[Show all top banners]

Pretty
Replies to this thread:

More by Pretty
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी ३१ **

[Please view other pages to see the rest of the postings. Total posts: 387]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT PAGE
[VIEWED 162790 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 20 pages, View Last 20 replies.
Posted on 11-15-06 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!

सम्पूर्ण चौतारीका गाम्लेहरू तथा शुभचिन्तकहरूलाई न्यानो अभिवादन

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी तीसौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो। चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।
Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल, आदी......





ल अब दिप ज्योको कवितासँगै चौतारी शुरू गरौं।
कतै घामको राप छ
कैले कामको चाप छ
सुस्ताउँदा बतास बोलाउछ
आफ्नो भन्नु आफ्नै हो
मेरो साथी यै चौतारी बनेको छ


मनमा अपरीचित छाप छ
कल्पनामा कसैको बास छ
अपरीचित लाइ चिनाउँछ
उस्लाइ पनि बोलाउँछ
मेरो साथी यै चौतारी बनेको छ

कतै अतितको सन्ताप छ
कतै ओइलाको साहास छ
पात पातमा यस्को मल्हम छ
उत्साह्को गीत सधै गुन्गुनाउँछ
मेरो साथी यै चौतारी बनेको छ

कैले जाडोको त्रास छ
कैले न्यानोको आस छ
सिरक बनेर बस्छ
घामलाइ ब्यानै देखि बोलाउँछ
अफ्नो भन्नु आफ्नै हो
मेरो साथी यै चौतारी बनेको छ




 
Posted on 11-15-06 6:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नया चौतारीको लागि सान्नानीलाई धन्यवाद।

अब ग्वाँचेको कथा पढ्न लागें म। बल्खुमै टाँस्या हो ग्वाँचे?
 
Posted on 11-15-06 7:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा'ऽऽऽऽऽऽऽऽऽआऽऽऽऽऽ

सानि मा नानि लेनि बना'को, सालैजो,
कति राम्रो चौतारि,
कति राम्रो चौतारि।

डम्फू है ले'र म पनि आएँ, सालैजो,
लगाम् न दौँतारी,
ल गाम्न दौँतारि।


नमस्ते है सप्पै गाम्ले लाई। एक दिनमै कति धेरै गाम्ले हरु जम्मा भएका होलान्, कति धेरै छुटिसकेछ
 
Posted on 11-15-06 7:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचेको कथा रमाईलो र'छ। भनेर भन्दा उँदी यसपाला नेपाल जाँदा त्यस्तो पो भ'रछ ! त्यै भ'र पो नेपाल बाट फर्केसी ग्वाँचे दुई-चार दिन टोलाको र'छ।
 
Posted on 11-15-06 9:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!

राम्रो कथा हालेउ ग्वाँचे!

ए राता मकै! हन गर्न सम्म रमईलो अरेछन गाँठे गाम्लेले आज चौतारिआँ! हिजोको चौतारि खोज्दै हिनेओ त मेरिबास्सै, तो सके'र सान्नानीले अर्को बना'र ह्याँ नि हुन सम्म भैसकेछ!

को को छ अइले गाममा???
 
Posted on 11-15-06 9:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कारम् सबैलाई!! के हुँदैछ हो??

ग्वाँचेको (आत्म?)कथा पढिसिध्यायाँ। धेरै राम्रो वर्णन र'च।

ल, हिजा'ज दोहोरी गैरा'रछ। जाओस् जाओस्।

अस्तु:॥
 
Posted on 11-15-06 9:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए! ढाका टोपी मैलो
धुनी बुइनी घर गई
के रमैलो छ खै ... ... ...


जदौ!

को को छ अइले गाममा???
 
Posted on 11-15-06 9:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु म नि आएँ एकछिन लाई एतातिर, के हुदै छ हो गाम्लेहरु
 
Posted on 11-15-06 10:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामी गम्लेलेपनि संबिधान सभाको चुनाबमा भोट हल्न पौनु पर्यो भनेर आन्दोलन् गरम् होइन सथिहरु
हाम्रा गाम्लेहरु को बिचार् के छ कुन्नि
 
Posted on 11-15-06 10:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!
Yo Chavate Ko
 
Posted on 11-16-06 1:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कान्ला मुनि पुगि सक्न लाच चौतारो
लौ ठेल्दिए है काल्ना माथि !!!!!!!!!!!
 
Posted on 11-16-06 5:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'लौ ग्वाँचे, अब शहरराँ गे'र राम्ररी पढ्नु, आइए पास गरेर यै गाम्मा मास्टर बनेर आउनु पर्छ, म पनि अब केइ बर्षसम्म मात्रै हो स्कुलालाँ पढौन सक्ने त्यस'छी त तिमी'रुले नै सम्हाल्नुपर्ने त हो नि' बल्ल यस्पालीको एस्लेसी परिक्षामा थर्ड डिभिजन पास भे'सी काठमाडौं पढ्न जानु परो भुनेर सप्पै संअ बिदबारी हुँदा रातो टिका लाइदिदैं मिसले भन्नु भो ।

गाम्मा दुई चार जना मात्रै एस्लेसी पास भेका मुन्छेहरु मध्यै आफु नि परेको मा दङ्ग थे, हुन त यस्पाली ठ्याक्कै पाँचउ, प्रयासमा सफल भइया हो क्यारे, तर जे भे नि पञ्च बर्सिय योजना नै भे नि सफल त भयो ।

मिसको खुट्टा मै ढोगिदिए मुइले, हुन त गृहकार्य नगर्दा, अनि भागेर माछा मार्न जाँदा मिसको लठ्ठी नि धेरै खाइया थ्यो, अझै नि ढाड भरि चिनो छ तर त्यो त मेरै राम्रोको लागि गरेकी हुन नि मिसले । त्यतिबेला कुटाइ खाँदा रिस् उठे नि अहिले त मिस्ले ठिकै गरेकी हुन जस्तो लाग्छ ।

जिम्मालबा नि आ थे, एक ठेकी दही बोकेर्, 'लौ ग्वाँचे, राम्ररी पढ्नु, ठुलो मुन्छे हुनु । पोर साल त गाम बाट सँअइ गाथिम क्यारे काठमाडौं, गाइजात्राआँ, यस्पली त तेइ हुन्छस्, राम्ररी ठाम चिन्ने नि हुन्छस्, सप्पै ठाममा घुमाएस् है मुलाइ, लौ तेरी जिम्मालनी आमाले यो दहिको ठेकी देकी छिन तलाई दही एकदम मन पर्छ भुनेर । राम्ररी गएस्, आफ्नु ख्याल राखेस्!'

पुन्टे दाइ नि आ'थे बसपार्क सँअ पुर्याउन्, 'लौ बज्ज्या जाने भई हलिस् । मुइले त भुनेको हो रिकुटेसँअ लाउर जा, देस बिदेश घुम्, पैसा कमा, नयाँ बोली भाषा सिक मानिनन्स् । लौ जे भे नि अब राँरी पढ्नु क्यारे, तेरो लागि केइ ल्याउन सकिएन हेर्, हिजो तेरी भाउजु नि माइत ग'कि थि, मु त रात भरि धोबिनिकैमा हो, फूलको माला ल्याउन सकिएन लौ एइ माल लगा' भन्दै आफुले चपाइराको चुइङ्गम नै तन्काएर माला लगाइदे ।

झनक्क रीस् त उठेको थ्यो फेरी होस् आफ्नो गाम्को दाइ आफुलाइ अप्ठ्यारो पर्दा सबैभन्दा पैला सहयोग अर्न अघी सर्ने मुन्छे, । माला फूल्को होस् कि चुइङ्गम्को लगाइदिने मान्छेको सद्भाव पो हेर्नु पर्छ जस्तो लाग्यो । सप्पै जना बन्धु-बान्धवहरु नि आ'थे चौतारीको बस पारकसम्म पुरायउन ।

जान त मुन थेन तर क्यार्नु जानु त थ्यो नै । दाउरा सुर्वाल लगाएर्, पटुका कसेर अनि झिल्के इस्टकोट ढल्काएर्, गोल्ड स्टार जुत्ता कसेर्, जिम्मालबाले देको दहीको ठेकी दाँयातिर अनि घर्बाट आमाले देको घिउको हर्पे बायाँतिर झुन्ड्याएर्, बाग्पाटे झोलो पछाडि भिरेर लागे काठमाडौंतिर ।

हाम्रै गाम्का किस्ने दाइ बस्छन बाग्बजार भुन्ने ठाममा, तेइ जानु भुनेका थे बाले । बल्ल बल्ल भेटियो उनको डेरा । 'लौ ग्वाँचे आइस् त नि क्याम्पस पढ्न, राँरो गरिस् । हेर तेरो बाले कसरी तलाइ पढ्न पठा 'को हो भुन्ने तँलाइ थाहा छँदैछ, सिङगै आलिखेत बेचेर पठा'का हुन्, तेइ भेर मेहेनत गरेर पढ । तेरो लागि मैले एउटा जागीर नि खोज्दया छु । बिहान क्याम्पस जा, दिउसो काम गर्' किस्ने दाइले खाना बनाउँदै भन्नु भो ।

'हुन्छ नि दाइ गजब भइहाल्यो नि, काम नि पाउने भे'सी त बालाइ पैसा पठाइदिनु भनिरहनु त परेन । बरु डेरा पो के गर्ने होला, कतइ सस्तो कोठा पाइन्छ होला यतातिर ?'

'तैले डेराको नि चिन्ता गर्नुपर्दैन्, हेर्, म त सिक्युरिटी गार्डको काम गर्छु, रात भरि डिउटी गर्नु पर्छ्, दिन भरि सुत्छु । तेइ भेर त पनि यइ बस्, त चै दिन भरि काम गर, रात भरि सुत्!'

'आहा काइदा भइहाल्यो नि !बरु काम पो काँ गर्नु पर्ने हो ?'

'मेरो एकजना साथी एउटा रेस्टुराँमा सिक्युरिटी गार्ड छ्, तेइ रेस्टुराँमा वेटरको ठाउँ खाली छ रे, मैले तेरो लागि ठीक्क गरिदेको छु ।'

'धेरै धेरै धन्यवाद दाई ।'

यसरी मैले रेस्टुराँमा काम नि सुरु गरें । क्याम्पस भर्न हुनको लागि परिक्षा कार्यालयबाट मार्क सिट लिनुपर्ने रैछ । सानोठिमी गएको,मार्कसिट लिनको लागि त मेरी बास्सै कत्रो ठुलो लाइन रैछ । बल्ल बल्ल मेरो पालो आयो, पैसा-सैसा बुझाईवरी मार्कसिट ले को त ....... मेरो त आँखा अगाडि अँध्यारो छायो ...... पास् भयो भुनेको त ४ वटा बिषयमा फेल रैछ फेरि'नी । हन मु त पास् भे'को थे त गोर्खापत्रमा हेर्दा याँ त फेल पो देखिन्छ नि, भुनेर हाकिम साब्लाइ मार्कसिट देखाको त ....'याँ यस्तै हो भाइ, गोर्खापत्रमा प्रिन्ट मिस्टिक भयो होला, मार्क सिट्मा जे छ तेइ सहि हो' भन्छ ।

थुक्क बेकाराँ आइयो काठमाडौं, पास भैयो भुन्ठानेर । लौ क्याम्पस त पढ्न नपाईने भो, दुई चार दिन काम त अरुम घर जाने पैसा त बनाउनु पर्‍यो भुन्ने सोचेर कामाँ गएँ ।

आज ग्राहक नि टन्न आ'रेछन्, भ्याइ न भ्याइ थ्यो । एउटाले अर्डर दिन्छ, फेरी अर्कोले बोलाइहाल्छ । यसरी नै काम गर्दैथे, फेल भे'को कुरा त सम्झिनेसम्म फुर्सद थेन । यत्तीकैमा एउटा टेवालबट अर्डर आयो, दुई जना केटी एउटा केटा रेछन् !!! ए ...... मुइले त बताउनै बिर्से, म कुन रेस्टुराँमा काम गर्थे भुनेर ... हजुर ! तेइ दरवारमार्गको नाङ्लोमा त हो नि मुइले काम गरेको । अँ ...... त्यो केटाले एउटा सलाद्, एउटा मो मो, एउटा सिज्लर अनि दुइ बोटल बियर अर्डर गर्‍यो, शायद उस्को बर्थ डे थ्यो क्यारे ।

सिज्लर बनिसकेर तिनिहरुको टेबल्मा दिइसकेपछि फेरी अर्को नजिकैको टेबल बाट अर्डर आयो, फेरी नि सिज्लर अनि म म र कोकको । दुई जना केटाहरु थे, धुलई धुलो लागेको लुगा ला'का, कुन्नी के ढुङ्रो जस्तो नि ल्या'का रैछन्, पक्कै पनि केइ खेल्ने कुरा हुनुपर्छ्, जितेको, रन्, चउका, छक्का, आउट भन्दै के के कुरा गर्दैथे, बुझे मर्दिनु ।

म अर्डर लिएर किचन तिर जाँदैथे, त्यो केटीहरुसँअ बसिरहेको केटा आयो म कहाँ, टोइलेट जाने निउ गरेर । 'भाइ, त्यो उता टेवालमा बस्ने केटाहरु नि मेरै साथीहरु हुन्, आज त्यस्तो खाते लुगा ला'र आएका भेर म उनिहरुलाइ मेरो टेबल्मा बोलाउन सक्दिन्, उनिहरुले खा'को पुइसा नि मै तिर्छु । म तिमीलाइ नि खतरा टिप दिन्छु मेरो एउटा काम गर्दिन्छौ ?'

'के काम होला दाइ ?'

'ऐले एक्छिन पछि म तिमीलाइ बिल लेर आउ भन्छु, तिमी बिल लिएर आएको जस्तो गर्नु तर बिल लिएर न आउनु । म तिमीलाइ पैसा तिरे जस्तो गर्छु अनि बहिर निस्किन्छु । त्यो केटीहरुलाइ बाहिरसम्म पुर्याइ सकेपछि म फेरी याँ आउछु अनि मेरो साथीहरुसँग बसेर फेरी खानपिन गर्छु ।'

मैले पनि राम्रै टिप पाउने आसमा 'हुन्छ' भन्दे ।

एक्छिन पछि त्यो दाइले बिल मगायो, ५०८ रुपैयाँ भा थ्यो, ठ्याक्क हजार्को नोट निकालेर्, कीप द चेन्ज भुनेर दिएर तेइ दुईजना केटीहरुसँअ बहिर निस्क्यो ।

दुई मिनट पछि फेरी फिर्ता आयो त्यो दाइ अनि पैला दे को हजार रुपैयाँ फिर्ता माग्यो । टन्न अर्डर गरे, तिनै जना मिलेर्, म म, चिकेन चिल्ली, ड्रम स्टिक्क्, सेकुवा अनि गर्दा गर्दै ८ बोटल बियर नि घुट्क्याए । म त दङ्ग भैराको थे, अर्डर नि ठुलो टिप नि टन्न भन्ने सोचेर ।

म भाँडा उठाएर किचन तिर जाँदैथे ' भाइ बिल लिएर आउ ' भनेर बिल मगाए । बिल ल्याएर उनिहरुको टेबल्मा राखेर म उता अर्को टेबल सफा गरेर त्याँको भाँडा उठाउन गए ।

ति केटाहरु 'लौ भाई बाकी तिमी नै राख्नु' भनेर मैले बिल ल्याएको फोल्डर भित्र पैसा राखेर निस्किहाले ।

टन्न टिप छोडेका होलान भुन्ने कल्पना गर्दै फोल्डर उठाएर काउन्टर तिर जान लाग्दा फोल्डर खोलेर हेरें । लौ मार्यो बज्याहरुले ठगिहालेछन नि, १३८ रुपैयाँ मात्रै राखेका रहेछन्, फोल्डर भित्र, २३७७ रुपैयाँको बिलसँगै । ति मोराहरुलाइ समाउनु परो भुन्ने सोचेर दौड्दै ढोकातिर ग'को, काँ भेट्टीन्थे, टाप कसिहालेछन्, मोटर साईकलमा आ'थे कि, ट्याक्सी पो लिएर गे छन्, था' नै भेन ।

अब जे भेनी साउजिलाइ त सप्पै कुरा बताउनु पर्‍यो भुनेको साउजीले पत्याको हैन । हाम्रो रेस्टुराँमा पनि यस्तो ग्रहक आउँछन कि क्या हो, तैले हामीलाइ उल्लु बना'र पैसा खान खोजेको, लौ निकाल काँ लुकाइस् पैसा भुनेर कठलोमा समाइहाले । जत्ती गरे पनि पत्याको हैन साउजीले, 'त मोरो बेइमानलाइ राख्नुपर्या छैन अहिल्यै निस्किहाल भनेर लात हानेर निकालीदिइहाले रेस्टुराँबाट ।

उता किस्ने दाइले नि पत्याको हैन्, मैले नै बदमासी गर्‍यो भन्ठान्नु भो । क्याम्पस पढ्न पाउने कुरा नि भेन मार्कसिटआँ चार ठाम्मा तारा भे'सि , कामबाट नि निकालीहाल्यो ....... के गर्ने........ उपाय अरु केइ थेन्, फेरी आफ्नै चौतारी गाम फिर्ता आएँ, जस्तो गा'थे त्यस्तै !!!

(माफ पाम है !!!;-) )
 
Posted on 11-16-06 6:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या बोर भे'छ।
:)
 
Posted on 11-16-06 7:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा!! ग्वाँचे, क्या बोर भएछ नि!
कुन चाँहि मोराहरु रे'छन् त्यस्तो अर्नी? एक एक लाई समात्नुपर्छ। :पि

राम्रो लेख्यौ!!
:-)

Sabb Lai Namaste _/|\_
 
Posted on 11-16-06 7:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!

हा हा! ग्वाँचेले हसायो।अचेल प्रति-कथा (counter story) हाल्ने चलन आउन थालेछ चौतारीमा। तितौरीको कथा अनि अस्तिको कुम्लेको तितौरीको लागि प्रति-कथा पनि रमाईलो थियो। ग्वाँचेको friendship band (मित्रताको पासो? :P) पनि गजबको थियो।

हैन यो ग्वाँचे कुन गामतिर हो? पोस्ट गर्ने टाइमिङ् हेर्दा त अम्रिका गामतिर हैन जस्तो पो लाग्यो त। ईउरोपमा हो कि एसियामा हो?
 
Posted on 11-16-06 7:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मार्यो कुरा त अर्कै परेछ...!!!!
हिजो पारी बल्खु गामको बाटो भे'र खोला पारी ग'को घरको लागि साबुन तेल किन्न परो भुनेर (के गर्नु बाले जा भने पछि जानै परो), आज त हाम्रो चौतारी गाम्मा खासखुस् पो चलि'रा रैछ ।
जाँदा त केइ भेन खुरुखुरु गए, खोलाँ पौडी नि खेलियो मजाले, एकछिन दोहोरी नि खेलियो तेतैका मैयाँहरुसँअ, खुब रमाइलो भो । फर्किदाँ पो आपत परो त, कुरा के भो भन्नु होला भुने, त्यो गामको मुखियाले समाइहाले । सप्पै गाम्ले'रु नि जम्मा गरेर चोकमा उभ्याए ।
तिमी त चौतारी गाम्को हैन्, लौ चौतारी गाम्को त जो आए नि हाम्रो गाम्मा केइ न केइ गरेरै जानुपर्छ्, कि गित गाउ, कि डानस देखाउ, कि कबिता बाच्, कि कथा हाल्, केइ नभे एउटा चुट्किला सम्म त सुनाउनै पर्छ भन्न थले । अस्ती नै पुन्टे दाइ आउँदा नि क्या खतरा डानस देखा थे, जिम्माल बुढा त धैं आम्छन क्यारे गज्जबा कथा कबिता लिएर्, दीप ज्यो त्यस्तइ । फेरी अस्ती तितौरीले नि क्या गज्जब्को कथा हलेकी थियिन । तिमी नि उम्किन पाउँदैनौ, भुनेर सप्पैले घेरीहाले ।
आफु परिओ 'खायो ढिंडो, हल्लियो हिंडियो, पाल्यो बोके दारी' टाईपको मुन्छे, कथा, कबिता त के हाम्रो देसाँ राष्ट्रिय (हो कि अराष्ट्रिय, कुन्नी कस्को भजन मात्रै गाउँनु पर्छ रे) गान त आउँदैन अब कसरी कथा, कबिता सुनाउन पर्‍यो भुनेर दोधारमा परे ।
तै ठीक्क बेलाँ हाम्रो हजुरबा काम आए । पैला हामीहरु सानो हुँदा हजुरबाले कथा सुनाउनुहुन्थ्यो, अहिले त परम्धाम गैसके बिचरा । हो तेइ कथा सुनाइदे मुइले नि बल्खु गाम्मा ।
हाम्रो गाम्मा चाँही ग्वाँचेले आफ्नै कथा सुनाएर आयो भुन्ने हल्ला पो चलीरारैछ । आफ्नु कथा त्यस्तो के खा'र हुनु नि, बरु हजुरबाले सुनाउँथे, उन्कै कथा होला ।

तै पनि कथा सुनेर आफ्नो तर्फबाट त्याँ मुनी आ-आफ्ना कोमेन्टहरु लेखिदिनुहुने मान्यजन शुभाजी, दीपज्यो, तितौरी, गोतामे सर्, ओए_चिल्स् ब्रो, कुम्ले ब्रो, जिम्मालबा, गालब्, आइते तथा चौतारीका सप्पै ख्वामितहरुलाइ टाउकोले भुँइ छुने गरी नुहेर धेरै धेरै धन्यवाद ।

लास्टाँ बिशेष धन्यवाद, सान्नानीलाइ, यती राँssssरो चौतारी बनाएकोमा । लौ मेरो नि आसिश लागोस् क्यारे, माटो छुँदा सुन्, पानी छुँदा दुध्, बालुवा छुँदा अन्न होस्, मनको चिताएको कुरा पुरा होस्, सन्तानले डाँडाकाँडा ढाकुन्..............जय होस् तिम्रो ।
 
Posted on 11-16-06 7:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!

हा हा! ग्वाँचेले हसायो।अचेल प्रति-कथा (counter story) हाल्ने चलन आउन थालेछ चौतारीमा। तितौरीको कथा अनि अस्तिको कुम्लेको तितौरीको लागि प्रति-कथा पनि रमाईलो थियो। ग्वाँचेको friendship band (मित्रताको पासो? :P) पनि गजबको थियो। :P
 
Posted on 11-16-06 7:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ठूल्नानी, के छ हालखबर? धेरै दिनपछि भेट भो तिमीसँग। हुन त म बिजी थिएँ, हिजो साँझदेखि अलि फुर्सद भो। यो विकेन्ड कसरी मनाउने पिलान छ?
 
Posted on 11-16-06 8:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीआँ बिहान बिहानै रमैलो भ र'च, ग्वाँचेले खतरा काउन्टर दे छ नि हा हा हा,
कुन चाँहि मोराहरु रे'छन्, त्यो २२३९ रुपियाँको हिसाब् त निकाल्न परो नि त
दादा, कुम्ले, ग्वाँचे, चित्रे, ठुल्नानी जदौ है सप्पै लाई,
 
Posted on 11-16-06 8:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई चाँही चौतारीको चीत्र चाँही साह्रै राम्रो लाग्यो, यहाँ एकै छीन बीस्राम गर्ने रहर लाग्यो यार ।
 
Posted on 11-16-06 8:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Namaste !!

ग्वाँचे जे भेनि चौतारीयाँसम्म आइपुगेचौ राम्रै भो ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters