[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २१ ~

[Please view other pages to see the rest of the postings. Total posts: 451]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
[VIEWED 199463 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 23 pages, View Last 20 replies.
Posted on 08-02-06 10:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





नमस्ते चौतारीबासीलाइ । २० औ चौतारीले ३०० वटा धागा काटी सकेको ले २१ औ चौतारी जग हाल्ने काम फेरी पनि मैले नै सम्हालेको छु । २० औ चौतारीमा पुराना मित्रहरुका रमाइला
रचना र गफका साथै नया मित्रहरुका उत्क्रष्ट रचना पनि पढ्ने मौका पायौ । यो नया चौतारीमा अझ गहकिला रचना र रमाइला गफ थप्दै जानुपर्छ । बर्षलाइ १२ महिनामा बांडे जस्तै
अब देखि यो चौतारीको जग पनि हरेक १५ दिनमा ( पाच्छिक ) रुपमा आइतबार जग हाल्ने कुरा कस्तो लाग्छ ? तेसो गर्दा अलि मेसो पर्थयो कि ?


२०औ चौतारी रमाइलो बनाउने साथिहरुलाइ २१ ओ चौतारीमा पनि तेस्तै गर्ने आशा राख्दै स्वागत गर्दैछु नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, काका,निरे,सन्जु, सिरे, भौते, गोतामे,
मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, चमेली,लन्लि,
रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती,हिते ,नारने, कैले,ग्वाचे, झाक्री, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर,
सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे लाइ ।


पुन्टे दाइ र भउतेको जुरेलीसित को कुरो मिलेको हुदा अब भउतेले घरजम गर्ला जस्तो छ । हामीहरुले पनि जन्ति बाख्रो खान पाइने मेसो पर्ला जस्तो छ ।मिसले पनि सबैलाइ पढाउदै अनुशासनको बाटोमा डोराउदै हुनुहुन्छ ।





काँचो सम्झि बेलौति-आर माझमा
पाक्यो र अम्बा भै बाँचुन्जेल सम्म माया हानपैतालि झम्म

बिरफाँट्याको जुवा माउरिर-माझमा
काँ बाट जम्माभै बाँचुन्जेल सम्म मायाँ हाँनपैतालि झम्म

रामिडाँडा सिपाचौर रमझम
रामिडाँडा सिपाचौर रमझम
रमाईलो बन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम
रमाईलो बन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम
कइले भेट होला भनि रमझम
कइले भेट होला भनि रमझम
आत्या थ्यो मन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम
आत्या थ्यो मन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम

 
Posted on 08-05-06 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी सीधा भएको खुशीमा यौटा कविता र चित्र टाँस्न मन लायो।

काठमाडौं शहर

काठमाडौं शहर
हेर्न लाग्छ रहर
मोटर चढी रमाउँदै
घुम्न जाउँ शहर
काठमाडौं शहर

राजा बस्ने दरवार
कति राम्रो घरवार
बच्चा देखि बुढासम्म
हेर्न गर्ने रहर
काठमाडौं शहर

 
Posted on 08-05-06 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भो त अब? झन् यसै टेंढो, उसै टेंढो, घर पुग्ने नै भए, टेंढो बाटो लागुम् अनि बल्ल पुगिएला भुनेर सालीको कोठा तिर ला’को…

थाहै नपाई फेरि चौतारी त सोझिएछ!

जता ला’को, तेतै पुगि रा’! सिधै सालीको कोठाँ!

ढोका बारहिरैआट भउतेको आवाज सुनें! माया पिरतिका कुरा अरेर बसि रा’रैछ, भउते त सालीसंग। मायालु स्वर नि राक्षसले गाली गरे झैं सुनियो मेरोलाई त!

सातो फुत्लो उड्यो, गाँठे! मुटु खसेर पैताला निर पु्ग्यो, अनि त स्वाँ स्वाँ त फ्वाँ फ्वाँ अर्दै कुदेर फेरि घर आईयो।

सुध्रने बेलाँ के के, के के!

नेप्चे नि बचेछ! सीधा मुन्छे नर्क पुग्या भे यमराज कै साँढेलाई कान फुकेर नेप्चेलाई ठोक्न पठाम्थें!
 
Posted on 08-05-06 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-05-06 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन के बाङ्गिएर के सोजिओ भनेओ हो ए गाम्लेओ?
पुन्टे दाई कि चौतारि?
 
Posted on 08-05-06 5:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरी शरणम्!!!
नमस्ते है सबैलाई

चित्रेलाइ के भयो ??!!!!कहि नपाएर त्यहि राजाको बखान गरेको कविता टास्नु परेको फेरि। चित्र त राम्रो छ नि तर "राजा" शब्दले अलिकति खल्लो गरायो।

नेप्चे पखन तिमीलाइ गुरुले सिकायो चेलो ले गर्यो तेस्मा मेरो नाम् कहाँ बाट आयो नि ??!!!
 
Posted on 08-05-06 6:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्ले हरु।
चित्रे ले त कति राम्रो चित्र बनाउने रैच । तेसाइले तिम्रो नाम चित्रे भएको हो? म पनि काठ्माडु गयेकि थिये। कत्ति धेरै मन्चे हरु त्यहा त। त्याहाका मान्छे हरु अलि अनौठो लग्यो मलाई त। खोई... भिन्दै चलन् होला नि त्याहा।

तितौरि को हिजो जन्मदिन् रैच। ह्याप्पि बिलटेड बड्डे। सबैले रमैलो गरेचन्। म मत्र छुटेछु। केक पनि खान पायिन :( सुबुक... सुबुक...

रोल् नम् २४ मिस्स्स्स्स्स्स्स्
 
Posted on 08-05-06 9:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

" ए कुम्लेको बुवा! ल ल चाँडो तयार पारिदिनुस् त कुम्लेलाई, म खाजा बनाइहाल्छु" आमा हतारिदै बुवालाई भन्नु हुन्छ।

बुवाले पनि हतार गर्दै मलाई लुगा लगाइदिनु हुन्छ।

बिगत केहि दिन देखि हाम्रो घरमा यस्तै चलिरहेको छ। मलाई केहि पनि थाहा छैन किन यस्तो भैरहेको छ भनेर। आज पनि हिजो जस्तै हामीले हतारमा खाजा खायौँ। शहरमा निकै चहल पहल छ। शहरमा बिगत केहि समय देखि सेनाहरु मात्र देखिइरहेकाछन्। हरेक मान्छेहरुको मुहारमा एक किसिमको तनाब देखिन्छ। मैले केहि कुरो बुझेको छुइन।

हत्तार हत्तार हामी खाजा खाएर बाहिर निस्कियौँ। हिजो भन्दा आज निकै गर्मी बढेको छ। आकाश खुल्ला छ अनि बिहानै चम्किलो घाम लागेको छ।

"आज पनि तँ त्यो स्कूलमा गएर दिनभरी बस्ने है, अनि बेलुका हामी तँलाई लिन आउनेछौँ।" आमाले मलाई सम्झाउदै स्कूल तिर लानु भयो।

मलाई स्कूल मनपर्दैन। हामीलाई सधैँ भित्र अध्यारो कोठामा दिनभरि राखिन्छ । बाहिर निस्कन पनि दिइदैन। तितौरीलाई पनि आजकाल स्कूल आउन मनलाग्दैन रे। लागोस् पनि कसरी बाहिर खेल्न कसैले दिदैनन्।

हामी हरेक दिन क्लासबाट बाहिर हेर्थ्यौँ। सैनिकका गाडीहरु यता उता गरिरहेका हुन्थे।

"कुम्ले, आज त हामी सबैलाई भित्र कोठामा होइन, बाहिर खेल्न दिने रे" उनले मलाई खुशी हुदै भनिन्।

"ए हो र?" म पनि खुसी भएँ।

हामी सबैजना बाहिर बसेर खेल्न थाल्यौँ।

"आज सार्‍है राम्रो दिन छ, घाम नि कस्तो झलमल्ल लागेको छ।" उनले नराम्रो भनेको मैले कहिले सुनेकै छैन।

हुन पनि हो आज सार्‍है राम्रो घाम लागेको छ। हिजो जस्तो हवाइजहाजहरु त्यत्ति उडेका नि छैनन्। अरु दिन जस्तो सैनिकहरु पनि आज बाहिर त्यत्ति देखिन्नन्। अगस्ट महिनाको घाम खासै प्यारो त हुन्न तर पनि आज हामी दुबै जनालाई त्यो सार्‍है मनपरेको छ।

"कुम्ले तिमी लुक अनि म तिमीलाई खोज्छु है?"
"हुन्छ" म लुक्न जान्छु।
"१,२,३...... म आएँ है तिमीलाई खोज्न।"
म लुक्ने असफल प्रयास गर्छु। तर म कहिले नि लुक्न सक्दिन। उनले मलाई जहिले नि भेट्छिन्। मलाई यस्तो लाग्छ उनले मलाई कहिले नि लुक्न दिन्नन्, हराउन दिन्नन्, छुट्न दिन्नन्।

"कुम्ले! ऊ त्यहाँ आकाशमा हेर त, कत्रो ठुलो आगोको झिल्का" उनि अचम्म मान्दै आकाश तिर हेरिन।

मैले नि माथी आकाशमा हेरेँ।

एउटा अनौठो प्रकाशले हामी सबैको आखा तिर्मिरायो, सुर्यको प्रकाश भन्दा तेजिलो। त्यो प्रकाश सङ्गै मेरा पैतलामा अनौठो किसिमको कम्पन अनुभव भयो। त्यत्तिकैमा एउटा अनौठो किसिमको ठुलो आवाजले हामी सबैलाई तर्सायो। मेरो कानको जाली फुट्ला जस्तो भयो। तितौरीले मेरो हात च्याप्प समातिन। सबै तिर खैलाबैला मच्चियो।

"केटाकेटीहरु तुरुन्त भित्र आओ" मिसले हस्याङ् फस्याङ हुदैँ हामीलाई बोलाउनु भयो।

सबैजना दौडेर भित्र लाग्यौँ। शहरमा भागा भाग मच्चिन थालिसक्यो। मिस अनि सरहरु पनि आत्तिरहनु भएको छ। मलाई केहि थाहा हुनसकेको छैन आखिर के भयो भनेर।

सबैजना दौडादौड गर्न थाले। सबै कराउन अनि चिच्याउन थाले। मलाई अछट्ट गर्मी महसुस हुन थाल्यो।

"कुम्ले मलाई सार्‍है गर्मी भयो।" तितौरी रुन थालीन।
"केहि हुन्न तितौरी, मेरो हात समातेर दौड" मैले उनलाई आश्वाशन दिदै हात समातेर दौडिन थालेँ।

शहरका सबै मान्छेहरु भागभाग गरिरहेका छन। मलाई गर्मी भएर पसिना खल्खली बग्न थालेको छ। तितौरी पनि पसिना पसिना भएकी छिन।

अघि सम्म देखिएको घामलाई कालो बादलले छेकिसकेको छ। वातावरण पुरै अर्को भैसकेको छ। त्यो सुन्दर बिहान कहाली लाग्दो बनिसकेको छ।

दौडिदै गर्दा मेरो खुट्टा अल्झिन्छ, म लड्छु। तितौरी सङ्ग मेरो हात छुट्छ।

"कुम्ले! तिमी छिटो उठेर दौड" उनि कराउन थालिन्।

उनको अर्को हात एकजना सरले समाउनु भएको छ। उनि मलाई तान्न खोज्छिन तर सरले उनलाई सङ्गै तानेर दौडिइरहनु हुन्छ।

शहर भरी आगो दन्कन थालेको छ। सबै तिर हाहाकार मच्चिरहेको छ। मान्छेहरु दौडिदा दौडिदै लड्न थालेका छन्। कसैलाई आगो ले पोल्न थालेको छ। सबै तिर मान्छे रोएको मात्र सुनिन्छ।

कालो बादल ले आकाश ढाकेको छ। अघि सम्म को सुन्दर बिहान अहिले कोलाहल पुर्ण भएको छ।

"कुम्ले, चाँडो गरन" तितौरी अघि अघि दौडिदै मलाई पछि हेर्दै बोलाउदै छिन।

म भिडको बिचमा छु। दौडिने प्रयास गर्दैछु। मान्छेहरुको भिडमा च्यापिएर दौडिन गार्हो भैरहेको छ। वरिपरिका घरहरु आगोले खरानी हुन थालिसकेका छन्। आगोका लप्काले पोलेर कत्ति जना मान्छेहरु भकभकी ढलिरहेका छन। म त्यहाँबाट निस्किने प्रयास गरिरहेको छु। तर भिडले मलाई निस्किन दिइरहेको छैन। मेरो वरिपरि आगोले छेक्न थालिसकेको छ। म त्यहाँबाट उम्कने प्रयास गरिरहेछु।

"कुम्ले, छिटो गरन, त्यहाँबाट छिटो बाहिर निस्कन" म तितौरीको आवाज सुनिरहेको छु।

बाहिर निस्किने प्रयास गर्छु। तर सबैतिर आगै आगो छ। मलाई अछट्ट गर्मी हुन थालिसक्यो। मेरो घाटी सुक्न थाल्यो, मेर हातहरु गल्न थाले। म अझ प्रयास गर्दै छु बाहिर निस्कन। आगोका लप्काहरुले मलाइ बिस्तारै बिस्तारै भेट्टाउन थालिसकेको छ। मान्छेहरुको कोलाहलमा म तितौरीको "कुम्ले, कुम्ले" सुनिरहेको छु। त्यहि शब्दले मलाई हिम्मत दिईरहेको छ।

मेरा पाहिलाहरु चल्न छाडे। म बिवस हुन थालेँ। पर तितौरीलाई देखिरहेको छु। उनि त्यहाँबाट कराउदै छिन। उनलाई अरुले समाएका छन। उनि मलाई समाउन आउने प्रयास गर्दैछिन। मेरो कुनै जोर चलेको छैन। मेरा छेउमा थुप्रै मान्छेहरु ढलिसकेका छन्। मेरो शरिर बिस्तारै बिस्तारै आगोले भेट्न थालेको छ। मलाई असह्य पिडा भैरहेको छ। म त्यो कोलाहलको बिचमा थुप्रै अरु असहाय मान्छेहरुमा एउटा बालक आफ्नो प्राण बचाउने प्रयास गर्दैछु।

बिस्तारै सबैकुरा धमिलो हुदै जान थाल्छ। त्यो कोलाहल अलि अलि कम हुन थाल्छ। तितौरीको अनुहार बिस्तारै बिस्तारै मेरो आँखाबाट हराउन थाल्छ। म भुइँमा लडिरहेको छु। बिस्तारै बिस्तारै अध्यारो हुन थाल्दैछ। सबैतिर शान्त हुन थाल्दैछ। म आँखा खोल्ने प्रयास गर्छु तर सबै कुरा अध्यारो हुदैछ। सबै आवाजहरु धमिलो हुदै हराउदै छन्। अनि एक्कासि फेरि त्यहि उज्यालो आगोको झिल्का झै सारा संसार उज्यालो पार्ने प्रकाशले मेरो मनलाई आनन्दित तुल्याउछ। सबै तिर शान्त हुन्छ। म केहि देख्दिन, केहि सुन्दिन.......!


बिस्तारै मलाई कुनै परिचित आवाजले झस्काउछ।

आँखा खोल्छु।

"सन् १९४५ अगस्ट ६ तारिक, अमेरिकाले जापानको हिरोशिमामा एटम बम खसालेको दिन हो। त्यो दिन १४०,००० मान्छेहरु मरे, मर्नेहरुमा थुप्रै केटाकेटीहरु पनि थिए। हामीले कल्पना पनि गर्न सक्दैनौ कस्तो पिडा भयो होला ति मर्ने मान्छेहरुलाई" मिसले क्लासमा पढाइरहनु भएको छ।

म वरिपरि हेर्छु, सबै जना शान्त भएर सुनिरहेकाछन्। मलाई चिट चिट पसिना आइरहेको छ। अनि आफैलाई प्रश्न गर्छु, "कल्पना त यति पिडादायक छ भने तिनीहरुलाई त्यसबेला कस्तो पिडा भएको हुँदो हो.......?"

समाप्त

(हरेक युद्धमा थुप्रै अबोध बालबालिकाहरुले ज्यान गुमाइरहेका हुन्छन्। मानविय बिकाशका लागि भनेर बनाइएका ति आणविक हातहत्तियारहरुले अवश्यपनि हाम्रो भलो गर्ने छैन। यो कथा ति अबोध बालबालिकाहरु प्रति समर्पित छ। धन्यबाद)
 
Posted on 08-05-06 10:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:-) sarai raamro kumle
timi katti sensitive manchhe ho . nice one!
 
Posted on 08-05-06 11:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गजब!!
धेरै राम्रो कुम्ले!

...... त्यसपछि, सबै त्रासपूर्ण कल्पनाहरुलाई बिर्सेर कुम्ले, तितौरी, चित्रे र ठुल्नानी आफ्नै भाकामा हराउन थाले....

तितौरी-
अब त जाउँ क्यारे घर
भाले बास्यो उज्यालो भै सक्यो


कुम्ले-

नबासे जुनपङ्खि भाले
लाउन दे जुग जाने पिरती


ठुल्नानी-
आइपुग्यो बिहानि तारा
घरबारिको गैरि छ रेलिमाई


चित्रे-

खाइ मिठो भैँसिको दूध
नखाई मिठो माया यो रेलिमाई


तितौरी-
अब त जाउँ माया रेलिमाई
बिहानि उज्यालो भै सक्यो


कुम्ले-
पारि पिपल वारि छ बर
उज्यालो भएर के भो र


ठुल्नानी-
आजलाई बिदा देऊ माया
लाउँदैनौ र जुग जाने पिरती


चित्रे-
बस बस नजाऊ छोडेर
लाउँला माया कम्मरै कसेर


:)
 
Posted on 08-06-06 6:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्लेहरु!
कस्तो तयारी भैरा' छ त महोत्सव् को लागि?
कुम्लेको सपना कति खतरा,
राम्रो प्रयास कुम्ले!
यस पाली फस् भएस् किलास् मा!
बिर्खे जिम्माल को दोहरि दामि छ,
ल ल जिम्माल भोलिको दिन भरि दोहरि गाउने भाग हजुरको भयो!
आज छुट्टीको दिन मा पनि के को हाजिर हैन?
 
Posted on 08-06-06 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल् बा को दोहोरि ओहो! कस्तो राम्रो.
कथा को त्रासदि लाइ बिर्साउने ,
कुम्ले त्यस्तो तर्साउन पाइन्दैन है हिरोशिमा को सम्झना गराएर :p :-)
 
Posted on 08-06-06 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज अईतबार छुट्टीको दिन। मेरो त नबोल्ने बर्त! :-|
 
Posted on 08-06-06 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बोलि हाल्नु भयो नि पुन्टे दा ,अब ब्रत सकियो :D
 
Posted on 08-06-06 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे दा,

 
Posted on 08-06-06 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म नि मउन बर्त बस्नु परो अस्तो छ।
पुन्टे दाई बरु सिकाउनोस न के के मन्त्र फलाक्न पर्छ मउन बर्त बस्दा? म फलाक्दै बर्त बस्छु :)
 
Posted on 08-06-06 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार गाउले दाजु भाई अनि दिदी बहिनी र बाकी अरु हरु,
आईतवार सैबै को दिन राम्रै बित्दै छ होला, कि कसो ? कुम्ले दाई ले त सैरै राम्रा राम्रा कथा लेख्नु हुँदा रहेछन्न । । को को मोउन ब्रत बसेको हो ? मोउन ब्रत बस्दा गयात्री मन्त्र जप्नु पर्छ हो ?
म चमेली
 
Posted on 08-06-06 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाजिरी गर्न त विरिसियछ,
म चमेली रोल २५ हाजिर छु आज,,, घरमा गाइ भैंसी बाखरा हेर्ने मान्छे नभ्यर स्कुलआ आउन पाइएन मिस्
मैले धेरै नै छुतएए जस्तो छ । ।
खोइ अब क्य कर्ने हो ?
अनि चित्रे । । चित्र त हरिप कोर्नु हुँदा रहेछ । ।
उहि म चमेली
 
Posted on 08-06-06 8:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो कथा पढेर मनपराइदिनु हुने सबैलाइ धन्यबाद दिन चाहन्छु।

बिशेष चौतारी कि silent reader मेरी भाउजुलाई।

भउते: तिम्रो एकछिन भएपनि राम्ररी समय बित्यो नि, हैन??

तितौरी: धन्यबाद! सेन्सिटिभ रे? कसरी थाहा भयो नि?

माल्दाई: कथा मनपराउनु भयो, धेरै खुसी लाग्यो। हजुरको दोहोरी राम्रो लाग्यो। त्यसरी गीत गाउन रमाइलो हुने थियो होला। म त्यो परिवेशको कल्पना गर्दैछु। हा हा हा!! J/K

मिस्टे: थ्यान्क्यु!!, क्लासमा बसेर चाहिने न चाहिने कल्पना गर्न थालेपछि के को फस्ट हुनु? :(

चमेली बहिनी: धेरै धेरै धन्यबाद अनि स्वागत छ चौतारीमा। हजुरको तर्फबाट पनि राम्रा राम्रा कोसेलीहरुको अपेक्षा गरेका छौँ।
 
Posted on 08-06-06 8:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वीरखे दाई कस्तो राम्रो गीत लेख्नु भाको ।
धन्यवाद ।
 
Posted on 08-06-06 11:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१९९०को बिश्वकप फुटबल सकिएपछिको यस्तै साउन मैना भ'को हुंदो हो, हामी सप्लै म्याराडोना, सिलाची, क्यानिजाको झल्कोले छाड्या थेन। उसै त फुटबल खेल्न भनेपछि हामी बारै मैना, बारै काल मरिमेट्थेम। गाउंभरीका बुढाहरु संग बि-बिस रुपियां मत्तै भे' नी भिक माग्दै बर्षा' एकपटक हामी एउडा फुटबल किन्थेम। भर्खर पाटो हुत्त्याको घरधनी छ भने कहिलेकाहिं माग्दै नमागी उसैले १०० रुपे थमाइदिने सन्जोग पर्थ्यो। ३०० रुपे भो भने, इन्डियन भिनेक्स बल आउंथ्यो तर तेल्ले लाग्दा पनि खुब दुख्थ्यो र बल हान्दा पनि सुरु सुरुमा त खुट्टै रन्थनिन्थ्यो। त्यसैले तुरे, दारे, बाङ्गे, ढिडे, हाउडे, कुइरे र म मिलेर यस्पाली चाहिं फिफा, मिकासा न भे एडिडास नभै चित्त नबुझाउने निर्णय गरेम। तर पैसोको मुहान सब तुर्क्याइसकेपछि पनि चारसय भन्दा बढि भे'न। केहि सिप नलाए' छि, छ्यासिकोटको डाँडामा, गाउंभरिका बुढाहरुलै सराप्दै बिरक्तला'र हामी बसिरा' थेम, एउडा अम्रीकन लुखुर लुखुर बुङमतितिर झर्नला' रे छ। गोरो अनुहार, सुकिला लुगा, हेर्दै कत्ति पैसो पर्ला जस्तो जुत्ता र कट्टुलाको अनि बोक्नै गारो होला जस्तो केमरा भिरेको कुइरे देखेर होला ठुलेले आइडिया निकाल्यो, 'ए, यो कुइरे संग पैसा मागौं न, झार्ला कि त ४, ५ सय?'
मैले नी थपे, 'हो, हो, गाइड गर्या जस्तो गरेर लैजाम बुङमतिसम्म, अनि त्याँ पुगेपछि गाँठ मागौंला'। सपको सहमति भो, तर सपजना बोर्डिङाँ पढेनी इङ्लिस बोल्नि भन्याँ शानैको कुरो थ्यो। आ' जे पर्ला पर्ला भनेर ठुले, तुरे, म र बाङ्गे लागेम कुइरेको पछि पछि।
'हेल्लो सर, वि वान्ट फुटबल, हन्ड्रेड रुपिज प्लिज।' कुइरेले हाम्लै हेर्न पा' छैन बाङ्गेले कुइरेले कुरो नबुझ्ला भनेर आफ्नो बाङ्गो खुट्टाले फुटबल हान्या जस्तो पनि गर्दै प्याच्च बोलिहाल्यो। अम्रीकनले कुरो बुझेन। प्वाक परेर हेर्दै हामी पट्टि हेरेर अड्डियो।
तुरे र बाङ्गेको भनाभन सधै परिनै रन्थ्यो। र सुरुमै प्याच्च पैसाको कुरो बाङ्गेले निकाल्या देखेर तुरे जङ्गिइ हाल्यो। 'तँ सिमाझ्याक्ने, ढङ्ग छैन बोल्ने भने चुपला'र बस न उ ठुलेले बोलिहाल्छन नी, सुरुमै पैसाको कुरो निकालेर कुइरे भगौन लै मु++।' हुन पनि ठुले हामी मध्यमा जेठो, र समझदार थियो। उल्ले कुरो सुरु गर्यो। 'सर, व्हेर आर यु फ्रम?' भनेर।
अम्रीकनले भन्यो, 'आइ याम फ्रम स्विट्जरल्याण्ड।'
अनि त्यसपछि हामी, त्यसको पछि पछि लागेम झर्ला र खाउँला भन्ने आसमा। कुइरेले आफ्नो नाम, लुदविग हो कि के हो भन्यो, हामीले नी पालै पालो आफ्नो नाम भन्यौं।
मैले पनि कुरोलै निरन्तरता दिनलै कुइरेलै ठाडो संग सोधें, 'हाउ इज स्विट्जरल्याण्ड?'
'व्हाट डु यु मिन?' कुइरेले म पट्टि हेर्दै भन्यो। मलै त डर लागेर आयो।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ICE kidnapping people off the streets over op eds
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters