गए । थाहा छैन किन, त्यो दाइले हामीलाइ अगाडि जान दियो । वाsssssउ, सारा र ममात्रै पुरै बाटो भरि एक्लइ, व्हाट यान एक्स्पेरिएन्स !!! हामीले धेरै समय बितायौं नगरकोटमा, त्यही मैले सारालाइ मेरो प्र्याक्टिकल बुक पनि दिए, मलाई चाहिने जती फिगरहरु टिक गरेर । ठीक चार बजे मैले उनलाइ कालिमाटी चोकमा पुर्‍याइदिए ।
§§§§§§§§

'सुबीर, तिमीले घरमा कुरा गर्यौ? मलाई त घरमा कसरी कुरा गर्ने हो भन्ने थाहै छैन । हामी अलग अलग फेमिली ब्याकग्राउण्डबाट आएका, फेरी हाम्रो कास्ट पनि त मिल्दैन्!' हाम्रो अन्तिम परिक्षा सिद्धिसकेपछि साराले भनिन एक दिन; 'अब त छिट्टै डिसिजन लिइ हाल्नुपर्छ, थाहा छ, मामुले त मलाई इनडाइरेक्ट्ली भनिसक्नुभएको छ ।'

'सारा, त्यस्तो केही पनि चिन्ता लिनुपर्दैन्, जात भात, धर्म र फेमिली ब्याक ग्राउण्ड जस्ता कुरा त मिथ्या मात्रै हुन्, अहिले हामीले २१औं सताब्दीमा पनि यस्ता कुराहरुमा ध्यान दिने हो र ?' मैले सारालाइ ढाडस दिँदै भने, 'हो हाम्रो अभिभावकहरु पुरानो सोचाईको हुनुहुन्छ होला, यो कुरा स्वभाविक पनि हो तर आफ्ना अभिभावखरुलाइ नयाँ पिँढिका तौर-तरिकाहरुसँग परिचित गराउनु त हाम्रो कर्तब्य होइन र ? फेरी हाम्रा अभिभावकहरु शिक्षित त हुनुहुन्छ नै, त्यही भएर हामीले गरेको निर्णयमा सहमत गराउन सकिहलिन्छ नि ! तिमी त्यत्तीकै बढी चिन्ता लिइ राखेकी छेउ ।'

'तैपनि सुबीर, मलाई कता कता डर लागिराखेको छ, यदि हामीले चाहेको जस्तो भएन भ ...........'

'हे...... लाटी, किन हुँदैन हामीले चाहेको जस्तो ? आफ्नो बाबा-मामुलाइ पनि कन्भिन्स गराउन सकिँदैन र, सकिहालिन्छ नि!'
§§§§§§§§

'बाबा, दियर इज कल फ र यु, हजुर बाबाले नेपालबाट गर्नुभएको', मेरो छोरा आर्यनले बोलाउँदा पो झसँग भए, खै कुन बेला अतितमा पुगेछु, म त ।

'हेलो बाबा, ढोग गरे ! .......... हजुर सबै ठिकै छ, सारा पनि सँचै छिन्, अहिले अफिस गएकी छिन ........... मामुलाइ कस्तो छ अहिले?.......... पहिले हजुरर्सँग कुरा गरौँ त्यस्पछि मामुसँग कुरा गरौला.............. मेरो आज अलिकति ढिलो जानुपर्ने छ अफिस, एउटा सानो काम छ बैंकको ................. हजुर आर्यन पनि ठुलो भैसक्यो, नेपाली पनि राम्ररी नै बोल्छ, अहिले उसलाइ स्कुल छोडेर म पनि बैंक जान लागेको, ..............हजुर...............!!!! मामु ................ .................. ...........'
§§§§§§§§
 
Posted on 09-08-06 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो कथा ग्वाँचे। real story हो यो?
 
Posted on 09-08-06 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचे तापाइको यो कथा नि राम्रो रे'छ।
के छ प्रिति ?? मैले सोधेको प्रस्नको कसैले जवाफ नै दिदैन तिमीलाई आउछ भने भनन तिरु नि कता गै'छिन ?
:)
दिप दाजी ढोग गरे है
:P
 
Posted on 09-08-06 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा कथाका वर्षा हुन थाले गाँठे! राम्रो छ ग्वाँचे! तर यो छूच्चो मुखलाई प्वाक्क बोल्नुपर्नी, कथाको समापन अझ राम्ररी नभएको हो कि जस्तो लाग्छ। वास्तवमा भन्दा अझै अलिकति लम्ब्याएर मात्रै सक्नुपर्नी।

सान्नानी, गीत गाउन जानिएन, गितार बजाउन पनि जानिएन, नाच्न खोज्दा आँगन टेढा भईदिने; बच्चामा "'हम जायगा' को डायरी" पढेको हुँदा जोकमा रस बस्यो र अलि अलि जोक जान्ने भईयो। नत्र यो गोतामेले कसरी गरी खान्थ्यो होला? (गफै त हो!)

तर एउटा कुरा के भने नि जोक लेख्न भन्दा पनि सुन्न र सुनाउन रमाईलो हुन्छ। खैर अहिलेलाई चौतारीमा लेखेरै बसौँ, अरु उपाय छैन। पढेर हाँसो उठ्यो भने बेस्सरी हाँस्नु, हाँसो नउठे आफ्ना पेटाँ आफैंले काउकुती लगाएर भए पनि हाँस्नु।
 
Posted on 09-08-06 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर्शन गरें मिस। हजुरले कुन कुन महाकाब्यबाट खोजेर ल्याउनु भ'को हो, जवाफ दिनै सकिएन।
मैले त हापें मिस!
 
Posted on 09-08-06 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठिक छ मिस। अब ति प्रश्नका जवाफ आउने भे त पाहिले नै दिन्थे होला नि? :P तितौरि त फस् गल् हो उल्लाइ आउला।
:D:D गौतम जी मलाई त झन केहि आउन्न, के राख्ने होला मउसब् मा कोशेलि?
 
Posted on 09-08-06 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपालीमा tounge twister (अउंरेजीको Peter Piper picked a peck of peckled peppers जस्तै)।

तलको नेपाली वाक्यांशहरुलाई एकदम छिटो छिटो दोहोराएर पढम् त! बिगार्न पाईन्न नि, स्पष्ट हुनुपर्छ।

(क) "सुनको ठोसा छ ठोसा"

(ख)
"काँचो काफल पाँच पाथी
पाक्या काफल पाँच पाथी"
 
Posted on 09-08-06 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै जना बिदेशमा बस्ने दाजु-भाइ दिदी बहिनिलाइ थाहा भएकै कुरा हो, बिरानो ठाँउमा देशको असाध्यै सम्झना आउँछ । साँच्चै भन्ने हो भने हाम्रो मुटुभरि देश दुख्छ । नेपालमा बस्दा ईन्टरनेटको सिमित प्रयोग गरिने भए पनि यहाँ त दिन रात कम्प्युटर मै काम गर्नु पर्छ अनि ईन्टरनेटसँग को सम्बन्ध त गाढा हुने नै भयो । नेपाली तथा नेपाल सम्बन्धी वेब-साईट सर्फ गर्ने क्रममा कुनै दिन साझा भित्र छिरेछु, ठ्याक्कै सम्झना छैन, कहिले र कसरी छिरे साझा भित्र तर यो कुरामा कुनै शंका छैन कि मेरो देश खोज्न म साझा भित्र छिरेको हुँ । म केही दिनसम्म, हैन..., केही बर्षसम्म नै भन्नु पर्छ साझाको साइलेन्ट भिजिटर थिए, साझा भित्रका सामाग्रीहरु पढ्थे तर मैले कुनै पनि धागोमा सहभागीता जनाइन । केही महिना पहिला (शायद गौतमजीको धागो हो क्यारे), कविताको देशमा मैले जानी नजानी लेखेको कबिता टाँसे । कहिले काही समय मिल्यो भने जानी नजानी मनका भावना हरु कागजमा मात्रै पोख्ने गरेको मैले एउटा असाध्यै राम्रो प्लेटफोर्म भेट्टाए, चौतारी ..............

२०औं भाग देखि मात्रै हो म चौतारीमा आएको, मुग्लान जाँदे थे, यस्सो सुस्ताउछु भनेर एक छिन चौतारीमा बसेको त जिम्मालबाले एइ गाँउमा बस् भन्ने आग्रह गर्नु भयो । त्यस्पछि त म नियमित रुपमा चौतारीमा आउन थाली हाले । गाइ जात्रामा जिम्मालबासँग भौतपुर नि गए, पुन्टेदाइको लप लेटर जुरेलिकाँ पनि पुर्‍याए, भौते र राक्षस जेठान्को गोदाइ नि खाए, पुन्टे दाइलाइ मास्टरी खडयन्त्रबाट पनि बचाएँ, ठुल्नानी, सान्नानी, तितौरीहरुसँअ काफल टिप्न नि गएँ, पल्लो गाम्का केटाहरुले हाम्रा चेलीबेटीहरुलाइ जिस्क्याँउदा ग्याङ फाइट नि गरे, गालब्, चित्रे, मिस्टे, दादा, भौते, गोताएँ, नमे, कुम्ले, भट्टे, यामे, दीप ज्यो र अन्य गाम्ले दाजु-भाइहरुसँअ सँगै हाँसे, खेले, रमाइलो गरे । तपाईंहरुले नि मलाई आफ्नो गाम्मा स्विकार अरेर आफ्नै दाजु भाइ जस्तै माया दिनुभयो, केही नयाँ कुरा पस्किने हौसला दिनुभयो । असाध्यै अनुग्रहित छु ।

आज चौतारीको २५ औँ भागमा मउसब मनाउँदैछौ हामी तर यो अन्त पक्कै होइन चौतारीको, यो त शुरुवात हो, अझै हामीहरुले हजारौं हजार भागसम्म सँगै रहनु छ, सँगै हाँस्नु छ, संगै खेल्नु छ, सुख, दु ख बाँड्नु छ ।

आज शुक्रबार, यो सप्ताहन्तमा अर्को गाम तिर जानु पर्ने कार्यक्रम छ, बुधवार म नेपाल जाँदैछु त्यसैले केही दिनसम्म म चौतारीमा नियमित हुनसक्दिन होला तर अबश्य पनि मौका मिल्ना साथ म तपाईंहरुसँग भेटघाट गर्न झल्याक्-झुलुक्क आइ नै रहने छु । चौतारी महोत्सवको सबैलाइ शुभकामना । हुन त दसैं आउन अझै ट्याम छ तैपनि, बिजया दसैंको अगृम शुभ-कामना, सबै को जय होस्!!!


( आज केही छिन सम्म चांइ बस्छु है म हाम्रो चौतारीमा!!!!)
 
Posted on 09-08-06 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा नसकिने रैछ,
"सुनको ठोसा छ ठोसा" चाहिँ अलि बेर भयो अर्को त कति गारो :D:D
 
Posted on 09-08-06 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई त झन पहिलो पो गाह्रो लाग्छ!
 
Posted on 09-08-06 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचेको नेपाल बसाई राम्रो होस्! एउदिन पनि चक्काजाम नपरोस् नेपाल बसुञ्जेल!

अनि ग्वाँचे तो गालेलाई टुंडिखेलमा १०० बाजी उठबश गर्न लगाउनु है, मउसबबाट भागेकोले।
 
Posted on 09-08-06 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब भन्दिम त पहिलो कबिता
"मलाइ चिन्दछौ तिमी म सिर्जना सितार हूँ
...........................अनादिको मतार हूँ
...............................
................... म खिच्न सक्छु त्यो दिल""
---भैरव अर्याल
"दुवै लड्दा लड्दै नियतिवश बिज्ञान बलियो
विजेता भै निस्कयो,स्थविर बिचरो धर्म थलियो
थिए मैले हेर्दा तिनी उभय निस्सार नकली
विजेताले पायो तर पनि ठूलो नाम सकली "---------- कविशिरोमणि लेखनाथ

अरु त चौतरिकै कुराकानि हुन केरे

***********************************************************

कत्तिको सम्झिदो रे'छ त भनेर सोधेको नि :)

अरु है त
"कति तर्किन्छौ तिमी कहिले त यसो बोले नि हुने
मुस्कान् मात्र किन कहिले त यसो मर्म् बुझे नि हुने
धड्किहेर त यो मुटुमा तिम्रो प्रस्वासको सुगन्ध छ
थमिहेर त यि अंजुलीहरुलाई तिम्रोमiयiले भरिएको छ "
कल्ले गाएको हो ??
 
Posted on 09-08-06 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल आफ्न त आंखा बटारिए के रे।
दुई पुराना जोक, सबैले सुनिसकेको हुनुपर्छ।


- सरदारजीले निधारमा लिपष्टिक किन लगायो?
Mind make up गर्न!
*************************
-यो फ्याक्स पठाउने मान्छे सरदारजीनै हुनुपर्छ, कसरी?
हुलाक टिकट टाँसेको छ!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ICE kidnapping people off the streets over op eds
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters