[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~चौतारी १८३ ~

[Please view other pages to see the rest of the postings. Total posts: 327]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 215450 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 03-29-10 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १८३ ~



हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १८३   औं
संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व  मेचीबाट बढेर
जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट  बढेर अमेरिका सम्म, दख्खिन
तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर 
रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता 
हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी
कोटी  मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत 
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र 
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"


कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||



भन्छन 

कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे,

हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त?

लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!



आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ!
मिठो मिठो खाउँ र खुसि रहौँ! 



sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss


यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...
आहा!
कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!
त्यो सुनौलो धौलागिरी,
त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल,
त्यो गैह्रो, त्यो  लाँकुरी....
कठै त्यो मेरो गाउँ!!


ओइली झरेको फूल टिपी माला गाँसेर हेरें,
छाडी जाने निष्ठुरी सित गाला टाँसेर  हेरें

सधैंका झैं
यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी,
Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ,Poonte–पून्टे
दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली,
Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori
- नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare -
अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love-
लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton -
नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे,
बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा,
timi_mero_sathi - टि एम एस, brandy - ब्रान्डी;   आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो
अभिवादन टक्र्याउँछौं।



Meet the world's
finest school  teachers,
unbeatable students,
mischievous  senior citizens, wildest,
vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers ,
alxoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on
the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV
in Nepali language)

Running since 7 Sept 2005 in a total of 183 edition

Last edited: 29-Mar-10 10:06 AM

 
Posted on 03-29-10 9:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-29-10 10:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-30-10 8:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!



मंगलबारे गन्नुमय जदौ ।



झरी निरन्तर जारी छ, परी निरन्तर खाली छ ।


 
Posted on 03-30-10 8:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम ठुल्दाइ,

झरी यता पनि जारी छ ।

बिहीवार मात्रा खुल्ने आश देखाएको छ ।


 
Posted on 03-30-10 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बालाजु माथि होनी नारान साहिली र माहिलीका ताँती
एउटी आउँछु भन्थिन् रेशमी चुल्ठो बाटी
जमदारलाई पनि ढाँटी सुबेदारलाई पनि ढाँटी
कस्ती रहिछिन् (बाठी) मै जस्तालाई ढाँटी


मंगलबारे गन्नुमय जदौ सबै गाम्लेहरुलाई। पात्रो अनुसार आज पूर्णे, अनि हनुमान जयन्ती हुनुका साथै बाइस धारामा मेला लाग्ने अनि देवीघाट जालपादेवी मेला पनि रहेछ।
 
ठुल्दाइ र रामे, त्यतातिर त बाढीको त्रास पो छ भन्छन् नि। बाढीबाट बच्नुहोला, झरीमय दिन परीमय होस्।
बाउचा र पूरे त कि बालाजु कि देवीघाट होलान् पक्कै पनि। बिर्खे बुढो पनि बाइस धारा अघिको चौरमा बसेर टोलाइरहेको होला। बाढीले मिर्दी खोलाको पुल नबगाएको भए रामे पनि त्यतै पुगिसक्दो हो। पून्टे बुढो पनि ट्याक्सीको पहिलो ट्रिप त्यतैको, फर्किने मान्छे तुरुन्तै पाइने होइन भनेर घाममा तालु तताउँदै त्यतै होला। रिट्ठेको पनि त्यतै जाने सुर हुँदो हो बिचरा काठमाडौं जाने टिकटै नपाएर बिराटनगरमै अल्झिएछ। बिष्टे त जाममा फस्या होला। अरु कुरो त्यस्तै हो, यसो चिया खुवाउने पनि कोही रहेनन् चौतारीमा। महिला समूहले किन अघोषित बहिश्कार गरेको हो, छानबीन गर्नु पर्‍यो।   


 
Posted on 03-30-10 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रामे, चिप्ले ।
झरी ले भन्दा नि नाके भाइरसको भिषण आक्रमण झेल्दै छु। बेला न कुबेला आक्रमण गर्दा हाम्राइ नाक मात्र भेटाए छ त्यसले। बाउरामहरु को नाक मा जानु नि ?मखुला ??
 
Posted on 03-30-10 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ, फेरि बाउचाले पठाएको सूर्यले भ्यायो जस्तो छ नि। शीघ्र स्वास्थ्य लाभको कामना। प्रस्थान कहिले हो बरु? यी बाबुरामहरुको नाकमा त बरु नपरेकै बेस, नत्र त्यसैको बिरोधको निहूँमा अर्को नरसंहार मच्चाउन बेर छैन।
अरु औतारी साँच्ची नै मेला भर्न लागे कि कसो?      
 
Posted on 03-30-10 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै दिन देखी छुटेको नमस्ते झ्याप्प लार सप्पैलाई , अनी ठुल्दाइ कहिले नेपाल हिंड्ने हो? चिप्ले तिम्ले नेपालमा खिचेको फोटो जम्मै टासेर सकी सकेको हो के हो ? चिया पाए त हामिनी खान्थेम ।
 
Posted on 03-30-10 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शीघ्र स्वास्थ्य लाभको कामना ठुल्दाइ लाई ।

चिप्ले सर ..... बाढि आउँछ भन्छन ....... आफु त झन खोलाको छेउमै भएको झुपडिमा बसेको छु । खोइ के हो के हो ........
 
Posted on 03-30-10 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम हर्के ।


प्रस्थान मिती चाँही यो शुक्रबार बाट अर्को शुक्रबार, रिट्ठ्या गाउंको हवाइ अड्डाबाट मध्यपूर्ब हुँदै नयाँ नेपाल।



नाके भाइरस को  प्रभाव त्यतिन्जेल सम्म निमित्यान्न भए त बेसै हुन्थ्यो। उता गए सि कण कण मा भाइरस दाइरस हरु छन भन्छन, कती झेल्ने ??


 
Posted on 03-30-10 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्ले हरु


के हुँदै छ त - अली ढिला भो क्यारे आएको

यस्तै पर्‍यो के गर्ने

कहिले काही हुन्छ के -

 
Posted on 03-30-10 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु प्रणाम गरेँ है। माथि देखिने ठुल्दाइ देखुन, यो तलको लहरे मुर्दार सम्म बिचाँ पर्नी रामे, चिप्ले दा, हर्के लाई पनि। आज त मुइले पनि मासु भात दन्काएँ नि, तेइ भनुम भनेर आको।

काम नि सकियो, अब भोली मीतिङ भेछी के कस्तो गर्नी हो अगाडि भनेर थाहा हुन्छ रे, तेइ भेर छोरो ऐले फिरी, लु कोइ छ, यस्सो गफ गर्न लाई? झगडा गर्नी मन छैन नत्र त्यो लहरे बज्ये नि याइँ रेछ। अरु कोइ छ?
 
Posted on 03-30-10 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काम गरिरा कि ए सत्यानासी पुरे कि थुतुनो किताब चलाइरा

मूला कुरै बढी एसो फेरी - फेरी थुतुनो किताब पनि सबै कुरा भन्दिने क्या - चार जना साथी थप्यो रे पुरे को


 
Posted on 03-30-10 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे पाटकी असत्ती मुर्दार लहरे, तिम्रा थुतुनोबाट कैले नि सत्य बचन ननिस्किनि भये है। हैन कत्ती मात्र झूठो बोल्न सक्या एह! झूथो बोल्न निमेश मात्रको नि डर भन्ने छैन है, तिम्ले के पाउँछौ र हँ? दुनियाँलाई झूठ बोलेर? किन होला है, यो कर्मठ लगनशिल साथीलाई देखी नसह्या, कुरो बुझे त त्यो चिन्डेया खप्पराँ अण्डा फुटाउँथे ल
 
Posted on 03-30-10 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 





Last edited: 30-Mar-10 03:17 PM

 
Posted on 03-30-10 4:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे ले काम पाएन छ । चौतारी का औतारिहरु खोज्दै हिड्या नि उता ।

 
Posted on 03-30-10 4:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-30-10 4:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-30-10 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-30-10 4:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
नेपाली वालमार्ट चोर
H1B
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters