चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
दर्शन अरेँ है सप्पैलाई सबै जना को गाथ मा आराम त होला नि चौतारी को हाजिर त जनाउनै परो कथाको बाढीमा अर्को सनसनी पूर्ण कथा "हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देव" जिम्माल बा किन हो त्यस्तो भनेको? हिजो देखिन के रोग लायो? रिठ्ठे सान राती बार्ह बजे सम्म गीत गाउदै गरेको बिहानै फेरी? (हुन त के निदा लागोस?)
कुरा चै तेहि एस एल सि दिने बेला तिर को हो। म र मेरो एउटा केटी साथी सँगइ साइसको तिउसन पढ्न भनेर कालिमाटी चोकमा गएका थिएु।हाम्रो ग्रुपमा अरु स्कुलको ४ जना केटीहरु नि थियो। जम्मा गरेर हाम्रो ग्रुपमा छ जना केटीहरु थिए। हाम्रो ग्रुपको अगाडि एउटा ग्रुप केटाइ केटाहरुको थ्यो। ति केताहरु मद्न्ये एक जना केटा साह्रै ह्यान सम थ्य । त्यो ह्यान सम केटाको साथीहरुले हाम्लाई साह्रै जिस्काउथ्यो। अनी कहिले काही हाम्रो जुत्ता नि लुकाइ दिन्थ्यो। अनी अब त्यस्तो कुरा सरलाई के भएन भनेर हामी केटीहरुले नि एकदिन तिनिहरुलाई ठीक पर्ने भनेर कुरा मिलायोउ। तर कहिले तिनिहरुलाई ठीक पर्ने भन्ने कुरा चै दिसाइद गरेका थिएनौ।होली नजिकिदै थियो। सरले होली को २ दिन अगाडि सम्म नि तिउसन आउ भन्नु भो। र तिउसनको लास्त दिन बिहानको दुइतै ग्रुपलाई एउटै ग्रुप बनाएर दिनको १ बजे देखी ३ बजे सम्मा पढाउने भन्नु भो। हामी केटीहरुले तेही मौकामा तिनिहरुलाई ठीक पार्ने भनेर सल्लाहा गरेउ र हामी सबै केटीहरु मिलेर तिनिहरुलाई लोलाले हान्ने भनेर ब्याग भरी पानी भरेको बेलुम लेर गएु। अनी तिउसन सकिने बितिकै ति केटाहरुला हाम्ले बेलुमको बर्षा गरी दुएम। खित खित खित। ति केटाहरुलाई केथा हामी तिनिहरु भन्दा नि चम्बु चौ भनेर। अनी त्यो दिन तिनिहरुले केही भनेन। लुरुक लगेर घर तिर लागे। होलिको फेरी भोली पल्ट देखी तिउसन जान्नु पेर्ने हामी केटीहरु यि केटाहरुले अब हाम्लाई बद्ला लिन के गर्च होला भन्दै दराउदै दराउदै तिउसन गयोउ। तर तिनिहले केही गरेन। हामी छक्क भयोउ। तर जे भएनी त्यो ह्यन्सी केटा मलाई साह्रै मन पर्न थालयो । धरै नबोल्ने खाल्को थियो। मैले मेरो साथीहरुलाई त्यो ह्यन्सी केटा मलाई मन पर्यो भनेर भने अनी उनिहरुले मलाई तेसो भए त्यो केटालाई गएर तलाई त्यो केटा मन पर्छ भनेर भन भन्न सक्दैनस भने एउटा लेतर लेख अनी हामी गएर दिदिम्ला भन्यो। अनी तिउसनको लास्त दिन मैले त्यो ह्यान सम केटालाई लभ लेतर दिने भनेर दिन रात गरी एउटा लभ लेतर लेखे अनी त्यो केटालाई दिए। उस्ले मेरो लेतर पर्दै नपढी च्यात चुत परेत मेरो फाली दियो। मैले केही भनिन अनी अनि एस एल सि दिए पचि म अमेरिका आए अनी उस्लाई देख्ने त कुरै भएन। अनी अस्ती नेपालबाट एउटा केटाको कुरा आको छ लु फोटो हेर भनेर आमा ले भन्दा म नि लु फोटो हेरेर के नै फरक पर्छ भनेर हेर्दा त तेही ह्यन्चिको फोटो पो राइछ। खित खित खित। लु जे पि ति कथा सकियो
"हुनसक्ने ब्वाइफ्रेन्ड तर ल्यास्से पाउँले बिग्रियो"
म साथिहरुसंग तिउसन पद्न जान्थिएँ। त्यो ग्रुपमा ४ जना केतिहरु निथियो।एकजना केतिले मलाइ घुरेर हेर्थियो। त्यसको नाकमा सदै सिँगान हुन्थियो बेला बेलामा सिँss गरेर सिँगान तान्थियो। च्वाँक त च्वाँक नै थियो तर मलाई हेरेको हेरेइ गरेर मलाई मन पराउँछ भनेर मलाई झ्याउ लाग्थियो। एकदिन होलिको बेलाको तिउसन थियो। ४ जना केतिहरुले हामिलाइ लोलाले हान्यो त्यो केतिको लोला मलाई लागेन तर अर्को केतिको लोला मलाई लाग्यो। लोला लागेपछि मैले लोल गर्यो। लोल भनेको हाँसेको। म हाँसेको देखेर केति पनि हाँस्यो। केता हाँस्यो अब फँस्यो भनेर केति झन हाँस्यो। अनि म घर गयो। होलि सकियो। पछि फेरि तिउसन पढ्न गयो। एक दिन त्यो केतिले मलाई एउटा कागज दियो। उसले मलाइ लवलेतर लेखेको रहेछ। लवलेटर लिएर ल्यास्से पाउँ किन्न गएको रहेछ। ल्यास्से पाउँ खाइसकेर ल्यास्सेपाउँ पोको पारेको कागज खल्तिमा हालेर लव लेटर फालेछ। अनि लवलेतर भनेर मलाई ल्यास्से पाउँ पोको पारेको कागज दिएछ। त्यो मैले हेर्यो, त्यसमा गोर्खापत्रमा मोतिबिन्दुको क्यामको कुरा लेखेकोरहेछ। मेरो आँखा ठिक थियो, त्यसैले मैले च्यातेर फालिदियो। अनि म ठुलो भयो। मेरो बिहे गर्ने केति खोज्यो मेरो घरमा। मेरो फोटो अमेरिका पठायो। मेरो फोटो त्यइ केतिले पाएर खितखितखित गर्यो। अनि मेरो कुरा साझामा लेख्यो।
लौ बा नसकिने रहेछ अत्ती दामी छ। मलाई त शिर्शक नै दामी लाग्यो के ठुलि, त्यो केटा लाई चाँही लोला ले हान्ने अनी चिठ्ठी लेख्ने केटी यही हो भन्ने थाहा छैन होला, नत्र त अनी त्यती मेहनत गरेर लेखेको फस्ट लव लेटर च्यात्ने सित फेरी साइनो ? त्यस्को बदला लिनु पर्छ है
बाहिर घाम मज्जाले लागेको भए पनि चिसो निक्कै थ्यो। झ्यालबाट देखीने त्यो निलो आकासमा सेतो धर्का छोडदै उडीरहेको त्यो हवाईजहाजलाई ठुलीले एकछिन पछ्याईरही। जहाज छेलिए पछि घडी तिर आँखा पुर्याउँदै भनी अब तयार हुनु पर्यो।
आज उ आउने दिन।
ठुलीले उसलाई कहिलेई भेटेकि त थिईन तर चिनेकी थिई। उस्को सोचाई मात्रैले पनि कुन बेला आफना रापिला अधरमा चन्चल मुस्कान फरफराईसकेछ उसलाई थाहै थिएन। उस्को हवाईजहाज ११ बजे आईपुग्ने। हिंजो राती अबेर सम्म फोनमा उ र ठुली हिंजो र आजको पुल बाँध्दै थिए भोलीको लागि। "निन्द्रै पुगेन" ठुलीले भित्ते घडीमा बजेको ८:३० हेर्दै आफैलाई भनी।
उ को हो उस्को? ठुलीले आफैलाई सोधी। जवाफ उ सँग थियो पनि थिएन पनि। उस्का ति आँखाहरुमा आफुलाई प्रतिबिम्बित देख्ने त्यो पल सम्झेर ठुली पुलकित भई। मन न्यानो त भयो उस्को सँगै चन्चल पनि। आफ्नो मन सँगै ठुली एक छिन जिस्किई अनि स्नानागर भित्र छीरी। मन अझै उस्को जिस्किदै थ्यो।
--- (ल ठुली, मैले तिम्रो कथा सुरु गर्दें अब तिमी अघि बढाउ---शिर्शक फेर्ने हो कि? -- नत्र ending थाह भै हाल्यो नी unless you want to shock the readers --)
स्नानागर भित्र छिरेपछि एक पटक त्यत्तिकै फिस्स हाँसिन् र गित गुन्गुनाउँदै नुहाउन थालिन्। एउटा अनौठो किसिमको रसायन सम्पुरण शरीरमा प्रवाहित भएको महसुस गरिन। कयौँ पटक साबुन हातबाट चिप्लेर तल खस्थ्यो र प्रत्येक पटक मन्द मुस्कानका साथ साबुन टिपेर शरीरमा दल्थिन। उसलाई किन किन आजको यो एउटा स्नानले उसलाई अभूतपूर्व सुन्दरी बनाउँछ जस्तो लागिरहेको थियो र साबुनको प्रत्येक स्पर्शले उसको तनमन रोमान्चित हुन पुग्थ्यो। भित्र कतै पेट पोलेको जस्तो, धड्कन बढेको जस्तो, कहिले भोक लागेको जस्तो र कहिले टन्न हघाए जस्तो महसुश भैराखेको थियो उसलाई। नुहाउँदा नुहाउँदै धेरै पटक एयरपोर्टमा पहिलो पटक उ संग नजर जुधेपछि के गर्ने भनेर सोचिन्, कहिले आफैँलाई ऐनामा हेरेर 'हाई' भनिन् त कहिले आफैँ संग लाज मानेर नजर झुकाईन्।
ठुलीको मनमा यति धेरै आगो दन्किरहेको थियो कि पुषको जाडोमा नि चिसो पानीले स्नान गरिरंदा पनि पसिना पसिना भैसकेकी थी। कहीं त्यो ह्यन्सी ले अप्रत्याशित पाइला चाल्ने त होइन? शंकाले लंका जलाउन थाल्यो। लोलाको बदला गोला हान्ने त होइन, तर्सियो। आफु स्नान् गर्दै छु भन्ने पनि बिर्सी।
धेरै बेर सम्म पनि स्नान् ग्रिहको ढोका न खुले पछि ड्याडी मम्मी अनि दादाको मनमा पुषको जाडोमा जनवरीको चिसो थपेर पस्यो। मम्मिले आवाज् दीन्, ठुली नानी। ड्याडीले चिच्याए, ए ठुली। दादा कराए, ठुली । तै पनि ढोका खुलेन। हतास निरास भएर ढोकामा हात हाने अनि लात हाने। बल्ल ढोका१ घण्टा पछि ढोका खुल्यो। केही न भे जस्तो, केही थाह न पाए जस्तो गरी सम्पूर्ण स्नान सक्याइ ठुली निस्की। त्यसै राम्री ठुली, त्यसमा नि फुली टल्काई, सौन्दय ढल्काई। सबैले के भयो , के भयो भनेर आत्तिदै सोधे।
हिजोदेखि बिजी भएर व्यस्त हुँदा चौतारी आउन भ्याएको थिइनँ। ठूलीको कथा सुनेर नआई बस्न पनि सकिनँ। बाह! ठूली! कस्तो दाऽऽऽमी कथा लेखेको, कति सरल र स्वाभाविक बहाव छ। हा हा! केटाहरूलाइ लोला हान्न नि च्याम्पियन रैछौ! कस्तो मज्जाको कथा, जति सुन्यो उति सुनुँ सुनुँ लाग्ने! अरू पनि लेख है!
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
H1B
EAD Filing
Tps decision coming or not nov 18
Why Oli must go for the UML to survive?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.