साँझ पख बाबा र म फुलमा पानी हालिराथ्यौ भाइ लुसुक्क आगँनको ढोका खोलेर भित्र छिरेको मात्र के थ्यो बाबाको ब्यङ्य को झटारो भेटिहाल्यो--"बल्ल महाराज को सवारी भयो", भाइ केहि नबोलि चुप चाप माथि दौड्यो। उस्को अनुहार हेर्दा दिन्भर खेत खनेर आएको खेतालो भन्दा कम थकित देख्याथेन। म पनि एक्छिन पछि माथि गएँ, हेर्छु त भाइ आफ्नु कोठामा बत्ति पनि नबालेर लम्पसार परेर सुतिरारेछ। " के भो बाबु? यो बेला न कुबेला किन सुतिरा? बाबा आउदै हुनुहुन्छ माथि" --बाबाको डर देखाउदा पनि उ नउठेपछि केहि ठुलै काम बिगार्यो भन्ने कुरामा निस्चित थिएँ। "कहाँ थ्यौ यतिबेरसम्म"-- कुरा खोतल्न खोज्दा "त्यहि लाटा बहिरहरुकाँ टि. टि. खेल्न म र साथिहरु" भन्यो। हाम्रो छिमेकिको घरमा लाटा र बहिराहरुको संगठन थ्यो जहाँ मेरो भाइ र उस्का साथिहरु खुब जान्थे टि. टि. खेल्ने बहाना बनाएर जुन कुरा घरमा हामी कसैलाइ मन् परेको थेन। जति सम्झाउद पनि भाइ लुसु लुसु जाने गर्थ्यो आफ्नु साथिहरु सँग र केहि न केहि बेगारेरनै आएको हुन्थ्यो। "अब आज के गर्यौ फेरि?" --उस्को प्राए बिगारहरु सँग म परिचित थिएँ, तर आज भने बरु ढुङ्गो बोल्ला मेरो भाइ बोलेन। अहिले नभनेनि पछि त पक्कै भन्छ भन्ने थाहा थ्यो तेसैले धेरै कर पनि गरिन।
भोलि पल्ट भाइ, म र आमा घाम तापेर साँदेको भोगटे खादैथ्यौ, एक्कासि त्यो संगठनबाट १५-२० जना मान्छेहरु दौडेर जग्गु दादाको आँगनमा धुइरिएको देख्यौ। जग्गु दादाको खास नाम चैं जगन्नाथ हो तर उस्लाइ आफ्नु नाम लामो लागेर जग्गु दादा राखेको थ्यो। जग्गु दादा, हाम्रो टोलको रोमियो, जुन केटी देख्यो तेहि मन पर्ने उस्को बानी कहिले सप्रेन। उस्लाइ मन पर्ने मात्र हो र? अझ हामीलाइ धाक दिन्थ्यो--"यो केटी त म भने पछि भुतुक्कै हुन्छे" भनेर, फेरि हामीले सधै देख्थ्यौ केटीले वास्ता नगर्दा पनि आफु मरि मेटेर पछि परेको। उस्को पहिलो काम भनेकै बिहान उठ्यो अनि बस स्टप धायो। बल्ल तल्ल कोहि जालमा परेनै भने पनि त्यो गाँठ न साँठ को लोखर्के सँग को टिक्ने? हप्तादिन पछि त माछा उम्किहाल्थे अनि हामीलाइ आएर धाक दिन्थ्यो--"बुझ्यौ त्यो केटी ले त बिहे गर भनेर हैरान गरी अनि लौ आफ्नु बाटो लाग भन्देँ", "खोइ हजुरले नै पाउनु हुदो रैछ तेस्ता केटीहरु भेटेको हप्तादिनमै बिहे गर भन्ने" हामीले पनि पाको बेलामा भन्न कहाँ छोड्ने? उस्लाइ हाम्रो कुराको के असर पर्नु? केटीले दुई पैसाको भाउ नदिदा पनि त्यो नभको भाउमा उल्टो जु थपेर हामीलाइ भन्थ्यो--"उ हेर तिमीहरुको भाउजु, मलाइ देख्योकि मस्किन्छे", मस्केको हो कि सरापेको हो चैं उस्का मुखबाट निस्केका शब्दहरुले हामी आफै ठम्याउथौ। तर जे जसो भने पनि आफ्नु टाढाको नाता पर्ने के भन्नु? माया पनि लाग्थ्यो कहिले त।
त्यस्तो कोहि केटी देख्न नहुने जग्गुलाइ आफ्नै घर् अगाडि तेत्रो संगठन अझ त्यस्मा पनि तेति राम्रा राम्रा केटीहरु आउथे, उस्को मन के थामिन्थ्यो? त्यहाँ पनि आँखा गाड्न छोडेको थे न। तिनिहरु मद्धे एउटा केटी मन परेको कुरा त्यो प्यार प्यारे जग्गुले आफ्नु मनमा के राख्न सक्नु? त्यो केटी बाहेक अरु सबैलाइ फुक्न भ्याइसकेको थ्यो। "कुन दिन त्यो संगठनका अरुले थाहा पाए भने मर्लान पछि पर्दा" भन्दा उल्टो हामीलाइ भन्थ्यो--"बिहे त बुझ्यौ यस्तै सँग गर्नुपर्छ, बोल्दा पनि बोल्दैनन्, जे गरे पनि घरमा कच कच पनि नहुने, बचन बाण पनि नआउने , आनन्दै"---उस्ले त बिहे गर्ने सम्म सोचि सकेछ।
कती दिन देखी मौका छोपिरा जग्गुले त्यो दिन छतमा बसिरा बेलामा त्यो केटी गोल्भेडा किन्न हातको इशारा गर्दै पसलेसँग कुरा गरिरा देखेर हाम्फाल्दै पुगेछ र त्यहा पुग्दा थाहा पाएछ कि गोल्भेडा जम्मा डेड किलो मत्रै बाकि छ भनेर। उस्ले केटीलाइ हेर्दै ईशाराले धारी हात देखाएर "तिमी आदा लिउ म आदा लिन्छु" भनेछ। त्यो केटी त एक्कासी कराउन थालिछ र उनिहरुको संगठन बाट ५-७ जना मान्छे हरु दौडदै आएको देखेर जग्गु केही बुझ्न नसकेर ज्यान बचाउन आफ्नु घरमा भागेछ। सबै जना उस्लाई लखेट्दै उस्को घरमा धुइरिएछन। म र भाई त्यहा पुग्दा २०-२५ जना नै भेला भैसकेकाथे। सबैको अनुहारमा रिसको आगो बलेको प्रस्ट देखिन्थ्यो। जग्गु चै बेलाबखतमा पर्दाको सहारा लिएर ज्यालबाट चिहाइरहेको पनि देख्यौँ। जग्गुको बुवा तर्सेर आँगनमा आउनु भयो र आफ्नु आँगनमा त्यसरी भिड किन गरेको भनेर सोध्नु भयो। त्यो संगठनको सभामुख चैँ बोल्न सक्ने थिए र उनैले भनेपछी पो थाहा पायौ त्यो केटीलाई जग्गु ले ईशाराले आदा आदा लिउँ भनेको त उस्ले बुझ्दा के बुझिछ भने--"यो गोल्भेडा लियिस भने तँलाई काट्छु", र आफ्नु सखाहरुलाई बोलाइछ र "हाम्रो साथीलाई काट्छु भन्नेलाई हामी जिउदै गाड्छु" भनेर सबै जना मुर्मुरिरहेका रहेछन। बिचरा जग्गु ले अझै बुझ्न सकेको थेन आफुले मुडो ताक्दा बन्चरो ले घुडो ताकेछ भनेर र अरु बेलामा तेत्रो फुर्ती दिने मान्छे लुरुक्क परेर ज्याल बाट चिहाइरहेको देखेर मैले हाँसो रोक्न सकिन र त्यहा बाट जानुनै उचित देखेँ।
म र भाई फर्किदै थ्यौ भाईले अली भयभित स्वोर मा सोध्यो--"दिदी अब यिनिहरुले जग्गु दादालाई पिट्छन हो", "हो नि यिनिहरुको रिश कडा हुन्छ, हत्तपत्त मर्दैन, अब देखी तिमी पनि नजाउ है टि. टि. खेल्न त्यहाँ"--मैले भाईलाई त्यहाँ जान बाट बन्चित गराउने सुनौलो मौका गुमाउन चाहिन। उ अलि बढिनै डराएको देखिन्थ्यो।
बेलुका बाबा अफिसबाट फर्केपछी आफ्नु कोठामा पत्रीका पढ्दै हुनुहुन्थ्यो र भाइ माथि कुकुर सँग खेल्दै थ्यो। मलाई दिउसो को कान्ड कती खेर सुनाउ जस्तो भाईराथ्यो, एक्छिन पनि कुर्न सकिन र बाबाको कोठामा गएर बेलिबिस्तार लाउन थाले। आफ्नु नानि देखि लागेको बानि के जान्थ्यो? "त्यो जगनेलेले पनि कति दुख दिन सकेको होला बिचर बुढो भएको बाउलाइ"--बाबालाइ जग्गुको हर्कत सुन्नुभयोकि उस्को बुवा प्रति माया जाग्थ्यो। अनि बाबाले झट्ट सम्झेर आमालाइ भन्नु भयो--"ए साच्चि भोलि बिहान त्यो संगठन्को सभामुखले उनिहरुको सभा गर्न २ घन्टको लागि हाम्रो आँगन मागेका छन, मैले पनि हुन्छ भन्दे"
भोली पल्ट शनिबार थ्यो। बाबा र आमा पशुपती जानु भएको थ्यो र जाडो महिना म अल्छि गरेर सिरकमै गुटुमुटु पारिराथे, भाइ आयो--"दिदि आज चैँ म मर्ने भएँ" भन्दै, "के भनेको त्यस्तो एका बिहानै, के गर्यौ फेरि?" उ आँत्तेको देखेर म पनि जर्याक जुरुक उठेँ। "गर्न त आज होइन अस्ती गरेको टि टि खेल्न जाँदा"--बल्ल अलिकती कुरा चुहायो। "त्यही पनि त्यस्तो नराम्रो त केही गरेको होइन, खाली त्यो लाटाहरुलाई हामीलाई टि टि खेल्न देउ भनेको"---अली कुरा चपाएर बोलिराथ्यो मेरो भाई "अनी के भो त?"--मेरो कुरा खोतल्ने अभियान जारी नै थ्यो। "उनिहरुले हामीले भनेको बुझेनन् अनी मैले चिट्ठी लेखे तर उनिहरु तेत्तिकै रिसाए"--उस्ले भन्यो। "कस्लाई लेखेको थ्यौ चिट्ठी"--मलाई हो न हो कुनै केटीलाई पो दियो कि जस्तो लाग्यो। "लेख्न त कस्लाई लेख्नु नि? सबैलाई हुने गरेर "आदरणिय लाटाज्यू" लेखेको थे नि, मोराहरुले एक लाइन पढ्ने बित्तिकै रिसाएर च्यतिदे"--उस्ले भन्यो। "अनी बोल्न नसक्नेलाई लाटा भनेर सम्बोधन गरेपछी रिसाउदैन् त? अब कुन दिन बङगारा झार्दिने भए"--उस्को कुरा सुनेर डरै लाग्यो। "हुनत अस्ति तेहि दिन चिट्ठि च्यात्ने बित्तिकै हामीलाइ डर् लाग्यो र भाग्न खोज्दा एउटाले त मेरो ढाडमा दुई मुक्का बजाउन भ्याइसक्याथ्यो"-- मैले बल्ल थाहा पाएँ त्यसरि ढाडमा बाजा बज्यारैछ तेसैले पो भाइ साहाब केहि नबोलि अस्ति कोठामा लम्पसार परेर सुतेको रैछ। "अनी अहिले चै कस्ले मार्ने त मुक्का अस्ती भेटिसकेको भए?"-- उस्लाई सोध्दा "अस्ती त एउटाले ठटाथ्यो आज त सबै आएछन आँगनमा मलाई ठटाउन" भन्यो। नभन्दै बाहिर हेर्दा त ग्वार् ग्वार्ती सबै छिरिराछन् हाम्रो आँगनमा, अनी झल्यास्स सम्झेँ अघिल्लो दिन बाबाले भन्नु भएको, सभामुखले दुई घण्टाको लागि आँगन मागेको छ भनेर। "तेत्राले ठोके भनेत म मरिहाल्छुनि"--भाइको सातो पुत्लो उडिराथ्यो केहि कुरा नबुझि। फेरि जग्गुको जल्दो बल्दो अर्थ को अनर्थ भएको उस्ले देखेको थ्यो अघिल्लो दिन् मात्रै। भाइ बेला बेला मा ज्याल्बाट हेर्दै मुर्मुरिदैथ्यो--"आफु गर्छु आग्राको कुरा, ति लाटाहरु गर्छन् गाग्राको कुरा, मेरो गल्ति हो र?" हिजो जग्गु देखेर हाँसेको त आज आफ्नै भाइ उ भन्दा कम भएको थेन --" लौ न दीदी अझ अरु पनि आउदैछन्"---उ झन् आँत्तिदैथ्यो।
ए कान्छा, कहाँ थियौ हँ तिमी? सञ्चै छौ? लौ दिपिका तिम्रो दर्शन पायियो आज त मुटु, कालेजो, फोक्सो जता अट्याक आए पनि स्वर्ग पुगिन्छ जस्तो छ अनी तिमी चै जती खेर पनि मुस्काउने हाम्लाई बेहोश पारेर हामी चै हास्न नि नपाउने, कस्तो अन्याए यो त
कान्छा तिमी किन रिसाको ? मलाई त झन बैगुनिले तिम्लाई जती पनि लेख्याभए मरिजाउँ| म त अस्ती पोखरा गए देखी किन नफर्केको होला भनेर चिन्ता ले सत्तो प्राण लिन आटिसक्याथ्यो, अनि तिमी पनि खोइ त बस बाट ओर्लेपछि त म भन्दा अगाडि पुग्या जस्तो छ भउते काँ हो?
ल दीपीका तिम्रो कथा बबाल छ, एकदम राम्रो लाग्यो, अनी भाई पनि हरिप नै हो हा हा, अब जस्तो दिदी त्यस्तै भाई, लोल तर जग्गु दादा चाइ अती नै रहेछ हे हे। एउटा कुरा नी बिचरा लाटा, बहिरा, अन्धा, लुला लङ्डाहरु त्यसइ त समाजबाट अपहेलित छन अझै हामीले पनि मजाक बनाउनु त भयन नि, यो त मात्र कथा न हो , साह्रै हास्यस्पद अनी मजा आयो पढ्दा,
Dont mind la, maile ta sathi bhanera bhani hale, yo Haad nabhayako jibro le ke k bhanchha.....ma sanga risayako ta hoina?
साझालाई माया नमार ल, होइन भने हामीले राम्रो राम्रो कथा कहाँ पढ्न, बुझ्योउ साथी?
parbhat pokharel, I know I have a long way to go and I am still trying. Thank you so much for your time.
कान्छ र कलेजो, अर्को चोटि चै पुरै कथा जत्तिकै लेखौला, अहिले नरोउ तिमीहरु
रिट्ठे, ये त्यो दिपिका को थर पादुकुने हो? मलाई त खालि हिरो हरु शाहारुख खान र श्रेयश तल्पडे थाहा थ्यो हो हो त्यो पादुकुने राम्री चै छे
Amazing ,
साथि मैले लाटाहरुको मजाक बनाको होइन यार, खालि येस्तो भएको थ्यो भनेको मात्रै हो। फेरि यो सत्य घटना हो। यो कथामा मैले लाटोहरुको मजाक होइन जग्गु दादा र मेरो भाइ जस्ता बाठो हरुको मुर्ख्याइ प्रस्तुत गरेकि हो। अनी साझाको कहाँ माया मार्नु? सक्नुनी पर्योनी होइन त?
Deepika, timi risyako ta hoina ni ma sanga?? nadatikina bhana ta timro nidhar ali ali khumche jasto chha ni k ho yesto LOL risaunu ramro hoina k ............
रिट्ठे, मलाइ पनि आज बल्ल थहा भयो त्यो दिपिकाको पुरा नाम दिपिका पादुकुने भनेर Amazing, साँच्चि, धरोधर्म, गाइको मासु खाने म रिसाको छैन। मैले यो कथा लेख्नु अगाडि अरु सँग छलफल गरेरनै लेखेकी हो, मलाई पनि फेरी अर्थ को अनर्थ होला भन्ने डर थियो र तिमीले नराम्रो केही भनेको छैन, आफ्नु धारणा बेक्त गर्यौ अनी मैले पनि आफुलाई प्रस्ट पार्ने मौका पाए नि त साथी
यता जगल्टे बयान लेख्न बस्या रेछन कोइ कोइ अनि कताबाट हाम्रो घरमा आउँथे बाबै! आफू बुडो मैन्टोल सैन्टोल खोजेर बाटो हेर्या हेरेइ! कठै! काल नि आएन मुन्छे नि आएनन् हाम्लाई भेट्न त!
अनि अचेल भाइ कस्तो भा छ नि??? जग्गु दादा जस्तो त हैन नि?
माइला दाई झन म हजुरको घरमा आउन खोज्दा तेत्रो ना ना भाती सुन्नु पर्यो यो कानले। फेरी भउते ज्यूलाई धरी फुर्ती लाएर म त आफ्नै माइला दाई काँ जान्छु भने। हजुर चै लौ अन्मरिने भए अन्मरेओ तर ढिडो तेही पनि मस्की मस्की ओडलेर खान दिन्छु भन्ने, अझ टोइलेट जानु पर्यो भने पनि सेतीको बगरमा जाउ भन्ने, घरमा जाने हो भने गीत गाउ फेरी एक दर्जन भुरा भुरी आउछन भन्ने, अनी अब त्यो पोखरा गएर पनि के गर्नु आफ्नु कोही छैन रहिछ भनेर फर्के नि मुग्लिन बाट। बिचरी प्रेरणा मात्रै एक्लै परी। पोखरामा पुगेपछी त कसैले पनि वस्ता गरेन दिप्पु भन्दै थि। अनी लौ अब कोही आएनन भनेर दङ परेर मुखमा चै राम राम बगलिमा छुरा गरेर अनि किन न आएको रे हेरन त्या। हजुरको त अब एक रत्ति पनि बिस्वश गर्दिन म।
माइला दाइ लौ न भाई त ज्ञानी छ नि। त्यो जग्गु जस्तो भयो भनेत झापड भेटी हाल्छनी।
urfren, मेरो मामा घर एउटा मात्र भये पो तिम्रो मामा घर छेउमा मेरो मामा घर भये पछी दिपिकाको मामा घर छेउ मा हुन सक्दैन भन्नु बोल्रे तो मेरा दो दो मामा है ! लोल
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.