नमस्ते चौतारीबासीलाइ । २० औ चौतारीले ३०० वटा धागा काटी सकेको ले २१ औ चौतारी जग हाल्ने काम फेरी पनि मैले नै सम्हालेको छु । २० औ चौतारीमा पुराना मित्रहरुका रमाइला रचना र गफका साथै नया मित्रहरुका उत्क्रष्ट रचना पनि पढ्ने मौका पायौ । यो नया चौतारीमा अझ गहकिला रचना र रमाइला गफ थप्दै जानुपर्छ । बर्षलाइ १२ महिनामा बांडे जस्तै अब देखि यो चौतारीको जग पनि हरेक १५ दिनमा ( पाच्छिक ) रुपमा आइतबार जग हाल्ने कुरा कस्तो लाग्छ ? तेसो गर्दा अलि मेसो पर्थयो कि ?
पुन्टे दाइ र भउतेको जुरेलीसित को कुरो मिलेको हुदा अब भउतेले घरजम गर्ला जस्तो छ । हामीहरुले पनि जन्ति बाख्रो खान पाइने मेसो पर्ला जस्तो छ ।मिसले पनि सबैलाइ पढाउदै अनुशासनको बाटोमा डोराउदै हुनुहुन्छ ।
काँचो सम्झि बेलौति-आर माझमा पाक्यो र अम्बा भै बाँचुन्जेल सम्म माया हानपैतालि झम्म
बिरफाँट्याको जुवा माउरिर-माझमा काँ बाट जम्माभै बाँचुन्जेल सम्म मायाँ हाँनपैतालि झम्म
रामिडाँडा सिपाचौर रमझम रामिडाँडा सिपाचौर रमझम रमाईलो बन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम रमाईलो बन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम कइले भेट होला भनि रमझम कइले भेट होला भनि रमझम आत्या थ्यो मन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम आत्या थ्यो मन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम
पुन्टेदाइ, रिसाको छैन हजुर सँग। किन रिसाउनु र ! सालि तिम्रै भो भनेर भनेको सुन्दा पश्चिम तिरा'ट घाम निस्के जस्तो लाओ के रे। यत्तिकै त्यसो त न भन्नु पर्ने, यी कपटी पुन्टेदाइले के जाल रचेका छन भनेर गमेर बसेको छु। :-)
एउ मुक्का दे'को, पुन्टेदाइका ३'टा बङ्गारा हल्लेका थे।:p त्याँसि साली तिम्रै भो भनेका हुन के रे। तर पक्का कुरा गर्दा खेरि त जहिले नि धोबिनीको च्यात्तेको पेटीकोटको कसम खाने मुन्छे। कसम नखादा सम्म मुइले पत्याको छैन है। क्यै किलकाँटा रचेर भनेको जस्तो छ। :p :-)
मारामार जोताइ गै'राछ के आफ्नो त। घरी घरी चौतारीको गफ कान थापेर सुनेकै छु। बोल्न भ्याछैन। बोल्न थाल्दा खुट्टामा फाली लाउला जस्तो भो के।
तितौरी, एउ टुक्रो केक र एउ बोतल रउसी हुलाका'ट पठाइदेउ न त। अब आफै आम्न त भ्याउँदिन होला। :-)
Titauri ma gau ma nabhayeni, timilai janmadin ko subhakamana. Aba goda dui char dinma gam pharkanchhu ani majale nepalima kura gamla. Timi syani thiyau maile gam chhoddakheri, sunchhu abata jwai khojni belaki bhaichhau are. Thikai chha arubat bhetma garmlani haita. uhi timro dai lale
ए राता मकै, हैन के भयो हँ यस्तो!? तिरु नानीको जन्मदिनको केक खा'र चौतारीको बाटो उकालो लाग्दै थें, के मा ठोक्केर ड्याम्म लडियो, झण्डै कान्ला मुनिको जिम्मालको गह्राँ पुग्या गाँठे। अब रउसी लाग्या भनुँ भने नी, घरकी गोताइनीले डाडु-पन्यूले उपचार गरेबाट मुखाँ हाल्या छैन, भूत प्रेत लाग्यो भनौँ भने नी, यस्तो झलमल्ल चौतारीमा भूत त के भूतको बाउ पनि आम्न आँट गर्दैन। कतै तिरु नानीलेनै केकमा गाँजा-साँजा हालेर ठट्टा त गरीनन् भन्ने पनि लाग्यो एकछिन त, पछि ढ्याम-ढ्याम र ढुम्-ढुम् बाजा बज्न थालेपछि यस्सो मास्तिर हेरेको त चौतारीका बर-पीपलका बूटाजति लच्किने गरी बाजै-बाजा गाँठे! हाँगा लच्केर बाटो ड्याम्मै छेकेका। तिरुको जन्मदिनमा चौतारी सींगारिएर ठ्याम्मै दुलहीजस्तै!
ए मेरी बास्सै! यो चौतारीमा भुँईचालो आएचन कि के हो? म त मेरो कोम्फुटर बिग्रेच भन्या त चौतारी नै भास्सिएर कोल्टे परेच्! लौ न साझा मा कोइ ईन्जिनियर साप हरु छन भने ह्याल्प अर्नु पर्यो चौतारी सोझ्याउन! नत्र हामा ब्रम्हा देवता (सान दाई) लाई धूप अछ्य्ता चडायर खुशी बनाई फेरी चौतारी जस्ता को तस्तै बनाम्न लगाम्न परो! अब एस्तो डेन्जर चौतारीमा बसेर आफ्नो राम नाम सत्य गर्नु भन्दा त भागें है गाम्ले हो म त! बरु त्यो सि यस् आइ ले टाँगे जस्तो पहेंलो फिता ले चौतारी घेरेर नो एन्ट्री लेखेर टाङ्ने कि? मर्म्मत् सम्भार् नहुन्जेल् सम्म।
चौतारी नै टेंढीएसि त ज्यानै टेंढो हुने रैच, गाँठे! झन् सुध्रेर अब देखुन् सिधै घर जाम् भुनेर बाटो ला’को त, टेंढो टेंढो हुँदै झ्याम्मै फेरि धोबिनीको दैलाँ पो पुगियो!
रलमल्लै परेर आँखा मिचेर, आङ् चिमोटेर फेरि घर तिर ला’को, के घर पुग्थ्यो? रामो राम सालीको कोठा पुगि रा’ फेरि!
ए, लौ न, सान महाराज! हजार मुख भ’का सेस नागले धरि बयान गर्न नसक्ने हजुरको लिला, चौतारीलाई किरिपा अरेर सोझाई दिम्। टेंढिएरै मर्न परो भुने त सिधै नर्क पुगिएला फेरि!
तेइ त नि। कार्ड टास्न त टासियो तर चौतारी नै बाङिएछ। अब गाम्लेहरुले गालि नै गर्ने भए मलाइ मात्र हैन, त्यो सुरु मा कार्ड टासेर अरु लाइ पनि कार्ड टास्न प्रेरित गर्ने भाउते गुरु, कार्ड टास्न लाउने मिस दिदी अनि कार्ड हेर्ने तितौरी लाइ पनि गालि गरुम है। एक्लै त के गालि खानु नि मैले मात्र। :P :P
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
Deepak Bhatta could help bring down the three stooges
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.