नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम --चौतारी - भाग ७३ --
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
मेरी आवैनी रिठ्ठे सईदूवा रिसाको, हैन कती छिटो हलक्कई बडेच गांठे बड्ननी! अब उबेलाँ पो गम्मा उती मिठो मसिनो खाना पाइन्थ्यो, केटाटीनी ओओओ मरिन्च्यासे हुन्थे, अब अचेल आंदी पारि गएर नाना भांति का खान्की ख़ुराक ल्याएर खान्चन केरे किन नपुस्टिउन, हेर हेर यो रिठ्ठे घोर्ले भाको! अब जे भानि यो गामको नाम रख्नी मुन्छे जो हो ऐल्लाई अल्ली सम्झाउन परयो/ ये बजिए तलाई किन सौताआ छोरो झै अर्थेर बाबै . अब लाले दाई को आँखा अली कमजोर छ क्या. पल्टनां छदा दुस्मनको बंदुकट निस्केको छर्रा उछिटिटएर आखां परेदेखी यो आंखाले तेती भेऊ पाउदैनके क्यार्चस अब येसो डाउडर साउडर भैचस भने केई अर्लास केरे. लौत ऐलेलाई भोट सोट को कम मा लाग्दै अर. अर्न परोनी तिमि केताहुरले.
बिर्खे क्यारिचौ? म त येस्तई हो क्या. खै तुच्च तुच्च नापारेकोनी जुगै भोकेरे.
ए जिम्माल पातकी बुढा, तिम्रा आँखा मैले लेख्या मi परेनन? के देख्थ्योउ त अब, अस्ती ठुल्दाइ ले ठीक भन्नु भा'थ्यो, "चौतारीआ केटाहरू हिजो आज कूरा भन्दा नि चुरा सुन्छन" भनेर, केटा मात्र हैन ठुल्दाइ बुढापाकi भनौदा नि तेह्तै भाईसके, लाज मर्नु....................
लोल! तिमि तेतातिरको भनेर तो अक्कडो भन्ने शब्द परयोग अरेओ क्या! केहि मुन्छे ले तो शब्द भनेको याद भ'र! हैन रेछौ भन्ने था' पार लाले सँअ कुरो अर्न थाल्या त समाइहालो केटोले!! यो रिट्ठेले गर्छ केइ!!
ठुलि, ए ठुलि, आज पनि दुई किलो खुर्सानी र आधा पाउ आलु ल्याइदीराख है, हिसाब एक्कैचोटि गरम्ला बा । आज साह्रै खुर्सानीको तरकारी खान मुन्ला'छ अस्ती म्यारिज खेल्दाको पनि मैले तिमीलाई लगाको गोडा ४ एक रुपैया पनि बाँकी नै छ अझ....
चिलिम् ब्रेक पछि पुन: प्रबेश। लालेलाई नि तारेमाम्। म परें चौतारीको नयाँ तर मान्छे चाहि पुरानो परें। चिनजान गरि हालुम्। मायाले सब ठुल्दाइ भन्छन्, अब रिसले के भन्छन् के?
अहो ठुल्दाईले सम्झाउनु भो ल। उतिखेर यो खानेपानी संस्थान हरु थेनन् केहि नि, हरेक घराँ ईनार हुन्थे, ईनारकै पानी खाइन्थ्यो। गाई बस्तु नि हरेक घराँ हुन्थे। घर् अगाडि नरकट र क्यात्तुके घारी जताततै, स्याल कराउनि तेतैतिराट हो।
अनि नुहाउन चाँहि राजतिर्थै पुगिन्थ्यो। कुच्चेका सिलावरका गाग्री थोर, मुन्छे धेर हानथाप गर्न गर्न पर्नि नुहाउन, तर पानी जिउमा पर्दा भनि सब बिर्सिनि आहा, अहिले नि सन्च हुन्छ सम्झिँदा।
जिम्माल बा, ठुल्दाइ, रिठ्ठे, ग्वाचे, ठुलि, ह्यारी ब्रो, लाले, मिस् (खाली गाली गर्ने हो हुन त), अन्तरे, कुम्ले, चित्र बादुर्, चिप्ले, चना ब्रो अनि नदेखिनी लाइ पनि नमस्ते है भउते काजी खै? मिस् लगायत फाइनलिस्ट लाइ बधाई छ । बिजेता ले मेरो एउटा मुजिक भिडिओ मा खेल्न पाउने अबसर छ है । आजको बिशेष केही छ भने थाहा पाइ राखम
सानेपाको निक्कै कुरो भैरहेको रहेछ आफू भने ब्यस्त। कुरो सुन्दा त ग्वाँचे पनि म भन्दा २ पुस्ता अघिको जस्तो छ नि। ( कुरा ०२९-३० साल तिरको हुनुपर्छ मेरो कान्छो भाइ ललित्पुर नगर पंचायतको वडा सदस्यको चुनावमा उठेको थियो।)
अन्तरेले भनेको पसल चाँही त्यो चौतारा अघिल्तिरको पहेलो घरको हुन पर्छ। त्यो बेला त्यही दुई चार पसल त थिए नि। पाउरोटी (हिमाली) र दुध किन्न भाईकृष्ण दाइको पसल पुग्न पर्थ्यो। कोकाकोला किन्न छेवैको राम दाईको पसल। फ्रीज भएको अर्को कुनै पसल थिएन। भाईकृष्ण दाईको पसलको छेवैमा पछि एुटा अर्को पसल खुल्यो (२०४२ सालतिर होला)। साहूजी शायद भक्तपुरे नेवार थिए होला, ठिमीलेको पसल भनिन्थ्यो त्यो पसललाई। चौतारीको अली तल अर्को एुटा सानो पसल थियो। किरण भवन जाने मोडमा एुटा मासु पसल अनी अर्को किराना पसल थियो। होचो कदकी साहूनी भएकोले डल्लीको पसल भनिन्थ्यो। मट्टितेल किन्न त्यही जानु पर्थ्यो। शुभतारा स्कुल जाने मोडमा रामहरी दाइको पसल थियो। मेरो घर जाने पनि त्यहीँबाट भित्र हो। ग्वाँचे र अन्तरेको चाँही कता पर्यो नि?
चिप्ले त्यो ग्वाँचेले साल र नाता भुले जस्तो छ, नामै ग्वांच, कामै ग्वांच? २०३९-४० तिर् भाथ्यो नगर पन्चायत को चुनाव क्या र। त्यतिबेला नि सानेपा बनेपा भन्दा टाढा। हुन त २९-३० सालमा नि एक पटक चुनाव भाको संझना छ। चुनाव चिन्ह भएको बाकस मै भोट हाल्ने। बाक्स तौलेर चुनाव जित्ने। त्यसपछि चुनाव भएको भने ३८ सालमा रापस र ३९ सालमा नगरपन्चायतको। अब ग्वाँचेले गफ त लगायो, मिलाउन जानेन। इलाहाबादीको संगत अलि पुगेन। २०२९ सालामा चुनाव लड्ने भाइ भएको भए कम्ता नि त्यो भाइ २१ बर्षको बालक हुनु पर्थ्यो त्यतिबेला। ग्वाँचेको जुम्ल्याहा नै भए नि लौ हिसाब गरम् त। ८ सालमा जन्मेको हुनु पर्यो। भने सि अहिले ५५ बर्षे युबा नेता ( नेपाली कांग्रेसमा जस्तो) हुनु पर्दछ। भने सि मर्यादाक्रम नै गोलमाल् भो।
यो फिरेन्चका काम गर्नि तरिका नि गजबै छ बा। दुई हप्ता दलार काम गराम्नि अनि तिन दिन छुट्टि दिनि। अस्तिको हप्ता नि तिन् दिन छुट्टि थ्यो अब यो हप्ता झन् चार दिन छुट्टि रे, भोलि देखिन् सोमबार सम्म। आफुलाई भने छुट्टि भो कि टेन्सनले तनाव हुन्छ, अब चौतारी आउन पाइन्न क्यार्नि।
दिनभोरी टिभी हेर्नि, घर अगाडि ताल छ यौडो पोखराँ जस्तो , तेइँ माछा मार्नि, पौडि खेल्नि त्यत्ति हो काम अब चार दिन।
चिप्लु कता हो तिम्रो घर भन त, राम निवासको छेउछाउ जस्तो लाग्यो, यस्सो कुरा सुन्दा त, तिम्लाई मैले चिन्नुपर्छ। तिमीले भनेको सबै साउहरुलाई राम्ररी चिन्छु,भाईकृष्ण दाइको पसलमा दुधको लाइन धेरै बसियो, पछी मामुले उसलाई केइ पैसा बढी दिएर दुध राखिराख्नु लाउनु भएकोले जतीबेला गए नि खुसुक्क दिन्थ्यो।
तिमी कती भयो त्यता नगएको? अहिले धेरै चेन्ज भाईसक्यो, पोर साल दसैंमा ग आइ या थ्यो,
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
H1B
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
When will the culture of impunity end?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.