[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 (ॐ)चौतारी ६९(ॐ)

[Please view other pages to see the rest of the postings. Total posts: 603]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 267494 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 08-13-07 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६९

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

-चौतारी - भाग ६९ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 68 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग

चौतारी कार्यालय
समय-- बिहान ८ देखि ५ (आ-आफ्नो स्थानीय समय)
ओभर ट्यामको नि व्यवस्था छ


अफिस चीफ ---- श्री बिर्कै जिम्माल
असिस्टेन्ट अफिस चीफ --- श्री राहुलदाइ
सिनियर अकाउन्टेन्ट ----- सुश्री ठूली देवी
ट्रान्सपोर्टेसन अफिसर ----- श्री पून्टेदाइ
ईन्टर्टेनमेन्ट अफिसर ---- श्री कुमलवा बिरादर
गजल अफिसर ---- श्री भौतेकाजी
कविता अफिसर ----- श्री दीप ज्यो, श्रीमती मास्टर्नी नानी
जासूसी अफिसर ----- श्री चित्र बादुर
आर्ट अफिसर ----- सुश्री तिरा कुमारी
बेबी सिटिङ अफिसर --- श्रीमती सान्नानी
चौतारी बनाउने अफिसर(इलिन्जियर) ----- श्री ह्यारी
फोटूगार्फर ------ श्री चिप्ले
किचन अफिसर ----- श्रीमती दुर्गेश्र्वरी
स्पोर्टस् अफिसर ----- श्री ग्वाँचूराम
कथा(स्वस्थानी)अफिसर ---- श्री गालब कुमार
बल्खु अफिसर ----- श्री गोतामे ज्यू
भेडियो अफिसर ---- श्री सानुकान्चो
हेल्थ एवं नेपा-हिन्दी कविता अफिसर --------- श्री म्याड्डू भैया
आलु चना अफिसर ‍‍‍‍‍‍------ श्री चनादाइ
ग्याङ फाइट अफिसर ------- श्री निसान्त
नेपाल जाने अफिसर -------- श्री नेउचे बाँदर







Last edited: 13-Aug-07 01:44 PM

 
Posted on 08-15-07 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"सब ठिक भैकन पनि बेठिक छ"

हैन ठुल्दाई के भओ???

 
Posted on 08-15-07 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"सब ठिक भैकन पनि बेठिक छ"
 
Posted on 08-15-07 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन जिम्माल् बा, खास भन्न खोजेको चाहि "सब बेठिक भैकन पनि ठिक छ"। अब हेर्नुस् न जता ततै भाँडभैलो।
जिन्दगीको धेरै पानामा रंग पोखिएका छन्, बेढंगसित लेखिएका छन्। तै पनि रमाउन खोजेकै छु, जुर्मुराउन खोजेकै छु।
सारंशमा भन्नु पर्दा- पिउन खोजेकै छु, जिउन खोजेकै छु।
© तारेमाम।
 
Posted on 08-15-07 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल जिम्माल बा!
गज्जब हसाए बुढाले!
हा हा हा हा चित्रे टाइट सुरुवाल लागार जिब्रो चिप्ल्यो रे !
 
Posted on 08-15-07 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाकल र तेस्को फल

भाकल र तेस्को फल

भाकल बांगेले गर्यो फल चै ज्यानमा लाग्ने गरी मैले नी पाएँ एक चोटी --ल्यान्डरोबर चढे देखि नै फलको बारेमा संका हरायो।

एका ब्यानै आयो बाङ्गे र हिन जाउँ मनकामना भन्यो।
“किन?” भन्या भाकल पुग्यो रे उस्को भन्छ।

“के भाकल?” भनेर सोध्या “अब त्यो त मनकामनाको पुजा नगरी भन्न मिल्दैन” रे अनि फेरी थप्यो “यस्सै नी थहा पाइहाल्छस् नी मैले भने नी नभने नी”।

“एक छिन् सोचेँ के भाकल हुन सक्छ बाङ्ग्या तेस्तो मलाइ थाह नभा---त्यो पनि लोकल् देवि देउता छ्यास्छ्यासती हुदा हुदै लङ्ग् डिस्ट्यान्स भाक्नु पर्ने?” फेरी “जे सुकै होस्” भन्दै सोच बिसाएँ।

अब जान त जाने तर कसरी? मनकामना जाने हुन त चलननै थ्यो --- हाम्रो टोलाँ मन्दीर् पछाडी सु नगर्ने र मनकामना नजाने केटाहरुको संख्या उस्तै उस्तै थ्यो होला --- थोरै।

कोटाल टोलको सर्सोतीथान समझिदै छु ऐले --- मन्दीर अगाडी भक्तहरुको ताँती पछडी तिनै भक्त नाना भाँती गर्दिनी --- अगाडीको धुपको बास्नामा रमाएर सर्सोति स्तोत्र सङ्गै टीका लाएर पर्साद खाँदै कोइ मन्दीर पछाडी पुग्यो भने त्यो अघि खाको पर्साद र ब्यान खाको च्या पाउरोटी तीँ मन्दीर पछाडी छ्याल ब्याल पारेर आउने सम्भावना बलियो हुन्थ्यो। मन्दीर सङ्ग केहि भक्तहरुको तेस्तो सम्बन्ध थ्यो हाम्रो टोलाँ--- अगाडी एउटा पछाडी अर्कै।

अब तेति बेला केबल कार चली सक्या थेन एक दिनमा पुगेर आउन नसिकिने --अनि सोध्ने के भनेर घरमा? मुस्किल् पर्यो। पैसा को त बङ्गेले जाम भने सि पिर् थे न — तर बाङ्गेले जुन् हिसाबले नाम चलाथ्यो टोल छिमेकमा त्यो हिसाबले गर्दा घराँ म बाङ्गे सङ जाने भन्नु “पर्दैन” सुन्नु थ्यो।

“के भन्नी नि घराँ बाङ्गे?” सोधेँ।

किन सोध्नु पर्यो? सोधे सि हुन्न भन्छन् नसोध्यो ढुक्कै --- गा गै गर्न मर्न जानला हैन – भोलि फर्केर आउने हो क्यारे --- पर्साद ल्याएर दिएसि – नाइ नास्ति गर्न सक्दैनन् –चुइँक्क पर्छन -- बुझिनस्? सोधाइमा उस्ले कुरो सक्यो।

“हिन ट्वाक र सुपारीलाइ नी भनम्” भन्यो उसैले र गा बोलाउन दुइटै भाते सङ्ग भेट भएन। यस्तो भाग्गेमा नहुनी अभागीहरुलाइ पर्खि रहने समय छैन सुनायो बाङ्गेले--

भगवती थान् नेर बाङ्गेको घरमा बस्या केटो सङ्ग भेट भो – केटोले छक्क पर्या जसरी हेर्यो हाम्लाइ र बाङ्गे तिर हेर्दै भन्यो “दाइलाइ त घराँ खोजि रनु भा छ”

घराँ छैन भन्ने थहा पाएसी के खानलाइ खोजि रा रे त घराँ? बाङ्गेले अलि झर्किदै भन्यो --- हामी अघि बढिम केटो तेईँ अझै छक्क परेर उभि रा थ्यो।

ठुलो पोखरी बाट टङ्गाल पुगेर ट्याक्सि चढियो --- बिजुली अफिस् पछिको बस् पारकमा ओर्लिइयो, अनि एक छिन् कुरेर पोखरा जाने बसाँ हुइँकिइयो। बसाँ सिटको टिकस काटेर डाइवर् सङ्गै इन्जिनलाइ छोपेर मोर्या आसनमा बसियो अनि गुरुजी संग गफ गर्दै लागियो बाटो हिन्दी गीत सुन्दै।

चिया नास्ता गर्दै नारनघाट पुग्दा तिन बजिसक्या थ्यो---खैरेनिमा ओर्लिदा त दिन गै हाल्यो तेसपछि रमाइलो गर्दै साँझ र रात बिताइयो भनम न।

भोलि पल्ट पुजा पछि मैले सोधेँ बाङ्गेलाई अनि के त तेरो भाकल?

“भाकल त अब यै त हो नि” उस्ले भन्यो। मैले बुझिन।

“तिन से जत्ति मात्रै झ्याप हान्न पाए नी आउथे तिम्रो दर्शन गर्न जै मनकामना भन्या थेँ है – अस्ति त त्यो जनकपुरको ठेकेदार आएछ घराँ बाउलाइ खाम दिन --- अन्त झ्याप हान्न हान्न परेसि भनेर चार् हान्देँ” उस्ले गर्ब सङ भन्यो।

“बाउले थाह पायो भने तेरो?”

बाङ्ग्या बाउले एक् चोटी मेरो घराँ आएर मैले बाङ्ग्या बानी उकासेँ रे भन्थ्यो – मलाइ निक्कै घुर्या थे के घरमा – तेसैले अलिकति पिर लाग्यो मलाइ बाङ्गेले चार् चार् से जै नारान गरेको मा ---

“बाउ त छैन घराँ कता हो टुराँ गा छ --- --दराजाँ राखे मेरा आँखा पर्लान भनेर होला आमाले डस्ना मुनि घुसा थिन --- अब मलाइ झुक्क्याएर नी हुन्थ्यो के त---?“ कुटील मुस्कान ल्यायो बाङ्गेले अनुहारमा।

“हैन तैँले अनि सबै उडाए सि ----“ बोल्दै थेँ उस्ले कुरा काट्यो।

“काँ सबै उडाउनी मैले? टन्नै छ गाँठ खाम मा अझै – कुस्त ल्याएर द्या रे छ --- पैले पैले नि झिकेकै हो --- तँलाइ थाहै छ नि --- खै हत्तपत्त थाह पाउंदैनन्” भन्यो।

“अस्ति नै चै के गर्या नी?” मैले उस्लाइ बाउले बाँधेर दनक द्या सम्झाएँ।

“कैले काँइ त अब ---“भनेर कुरो सक्कायो।

टन्न मासु भात् ज्यानाँ पोसेर ओरालो लागिम् खैरेनी तिर --- अब घराँ के गर्नी हुन भन्ने डरले मेरो मनमा घर बनाउदै थ्यो --- पर्साद त बोक्या थ्यो दिन भनेर तेइ नि सोध्या भे हुन्छ भन्थे कि झै गरी “एक् बचन सोधेर गा भे ---“ भन्दै उफ्रिन्छन् भन्ने पक्का थ्यो। बाङ्गेलाइ त केइ न केइ – “दीप ले त्याँ गजुरी ब्यारेक सम्म काका लाइ भेटेर आउनी हिन भन्यो भरे त मनकामना पुर्याइदिरा भन्या ---जान्न भन्द भन्दै --तेइ नि पर्साद चाइ ल्याएँ “ भन्दिन्थ्यो पैसा चोर्या घराँ थाह पा रैन्छन भने---थाह पा भे त केइ भनि रहनु पर्दैन थ्यो उस्ले--- जे गर्ने भन्नी हो उनेरुले नै गर्थे ---

खैरेनीमा बस कुर्दा कुर्दै एउटा ल्यान्डरोवर आएर रोकियो। यत्रो जुङा पाल्या बाङ्या बाउ त अगाडीको सिटाँ ---“
 
Posted on 08-15-07 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै ठुल्दाई यस्तै रेछ चाइन्जो जिन्तखि भनेओ!

" मन चंगा है तो लोटे मे गंगा है"
त्यसैले सबै बेठिक भैकन पनि ठिक लागेको तपाइँलाई!

हिजोको गुभाजुको कुरामा एउटा प्रश्न मनमा उब्जेको थियो त्यो अहिले सम्झेँ।
हामि केटाकेटि छँदा बुबाले भेडासिंगको कथा भन्नुहुन्थ्यो। भुत हो कि ख्याक हो के हो कुन्नि भेडाको रुपमा आएर नघल, किलागल देखि इन्द्रचोक सम्म सबैलाई तर्साउँथ्यो रे अनि एकजना गुभाजुले त्यसको सिंग हो कि सिंगै भेडा नै हो, झिकेर भुईँमा गाडिदिएको रे त्यतिबेला देखि त्यो ठाउँको नाम भेडासिंघ रहेको रे! यो किंवदन्ति याद छ पुरै तपाइँलाई???
तपाइँले शुरु गरेको अर्को धागो सबैले सुनेका कयौँ यस्तै किंवदन्ति बुन्ने धागोको रुपमा रहन सक्छ!

हरितालिके भान्जो आज नि बिजि हो???
 
Posted on 08-15-07 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरितालिके आज नि बिजि हो???
 
Posted on 08-15-07 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहाहाहा!
"हाम्रो टोलाँ मन्दीर् पछाडी सु नगर्ने र मनकामना नजाने केटाहरुको संख्या उस्तै उस्तै थ्यो होला --- थोरै।"

गजब छ दिप प्रभु! बाङ्गया बाको जुङ्गाले सातो लिएछ!

तर एउडा कुरा तो बिचमा नारनघाट आइपुग्या चाहिँ मुगलिन लेख्न खोज्या होला बाङ्गेको साथ लाग्दा नारनघाट भा होला हिसाबले!

 
Posted on 08-15-07 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tei ta mungling bhanya taranghat bhaechha --- naranghatma ni ek choti tamasha bhaera tyo pulchokma bhaagaa bhaaga paryaa chha baangge sanga jada -- tyo jhajhalkomaa naranghat sanga mungling missechha yata --
 
Posted on 08-15-07 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

deep jyo as usual awesome :D
 
Posted on 08-15-07 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीपज्यो, दामी गयो फेरी पनि। पोखरा जाने बस चढेर कसरी नारायणघाट पुग्या हो भनेर सोध्नै ला थें, जिम्मालले पक्रिहालेछन्। अनि कथा यतिमै टुङ्गेको हो त? खैरेनीमा ल्यान्डरोभर रोकिएपछी के के भो, अनी घर पुगेसी के के भो त्यो पनि सुनम् न।

ठुलि, आज छिट्टै घरतिर टाप दिन लाग्या हो कि कसो? एक दुई घण्टामै लाग्छु भन्थ्यौ।
 
Posted on 08-15-07 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chiplu ma ajha kaam mai chu. aafulaa kyaa ghar jana man lagiraa cha
 
Posted on 08-15-07 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किन नि त्यस्तो हतार ठुलि?
 
Posted on 08-15-07 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"aafulaa kyaa ghar jana man lagiraa cha "

मलाई चाहिँ माइत जानमान लागिरा छ!
 
Posted on 08-15-07 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्लु भोक लाग्यो।
 
Posted on 08-15-07 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे दा माइत कहिले आउने wink wink
 
Posted on 08-15-07 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीपजी को असली कथा बडा रमाइलो।
बिर्खे जी, मैले नि भेडासिं को सुनेको कथा त्यति मात्र हो, डिटेल चाहिं मलाई नि हेक्का भएन ( सबै कथा जान्ने ठेक्का नि लिएन)।
तारेमाम्।
लौ आज फेरि अर्को एउटा पजल दिन्छु।

टुडिखेल स्थित महांकाल को मन्दिरमा ठुलदाई शनिबार र मंगलबार् ( कहिले काहि) मात्र नमस्ते गर्छ, किन?
 
Posted on 08-15-07 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाईको शनिबार र मंगलबार मात्र त्यता जाने मौका पर्छ!

लु पुरस्कार पाम्!
 
Posted on 08-15-07 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिलेन बिर्खे दा।
 
Posted on 08-15-07 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु म नि पजल राख्छु।

१) सोह्रहाते गणेशथान कुन ठाउँको गणेशथान हो?
२)भाटभटेनी किन झुन्डिएका हुन?
३) 'कहिँ नभा जात्रा हाँडिगाउँमा" अब भन्नुहोस हाँडिगाउँको जात्रामा के हुन्छ (दीपले उत्तर भन्न नपाउने)
४)असन चोकमा अन्नपुर्णको मन्दीर छ भने इन्द्रचोकमा (मखन जाने बाटो निर) कसको मन्दीर छ?
५)सेतो गणेशथान कहाँ छ?

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Tps decision coming or not nov 18
अब के हाेला त?
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
Funny when Nepalis talk about Epstein and injustice
NOV 18th TPS DAY
EAD Filing
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
Work Permit
H1B
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters