[Show all top banners]

kattu tiwari
Replies to this thread:

More by kattu tiwari
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 नेपाली देख्योकि डर लाग्छ
[VIEWED 10805 TIMES]
SAVE! for ease of future access.
Posted on 03-21-22 12:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपालीहरु सङ एक किसिमको फोबिया जस्तो भएको छ। आफ्नो सर्कलभन्दा बाहिरको मान्छेले फ्याट्ट राम्रो संग कुरा गर्न थाल्यो भने "यो मान्छेले जरुर पैसा माग्छ जस्तो लाग्छ '
यो नेपालीहरुसंगको डर कहिले सम्म हुने हो ? येही डरले स्वास्नीको नया गाडी घरमै राखेर थोत्रो क्यम्री चडेर हिड्छु तै पनि समस्या उस्तै छ । गरिब देखिन होमलेस जस्तै देखिनु पर्ने हो ?
 
Posted on 03-21-22 1:07 PM     [Snapshot: 22]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

तिवारी ब्रोलाई घच्ची जबाफ दिन मन लाग्यो |
आफ्नै कुरा एक धागो पछि अर्को धागोमा पुगेर कुरा जुध्छन तल्लो तहमा पुगेर भन्ने हो भने पानीमा पाधे जस्ता कुरा भन्दा फरक पर्दैन | पुरानो क्याम्री मा तेल छानेर कारमा हाले नै अपत्यारिला कुरा सुन्नु पर्यो जसले कार बिसयमा कतिको जानकारी छ भन्ने कुरा ऐना झैँ देखाई सक्यो भने पुरानो गाडीमा टर्बो राख्ने कुरा सुन्दा हुटिट्याउले सागर थापेको खोकाइ झैँ नै थियो |
भरखरे मात्र हो बहु सख्यक छ - फिगर कमाउने कुरा संसारलाई भन्दै हिड्ने संग नमागे हामि जस्ता ससंग माग्न आउछन् र ? कसरी सुघ्न पुगे साझाको तिवारी ब्रो, यिनै हुन् भनि चिनेका त्यो पनि नया नया ठाउमा सरेको महिना दिन काटन नपाउदै
? कहिँ छोरा छोरी वा ब्रो बुढि ले फैलाएका त होइनन ?
माग्दैमा डराउनु पर्दैन , सापटी दिएको भए चै डराउनु पर्थ्यो र पर्छ |
ब्रोले ब्रोको बुढिको कारलाई EV बनाउने कुरा कहिले लेख्लान भनि साझा चिहाउने मात्र हैन सुकुल गुण्डा बिछ्याएर बसेको थिए र छु |
बुढा बुढिको भनाइ छ नि " रोटि चिल्ला मिठा , कुरा खस्रा मिठा" मैले यही उखान सम्झदै २ - ४ लाइन कोरेको हु है ? धागो लाइ पनि तन्काउनु पर्यो नि ? होइन र ?


 
Posted on 03-21-22 1:36 PM     [Snapshot: 46]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यम्रीको कुरा चै सहि भन्नु भयो, यो क्यम्रीमा मैले के के प्रयोग गरिन ? जे गर्दा नि बिग्रिन्न हो, अब हेलिकप्टरबाट फ्याल्न मात्र बाकि छ । प्रबिधि होस् त जपानिज़ । यो बिग्रे पछि अर्को गाडी किन्छु भनेको नबिग्रेनी भयो 45०० मा बिक्रि भयो अब नया गाडी किन्छु , क्यालिफोर्निया सिफ्ट हुने वाला छु ।

स्यालरीको धाक लगायो भन्नु भयो , म त अन्डरपेड हो । मैले ७ ८ वर्ष मेरो छेत्रमा काम गरेर पनि भक्खर २०० K + gross गरेको छु , मेरी स्वास्नी 5 महिने IT तयारी ( you tube सेल्फ learning ) गरेर ८० ९० खाने तयारी मा छे । पहिले पनि २ हप्ते तालिम गरेर ४० ४५ हजार त घर बसी बसी कमाकी हो । कैले कहिँ त यी नक्कली IT वालाको बोलवाला देखेर डाह लाग्छ । तर फेरी सोच्छु , म जस्तो मान्छे के यी नक्कली engineer संग तुलना गर्नु । मलाइ त जुनै फर्मा कम्पनिले " हजुर हाम्रोमा आइदिनु पर्यो " भनेर कुरेर बसेका हुन्छन, अपबाद बाहेक यी IT वालाको न जागिरको टुंगो न रोजगारीको सुनिस्चितता ।

सापटीको कुरामा चै म अलि नरम छु , कसैले माग्यो भने नाइँ भन्ने नसक्ने तेइ भएर ३ ४ ठाउँमा फसेको छु, मेरो डरको कारण पनि येही हो । फेरी सापटी मागेर मलाई आज सम्म कसैले आफै फर्काको याद छैन , डरको कारण यो पनि होला
 
Posted on 03-21-22 2:24 PM     [Snapshot: 96]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फलानो लाई झैँ ब्रोका बा ले कुनै बेला " छोरा कसैलाई रुपैया पैसा नदिनु है , फर्केर आउदैन" भन्नु भएको थियो कि ?

फेरी सोध्नु होला तिनका बा चिना वा हात हेर्न जान्ने थिए वा उनका चिना देखाएको बेला गुरुले भनेका हुन् ? किन कसरि र कसले तिर नजाउ अनि यो उखान पढौ " आम खाने से मतलब है या पेड गिन्ने पर " ठ्याक्कै चै मिलेन कि क्याहो ?

 
Posted on 03-02-23 11:10 AM     [Snapshot: 2278]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tiwaari ब्रो : तिम्रो बुढीको Camry मा Turbo हाल्यौ कि हालेनौ ? कि एक चोटि शोरुम बाट किनेको गाडि थला नबसे सम्म गुडाउने हो मा पर्यौ ? साझा छिर्दा कहाली लाग्छ भन्ने redneki अमेरिकन हुन् पुगेकोले माया गरि "थोत्रे गाडी नचलाउ मरौला " भदै एउटा भिडियो तासेको थियो , पढ़न भ्यायौ को भ्याएनौ ? हैन तिमि त त्यो ढिकुटि को पैसा लिएर बोलिभिया हुदै अमेरिका छिर्ने लाइ पनि माथ गर्ने कैया को पनि गुरु निक्लियौ | २००५ को Camry लाइ ४५०० मा बेचेको कुरा त्यो DhukuTe ले सुन्यो भने मुर्छा पर्ने भो ? अहिले ब्रिटेन मा काक्रो , टमाटर हरु हामि स्कुल जादा चिनीमा रासन गरे झैँ गरेको छ | अण्डा महगो भो भन्दै साझामा रुवा बास्सी गर्नेले F10 किनेको छु भनि गफ दिन्छ | किन्यो होला सक्कली होइन Toy स्टोर बाट किनेर ल्याएर सयां कक्षमै सजाएर राखेको होला ?

जे गर्दा नि बिग्रिन्न हो, अब हेलिकप्टरबाट फ्याल्न मात्र बाकि छ । प्रबिधि होस् त जपानिज़ | यसरी फ्याल्ने हो भने ढुकुटेको घर अघि लगेर राखी देउ है | उसले बा आमालाई पठाई दिन्छ |
होइन क्यालिफोनिया शिफ्ट हुन्छु भन्थ्योऊ तेता होईन नेपाल नै शिफ्ट भयौ कि क्या हो ? अर्को गाडी किन्दा ( EV कार जो तरकारी किन्न जाने साइकल झैँ हो रे ) Highlander, Volvo suv,Acura MDX or RDX, Pilot, Range Rover, Mitsubishi Montero, तिर आखा लगाउ | जापानिज प्रबिधि को फ्यान ले Highlander नै किन्दा बेस होला , नया नया अमेरिकी छिर्नेहरु अमेरिकन हुने दौडमा FORD ट्रक चड्ने सल्लाह र साना गाडि चड्ने अपराधि नै हुन् भन्न पछि नपर्ने विद्वान लाइ के उपाधि दिदा ठिक होला ? नेपाल पुगेका होउ भने नेपालमा भएका कारलाई EV बनाउने ब्यबसाय सुरु गर |




 
Posted on 03-02-23 5:39 PM     [Snapshot: 2416]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोगन , त्यो गाडी मैले बेचे नि ६ हजाराँ । खासाँ म क्याली मुभ गर्नु पर्ने भएकोले त्यो गाडी बेच्नु पर्ने भयो । याकचुल्ली म एकदमै मित्ब्याई मान्छे हो र अर्को १० वर्ष तेही गाडी चलाउने योजनाँ थिए तर नया कम्पनिले मलाई move in +sign in बोनस गरेर ४ ० हजार दिने भयो तेही पैसाले हौसिएर मैले त्यो पुरानो गाडी बचेर जिन्दगिमा पहिलो पल्ट नया lx600 किन्दो भए । ४०० k मा घर पनि बेचे अनि पोको पुन्तुनो बोकेर क्याली चल्दो भएँ ।

क्याली पुगे पछि आफ्नो प्रोजेक्टेड खर्च र वास्तविक खर्च अलि मेल खाएन । ४० हजार बोनसाँ ट्यास् र ४०१ कटाएर जम्मा २८ हजार आयो, तेस्मा १५ हजार मुभर ट्रकलाइ दिनु पर्यो । बाँकी रह्यो १३ हजार , त्यो १३ हजाराँ ८ हजार ( डिपोजिट सहित ) रेन्टाँ खर्च भयो अनि बाँकी रह्यो फेरी तेही ५ K । ५ हजाराँ कस्तो गाडी आयो होला आफै विचार गर्नुस । त्यो बेलाँ गाडीको भाउ आकासिएको थियो तेसैले त्यो ५ मा अर्को ५ थपेर २०१२ को prius किने ।
 
Posted on 03-02-23 8:48 PM     [Snapshot: 2495]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रियस जस्ता गाडि चलाउनु अपराध हो र चलाउने अपराधि हो भन्ने मान्छे हरु छिरेका छन् | अमेरिकामा बसे पछि अमेरिकन हुन नजान्नेहरु . F10 किन्ने र एउटा राइफल पनि राखेर हिडे पछि पो हुईञ्छ त नेपारिकन | २०११ को 80K को किनेको छु | Prius ठोक ठाक गर्न सजिलो रहेछ | एउटा ठिटोले जबर्जस्ति बाटो क्रस गरको हुनाले ब्रेक slam गर्नु परेको थियो तेस पछि Knocking साउण्ड आए पछि Intake manifold खोलेर PVC Valve फेरी दिए, pickup राम्रो भएको छ र मईलेज घटेको थियो पनि अलिकति बढ्यो | हुनलाई चै Exhaust Pipe मा केहि अड्किएर बसेको कारण knocking sound आएको रहेछ |
ब्रो मितव्ययी को पनि मितव्ययी हो , तेल छानेर फेरी हाले भन्ने ब्रो नै होइन ? मैले चै पत्याएको होइन र छुईन है |

डराई डराई कमेण्ट देखि धागो कोर्नु पर्छ | ब्रो लाइ सम्झदै २००५ को Camry सम्झदै २००० मा बेचेर २०११ को Prius किने भनेर धागो कोरेको थिये एउटा  मुर्धो लाइ काउसो लागे झैँ भयो र भएको छ | जाठो जहिले पनि १९९५ को Camry भन्दै बस्छ लाग्छ यसलाई गणित नै पढाएनन | यसको गन गन सुन्दा झड्केलो सालोले देखि सहन नसकेको हो कि जस्तो पनि लाग्छ | हुदा हुदा एउटा मात्र होईन एस्ले नै नया खाता खोलेको होकी नया नया झड्केको साला हरु जन्मिएका हुन् छुट्याउन गाह्रो भएको छ |
Last edited: 06-Mar-23 04:42 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters