[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ७५ (हीरक अंक!)~~

[Please view other pages to see the rest of the postings. Total posts: 650]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 322566 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 09-06-07 8:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ७५


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम


--चौतारी - भाग ७५ (हीरक अंक!) --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 75 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग


चौतारी हीरक अंक

समय पंक्षी हो
खुल्ला यसको बंधन
बाँधेर बाँधिदैन
उड्छ हर प्रहर
दिन रातको
पंख सेतो कालो
चालेर आकाशैमा
उड्छ हर प्रहर


साँच्चै समय यति गतिवान् छ कि हाम्रो प्यारो चौतारीको जन्म भएको पनि दुइ वर्ष भैसकेछ, तर हामीलाइ पत्तै भएन। हाँसो, ठट्टा, कथा, कविता, दोहोरीको भाकामा दुइ वर्ष काटेको हामीलाइ दुइ दिन जस्तै लागिरहेको छ। यो समयमा अनेकौं नयाँ गाम्लेहरूको आगमन भयो, नयाँ मित्रता गाँसिए, पुरानो मित्रता अझ कसिए, चौतारी नितान्त आत्मीय लाग्न थाल्यो।

७ सेप्टेम्बर २००५ बाट शुरू भएर दुइ वर्ष पूरा गरी तीन बर्षमा प्रवेश गरेकोमा चौतारी र चौतारीवासीलाइ धेरै धेरै बधाई!!!

यो अंकमा आफ्ना अमूल्य लेख रचना, कथा, कविता, मुक्तक, कहानी र अनेकौं अरू मौलिक सिर्जना पस्केर चौतारीको जन्मदिन भव्यताकासाथ मनाऔं।

 
Posted on 09-08-07 1:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
नमस्ते है !
बि दाजु( मनमनै:आज नाटक गर्दिन ) खुच्चिंग! :) कति मिठो गरि लेखेको ।
आफुले भोग्दा सबै ति कुरा हरु दिक्क लाग्ने हुन्थ्ये उ बेला ,तर हजुरको भावना पढ्दा मैले पनि त्यस्तो सुनौलो र मिठो पलहरु पार गरिसकेको संझदा गौरवान्वित अनुभव भयो:) साच्चि दौड्दै अर्को कोठामा गएर नुनु गरिरहेको भुरिहरुलाइ हेरेर आए

हुनत हजुरले सिस( खासमा त मेरो भावि नै हो क्यारे-) को बारेमा त्यति लेखेको देख्दिन तर पनि हजुरको हरेक बिचार र भावना मा वँहाको माया ओतप्रोत भएको पाउछु , निकै खुशी लाग्छ । 'महिला" प्रतिको हजुरको हेर्ने दृष्टि निकै सुन्दर लाग्छ मलाइ । :)

***********************************************************************
अरु सबैलाइ संझेकिम है
नमे फटाफटको टुक्राटुक्रि पनि रमाइलो हुने रे'छ ।यसो धूनहरुपनि सुन्न पाम न। अस्ति निकै राम्रो लागेको थियो ।आइडलको चक्करमा लागेर केहि लेख्नै बिर्सिएछ :)

जिम्माल बा पनि खुब हसाउने लाग्यो ।
अनखेरि राहुलदा अनुराधाको बारेमा अरु के के कुरा भयो त्यसपछि:)
शुभ-रात्री!!
 
Posted on 09-08-07 7:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 




आँगनमा छुनुमुनु गर्दै कुद्ने छोरीले वास्तवमै घरै उज्यालो पार्छे। छोरा मोराहरुको सुर अर्कै हुन्छ - कता के बिगारुं कता उपद्रो गरुं भन्ने तर छोरीहरुको कुरो अर्कै हो। सांच्चै अनवरत सुन्दर यात्राजस्तै लाग्ला नि ति क्षणहरु? गोताएँ मन्त्रमुघ्ध पार्छन् तिमी र छोरीका कुराले।



जदौ शनिबारे बिहानीको!


Last edited: 08-Sep-07 07:32 AM
Last edited: 08-Sep-07 07:33 AM

 
Posted on 09-08-07 8:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-08-07 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-08-07 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ शनिबारे बिहानीको!
 
Posted on 09-08-07 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

gaamle ho ke hudai cha taaaaaaaaaaaaaaaaaaaa
 
Posted on 09-08-07 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bhooooooooooooooot aayooooooooo
sunasaan masaan bho chautaari.
 
Posted on 09-08-07 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दाई म हो सुतले, भुत् हैन।

तर यस्तो सुन्सान् छ, भुत् त आउला जसतै छ।

दर्सन् गरेँ है त।
 
Posted on 09-08-07 4:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म नि एक एक छिनाँ हेर्दै थिँ ठुल्दाई। कोइ नदेखेर चुपो ला’र बस्या हो।

अनि यो गजल झैं फुर्दै थ्यो हिज देखिन केहि र भ’न बा साह्रै उडाए गाम्लेले, होम्मक गर्नु परो गजलाँ भनेर लाग्या, दिमागै भन्नायो। आफुले त अहिले सम्म खालि उर्दु र हिन्दीलाई मात्तै गजल मानिया र’च। नेपाली पैले पैले पढ्दा कविता झैं लाग्थे तो त ठिकै छ नियम नपुर्‍याएर होला गजलकारहरुले। याँ त औँरेजिमा नि हुँदा र’चन गजल ए रात्तै ! म नि अब नेपालिआँ रामरी लेख्न जानिएन, फिरेन्चाँ लेख्न परो भन्नि सोच्दैछु।

आ जस्तो सुकै होस है भनेर फेरि लेखियो गजल तर गजलै भो कि कविता भो पत्तो पाईएन। मतला देखि तखल्लुस सम्म सबै हुलियो, मुसलसल हुनि कहिले अरुनै केहि हुनि र’च कहिले। शंका चैँ बेहरमा लाग्यो। अब हुननि १९ थरि हुँदा र’चन अनि यो अन्तरेको दिमाख्ले के भ्याउनु?

ल गन्थन् छोडेर आफ्नु उहि कविते गजल तिर लाग्नु परो, भोलि सम्म त गजल जस्तो लाग्ला कि त।
 
Posted on 09-08-07 5:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीको यो महोत्सवमा चाही औतारीहेरुको सहभागिता पातलो भएको मानिचु ।

हुन त कहिले नतुरिने उत्सव, कहिले विश्राम नलिने संकिर्तन, कहिले नघट्ने आस्वादन युक्त चौतारीको हरेक संस्करणहेरु आफैमा एक एक महोत्सव लाग्छन् ।

तापनि, समय समयमा आउने यस्ता तिथिहरु चौतारीको तीव्र रफ्तार र सम्वाद आवृत्तिलाई एकैछिन विश्राम दिएर नियमित औतारीहेरुका अधिक नीजि भावनात्मक अभिव्यक्तिलाई स्थान दिन र विविध प्रतिकुलतावस अनियमित हुन पुगेका पुराना औतारीहेरुलाई पनि उपस्थित हुन प्रेरित गर्ने मौकाको रुपमा उपयोग हुन सक्छ/पर्छ भन्ने लाउँच है मलाई ।

यही भावनाकासाथ यसपाला म एउटा पुरानो किन्तु अप्रकाशित गजल प्रस्तुत गर्दैछु । यो रचना मेरो गजलको आरम्भिक अभ्यासहरु मध्यको एक हो । त्रिचन्द्र कलेजका दिनहरुमा खाली कक्षामा वा साथीभाईको जमघटमा उर्दु शायरी सुनाउने चर्या तोडेर तीनकै सिको र प्रभावका किन्तु नेपाली भाषामा गजल लेखेर सुनाउने क्रमबाट शुरु भएको हो मेरो गजलयात्रा र प्रस्तुत गजलले त्यसैकालको नेपेलाई प्रतिनिधित्व गर्छ । तै तै यो पनि थपिदिईहालुँ, त्यो समय म साम्यवादी दर्शन र “प्रगतिशिल साहित्य” बाट निराश र पलायन भएको ताजा समय पनि थियो र शृङ्गारिक गजलजस्तो भ्रष्ट बुर्जुवा साहित्य अरु कुरा संगसंगै मेरो पलायनको सजिलो घोषणा पनि थियो ।

त्यस यता मेरो यात्रा अन्योलपूर्ण र पीडादायक थियो, खास गरेर एउटा वैकल्पिक र पूर्ण आस्थासहितको उच्च उद्देश्य भेटेको अनुभव नहुन्जेल । कुनै बिन्दुमा मैले त्यो भेटें जरुर । तर त्यतिन्जेल परम्परागत गजल मेरो साथी रह्यो, मेरो व्यसन र औषधी रह्यो ।

त प्रस्तुत छ त्यही जुगबाट एक अंश । अपरिमार्जित, जस्ताको तस्तै ।



गजल


सुस्केरा याद आयो, सकस याद आयो
कसैले दिएको बकस याद आयो

कसरी भनुँ म कसरी यो आयो
मलाई यत्ति याद छ, बस याद आयो

मैले कुन्नि के भन्दा तिमीले दोहर्‍याई-
दोहर्‍याई भनेको ‘हवस्’ याद आयो

सुगा-मैनाको कथा सुन्दा झट्ट मलाई
हाम्रो त्यो पुरानो बहस याद आयो

ज्यानमारा तिम्रो मुस्कान देखेपछि
मलाई मेरो तहसनहस याद आयो

_____________________________________
 
Posted on 09-08-07 6:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"ज्यानमारा तिम्रो मुस्कान देखेपछि
मलाई मेरो तहसनहस याद आयो"

नेपे दाईको यो गजल पढ्ने शायद म पहिलो परें। दाईका अगाडि मैले गजलका कुरा गर्न अलि नसुहाउला। म परें चौतारीमा नयाँ र यी कविता गजलका बिधामा पनि।

दाईका आरम्भिक गजल नै उत्क्रिष्ठ छन अहिलेका त झन् कुरै भएन। मलाई भने चौतारीका केहि अघिल्ला संस्करणमा भउतेले गजलका प्रविधिक पक्ष बुझाका थे, पक्कै आभारी छु  र फेरि कोरौं भन्ने जमर्को गर्‍या हो अहिले। पढिदिनु भो भने नि धेरै हुन्छ मेरा लागि।

हुनत चौतारीका सबै साथीहरु एक से एक हुनुहुन्छ, म परें सिकारु। र पनि यो मेरो अलिकति बुझेर लेखेको पहिलो रचना राख्दैछु, गजल भो भन्न सक्ने क्षमता राख्दिन, यति लामा लामा शेरहरु त नहुनु पर्ने हो, त्यसैले मिलाएर पढिदिनुहुनेछ सबैले, हौसला बढ्नेछ भन्ने ठान्या छु।



हात बढाउँदा नि मैले अहो!, निर्धक्क थाम्न किन डर मान्यौ
सम्झियौ कठै घात अरुका, र त झस्केर मसंग 'नि डर मान्यौ

फकाउँदा 'नि दूर छैन उजेली, नयाँ बिहानी हेर त संघारमै छ
कहालिछौ कति रात एक्लै, र त अन्तिम 'नि पहिलो प्रहर मान्यौ

ढिलै भए 'नि प्रिय सग्लै आयौ, पर्खाई मेरो अब पुरा भो
अपनायौ बल्ल मलाई ह्रिदयले, र त आफ्नै झैं मेरा 'नि रहर मान्यौ

ठेश् लाग्ला कतै प्यारी तिमीलाई, काँढा बिझ्ला कि त पाऊमा
सुर्ताई रहें सँधै शायद, र त आँखै चिम्लिँदा 'नि मेरो भर मान्यौ

सुख दुख कति दियौ "अन्तरे", राखिनौ 'नि केहि हिसाब किताब
मायाँले भर्दिएँ पोल्टा तिम्रो, र त यो खण्डहर 'नि अहा! सहर मान्यौ
Last edited: 08-Sep-07 06:58 PM

 
Posted on 09-08-07 8:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

ब्यस्तताको कारणले बिजी भएको हुनाले चौतारी महोत्सवमा पनि उपस्थित हुन नसकेकोमा क्षमा प्रार्थी छु। हुनत हीरक महोत्सव अझै सकिएको छैन, अझै पनि धेरै लेख, रचनाहरू आउलान् भन्ने आशा छ।

मिस दिदीको कथा राम्रो लाग्यो, फटिङ्गेको कथाले सामाजिक विकृतिप्रति प्रहार गरेको छ, र समानताको सन्देश दिएको छ।

राहुलदाइको कथा रमाइलो र उत्सुक्ताले भरिएको छ, अर्को भागको ब्यग्रताका साथ प्रतीक्षामा छु।

नमेको कविताले हँसायो! बिचरा जिम्माल बा! तर जिम्माल बा अब लेखेर भन्दा गरेरै सटीक जवाफ फर्काउने सोचमा हुनहुन्छ क्यारे!

गोतामे ज्यूको दोस्रो कथा सललल बगेको र सुन्दर लाग्यो। जीवनको रमाइलोलाइ कलात्मक ढंगले चित्रण गर्नु भएको छ।

नेपे दाजी, तपाइ चौतारीको सबै भन्दा जेठो बाठो र चौतारीलाइ शुरूदेखि नै निरन्तर सरसल्लाह दिएर प्रगतिपथतिर दोर्याउने व्यक्ति हुनुहुन्छ।धेरै समयको अन्तराल पछि भए पनि चौतारीमा आफ्नो अमूल्य रचना प्रदान गरिदिएर शोभा बढाइदिनुभएकोमा धेरै धन्यवाद! तपाइको गजलको त के कुरा गर्नु, साझामा 'गजल हेभिवेट' तपाइ हुनुहुन्छ नै। साह्रै मीठो लाग्यो यो गजल!

अन्तरेको गजल नि जोडदार लाग्यो! अरू नि लेख्दै गरूम्।

मेरो चैं यसपाली केही फुरेको छैन, खै के गरूम्, पुरानै कुरा खोजेर टास्दिम् जस्तो लागिसक्यो।

अरू सबैलाइ मेरो जदौ!
 
Posted on 09-08-07 9:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-08-07 10:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज त सप्ताह्न्त मज्जाले लाग्यो आफुलाई, तेइ भएर बिहान् देखी एक पल्ट पनि चिहाउन पा हैन चौतारीमा बल्ल सास फेर्न पायिरछु, कती प्रतिभा हरू आए केही हेक्का भएन, को को छन कुन्नी? सबै सबै लाई नमस्कार यो मध्य रात मi
 
Posted on 09-08-07 10:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्तरेज्यू,

परम्परागत छन्द (बहर) लाई गजलको अनिवार्य तत्व मान्नेमा म छैन । गेयात्मक वा गायनमैत्री प्रारुप, शेरहरुको संप्रभुता (sovereignty ) र काफिया-रदिफको अनुशासन, बस यत्ति भए बन्यो गजल । यस अर्थमा तपाईको गजललाई गजल नभन्ने कुरै आउँदैन ।

प्राविधिक कुराहरुको छलफलका लागि संभवत: गजलका धागाहरु नै उपयुक्त स्थान हुन् । अत: त्यतापट्टि नजाम । तपाईको गजलको एउटा झ्वाट्ट अनुभूति हुने पक्ष यसको सकारात्मकता र सुखानुभुति हो ।

गजल विधा अलब्ध/अनुपलब्ध प्रेमको शोकशास्त्रको रुपमा बदनाम विधा हो भने तपाईको गजल लब्ध प्रेमको सुखद किर्तनमा समर्पित छ । ज्याद्रै सुखद, सकारात्मक र प्रेरक । बधाई अनि अनगिन्ती शुभकामनाहरु ।

*** *** *** *** *** *** *** ***

चित्रेज्यू,

मीठा शब्दहरुको लागि कृतज्ञता है । चौतारीको चहलपहल र उन्नतिको श्रेय यसका सक्रिय औतारीहरुलाई नै जान्छ । चौतारीलाई माया गर्ने यसका सबै सक्रिय सदस्यहरुलाई लाई मेरो अभिवादन र प्रशंसा छ ।

Nepe
 
Posted on 09-08-07 11:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
नमस्ते है हजुर हुर सप्पैलै!

नेपेदा दर्शन!
ल हजुरले हेरिस्यो त मेरो पनि यो गजल पर्यो कि अरु केहि पर्यो ?!!साच्चि, मलाइ पनि गजल लेख्न मनलागेको छ । अन्तिममा आउने जति सप्पै जो शब्द'याद आयो' हजुरकै चोरेर मैले अघि भर्खर मात्र लेखेको यो चै :)प्रतिक्रिया लेखि दिए फुरुंग हुने थिए (मनमनै :  यस्तो लेख्नै नजान्ने ले पनि लेख्ने भनेर गालि गरेनि रुनेथिएन  )


 




तनभरिको मनभरिको चिनारी याद आयो
भुल्न खोल्दा किन फेरि तिमी याद आयो

जानीबुझी खनेको गोरेटोको खाडल 
पुर्न खोज्दा उहि कहानी याद आयो

ळालच तिम्रै ,छल्किएको मृगतृष्णा तिम्रै
औला दिदा हत्केला निल्ने बानी याद आयो

थाकिसके प्रिय! अब लुकाछिपि कति खेल्नु
सिन्दुर छर्न खोजेको बिहानी याद आयो

आकाशमा मुस्काएको शितल जून देख्दा
धरतीमा तिम्रो मेरो जुवारी याद आयो

Last edited: 08-Sep-07 11:45 PM

 
Posted on 09-09-07 8:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

haami ta masti gardai chham...uynicode rahena chha yo computarmaa...

hirak jayanti ko shubhakamana sabailai...paachi kuraa garamlaa...

bhawadiya,
Poonte
Rahulbhai
Newchi

:p
 
Posted on 09-09-07 8:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आईतबारे जदौ सप्पैलाई।

नेपे दाजी धन्यबाद धेरै, केहि लेख्न लायक ठानिदिनु भो। चित्रेलाई नि धन्यबाद छ है। मिस दिदीलाई चैँ अहिलै दि हाल्दिन, अघिल्लो पालि चित्त दुखाउनु भो नि त किन पहिल्यै धन्यबाद द्या नपढिकनै भनेर। यो पालि चाँहि पढेर केहि लेख्नु भो भनि मात्रै दिम्ला।

बरु हउरको गजल चांहि अति सुन्दर छ, म नि यस्तै छोटो मिठो लेखुं भन्छु, धेर उकुसमुस छ कि मनमा यत्ति बाह्र हाते लामा लामा भैदिन्छन। टुक्र्याउन पाए त एउटैबाट दुइ तिनोटा लेख्न सकिंदो हो हि। एउडा कुरो नि, सुन्तलेको भाषामा।

बरु अहिले तुरुन्तै लेख्या पढम है त। मैले नि नेपे दाइकै "याद आयो" पैंचो लिँ, रिसाउनु हुन्न होला।


तिम्रो शहर याद आयो मेरो रहर याद आयो
लगिनौ तर जान मन लाग्या तिम्रो घर याद आयो

पिउन त के मात्रै पिइएन र जिन्दगीमा, तर तिमीले
अम्रित हो भनि पिलाउन खोजेको जहर याद आयो

भुलिदिन्छु चट्टक्कै मनमनै सोचें कति पल्ट तर
संधै मुटु चस्काउने सम्झनाका लहर याद आयो

मर्यादा तोड्न हुन्न, नलाग्या हैन अनेकौँ पल्ट
कायर रहेछौ भन्दै उक्साईरहने तिम्रो कर याद आयो

तिम्रै त हुं भन्यौ म ‘नि भुलि रहें बर्सौं
खेलिछौ हरे मसंग अन्तमा गरेको ठहर याद आयो


 
Posted on 09-09-07 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुस्केरा याद आयो, साकस याद आयो
कसैले दिएको बाकस याद आयो

कसरी भनुँ को-को कस-कस याद आयो
मलाई यत्ति याद छ, बस याद आयो

खास भनौं त अँझ यति याद आयो
"तिम्रो लागि" भनी दिने केटी याद आयो

मैले कुन्नि के भन्दा उसले दोहर्‍याई-
दोहर्‍याई भनेको "लाऊ क्या!" याद आयो

बगैंचामा बाकस खोल्ने भुल याद आयो
जम्मा हुने केटाहरुको हुल याद आयो

हुलबाट निस्केको सिठ्ठी याद आयो
मनै कुलकुल्याउने त्यो चिठी याद आयो

कहिं नदेखिने यस्तो "अप्रोच" याद आयो
चिठीभरि लेखिएको प्रपोज याद आयो

चिठी सबै साथीअघि पढ्ने रीत याद आयो
हुलबाट निस्केको "खित् खित्" याद आयो

कसो याद आयो खै किन याद आयो
तर त्यो अप्रिलफुलको दिन याद आयो
 
Posted on 09-09-07 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
नमस्ते!
उसोभा पुन्टेदा राहुल्दा र नेप्चिसिस हिरक मनाउदै :)

अन्तरेजी,

त्यो दिन याद आउछ, त्यो पल याद आउछ
हउरको भाषामा मेरो बिगत याद आउछ

मायालुलाइ हरबख्त झुठ्ठी संज्ञा दिदा
हउरको मुटु हैन त्याँ जहर याद आउछ
(रिसानी माफ है - त्यो के जाती शुभ पनि मनै त हो नि कस्तो मुखै फोड्न बाध्य बनाउने)

अन्तरेजी मलाइ वा वा त मन पर्छ नै कहि कतै देखिएको गल्ति औल्यादिए झन मनपर्छ :)

तनभरिको मनभरिको चिनारी याद आयो
भुल्न खोल्दा किन फेरि तिमी याद आयो -भुल्न 'खोज्दा 'भनेर पढिदिनु है त ।मनमनै : हरु पनि कति गल्ति होलान:(


नेपेदाले अझै हेरि्सेको छैन होला। तर मचै नेपेदालै णै पर्केर बसेकिम हेरिसिन्छ कि भुनेर । कस्तो खुलदुली लाइ रा'छ कस्तो भयो त भन्ने

हेरिस्यो भने अन्तरेजी हजुरको र मेरो सात्तो जाने गरि लेख्सिन्छ --पक्कै पनि - म त घाँस काट्न जानु छ क्यै छैन:) हउर चै समाना गर्ने तयारीमा बसिस्यो है :P मुलाइ नि जोगाएर लेख्दिनु है त :)
लु मेरो तर्फबाट यो----

हजुरको याद आयो, मेरो रहर याद आयो
समाहित हुदाको त्यो प्रहर याद आयो

समर्पित सबै विस्वासमा, आफ्नो केहि थिएन
उहि तृप्ति स्वर्गिय त्यो शहर याद आयो

पिउने बहानामा धेरै बाजी थापि थापि
रित्तिएको संगै रातको त्यो लहर याद आयो

धुजा-धुजा मुटुलाइ जोड्दैसिंगो बनाउदै
सम्हालेको हजुरले त्यो कहर याद आयो



 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters