[Show all top banners]

Pretty
Replies to this thread:

More by Pretty
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी ३१ **

[Please view other pages to see the rest of the postings. Total posts: 387]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT PAGE
[VIEWED 163168 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 20 pages, View Last 20 replies.
Posted on 11-15-06 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!

सम्पूर्ण चौतारीका गाम्लेहरू तथा शुभचिन्तकहरूलाई न्यानो अभिवादन

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी तीसौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो। चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।
Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल, आदी......





ल अब दिप ज्योको कवितासँगै चौतारी शुरू गरौं।
कतै घामको राप छ
कैले कामको चाप छ
सुस्ताउँदा बतास बोलाउछ
आफ्नो भन्नु आफ्नै हो
मेरो साथी यै चौतारी बनेको छ


मनमा अपरीचित छाप छ
कल्पनामा कसैको बास छ
अपरीचित लाइ चिनाउँछ
उस्लाइ पनि बोलाउँछ
मेरो साथी यै चौतारी बनेको छ

कतै अतितको सन्ताप छ
कतै ओइलाको साहास छ
पात पातमा यस्को मल्हम छ
उत्साह्को गीत सधै गुन्गुनाउँछ
मेरो साथी यै चौतारी बनेको छ

कैले जाडोको त्रास छ
कैले न्यानोको आस छ
सिरक बनेर बस्छ
घामलाइ ब्यानै देखि बोलाउँछ
अफ्नो भन्नु आफ्नै हो
मेरो साथी यै चौतारी बनेको छ




 
Posted on 11-17-06 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यहा त कथा को महाभारत चल्दै रै'छ , कथाबाण् हाना हान्.... भएन यहा फाइटर् प्लेन् बाटै कथा बम्ब् खसाउनु पर्नि भो ,क्यार्नि होला कसरि अर्नि होला ;)

OMG कति हास्नु कुम्ले को डिफेन्स् (भने पछि चित्रे र ग्वाचे कै सडयन्त्र रे'छत्यस्मा। ) ,दीप दाइ को क्लासिक् कथा त्यो पनि ( माइ फेवरेट् क्यारेक्टर्) बाङ्गे सहित्
खुब् रमाइलो भएछ बिहान् बिहान् चौतारी मा। :D ..
अघि बिहान् के ल्याब् को कम्प्युटर् मा चुस्स् हेरौ भनेर खोलि हाले चौतारि है हरे! कम् गार्हो भएन आफुलाइ खित्का रोक्न...

सान्नानि हेरेन क्लिअर् गर्न त हुन्थ्यो म आफै कान्फुसेट् (comfuse) भए , एक् एक् मान्चे पिच्छे राज् खुल्दै जान्छ अनि :p.....
 
Posted on 11-17-06 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्या मलाई कथा लेख्न आउँदैन खाली पढ्न आउछ । त्यो नि १ घण्टा लाग्छ नेपाली पढ्न । जेहोस् बल्ल बल्ल पढ्न भ्याए ।
यामे मेरो सातो तिमीले नै लेखदे बेस् होला जस्तो छ ।
 
Posted on 11-17-06 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि के भन्या तिम्रो सातो लेखिदिने रे ?

कसरि लेखिदिने त्यो सातो.............:P
 
Posted on 11-17-06 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

“आँच, ब्रोलाई कति बेसि फोन गर्दा नि भेट्टाउनु नै सारो भा’ छ कि आजकाल, फोन को उत्तर नि दिंदैन हो ब्रो त आजकाल! आमामामामा सारो बिजि छु भनेर देखाउनु खोजेको? लु, ज्यादा ईम्पोर्ट्यान्ट् चाईं पल्टिने होईन ल आबो! छिटो भन्दा छिटो फोन गर कि मलाई, नत्र फेरि रड्डी हुन्छ। एउटा मज्जाको कुरा भन्नु छ। लु, भाउजुलाई नि लभ सुनाईदेउ ल, ब्रो? लेटर्स्!” रायनको मेसेज सुनें भोईस् मेलमा।

रायन (Ryan) चईं कता कालिम्पोङ् तिरको हो क्यारे। खास नाम त रण बहादुर क्षेत्री रे। उसको परिवार उसैको फुपुहरुले मद्दत गरेर धरान बसाईं सरेका। नेपाल हुँदा सम्म त साथीहरुले “रणे” भन्थे रे, अमेरिका आएसि ऊ पनि रायन भयो। ज्यादै मिजासिलो, रमईलो गर्न पर्ने, नेपाली भनेसि भुतुक्कै हुने रायन। हामेरु तास सास खेल्दा नि सँधै आउँथ्यो, मजा गर्न। खेल्न चाईं, “कहिले नि सिकिन कि, जुवाको नाम लियो कि हाम्रो आमाले त फेरि घरको दैलो खोलेर रास्तामा सुत्न पठाईदिन्थ्यो नि त! आमामामामा, आबो हाम्रो कालिम्पोङ्को जाडोमा, हो! कस्को भेजा फुस्केको हुन्थ्यो र रास्तामा सुत्न मन गर्नु? अन्त त बरु तासै छुन्न भनेर गोरखाल्यान्डको कस्सम् खाको नि त बच्चै हुँदा” भन्थ्यो।

हुन पनि रायनले २-३ वटा मेसेजहरु त छोदेको थियो, तर तेस्तेई हो, आफू। कामै काम, कि त घरको काम, कि त कामको काम, अनि अलि अलि फुर्सदमा चौतारी धाम्! साथी भाईहतु संग यसो गफ सफ हुने भनेको तेई तासको खाल बसेको बेला मात्र, अकसर गरेर। यसपाली त के रैछ त्यो मज्जाको कुरा भनेर चौतारीलाई बिट मारेर भएनि फोन हानें रायनलाई।

“आँऽऽऽऽऽऽऽऽऽऽच! आज चाईं न्यूयोर्कमा क्यालिफोर्नियाको डाईरेक्सनबाट घाम झुल्क्यो कि के हो? बिहान हेर्नै बिर्सेछु त! जे होस् तेत्तिस् कोटी देवताले आज चाईं मेरो पुकार सुन्देछ कि, आबो जानु पर्ला मन्दिर तिर लड्डु चढाउन। अनि, शिव भगवानले नि लड्डु खान्छ ब्रो? कि गणेशले मात्र हो? नत्र शिव भगवानलाई चाईं ईस्पेशल माल ताल हालेको लड्डु चढाउन पर्ला! हा हा हा!”, कलर आई डि मा मेरो नाम देखेछ क्यारे, “हेलो” पनि नभनि गयो रायनको भटटटटटट!

केही बेरको साघरण के छ कसो छ पछि मैले सोधें के रहेछ उसको “मज्जाको कुरा” भनेर।

“के नि ब्रो, अस्ति त्याँ Sam ब्रो को मा आको थियो नि नयाँ भाई! Meg (मेग्ना, Sam को जोई) भाउजुको भाई पर्ने के त? त्यो ब्रो त दामीऽऽऽऽऽऽऽऽऽऽ छट्टु रैछ कि…”

“को? निस?” मैले बिचैमा यकिन गर्न सोधें।

“होऽऽऽऽऽऽऽऽऽऽऽऽऽ! तेई ब्रो क्या, किङ्ग्स् वे को नाङ्ग्लोमा केटीलाई डेट लागेर ह्याप्स देको पैसै नतिरेर टाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽप देको भनेर खूब धमास। लाउँदै थियो नि!,” हो, बिस के कुरा ग-या रे’छ रायनले।

“के भयो त त्यो दिन?” भोलि पल्ट काम मा जानु पर्ने हुनाले म चईं चाँडै ने हिँड्या थिएँ त्यो साँझ।

“काँ नि, ब्रो! त्यो भाई मेरो नजिकै बस्ने रैछ कि, अन्त घर आउने बेलामा हामी सँगै परेऊँ। भाईले अलि बेसि नै पिएको जस्तो नि थियो, हो! तर Mad Man (मदन) ब्रो र म मिलेर हेल्प गर्दै हिँडायेऊँ। सब्वे को इनट्रान्समा आऐ पछि त ब्रो त ट्याक्सी चढेर जाने भन्छ, हो! आबो, म्याड म्यान ब्रो टाँऽऽऽऽऽऽऽऽऽऽऽऽऽट थयो हो, तासमा हारेर, अनि फेरि मलाई चाईं य्सतो दामी सब्वे हुँदा हुँदै कहिले नि ट्याक्सि चढेर मरि मरि कमा’को डलरको खिसि गर्न मन लाग्दैन, हो!”

“अनि?”

“अनि के नि, ब्रो। म त के गरुम् गरुम् सारो चेपमा परेको थिएँ कि, तर म्याड म्यान ब्रो ले हामीसँग पैसा छैन भनेर प्याच्च भन्द्यो नि त! आमामामामामा लाज लागेर कि मलाई त! रड्डी छ यार Mad Man ब्रो, नयाँ मान्छेको अगाडि क्या देको नि!

अनि त्यो निस भाईले, “हेत्तेरिका दाईहरु पनि! भाई भा’को के काम? आजै परिचय भयो, अब भाइको तर्फबाट ट्याक्सी ट्रिटबाट शुरु गरुम् भनेर त्याक्सिलाई बोलायो हो!

Mad Man ब्रोलाई छोडेर हामी चाईं हाम्रो नेबरहुडतिर लागेऊँ कि, आमामामामामा बाटोऽऽऽऽऽऽ भरि क्या क्या भेजा फुस्किने गफ दिएको कि निस भाईले! त्यो नाङ्ग्लोको ईस्टोरी त केई हैन रैछ, ब्रो! के के गर्न भ्या रैछ उसले नेपालमा। उसको सातीहरु नि तेस्तै रे। एउटा साथी त नेपालमा हुँदा त आर्मीको त्यो टाटे पाटे जंगलमा लाउने पत्लुङ्ग हुँदैन? त्यो मात्रै लाइर हिँड्थ्यो रे कि!

उसको र मेरो अपार्टमेन्ट बिल्डिङ् राईट नेक्सट टु ईचअदर रैछ, हो! सजिलो भयो भनेर सोंचेको त, काँ नि ब्रो! आँऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽच! दामी रड्डी गर्द्यो नि ब्रो ले!

उसको बिल्डिङ् अगाटि पुगे पछि त यसो गोजी छामेको जस्तो ग-यो कि, अनि मुख पनि कच्याक कुचुक पार्दै, ‘शिट् शिट्’ भन्न थाल्यो कि। आमामामामामा, अब य्हाँ सम्म आएर त ब्रो को वालेट नै उता Meg भाउजुको मा छोडेछु पो भन्छ! के ग्रने कि, ब्रो? अब ट्याक्सि लिएर आईसक्यो, हो! पैसा त तिर्नै प-यो नि! नत्र फेरि मेक्सिकन ड्राईभरहरुले त ग्याङ् बोलाएर धुलोऽऽऽऽऽऽऽऽऽऽऽऽ पिठो पार्छन्त! मामा बोलाउने नि चलन छैन तिनीहरुको त!

मलाई पो र्‌याग भयो नि ब्रो! आखिरमा मैले पो तिर्नु प-यो नि ट्याक्सीको पैसा!”

“अनि सालेलाई फेरि भेट्या छैन त? झार्नु पर्दैन पैसा?” रिस उठेको श्वरमा सोधें।

“काँ नि ब्रो! भोली पल्ट MEG भाउजुलाई सोधेको त, कस्सम् ब्रो! सुबास घिसिङ् दाजु कै कस्सम्, लौ! त्यो भाई त न्यू योर्क मै बस्दैन रे! के के बिजिनेस गर्न भनेर ३ महिनाको लागि मात्र नेपाल बाट आ’को रे, तेई दिन नेपाल फर्किने फ्लाईट थ्यो रे!। आम्बोऽऽऽऽऽऽऽऽऽऽऽऽ मलाई लास्ट रड्डी संग सेन्टिऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽफ्याट् पार्द्यो यार! बरु तेस्को नेपाल देखिको साथी, तेई जंगले आर्मीको टाटे पाटे पत्लुङ् लाउने चाईं, अमेरिका मै छ रे कि। भेट भईहाल्यो भने होस् गर्नुस् ल, ब्रो?”
 
Posted on 11-17-06 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा कस्सम पून्टे ब्रो ले अत्ति भन्यो!! लास्ट र्‍याग हान्ने यार!! बाबा!! मेरो त हाँस्दा हाँस्दा गिदी भइसक्यो। लु! क्या मिलाएर लेख्या यार!! हा हा हा!!

दामी पून्टे ब्रो, घरमै पुगे जस्तो भयो मलाई त। पुर्वतिरको मान्छे है म त, अन्त यस्तो कुराले त ठ्याक्कै त्यही केटाहरुसङ्ग बसेर कुरा गरेजस्तो भाको हौ!!

हा हा हा!!

जङले आर्मी टाटे पाटे पत्लुङ लगाउने केटा रे!!! हा हा हा!!

कस्सम क्लासिक हो यो!!

उफ!!

GREAT!!! :D:D:D
 
Posted on 11-17-06 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा हा! पून्टेदाईले मार्नु भो हँसाएर!
कस्तो लेख्न जान्या हो!

>>> "बरु तेस्को नेपाल देखिको साथी, तेई जंगले आर्मीको टाटे पाटे पत्लुङ् लाउने चाईं, अमेरिका मै छ रे कि। भेट भईहाल्यो भने होस् गर्नुस् ल, ब्रो?”
कुम्लेलाई पो झटारो परेछ। :D :D
 
Posted on 11-17-06 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा हा! पून्टेदाईले मार्नु भो हँसाएर! nishaant le sachhai thapaaera malai maarcha aba . re kyaa :p
 
Posted on 11-17-06 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा हा! पून्टेदाईले मार्नु भो हँसाएर!
 
Posted on 11-17-06 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म नि हजिर् भएँ है, आज त लास्टै उत्पात नै भएछ नि, कथा-प्रतिकथा।

जङले आर्मी टाटे पाटे पत्लुङ लगाउने केटा रे!!! हा हा हा!!

कस्सम क्लासिक हो यो!!
 
Posted on 11-17-06 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चि यो पून्ते दाई नि कति हसाउन सकेका होला ।
जेहो एक चाइना भएनी हास्न पाइयो। नाइस् पून्ते दाइ।
 
Posted on 11-17-06 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले "पूर्व" भनेको कता तिर पर्छ ।
 
Posted on 11-17-06 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

" उट्पट्याङ् -२ "

....अनि भोलि पल्ट बिहान् मैले जबर्जस्ति समिधा लाइ नि लिएर गए मेरो मा । उता मामा ले राति नै खबर् गरि सकिस्या रे'छ "ब्रेकिङ् न्युज"।

तर जे होस् म ढुक्क थिए, खाए नि खान लाइ बाध्य पार्ने समिधा छदै थि साथ् मा अनि फेरि सप्पै कहा खाए र कोक् ले पखाल्या हो क्यारे के को डर्, अलि अलि गालि त सधै खा र पचाउने गरेकै हो कुनै ठुलो कुरो भएन। मामा घर् खासै टाढा थिएन, समिधा ले भनि-

"बिस्तारै हिन्दै जाउ है तेइ के टङाल् गणेस थान् बात भित्र गहाना पोखारि भत्केको पुल् हुदै चाबेल् निस्किम् हुन्न भन्छे,"

तेस्लाइ नि भरसक् जान नपरे हुन्थ्यो ,जानै परे'छि अलि लम्ब्याएर् लाने जुक्ति निकाले कि जस्तो लाग्यो मलाइ चै । ठिकै छ,धेरै हेप्न नि हुदै हेप्न पाए भन्दै मा जस्तो लाग्यो र हुन्छ भने।
बाटो मा जादै थिम् त्यो गहना पोखरि क्रस् गरेका मा के थियौ कता बाट हो कुन्नि खोकि नै नलागि खोक्या जस्तो गरेको आवाज् आयो ,आवाज् आएतिर हेरेको एउता केटो "चिन्नु न जान्नु घचेडि माग्नु जस्तो गरेर मुसुक्क हास्छ बा। " सरासर् आफ्नो बाटो लाग्यौ हामि नहासि कनै। पछि पछि पो आउदै रे'छ अलि पर पुग्दा पो थाहा भो । अनुहार् हेर्दा राम्रो राम्रै थ्यो ,बाङ्या साथि हो कि हो कि जस्तो पनि लाग्ने के, अनुहार् राम्रो भएर केगर्नु पछि लागे'छि डरै लाग्यो अनि भएन भनेर एउटा ट्याक्सि रोकेर चडेम्।

घर् मा त मामा र मेरो बाबा हाम्रो स्वागत् गर्न बसि राखिस्या तयार् भएर , हामि ट्याक्सि रोकेर उत्रीन पा'छैन अर्को कालो टेम्पो सङसङै आएर रोकियो येसो हेर्छुम् त तेइ केटो के अघि पछि लाग्ने पो मुसुक्क हास्छ बा ,हसाइ राम्रो भएर केगर्नु पछि पछि फलो गर्दै आ'छि पक्कै राम्रो मान्छे होइन होला जस्तो पनि लाग्यो। अझ हामि तिरै आउछ लाज् पनि पचेकै रहेछ कि क्याहो जस्तो पनि लाग्यो । छेउ मा आएर खल्ति मा हात् हाल्यो डरै लाग्यो , मुटु हल्लियो लौ मार्यो गन् सन् निकाल्ने हो कि वा माओबादि नै पो हो कि है, भरे त रुमाल् निकाले र देखाउदै के भन्छ-
"यो तपाइहरु हो झरेको थियो पर मैले तेइ दिन लाइ तपाइ हरु को पछि आ'तपाइ हरु भाग्नु भयो जस्तो लाग्यो अनि यहि सम्म आ'पुराउन मलाइ गलत् नसम्झिमु होला है " मान्छे त शरिफ् नै रहेछ जस्तो लाग्यो मलाइ, समिधा मुख् बिगारेर बोलि " छि त्यो थोत्रे रुमाल् मैले सिगान् पुछेर फाल्या हो " :p

त्यत्ति कै मा माथि बाट मामा को आवाज् आयो,के हुदै छ त्याँ ह? खुरुक्क माथि आओ तिमेरु हरे कत्ति आपद् हामि लाइ मात्र एउटा तह लाउन पा'होइन आर्को आइलाग्यो मन्मनै भन्दै म माथि गए ,

"को हो त्यो घरै सम्म तिमेरु लाइ पुराउन आउने हँ? " आखा फुकाले र बाबा ले सोधिस्यो । के भन्नु खस्या रुमाल् पुराउन आ' नचिने को मान्छे भन्दा कस्ले पत्याउने।

"नया रे छ बाटो सोध्दै थ्यो दक्षिन्कालि जाने" भन्दे लौ जा जे मुखमा आयो तेइ।


"दक्षिन्कालि हो कि उत्तरकालि हरु लाइ फलो गर्दै आ हो नि के था नचिन्या मान्चे सग धेर् कुरा गर्ने होइन, जमाना यस्तो । घर बाट् बाहिर जादा नसोधि हिन मात्रै तिमिहरु लाइ " मामा फत्फताउदै कौसि बात तल हेर्स्यो अनि " अझ त्यहि रे'छ टाउकै चुडिएला जस्तो गरेर हेर्दै छ बा । भिनाजु हजुर् यिनि हरु को खबर् लिदै गर्स्यो म त्यस्को खबर् लिन्छु" भन्दै तल ओर्लिस्यो।

मेरो बिचार् मा तेइ फलो गर्ने केटो को कुरा गर्या हुनु पर्छ मामा ले। तल के भयो चै थाहा भएन ।

गालि खा'र थकित् भैयो, खान नि मन् लागेन मामुले कर्गर्दै होइसिन्थ्यो ,रिसुठ्यो मन् मनै अघि चाइ बिच् बिच् मा थप्न आउने ऐले माया गर्या जस्तो गर्ने भनेर । नखाइ कोठा मा गयौ, ओछ्यान् मा फाल्यौ आफुलाइ।

त्यत्ति कै मा फोन् आयो मामु ले तलै बाट कराइस्यो "।ए ----तेरो फोन् आ'छ "

"कस्को हो" जानै मन् थिएन् तल माथि बाटै कराए।

खै को तेरो साथि प्रीया को दाइ रे" प्रीया लाइ ज्वोरो आ'छरे के इस्कुल् को कुरा गर्न खोज्या रे "
लौ मन्मनै भने "को प्रीया?" कोहिसाथि त छैन मेरो त्यो नाम् को।

"फेरि मामु बोलेको सुने बाबु को नाम् के नि? निशान्त् रे"
लौ मार्यो म एकैसास् मा बाँदर् झै हाम्फालेर तल पुगे,र मामु को हात् बाट फोन् खोसेर फेरि माथि आए।

समिधा तिर फोन् हुत्त्याउदै भने "तेरो हिरो ले गर्या " ला।

उ पनि आत्तिदै सोधि "निशान्त् के भयो?"

.................................

एए कहिले जाने अ मेरिका ?

..........................
ल त्यसो भए हुन्छ नि!

....................
कहा रे?

.............
ल ल हुन्छ।



फोन् राखे र के भन्छे "वाउ हाउ एक्स्साइटिङ् "

"के एक्स्साइटिङ् नि फेरि" मैले रन्केर सोधे।

"निशान्त् को साथि अ्एरिका जादै छ रे नेक्स्ट् विक् ,अनि उस्को क्लोज् फ्रेन्ड् हरु अनि त त मलाइ नि इन्वाइट् गर्या छ रे मैले त हुन्छ भन्दिए" लाज् शरम् यो केटि ले उहिल्यै पोलेर खा' हुनु पर्छ पक्क पनि, मन्मनै वाक्क लाग्यो।

लामो सास् तानेर केहि नबोलि बसे म........साइलेन्ट् ..........................!!!!

उ कुन् लुगा कस्तो मेक अप् मा जाने प्लान् गर्न थालि .

म चाइ अर्को नया बहाना खोज्ने "दिमागि गुगल्" अन् गर्दै "अनि येस्पालि नि तेइ नाङ्लो मा हो रे'छ भने त्यो वेटर् लाइ पर्सनल्लि टिप्स् दिनु पर्यो कस्तो बिर्सेछु हिजो" मन्मनै भने .

क्यार्नु समिधा त्यस्तै छे । :D
 
Posted on 11-17-06 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म मख्ख परेँ है!!

हे हे हे!!
राम्रो कथा तितौरी!!
सबैभन्दा बेस्ट!!
:D
 
Posted on 11-17-06 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा हा! तिरु
बाङ्ग्या साथी चाहि को रेछ त्यो तेस्तो राम्रो नि अनि हास्या नि राम्रो, अनि पाच् रुप्याको रुमाल् दिन ५० रुप्या कालो टेम्पो मा नि खर्च गर्नि, बुद्धिमान् रेछ जे भे नि खतरै ल।
 
Posted on 11-17-06 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! तितौरी, राम्रो छ सेकेन्ड पार्ट पनि, अब हेरम् यसबाट पनि के के उपकथाहरू निस्किने हो।;)

मेरो चैं पुरानै भागको काउन्टर स्टोरीको फलोअप यो:-

‘ए चित्रे, चित्रे!! कत्ति टिभी हेर्नुपर्या तँलाई?’ मम्मीको आवाजले म झसंग भएँ।

‘ह्या मम्मी पनि! फुर्सदको दिन एकछिन हेर्न दिनुस् न भन्या,’ मैले अप्रसन्नता व्यक्त गरें।

‘फुर्सद छ भने यौटा काम गर्दे न त बाबु’, मम्मीले भन्नुभयो, ‘तेरो काकाको घरमा डेरा गरेर बस्ने किस्न बहादुर छ नि, उसको भाइ पर्ने शहरमा पढ्न आका रछन्।‘

‘के काम गर्नु पर्यो त मैले?’, मैले बीचैमा कुरा काटेर सोधें।

‘उसको गाउँमा नातेदार र साथीहरूलाई लैजानको लागि केही गिफ्ट किन्नु पर्यो भन्थ्यो।‘

‘किन्नु परे उसैले किन्छ नि, मलाई के को टेन्सन?’, म झर्किएँ।

‘त्यसो नभन्न चित्रे, किस्नेले गाउँबाट हामीलाई कति कोसेली ल्याइदिन्छ, अस्ति पनि उसैको भाइले ल्याएको गाईको प्योर घ्यू पनि दियो, पैसा दिंदा लिनै मानेन, त्यसैले हामीले सक्दो हेल्प गर्नु पर्छ’, मम्मीले सम्झाउनुभयो, ‘उसले सामान किन्ने बजार नै देखेको रहेनछ, बिचरालाई विशाल बजारसम्म पुर्याइदे न।‘

‘मेरो बाईकमा पेट्रोल नै छैन,’ मैले अड्को थापें।

‘म दिन्छु नि त पैसा, ला यो ली, बरू किस्नेको भाईलाई पान्सय दे र भन् कि गाउँबाट आउँदा गाउँघरको यौटा मोटोघाटो कुखुरा ल्याईदिनु, गाउँको कुखुरा खूब पोशिलो हुन्छ नि था’छ तँलाई?’

‘हुन्छ हुन्छ!’, पैसा पाएर म खुशी भएँ।

‘यो पैसा उसको गिफ्ट किन्नलाई पनि काम लाग्छ, पैसा अलि पुगेन भन्दैथ्यो’, मम्मीले थप्नुभयो।

-----------------------------------------------------------------------------------------------------
किस्न बहादुरको भाई नाङ्लोमा वेटरको काम गर्दो रहेछ, म बाईकमा चढेर त्यहाँ पुग्दा ऊ काममा व्यस्त थियो।

परिचय भएपछि उसले भन्यो,’चित्रे दाई, यतै बस्दै गर्नुस्, म दुइटा टेबल सिध्याएर आउँछु।‘ साह्रै मृदुभाषी र सोझो देखिन्थ्यो ऊ।

तर यौटा टेबलमा बस्ने तीनजना केटा भने जाँदै गएनन् बा, के के गफ लडाउँदै, बियर व्हिस्की टन्न धोके दुईजनाले। मलाई कुर्दा कुर्दा वाक्क लागिसकेको थियो। बल्ल बल्ल बिस्तारै उठेर जान थाले, किस्नको भाई मैले हतार मानेको देखेर उनीहरूले दिएको पैसा पनि राम्ररी नहेरी फोल्डर काउन्टरमा पुर्याएर आयो।

‘ल यो पान्सय मम्मीले दिनुभएको, गाउँबाट आउँदा यौटा कुखुरा ल्याइदिनु रे राम्रो, ल अब चाँडो हींड, फेरी पसल बन्छ भैसक्ला’, मैले पैसा उसलाई दिएर बाईकतिर हुत्तिएँ।

‘पख्नुस्, म मेरो ज्याकेट लिएर आउँछु,’ ऊ दौडिंदै एउटा कोठामा पस्यो।

चीसोले गर्दा बाईक स्टार्ट गर्न गाह्रो भैरहेको थियो। अघि भित्र टन्न धोक्ने तीनजना केटाहरू बाहिर बसेर खासखुस कुरा गर्दै थिए। किस्नको भाई भने ज्याकेट लगाउँदै कछुवा तालमा हिंड्दै आइरहेको थियो। मैले चाँडो आउन ईशारा गरें, मेरो ईशारा देखेर ऊ दौडिंदै आयो। मैले बाईक स्टार्ट गरिसकेको थिएँ, ऊ हतार हतार आएर पछाडी बस्यो।

त्यत्तिकैमा अलि ठूलो आवाज आयो, कसैले,’मेरो पैसाऽऽ!’ भनेको आवाज हेल्मेट लाएको कानले समेत सुनें। तर गुडिसकेको बाइकलाई मैले रोकिनँ, मलाई त कहिले घर पुगुँ जस्तो भैरा’थ्यो। ठूलीले मलाई आठ बजेको टाईम दिएकी थिई एम एस एन च्याटमा आउनको लागि।

-------------------------------------------------------------------------------------------------
‘ए किस्न दाई, के छ हालचाल? आरामै?’ बाटोमा किस्न दाईलाई देखेर मैले सोधें।

‘आरामै चित्रे बाबु, घरमा सबैलाई सन्चै?,’उनले पनि सोधे।

‘अस्ति राति नाङ्लोको अगाडि एकजना केटाको दुइ हजार रूपैयाँ लुटियो नि तपाईलाई था’ भो?’ मेरो उत्तर आउन नपाउँदै उनले एकै सासमा सोधे।

‘ए हो र? अनि कस्को पैसा लुटिएको रैछ त?’, मैले उत्सुकता पोखें।

‘खै नाम त था’ भएन, तर त्यहींको ग्राहक केटाहरूको रे’।

‘अनि लुटेको चैं कस्ले नि?’

‘खै त्यो नि खासै था’ भएन। गाइँगुइँ अनुसार चैं लुट्ने मान्छे हाँडीगाउँको दादा रे, नाम भने भुसुक्कै बिर्सें…. अँऽऽऽऽऽऽऽ ब्यान्डि हो कि के भन्थे तेस्तै’।
 
Posted on 11-17-06 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली, पुर्व भन्नाले नेपालको पुर्वी भाग हो। जसरी काठ्माण्डौ नेपालको मध्य भागमा पर्छ त्यस्तै धरान, बिराटनगर नेपालको पुर्वी भागमा पर्छन्।

ए चित्रे! तिमीमात्र Geography पढ्ने?? सिकाउनुपर्यो नि ठुलीलाईपनि।
 
Posted on 11-17-06 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो सबैभन्दा बेस्ट् रे फेरि कुम्लेले, मौकै नछोडनी भन्या कस्तो।
हो हो तिरु सबैभन्दा बेस्ट हो
 
Posted on 11-17-06 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूली,
पूर्व ‍= East
पश्चिम ‍= West
उत्तर = North
दक्षिण ‍= South
 
Posted on 11-17-06 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kati saro ramailo gare, afulai hya bhyai nabhai chha. Kaile banduka halni banduk banaudai basyo kaile haba safa garni misin banar baso, katha ta ali ali matrai padeko chhu. Aru haseko dhekda daha bhai sakyoooooooooooooo
 
Posted on 11-17-06 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा चित्रे!!
सब आफुँ जोगिने यार!!
पेलम पेलम :पि
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters