[Show all top banners]

Prakashman Shilpakar

More by Prakashman Shilpakar
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 कलह र कलङ्क नासिनी भगवती कलङ्की माता
[VIEWED 7450 TIMES]
SAVE! for ease of future access.
Prakashman Shilpakar.
Posted on 02-14-17 3:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कलह र कलङ्क नासिनी भगवती कलङ्की माता

प्रकाश्मान शिल्पकार

 प्राचीन कालमा नेपालमण्डलको कान्तिपुर नगर र नगरवासिहरूको सुरक्षाका लागि विराजमान रहनु भएका विभिन्न पीठ तथा शक्ति पीठहरू मध्ये नगरको पश्चिम भेग विष्णुमती पारी हाईत साविक न्हेंपंखाको हाल कलङ्की भन्ने ठाउँमा विराजमान रहनु भएका कलह र कङ्क नासिनी भगवती श्रीकलङ्की माता( श्रीकल्खु बालकुमारी अजिमा )को शक्ति पीठ पनि एक हुन । यो अजिमा अष्टमातृका गण अजिमाहरू मध्यका कुमारी ( बालजुमारी ) हुन । यी शक्तिदायिनी न्हेपंखा( कलङ्की), पुरानो कालीमाटी, रविभवन, सुनारगाउँ, स्यूचाटार र ढुङ्गाअड्डा क्षत्रका वासिन्दाहरूका अधिस्थात्री देवी हुन ।

यो कल्खु अजिमाको पीठ पनि एक शक्ति पीठ नै हो । बुढापाकाहरूको भनाई अनुसार यो शक्ति पीठ पौराणिक कालमा श्रीसतीदेवीको अंग पतन भई उत्पति भएका शक्ति पीठहरू मध्ये यो पनि एक हो । सतीदेवीको कुन अंग यहाँ पतन भएको स्थान हो भन्ने चाहि एकिन छैनन् ।

अष्टमातृकाको कुनै पनि शक्ति पीठमा क्षेत्रपाल र कुमार देवता बाहेक बाह्रजना देव देवीहरू हुने भएको भएतापनि यस अजिमायुक्त कलंकी शक्ति पीठमा भने क्षेत्रपालर कुमार बाहेक पचपन्न देव देवी गणहरूका अमूर्त देव देवीको मूर्तिहरू रहेको देखिन्छन् । यस पीठमा बिराजमा रहनु भएका अमूर्त पचपन्न देव देवीहरूको मूर्ति मध्ये पीठको मूलदेखी कल्खु बालकुमारी अजिमा (कलंकी माई), गणेश, मनकामना, दक्षिणकाली, संकटा, महांकाल तथा भैरबहरू बाहेक अन्य के के देव देवीहरू हुन भन्ने प्रष्ट छैनन ।

श्रीकलङ्की माताको मन्दिर क्षत्रको पूर्व दक्षिणमा मन्दिरलाई छत्रवढाइरहेको अवस्थामा मन्दिरकै गहणाका रुपमा रहेको देव वृक्ष पिपल बोट सहीतको चौरारी छ । यसै चौतारीमा परापूर्वकाकमा श्रीकलङ्की माता आफ्नो लामो यात्रा पछि थकाइ मारेको भन्ने किम्बदन्तिरहेको छ । चौतारी सहितको यश पिपल बोटलाई केही व्यक्तिहरूले काटी सडक बिस्तार गर्न योजना बनाउँदै कह्ह । त्यस्तै दक्षण तर्फ शिवलिङ्ग, पारिजातको बृक्ष, सूर्यनारायण,तुलसीको मठ एवं सरस्वती, विश्वरुप, लक्ष्मीणारायण, लगायतको प्रस्तर मूर्ति, अरुणधरि सहित सप्तऋषिका अ्ऊर्त मूर्तिरहेका छन त्यस्तै मन्दिरको पछादि कमल भैरवजीको अ्ऊर्त मूर्तिरहेका छन । न्नागपासले यस मन्दिरको बारेमा थाहा नहुनेहरूले यस मन्दिरलाई नाग मन्दिर भनी भन्ने गरेको पाइन्छ । तर यो नाग मन्दिर नभई अजिमायुक्त कल्खु (कलंकी) शक्ति पीठ हो । यानेकी बालकुमारी देवीको मन्दिर हो ।
करखुसी ( मनमती,कालीमाटीखोला ) र बल्खु खोला ( इन्द्रमती ) को बीचभागमा बिराजमान रहनु भएकी यस देवीलाई श्रध्दाका साथ पूजा अर्चना गरिएमा कलह समाप्त भै घर परीवारमा शान्ति हुने र दुई खोला ( नेवार भाषामा खु याने खुसी ) बीच मध्ये भगमा बिराजमान रहनु भएका कारण यस अजिमाको मौलिक नाम कलह र खु ( कलह =खु = कल्खु ) भै कल्खु अजिमा हुन गएको र यी शक्ति स्वरुपिणी माता कलह नासिनी एवं कलङ्क हरणी साक्षात देवी भएकाले कल्खु बालकुमारीबाट अपभ्रंस हुन्दै कलंखु र कालान्तरमा कलङ्की माइरहन गएको अनुमान गर्न सकिन्छ ।

यस कल्खु अजिमा ( कलंकी माई) र असन केलटोलको बालकुमारी अजिमासँग एवं मध्यपूर थिमीको बालकुमारी अजिमासँग पनि परम्परागत सम्बन्धरहेका विभिन्न किम्बदन्तिहरू पनि यहाँ सुन्न पाइन्छन् । परापूर्वकालमा नेपालमण्डल कान्तिपूरको पूर्वभेगका मध्यपूर थिमिका केही मानिसहरूबाट यस बालकुमारी अजिमा र अजिमाका गणहरूलाई तन्त्रसाधना गरी स्थानान्तर गरी थिमिमा लाने कार्य गर्दा कारणबश असन केलटोलमा एकरात बास बस्न परेको र बास बसी भोलि पल्ट त्यहाँबाट थिमि जाने क्रममा यस बालकुमारी अजिमाको एक प्रतिविम्ब त्यही बास बसेको ठाउँमा नै शिद्ध भइगएको र अजिमा सहित अन्य देवदेवीहरू थिमिमा लगी प्रतिस्थापन गराई बिराजमान गराइएको किम्बदन्ति सुन्न पाइन्छ । त्यस्तै अर्को किम्बदन्ति अनुसार थिमिमा बिराजमान रहनु भएका बालकुमारी अजिमा खलकहरू वर्षका एकपटक अक्षेतृतियाका दिन गुप्तरुपमा यस न्हेपंखाको कल्खु बालकुमारी अजिमालाई पूजा गर्न आउने परम्परा रहेको र यहाँ अजिमालाई पुजागरी असन केलटोलस्थित हाल बालकुमारी अजिमारहेको स्थान अगाडि पार्टी भएकोठाउँमा बसी समयबजी खाने परम्परा गरी आएको अवस्थामा एकसाल मानिसहरू (थिमिबाट आउने खलकहरू)बीचमा एउटा के विचार उत्पन्न भएछ भने हामी वर्षमा एक पटक न्हेपंखा पुगी कल्खु बालकुमारीअजिमालाई पुजागरी यसरी यहाँ आई बसी समयबजी खानु पर्छ । किन यहाँ कल्खु बालकुमारी अजिमाको प्रति विम्बको रुपमा एक बालकुमारी अजिमा प्रतिस्थापन नगर्ने भन्ने विचार उत्पन्न भई सो विचारमाथि सबैले सहमति जनाई तन्त्र विधा पुरा गरी एक बालकुमारी त्यही प्रतिस्थापना गरी समयबजी एक भाग (द्यःब्वः) चढाई समयबजी खाने परम्परा चलाएका थिए भन्ने किम्बदन्ति सुन्न पाइन्छन् । सायद त्यही किम्बदन्तिकै आधारमा न्हेपंखा कलंकीमा यस कल्खु बालकुमारी अजिमालाई केलटोलको बालकुमारीको आमा भन्ने गरेको पनि एदाकदा सुन्नमा पाइन्छन् ।त्यस्तै असनमा बिराजमान अजिमालाई श्रीमालाकारले यसस्थानमा ल्यायको भन्ने पनि किम्बदन्ती छ ।त्यस्तै यसशक्ति पीठमा पहिला पहिला बीचित्र बीचित्र दृष्यहरू पनि हेर्न देख्न पाएको भन्ने स्थानीय वासिन्दाहरूको भनाई पाइन्छ्न । जस्तै-मध्यरातमा मन्दिर भित्र बालिकाहरू खेलिरहेको देख्नु, सेतो घोडा मन्दिर परिक्रमा गर्न आएको द्र्ख्नु तथा मब्दिर भित्र सेतो खरायो लागायतका बीचित्र दृष्य देखिनु आदि ।
यस कलङ्की शक्ति पीठमा न्हेंपंखाका अधिकारी परीवारले वार्षिक गुठी पूजा संचालन गरी आफ्नो कुलदेवी सरह नै मानी आएका छन । त्यस्तै सुनार गाउँका सुनार परीवार, कीर्तिपुरका केही सार्की परीवारहरूले आ-आफ्नो कुलदेवीका रुपमा मानी आएका छन । गोरखाका तीनसय अमगाइ घर परीवारले पनि यसै कलङ्की देवीलाई गोरखामा प्रति स्थापना गरी कुलदेवीका रुपमा पूजा गरिन्दै आएका छन भने अन्य स्थानीय हिन्दू र बुद्विस्थहरूले आ-आफ्नै तवरले दैनिक तथा वार्षिक क्षमा पूजा लगायत गुठी पूजा समेत गरी पञ्चबली लगायत पूजा गर्दै आएका छन । टेबहाका बेखा मालाकारजीले जानकारी दिनु भए अनुसार श्रीपचली भैरबको १२ वर्षे जात्राको भद्रकाली नाच नचाउन सर्वप्रथम यहाँ आइ यस कल्खु बालकुमारीलाई तान्त्रिक विधिबाट पूजा गरी अजिमालाई लागेर तान्त्रिक विधि पुर्याउनु पर्ने परम्परा रहेको भन्ने भनाई देखिन्छ ।

काठमाण्डौ महानगरको १४ नं वडा भित्र पर्ने यस शक्ति पीठ २०४६ सालमा जीर्णोद्वार गरी मन्दिर र मन्दिर परिसर सर सजावट गर्नु पूर्व यस मन्दिरको स्वरुप अहिलेको जस्तो थिएन । मन्दिरको रेखदेख तथा अजिमाको सेवा सुसार समेत गर्दै आउनु भएका तथा कलङ्की मन्दिर संर क्षण तथा समाज सुधार संस्थाका आजीवन शदश्य श्रीमचाजाजी महर्जनको भनाइ अनुसार शक्ति पीठ साक्षात शक्तिस्वरुप देविस्थल हुन्दा हुन्दै पनि उपेक्षित र संरक्षण रहित सडकभन्दा छ फिट तल खेतमा रहेको सानू कुवा स्वरुपको अवस्थामा खोबिल्टोको रुपमा देखिन्थियो । त्यस्तै मन्दिरको उत्तर सडक पारी हाल इन्द्र बहादुर शाक्यजीको घरसँगै एउटा इनार र त्यससँगै हात्ती आकारको बज्रबाट निर्मित कलात्मक सानो पानी राख्ने विशेष भाँडो थियो । सो भाँडोमा बतुवा लगायत स्थानियहरूले इनार वाट पानी झिकेर भर्ने गर्थियो अनि सोही भाडोबाट भक्तजनहरूले पानी झिकेर कलङ्की मातालाई जल अभिषेक ( चढाउने ) गर्ने गर्दथियो । कलङ्की मातासँग धार्मिकरुपमा सम्बन्ध रहेको उक्त हात्ती आकारको कलात्मक पानी राख्ने भाँडो सडक बिस्तारमा परि नस्त भएको भन्ने भनाइ छ । 

१९६४ सालमा डिठ्ठा मान बहादुर अधिकारीबाट चढाएको ढलोटका सिंहको दुई मूर्ति, बाइस धार्निको काँचको ठूलो घण्टा, मन्दिर भित्रै काठको खट राखी व्यवस्था गरी राखिएका पितलका बत्ती बाल्ने अरचालिस गोटा ठूलो (दियो) ड्ल्लु समेत अघिनै चोरी भैसकेकाले दाताका नयाँ पुस्ता गोपाल अधिकारीले समेतको प्रयासमा ०५० सालमा नयाँ घण्टाको राखिएकोमा सो घण्टा चर्किएकाले ०७१ सालमा पुन: नयाँ घण्टाको व्यवस्था गरी पुर्खाको कीर्तिलालाई जीवन्त गरी दिएका छन ।

२०५४ सालबाट यस शक्ति पेठको संरक्ष्णका संम्पूर्ण दायित्व बहन गर्न श्रीकलंङ्की मन्दिर संरक्षण तथा समाज सुधार संस्था बिधिवत दर्ता गरी जिम्मा लिएर संस्थाले मन्दिरको संरक्षण मात्र गरेका छैनन बल्खु खोलाको किनारममा एउटा आफ्नै भवन बनाई किरिया पुत्री बस्नेहरूका लागि कोथाको व्यव्स्था गरी संस्थाको नाम अनुसार काम पनि गरी सर्हानीय काम गरेका छन । श्रीकलङ्की मातालाई श्रर्द्वालु भक्तजनहरूले चढाएका बहुमूल्य गरगहणाहरूको छुट्टै लगत बनाई पारदसि र सु व्यवस्थित गरेका छन ।

अष्टमातृका लगायत शक्ति पीठसँग अति संम्बब्ध रहेको यस श्रीकलंकी मन्दिरकै गहनाकौ रुपमा रहिआई श्रध्दालु भक्तजनहरूले पुज्दै आइरहेको अनि कलङ्की माताको किम्बदन्तीसँग समेत जोडिएको देव वृक्ष पिपल बोट काटी मासी सडक बिस्तारको कार्ययोजना गरी भक्तजनहर्को आस्था र विश्वासमामाथि चोट पुर्याउने कार्ययोजना बनाइएको अवस्थामा त्यस्ता योजनाहरू पुनरावलोकन गरी सनातन धर्म, संस्कृति, मठ, मन्दिर लगायत धार्मिक आस्था र विश्वासको संरक्षण गर्नै पर्ने विषयमा राज्यलागायत आम नेपालीको दायित्व नै छ भन्ने तर्फ सबैले मन गर्नु उपयुक्त नै हुनेछ ।

- प्रकाश मानशिल्पकार

www.shilpakarpm.blogspot.com

1
Last edited: 16-Feb-17 05:37 AM
Last edited: 16-Feb-17 05:41 AM
Last edited: 18-Feb-17 11:12 PM
Last edited: 19-Feb-17 12:52 AM
Last edited: 22-Feb-17 05:09 AM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters