[Show all top banners]

geeves
Replies to this thread:

More by geeves
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Returning to Nepal

[Please view other pages to see the rest of the postings. Total posts: 209]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11  
Keywords associated with this thread

.
[VIEWED 155804 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 11 pages, View Last 20 replies.
Posted on 01-15-11 8:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?     Liked by
 

Returning to Nepal with a US degree, good or a bad idea?
 
बैरागिकाइलो
Posted on 02-18-11 9:22 AM     [Snapshot: 14725]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उध्यमी नभएकाले र डलर कमाउने सोचले आएका हरु कि मनग्य लिएर जानु पर्‍यो , कि त नयाँ पढाई लिएर फर्कनु पर्‍यो , पढाई गर्ने हरु ग्रीन  कार्ड लिनेर बस्ने धुन अनी को जाने त घर ? फेरी त्यो लोड सेडिङ को मार किन स हने ?
Basic कामले कतिनै डलर जोगिएला , साइड इन्कम बनाउने बाहेक ले ? कसैले लेखी सक्नु बएको होला ,  केलाई घिउ नपछेको , त्यो सुन्न त कोही पनि चाहनु हुन्न होला , , म पनि कहाँ अपबाद भएको छु र यो बिषयमा । It is hard to make a decision but who ever went back they are doing good ( most of them ) because they learned some thing where ever they had worked.


 
Posted on 02-18-11 2:22 PM     [Snapshot: 14844]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I have noticed most of them who go back are the children of rich and influential family and they usually tend to work in banks or their family business. their parents keep telling them to come back and they do and evetually they are placed in a high paying job. it's bull to think they learned something from here and went back to use. they went back to use the corrupted system because they could not succeed in the usa on their own. at least most of them. 
 
Posted on 02-18-11 2:29 PM     [Snapshot: 14818]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

यो राम्रो छलफलको विषय भएकोले मेरो दुई पैसाको कुरा पनि थप्न मन लाग्यो, यो धागोलाई तन्काउन।

मेरो बिचारमा, विदेशबाट फर्किने नेपालीले नेपालमा बढि सफलता पाउँछन किनभने कमसेकम उनीहरुले दुई फरक कोणबाट परिस्थितिलाई मुल्याङ्‍कन गर्न सक्छन। देखेरै पनि कति कुरा सिकिन्छ नि गाँठे! नेपालको कुरा त बुझेकै छ र केही नयाँ कुरा भए सिक्न नि बेर लाग्दैन। विदेशको सुख दु:ख भोगिसकेपछि फेरि विदेशिने रहर हुदैन। त्यसैले, बढि जानकारी हुनु र कम तृष्णा हुनु भनेको बढि सुखी/खुसी हुनु हो। अनि सुखी मान्छे बढि सफल त हुन्छ नै। म चै हन्डर खाएकै मान्छेमा बढि भरोसा गर्छु।

यसरी एक आपसमा छलफल गरेर देशको वास्तविक कुरा बुझ्नु त राम्रो हो, तर निर्णय त आफैले गर्नु पर्छ। किनभने जति धेरै मान्छे उति धेरै कुरा। जसको कुरा नि ठीकै हो जस्तो लाग्छ। त्यसैले गहिरिएर आफ्नो हृदय सुन्नु पर्छ, बुझ्नु पर्छ। अचुक र अकाट्य निर्णय भन्ने कुरा नै हँदैन। कुनै कुरा सोच्दा मात्र पनि जीउ गलेर आउँछ भने कुनै कुराले मनलाई प्रफुल्ल र रोमान्चित बनाउँछ। कसैको मनलाई नेपाल जाने कुराले भारी बनाउँछ भने अरुकोलाई हल्का। यस्तो दुई थरिका मान्छेले एउटा निर्क्योल निकाल्न सम्भव कुरै भएन। तर, यस्ता छलफल बढि जानकार हुन चै काम लाग्छ। त्यसैले जे कुराले आफ्नो मनलाई छुन्छ, त्यो कुरा गर्नु पर्छ नत्रभने सफलता हात लाग्दैन, जहाँ बसेनि जता गएनि। 

अर्को कुरा, सोच्यो मात्र भने जे कुरा नि गाह्रो हुन्छ, गर्‍यो भने भने ठूलो कुरा पनि समय लगाएर गर्न सकिन्छ। त्यसैले, योजना बनाउने, लक्ष्य तोक्ने र काम थाल्ने। वीचमा आउने ब्यवधानलाई झेल्दै अघि बढ्ने। मान्छेले आफ्नो वास्तविक धरातल छोड्नु हुन्न। अहिलेको परिस्थितिमा जे छ त्यसलाई स्वीकार गरेर आफ्नो विवेकले सकेको निर्णय गर्ने। केवल कल्पना गरेर त्यस्तो भए हुने, यस्तो किन भयो भन्ने खालका कल्पनाहरु यथार्थ भन्दा धेरै टाढा हुन्छन। यदि निर्णय गलत भयो भने पनि त्यसबाट पाठ सिक्ने र अघि बढ्ने। 

एउटा बुझ्नै पर्ने कुरा चै के हो भने भौतिक दु:ख भनेको मान्छेले सहन सक्छ, मानसिक सक्दैन। त्यसैले यी दुई कुराको तुलाना हुनै सक्दैन र गर्नु पनि हुँदैन। दु:खले हामीलाई कहि कतै पनि छोड्दैन। एउटा न एउटा दु:खको कारणले पछ्याई रहन्छ, जीवनमा उतार चढाव भैरहन्छ। यसबाट भाग्ने भन्दा यसलाई झेल्ने कला सिक्नु पर्छ। साच्चै सुखी हुन त हाम्रा पुर्खा योगी ऋषिमुनिहरुबाटै शिक्षा लिनु पर्छ तर अहिले तेता नजाउँ। जे होस, रोज्नै पर्छ भने भौतिक दु:ख रोज्नु नै ठीक हुन्छ। सफलता भन्दा सुखको पछि लागौ। हाम्रो देशलाई सुखी मान्छे चाहिएको छ। दु:खीले दु:ख बाँड्छ, सुखीले सुख। परिस्थितिले जहाँ राखे पनि सबैलाई सुखै सुख होस।



 
Posted on 02-18-11 2:31 PM     [Snapshot: 14860]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आत्मविश्वासले सफलता

 

 

गाउँमा पढ्ने अवसर मिलेन । घरको आर्थिक अवस्था पनि कमजोर । त्यसैले उनले ११ वर्षकै उमेरमा घर छाडे ।  काभ्रेको विकट गाउँबाट  काठमाडौं आउनसाथ उनले एउटा चाईल्ड केयर सेन्टरमा बालबालिकाको रेखदेख गर्ने काम पाए । एघार वर्षमै श्रममा लागेका ती व्यक्ति  अहिले करोडपति भैसकेका छन् । पोखराका स्थापित ती पर्यटन व्यवसायीको नाम हो— दोर्जे लामा । चाइल्ड केयरदेखि विभिन्न रेस्टुराँमा वेटर  काम गरेका ३९ वर्षीय लामा अहिले पोखराको लेकसाइडका दुईवटा रेस्टुराँको मालिक भएका छन् । काभ्रे खोपासीका लामालाई पहिलो पटक  १३ वर्षको उमेरमा रूप पुन नामका व्यक्तिले रेस्टुराँमा काम गराउन पोखरा ल्याएका थिए । पुनको रेस्टुराँमा दुई वर्ष काम गरेपछि उनले  टिटाइम ब्याम्बोस्टान्ड रेस्टुराँमा सरेर थप दुई वर्ष वेटरको काम गरे । रेस्टुराँमा काम गर्दागर्दै एक दिन क्यानेडियन युवतीसँग भेट भयो  लामाको । बिस्तारै नजिकिँदै जाँदा पछि उनैसँग विवाह भयो ।

'सुरुमा ४५ हजार लगानीमा मासिक भाडा ३ हजार रुपैयाँ तिरेर रेस्टुराँ सुरु गरेको हुँ,' लामाले भने, '१० वर्षसम्म भाडामा बसें, अहिले  आफ्नै घर छ ।' उनले लेकसाइडमै अर्को एक घर पनि किनेर त्यहाँ साझेदारीमा रेस्टुराँ सञ्चालन गरिरहेका छन् । विद्यालय शिक्षा नलिएका  लामाले क्यानाडामा नौ महिना व्यावहारिक शिक्षा लिएका छन् 
 
Posted on 02-18-11 3:06 PM     [Snapshot: 14893]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
Homlal ji, i loved your analysis. You got great points there.
 
Posted on 04-10-11 11:07 PM     [Snapshot: 16749]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Just rejuvenating this topic.

 
Posted on 10-14-19 4:24 PM     [Snapshot: 62862]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

after how many years
 
Posted on 10-23-19 7:59 PM     [Snapshot: 63226]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

mangal graha ko degree lage ni kehi hunna. afu ma chhemata chaina bhane jata ko degree lage pani last ma bhari bokne ho. degree boknu bhanda chhemata abibridi garum
 
Posted on 10-23-19 8:22 PM     [Snapshot: 63258]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yar yo chhemata abibridi garne thau chai kaha parcha ni. Tyo ni vanidiye kripa hunthyo.
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
H1B
EAD Filing
Tps decision coming or not nov 18
Why Oli must go for the UML to survive?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters