[Show all top banners]

mero_nam

More by mero_nam
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 what's going on?
[VIEWED 5173 TIMES]
SAVE! for ease of future access.
Posted on 09-04-06 3:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Who is INCHARGE of NEPAL? How can SPA Govt look on helplessly to this? What is use of House of Representative? What the ... is Home Minister and Defence Minister doing? If they can't control this country why don't they hand over to MBs (anyway they are taking forcefully and this stupid govt is just watching???)

माओवादीद्वारा सुदूरपश्चिमका सरकारी कर संकलन ठेक्का बदर भएको घोषणा

९ वटै जिल्लामा माओवादीले आफै कर संकलन गर्ने
सोमबार, ०४ सेप्टेम्बर २००६ ११:४२

नेकपा माओवादीको सेती महाकाली स्वायत्त गणतन्त्रले जिविस र नगरपालिकाले गरेका ठेक्का पट्टाहरु खारेज गरेको घोषणा गर्दै अबदेखि माओवादी सत्ताले कर उठाउने बताएको छ।
माओवादीले सो घोषणासँगै ठेकेदारहरुलाई नयाँ ठेक्का पट्टाहरुमा सम्झौता गर्न समेत आव्हान गरेको बताएको छ। निकासी तथा पैठारी गरिने ५३ वटा बस्तुहरुमा कर लगाउने निर्णय गर्दै माओवादीले महेन्द्रराजमार्गको चिसापानीमा मुख्य व्यारियल समेत स्थापना गरेको छ।

माओवादीको क्षेत्रीय व्यूरो कार्यालय अत्तरियाले शुक्रबार सुदूरपश्चिमका नौ वटै जिल्लाहरुलाई निर्देशन दिँदै स्थानीयरुपमा लिइँदै आएको सम्पूर्ण शुल्क पार्टी सत्तालाई उठाउन भनेको छ।

यसैगरी माओवादीले जिविस, नगरपालिका र गाविसले गर्दै आईरहेको विकास निर्माणका कामहरु रोक्न पनि आफ्ना मातहतका कमिटीलाई निर्देशन दिएको छ। राजनैतिक निकास नभएसम्म विकास निर्माण गर्न नदिईने माओवादीले बताएको छ। सरकारले दिनप्रतिदिन बद्मासी गर्दै आईरहेकाले आफूहरु कडा कदम चाल्न बाध्य भएको माओवादी नेताहरुले बताएका छन्।

यसैबीच नेकपा माओवादीले शुक्रबार बिहान कञ्चनपुरको गड्डाचौकी भन्सार पूर्वपट्टी रहेको जिविस कर संकलन व्यारियलबाट कर ठेली जफत गरी लगेको छ। माओवादी कार्यकर्ताले जिविसका नयाँ र पुराना ठेली लगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

माओवादीहरुले अवदेखि सो ठाउँमा कर संकलन नगर्न चेतावनी समेत दिएका छन्। माओवादी श्रोतले दिएको जानकारी अनुसार जिविसको कर संकलन ठेक्का नलिन ठेकेदारलाई पूर्व जानकारी दिँदादिँदै वेवास्ता गरेकोले आफूहरुले ठेली जफत गरेको जनाएको छ। गड्डाचौकी नाकामा जिविसको कर संकलन ठेक्का लिएका ठेकेदार शम्भु चन्दलाई अव उपरान्त कर संकलन नगर्न माओवादी कार्यकर्ताहरुले चेतावनी दिएका छन्। माओवादीले यस अघि कञ्चनपुरकै दैजीमा समेत जिविसको कर संकलन ठेली जफत गरेका थिए।

- कर्ण बोहरा
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters