[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 --चौतारी - ८५ --

[Please view other pages to see the rest of the postings. Total posts: 611]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 198899 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 11-01-07 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - ८५ --





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)





Running since 7 Sept 2005 in a total of 85 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.







*गोताएँ दाइको ब्लग
*दौतारी बेला हुने ठाउं






 


आमा
यो दशैमा म टिका लाउन्न
मलाई आशिष नदेऊ शत्रुलाइ जित्नु भनेर
अहिले आफ्नै दाजु भाइ शत्रु हुदैछन ।

मलाइ खसि किन्न नपठाऊ
म खसि काटेको हेर्नै सक्दिन
आजकाल मधेसतिर मान्छे काट्दैछन।

भो अब मुक्तीनाथ पनि नजाउं
त्यो त अर्कै दैश भैसक्यो
अर्को जिल्लाकालाई आजकाल बाटो छेक्दैछन।

खराब कुरा चर्को बोलेर मुखिया अनि
लोकतन्त्र शब्दकोशमा शब्द थपेर
मान्छेहरु बिद्वान बन्दैछन ।

आमा तिमी पनि स्लोक फेर
टिकामा लोकतन्त्र ल्याउ
संविधान सभाको चुनाब सरेकोले
हामी टिका नलाउं ।


चौतारी दशैं २००७ को भोज
स्थान: मायालु गाम
सहभागीहरू र आकर्षण:-
राहुलदाइको नन् स्टप गफ
नेप्ची भाउजूको रमाइला कुराहरू
चनादाइको मीठो चना तरकारी
दुर्गे भाउजूको मीठो मुस्कान (चनादाइलाइ हेरेर)
ठूलीको चुलबुले बानी
चित्रेको कम बोल्ने बढी सुन्ने बानी
 
अब घर घरमा देउसी तथा तास खेलेर तिहारको तयारी

 
Last edited: 01-Nov-07 12:24 PM
Last edited: 01-Nov-07 12:24 PM

 
Posted on 11-05-07 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लहरे सोझो मान्छे



 
Posted on 11-05-07 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेरन भाइले तिहारको बेला दिदी-बहिनीलै नालिस हाल्छु भनेको

खूब सोझो हँसिया अस्तो


 
Posted on 11-05-07 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिहार को बेला, दिदी बहिनी ले जे भने पनि शाहअनै पर्‍यो।
त्यसरी हास्नु पर्ने त कुरा केही थिएन है।।
यो ठुलिलाई पनि के भा हो।।।
बैस लागे जस्तो त, जे कुरा मा पनि हास्नु पर्ने।
समय पेरिसथी अनुसार चल्नु पर्छ। एस्तो बेलामा हसिया जस्तो सोझो
भएन भने त अरुले कोअपै खैदिन्छ, होइन र भन्या।।।।।।
 
Posted on 11-05-07 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सबै गाम्लेहरु कता लागे?


 
Posted on 11-05-07 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तु भि क्या याद राखेगा कि किस दिलवाले से पाला पढा था।
ल नालिस फिर्ता लिए,
तर्साको पो त।।।।

 
Posted on 11-05-07 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


आज भोली केहाको यो चौतारीमा हास्न नि नपाईने भो बा।

 
Posted on 11-05-07 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हास्न पैसा लगाउनु पर्ने क्या।अहिले सम्म ठुलि त कन्ङाल भाईसक्थ्यो।।।।।
हास्न पहिन्छ, पहिन्न भन्या हो र ।।।
मलाई जिस्काएर हास्न पैदाइन भन्या पो त।
कस्तो रिसौने राइछ यो ठुलि त, नाकैमा झुन्देकोछ एस्को रिस पनि।।।।।।।
नसक्ने भो बाअाअाअाअाअ।।।।।।।।।।।

 
Posted on 11-05-07 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अस्ति फेला परेको ठिटोलाई हक दाबि गर्न आउन अन्तीम सुचना:

अस्ती शुक्रबारको दिन तारो हान्न गएका सैनिकहरुले फेला पारेर ल्याएको, च्याङ्बा भन्ने ठिटोलाई हाल सम्म कसैले हक दाबि गर्न नआएको परिस्थितीमा, आज बेलुकि सम्म मात्र उल्लेखित म्याद रहेको व्यहोरा जानकारी गराउन चाहन्छौँ। निज युबकको स्थिती उस्तै रहेको र उसैगरि "मैच्याङ मैच्याङ" " खाच्चार खाच्चार" र " धादुरे धादुरे" नै भनिरहेको छ। आज बेलुकि सम्मको म्यादलाई मध्यनजर गरि आज दिनभरिमा हक दाबि गर्न आउनुहुन अनुरोध गरिन्छ। साथै आज बेलुकी सम्म कसैले लिन नआएमा, अस्ति भनिए बमोजिम निजलाई घरबार धान्नको लागि उपयुक्त जेथा सहित जीवनसंगीनि समेतको व्यवस्था गरिने छ।

गुल्माधिपती

गुठुरनाथ गुल्म

चौतारी

 


 
Posted on 11-05-07 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पचास हाल, चालिस हाल।
पाउडर् दल, पालिस हाल।
जे भए नि, जे भने नि
मालिस गर, नालिस न हाल।

तारेमाम्।


 
Posted on 11-05-07 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मेरो नाकमा त रिस होइन झुम्ले फुली झुन्देको छ।

 
Posted on 11-05-07 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'चौतारी रसरंग प्रधान' को पद शुरु गरिएको सुचना:

यस चौतारी गाउँ र रसरंगको सम्बन्ध चौतारीको जन्म संगै सुरु भएको कुरा सर्वबिदितै छ। यस सिलसिलामा, चौतारीकै कुनै सदस्यलाई 'चौतारी रसरंग प्रधान' नियुक्त गर्दा निजको उत्साह जोश र जाँगर बढ्न जाने हुँदा, निज द्वारा अझ बढि उत्साहका साथ रसरंग गर्ने यथार्थलाई ध्यानमा राखि, आजका मिती देखि लागु हुने गरि, एक जना चौतारीकै सदस्यलाई उल्लेखित पदभार प्रदान गरिएको छ। श्री लहरे लाल लाकौल चौतारीमा प्रबेश गर्ने बेलामा जतिसुकै तोतेबोलि र थोरै शब्दहरु प्रयोग गरेर आउन थालेता पनि, निजको निरन्तर सायरी, तिखो व्यंग र रसरंगी चरित्र उल्लेखित पदको लागि अति नै उपयुक्त भएको परिप्रेक्षमा निजलाई 'चौतारी रसरंग प्रधान'  नियुक्त गरिएको हो।

श्री ७ महाराजाधिराज रिठेन्द्र बिक्रम स्याहको सचिवालयका लागि

हाकिम, श्री हरिहर हाडा

चौतारी


 
Posted on 11-05-07 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हाकिम, श्री हरिहर हाडा

 
Posted on 11-05-07 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'बर्ष महिला' घोषित्:

चौतारीकै इतिहासमा सर्वाधिक पोस्टहरु गरेको, सर्वाधीक चौतारी सदस्यहरुको परिचित भएको, सबैलाई आफु भन्दा बुढा अथवा बुढि नै ठानेको, को संग कसरि कुरा गर्न पर्छ भन्ने जानेको, आफुले आफैँलाई कहिले केहि नआउने ठानेको कहिले सबै कुरा आउने भन्ने मानेको, किचकिच गर्नेहरुलाई बोलिको बाण हानेको र बिहान देखि बेलुकि सम्म चौतारीको बागडोर थामेको यथार्थलाई हेर्दा सुश्री ठुलिमैया ठकुरानी लाई चौतारी 'बर्ष महिला' घोषित गरिएको छ। चौतारीको मान मर्यादा र निमकको सोझो गर्दै चौतारी सेवा गरेस।

श्री ७ महाराजाधिराज रिठेन्द्र बिक्रम स्याहको सचिवालयका लागि

सचिव, श्री गालबेन्द्र गिरी

चौतारी


 
Posted on 11-05-07 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Birkhe daa LoL

 
Posted on 11-05-07 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा हाजिर हुन आउन ३५ दिने सुचना:

तपाईँ द्वय श्री गोतामेनाथ गौतम तथा दादागिरि दवाडी, बिना सुचना बिगत १ महिना देखि चौतारीमा अनुपस्थित हुनुहुन्छ। चौतारीको गरिमा, महत्व र अस्तित्वलाई पटक्कै वास्ता नगरेको, गरेको भए पनि नदेखाएको, देखाउन खोजे पनि आँट नगरेको र आँट गर्नै खोजे पनि नआइदिएर घात गरेको निर्णय चौतारी समुहको छ। तपाइँ द्वयले बिगत २ बर्ड देखि पटक पटक चौतारीमा आएर कुरा, कविता,कथा तथा अलि अलि राजनितीको बास्ना सबैलाई सुँघाएर लत लगाइदिएको तर सो लत लगाए पछि रेगुलर डोज नदिएको परिस्थितीमा सम्पुर्ण चौतारी बासिहरुलाई या त आस नै मारौँ या त कुरा खास पारौँ भन्ने भावना जागृत भएको छ। यस यथार्थलाई मध्यनजर राखि तपाइँ द्वयलाई चौतारी हाजीर हुन आउन ३५ दिने सुचना प्रकाशित गरिएको छ। ३५ दिन सम्म चौतारीमा हाजिर हुन आउनुभएन भने, तपाइँ द्वयलाई निलम्बन गरि, क्रमश: श्री 'गोतामेनाथ गौतम'  बात 'गोताएँ' र 'श्री दादागिरि दवाडी' बाट दादे बनाइने छ।

श्री ७ महाराजाधिराज रिठेन्द्र बिक्रम स्याहको सचिवालयका लागि

राजपुरोहित, श्री भउतभाइ भन्डारी

चौतारी


 
Posted on 11-05-07 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे बा को आज सूचना महोत्सब जस्तो छ।
पेलुम् , पेलुम्,
अड्डा हिड्न लाग्या, अड्डा पुगे पछि भेटौला। तारेमाम्।

 
Posted on 11-05-07 11:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पैसा छाप्दा छाप्दै गिरफ्तार:

पैसा देख्दा महादेवको तिन नेत्र भने जस्तो घटना आज चौतारीको एक गाउँमा घटेको छ। चौतारी कै एक जना गन्य मान्य तर सामान्य सदस्य श्री पुन्टेन्द्र परियार, निकै लामो समयसम्म चौतारीमा मुख को त के कुरा तालु समेत देखआउन नआएको परिस्थितीमा, हिजो दिउँसो करिब बाह्र बजे तिर चौतारीमा दिनु पर्ने अमुल्य समय पैसा छाप्न खेर फाल्दै गरेको अवश्थामा चौतारीकै एक समुहले फेला पारेपछि निजको अनुहारमा बाह्र बजेको थियो। चौतारीको कर्तव्य पालन नगरेको, चौतारीमा मित्रता र सद्भाव नाप्न पर्ने घडिमा पैसा छाप्न गएको र चौतारी सुधार लाई लात हानेर पैसा कमाई स्व-सुधार गर्ने तर्फ उन्मुख भएको आरोप लगाइ निजलाई चौतारी समुहले गिरफ्तार गरेको छ। भोलि बस्ने चौतारि अदालती कार्वाही पछि निजलाई चौतारी जेल चलान गरिने सुचना जारि गरिएको छ।

श्री ७ महाराजाधिराज रिठेन्द्र बिक्रम स्याहको सचिवालयका लागि

प्रधान सेनाधिपती, श्री कुमलेन्द्र कार्की

चौतारी


 
Posted on 11-05-07 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिर्खे दाले हसार मर्न लाग्यो बच्चाउ बच्चाउुउुउुउुउुउ


 
Posted on 11-05-07 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल जिम्माल बुढा
लोल लहरे बौचा
लोल ठुलि मैया ठाकुर
दोश्रो राउन्ड को नमस्ते सप्पैलाई



 
Posted on 11-05-07 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्वस्ति।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters