taraniraula
Replies to this thread:
More by taraniraula
What people are reading
Subscribers
Please log in to subscribe to taraniraula's postings.
:: Subscribe
|
‘गोरखाली’ ले पाउने सम्मान नेपालीले किन पाउँदैनन् ?
|
[VIEWED 8152
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
taraniraula
Please log in to subscribe to taraniraula's postings.
Posted on 02-14-16 5:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
उत्तमकुमार क्षेत्री नेपालीमूलका दार्जिलिङवासी हुन् । उनी करिव ३० बर्ष भन्दा बढी समयदेखि दिल्लीमा छन् । जागीर, राजनीति र समाजसेवा उनको परिचय हो । कला साहित्यमा पनि उनको रुचि छ । नेपालीमूलका भारतीय नागरिकहरु नेपाल र नेपाललाई कसरी हेर्छन ? रातोपाटीले दिल्लीमा कुराकानी गर्दा क्षेत्रीले भने :
म नेपालीमूलको भारतीय नागरिक हुँ । मेरो बाउ–बाजे १८ औं शताब्दीको शुरु–शुरुमा भारतमा आएका हौँ । हामी अन्तराष्ट्रिउ सन्धि अनुसार आएका हौँ । काँडेतारबाट आएका होइनौँ । जग्गा–जमिन, भाषा–संस्कृति, बन–जंगल, नदी–नाला, खोला–खोल्सा, कुना–कन्द्रा सवै लिएर भारत आएका हौँ । हामी नांगै भारत आएका होइनौँ, खाली हात आएका होइनौँ । त्यो सम्पन्नता आज पनि कायमै छ । हामीले भारतलाई त्यहीबाट समृद्ध बनायौँ । मिहिनेत गर्यौँ । काम गर्यौँ । राजनीति गर्यौँ । यही पढ्यौँ । लेख्यौँ. । भारतका लागि मर्यौँ । मरेर पनि तक्मा थाप्दैछौँ । हामी जे जस्तो सन्धिबाट आए पनि नुनको सोझो गरिरहेका छौँ । हामी अधिकारका लागि पनि लडिरेहका छौँ । मुक्तिको लडाई छ । पहिचानको लडाई छ । हामी भारतमा नेपालीमूलका नागरिकको अधिकारका लागि संघर्ष गरिरहेका छौँ र गरिरहन्छौँ । दार्जिलिङ लगायतका ठाँउबाट विधानसभाका सदस्यहरु चुनिन्छन् नेपालीमूलका नागरिक । तर, सरकारी ठूलो पदमा उनीहरुलाई ठाँउ छैन । न्यायधीस छैनन् नेपाली मूलका नागरिक । राजदूत पनि छैनन् । ठूला आइपीस अफिसर पनि छैनन् । कुनै प्रहरीको उच्च ओहदामा पुगेका छैनन् । नेपालीमूलका नागरिकमा क्षमता नभएर यसो भएको होइन । यति हुँदाुहँदै पनि हामी काम गर्दैछौँ । हामी इमान्दारीपूर्वक भारतमा काम गरिरहेका छौँ । हामी जहाँ भएपनि नेपाल र नेपालीसँग हाम्रो भाषा र संस्कृतिको सम्बन्ध छ । रगतको साइनो छ, यो हाम्रो उत्पती हो । जातिप्रतिको लगाव छ । आफ्नापन छ । यसकारण हामी भारतमा रहेका नेपालीहरु सधै नेपालको उन्नती–प्रगति भएको हेर्न चाहन्छौँ । अन्य देशजस्तै नेपाल पनि आत्मनिर्भर र बलियो अर्थतन्त्र भएको देश बनोस भन्ने चाहन्छौँ । हामी सम्पन्न नेपाल, फलेको–फुलेको नेपाल देख्न चाहेका छौँ । नेपालमा नेपाली भाषा संस्कृतिको जर्गेना भएको देख्न चाहन्छौँ । सामाजिक विकास होस् । राजनीतिक स्थिरता भएको देश होस । नेपालले आफ्नो साधन–स्रोतलाई उपयोग गर्दै आफ्नो लागि काम गर्न सकोस । साधन–स्रोत जुटाएर आफ्नो नागरिकलाई रोजगारी दिन सकोस । वैदेशिक रोजगारीको अन्त्य गर्न सक्ने नीति चाहियो । खाडी मुलुक वा अन्य कुनै मुलुकमा ज्याला मजदुरी गरेर जीवन धान्नुपर्ने अबस्था नेपालीहरुको अन्त होस । हामी भारतमा बसेका नेपालीवासीहरुको यही चाहना रहने गर्दछ । कसैसँग नझुक्ने, आफ्नै पौरखमा बाँच्ने स्वाभिमानी नेपाली हाम्रो चाहना हो । हिमालजस्तो शिर उँचो बनाएर रहने नेपाल चाहिन्छ । हामी नागरिक भारतीय हौँ । तर, हाम्रो मनमा नेपालीपन उत्तिकैै छ । कसैले पनि टोपी भुँइमा झरोस भन्ने कसैको चाहना हुँदैन । हामी भारतमा जसरी बसेका छौँ, भारतीय संविधानमा बाँधिएका छौँ । भारतीय संविधान हाम्रो सर्वोपरी हो । त्यति हुँदाहुँदा पनि नेपालीपन छ हामीमा । नेपालप्रति सम्मान छ । आबश्यक परे, सहयोग रहन्छ । विश्वविजेता हो नेपाली । गोर्खाली इतिहास नेपालीको हो । त्यसैले नेपालको शिर सगरमाथाजस्तो ठाडो हुनुपर्छ । नेपाली बस्छन् यहाँ, विश्वविजेता बस्छन यहाँ, त्यसकारण नेपाल समुन्नत भयो, विश्वमा यसको शिर सवैभन्दा माथि भयो भन्ने सन्देश जाओस भन्ने हामी चाहन्छौँ । जसलाई देख्दा विश्वले सम्मान गन सकोस । यो कुरा किन नेपाली नेताहरुले चाहेका छैनन् । विश्वमा नेपालीहरुले धेरै काम गरेका छन् । इतिहास रचेका छन् । मरेको मानिसको मुटु जिउदो मानिसलाइ प्रत्यारोपण गर्नेमा पनि नेपाली नै आए । नासा वैज्ञानिक पनि छन् । सगरमाथा पहिला चढने पनि नेपाली नै हुन् । गोरखाली सेनाको आफ्नै गौरवपूर्ण ईतिहास छ । यो कुरा नेपालका नेताहरुले बुझ्नुपर्ने हो । त्यो हो असली नेपालीपन । गोरखनाथको सन्तान । आफ्नो उपाधीलाई नेपालले बचाएर राख्नुपर्छ । हामी नेपालीमूलका भारतीय नागरिक समुन्नत, सम्पन्न र सुदृढ नेपाल देख्न चाहन्छौँ । मागी खाने, हेलिएको, थिचिएको नेपाली हामी देख्न चाहन्नौँ । भारतीयहरु उघोगधन्दा चलाउन सक्छन् भने नेपालीहरु किन सक्दैनन् ? नागरिकहरुलाई यो काम गर्ने वातवरण बनाईदिने जिम्मा सरकारको हो नि । मानिलिनुस, तपाईले घर बनाउदा इटा, ढुंगा, काठ सवै जुटाउनुहुन्छ । अनि न घर बन्छ । देश बनाउने कुरा पनि यस्तै त हो । जनतालाई चाहिने सवै कुरा जुटाएर गरिखाने वातवरण बनाईदिने जिम्मा सरकारको होइन । नेपाल सरकार यस्तो विषयमा किन संवेदनशिल हुँदैन ? हाम्रो मनमा यो प्रश्न उठिरहन्छ । जनताको रगत पसिनाबाट आएको पैसाबाट राज गर्ने नेताहरुले यो कुरा बुझ्नुपर्छ । जनताले सम्झउनुपर्छ । मिडियाले ती नेताहरुलाई सम्झाउनुपर्छ । नेताले कमाएर जनतालाई पालेका त छैनन् ? कैयौ नेपाली चेलिवेटिीले अस्मिता बेचेका छन् । उनीहरुको अस्मिता बेचेर आएको कमाई पनि नेताले खर्च गनुपर्ने कुरा त राम्रो भएन नि । देश बनाउन नसक्ने, देशका लागि ठाडो शिर बनाएर बोल्न नसक्ने, जनतालाई सुख दिन नसक्ने, समृद्ध दिन नसक्ने नेता के काम ? यो प्रश्नको उत्तर नेपाली नेताहरुले खोज्नुपर्छ जस्तो मलाई लाग्छ । यो आलोचनाको कुरा होइन । नेपाललाई राम्रो किन ढिला भयो भन्ने प्रश्न हो । हामी नेपालीमूलका हामी भारतीयको मनमा लागेको कुरा हो । नेता भनेको त नयाँ र ताजा हुनुपर्यो नि । पुरानो भएर के काम ? केही गर्न नसक्नेलाई कसरी नेता मान्ने । नयाँ र ताजा नेता चाहियो । नेपाल आफ्नो खुट्टामा आफै उभिनुपर्यो । सम्पन्न हुनुपर्यो । यही हो हाम्रो चाहना, यही हो हाम्रो सन्देश । विश्वविजेता नेपाली स्वाभिमानी हुनुपर्छ । हामीकहाँ तीन खालका मानिस छन् । एउटा यस्तो पंत्ति छ, जसलाई कसैको सरोकार छैन । अर्को पंक्ति वीचमा छ, जसलाई भाषा, साहित्य, संस्कृति र राजनी ति सवै उसैले जिम्मा लिन्छ । अर्को पंक्ति छ अशिक्षित जसको शोषण हुन्छ सधै । हामी नेपाली समुदायको चिन्ता सधै एक कुरामा हुन्छ । परिणाममा ध्यान हुन्छ । खेती किसानी गर्दा गर्दै मानिसहरु दिल्ली आउँछन् । नेपाली राम्रोसँग बोल्न नजान्ने महिलाहरु दिल्ली आउँछन् काम खोज्न । तिनीहरुमाथि यहाँ शोषण हुन्छ । महिलाहरुमाथि शारिरिक शोषण हुन्छ ।, विचल्लीमा पर्छन । दिल्लीमा नेपाली समूदायले धेरै समाज खोलेका छन् । सामाजिक संस्थामा रहेका व्यक्ति गरिव र तल्लोतहका अशिक्षितहरुलाई सेवा पनि पुराएका छन् । भूमरीमा परेकालाई उद्धार गर्ने काम हुन्छ । कतिपयले संस्थाका नाममा दोकान खोल्छन । जता फाइदा छ त्यतै जान्छन् । नेपाली चेलीहरुलाई कुनै भारतीयले यहाँ ल्याएर बेच्दैन । त्यो ल्याउने त नेपाली नै हुन् । हाम्रै नेपालीले यसो किन गर्छन ? के सवै कुरा पैसा हो । देशको प्रतिष्ठा हुँदैन । नागरिकलाई बेचविखन गर्ने हाम्रो मन कस्तो छ ? कसैले श्रीमति बनाएर ल्याउछन, कसैले बहिनी बनाएर ल्याउछन् । कसैले भतिजी बनाउलान । म आफैले कति चेलीहरुको उद्धारमा सहयोग गरेको छ । म दार्जिलिङको मान्छे मलाई के मतलव भन्न पनि त सक्थे । तर, सकिन्नँ । हामी नेपालीमूलका भारतीय हौँ । हार्मी कोही पनि नेपालीले दुःख पाएको हेर्न सक्दैनौँ । मनले मान्दैन । मेरो रगतमा नेपाली पनि छ । मानवताको नाताले मैले उद्धारमा सहयोग गर्नुपर्छ, खटनुपर्छ । नेपालमा जनचेतनामा अलि बढी ध्यान दिन पर्यो । वडा–वडामा यो कुरा पुरउनपर्यो । जस्तो कि नेपालबाट दिल्ली आउँदा के के चाहिन्छ, नेपालबाट खाडीमा जाँदा के के चाहिन्छ ? सवै कुरा बुझेर मात्र हिडनुपर्यो नि । अझ दिदी बहिनीहरुले त विशेष ख्याल गर्नुपर्यो । कसैले जाँउ भन्दा वित्तिकै जान पनि भएन । लैजाने मान्छ को हो, उसको उदेश्य के हो बुझ्नुपर्दैन ? भारतको हकमा ल पासपोर्ट प्रणाली लागु गर्न नसकिएला । तर, तथ्याङ्क व्यवस्थित गर्न त सकिन्छ नि । भारतमा जानुभन्दा पहिला नेपाल उसले कम्प्युटरमा आफ्नो तथ्याङ्क भर्नुपर्यो । यसो गर्दा वित्तिकै हरेक नाकामा यता यति गर्नेको पास हुन्छ । त्यसले सुरक्षा र सुविधा दुवै काम दिन्छ । तथ्याङ्क राख्नुपर्यो । नेपाल सम्पन्न नभएसम्म समस्या पुरै हटदैन । तर, कम गर्न सकिन्छ । यसका लागि सरकार र समाजको जिम्मा हुन्छ । विदेशका नेपाली चेलीहरुको अबस्था कस्तो छ भन्ने समाजले त जान्नुपर्यो नि । समाज बलियो भयो भने न सरकार बलियो हुने हो । नेपालमा अलि बढी मनपरी समाज देखिन्छ । यस्तो मनपरी समाजमा चेलिवेटीसम्बन्धी अलि बढी समस्या आउँछन् । संस्कारगत समस्या छन, यसलाई समाजले नियन्त्रण गर्न सकिन्छ । अन्तरजातीय विहावलाई बढी प्रोत्सहान नगरेको राम्रो । त्यसले महिलाहरुको उत्पीडिन कम गर्न सहयोग पुरउछ भन्ने मेरो मान्यता छ । कहिलेकाही आफ्नोस्तर भुुल्ने समस्या छ । यसले पनि समस्या ल्याउछ । महत्वकाक्षा नियन्त्रण गर्नुपर्छ । चेलीबटीहरुले अझ ध्यान दिनुपर्छ । ज सुकै भएपनि नेपालको विकास आजको आबश्यकता हो । नेपालीसँग त्यसो गर्ने खुवी छ । कसले गर्न दिएन ? नेताले दिएनन कि ? यो त भन्नुपर्छ । हामी नेपालीमूलका भारतीय सम्पन्न भएको नेपालको पक्षमा छौँ । विश्वविजेताहरुको भूमि गरिव भएर बस्नुहुँदैन । इतिहास बचाउनुपर्छ । आज गोरखालीको विश्वमा सम्मान छ । नेपाली हुँ भन्दा त्यही सम्मान छैन । नेपाली हुँ भन्दा पनि गोरखाली हुँ भन्दा जत्तिकै सम्मान चाहिन्छ । यही सम्मान पाउने दिशामा नेपाल अगाडि बढनुपर्छ । हामी नेपालीमूलका भारतीयहरुको चाहना यही हो ।
|
| |
|
|
|
|
magorkhe1
Please log in to subscribe to magorkhe1's postings.
Posted on 02-15-16 9:35
AM [Snapshot: 125]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हामीले गाडि नचढ्ने ( धानी मानि ) मधेशको मानिसहरु सबैलाई खाली सिसि पुराना कागज बेच्ने देख्छौ र तेही अनुसार सम्मान गर्छौ | उनीहरुले देख्ने नेपालि बहादुर मात्रै हुन् अनि तेही अनुसार ब्यबहार गर्छन | गोर्खाली बर्दीमा हुँदा मात्रै हुन्छ र सम्मान गर्छन त्यो बर्दीको , बर्दी हटे पछि गोर्खाली पनि बहादुर मात्रै हुन्छ | यो हो हाम्रो हेराई |
Last edited: 15-Feb-16 11:51 AM
|
| |
|
|
shiva_linga
Please log in to subscribe to shiva_linga's postings.
Posted on 02-15-16 8:42
PM [Snapshot: 210]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
really? respect for indians of nepali origin? teso bhaye delhi, mumbai ma daili chinki randi, maalwali kanchi ,bahadur,chinese bhanne,gangrape garne.kutne,flat rent garna nadine chai kaslai ho ni?
|
| |
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 365 days
| Recommended Popular Threads |
Controvertial Threads |
| NRN card pros and cons? |
| ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION |
| TPS To F-1 COS |
| TPS to F1 Status. |
| Nepal TPS has been Extended !!! |
| legal Query for married nepali girl now have taken US citizenship |
| Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years) |
| ICE kidnapping people off the streets over op eds |
| Democrat wants to run election like in India. Chaos and Confusing to voters. |
| 2020 : Why No Trump ! |
| #MAGA#FAFO is delicious |
| TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision |
| Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place |
| Democrat lies revealed |
| Nepal TPS decision |
| Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? |
| US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ? |
| TPS Sakiyo Tara Case is in Court. |
| Medication from Nepal to USA |
| Supreme Court allows Trump to end TPS for Venezuelans |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|