[Show all top banners]

sano_kanchha
Replies to this thread:

More by sano_kanchha
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 यसरी भएछन् ज्ञानेन्द्र भुपित
[VIEWED 5698 TIMES]
SAVE! for ease of future access.
Posted on 02-26-07 6:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आजको सोमवार फेरी स्वतन्त्रताप्रेमि नेपालीका लागि एक गुलियो खवर बोकेर आएको छ । भुपतिका रुपमा परिचित गरिव नेपालीका धनि राजाका रुपमा रहेका राजा ज्ञानेन्द्रले राजा भएपछि पाएको सम्पत्ति राष्ट्रियकरण गर्न र स्वर्गिय राजा विरेन्द्र र उनका परिवारको नाममा रहेको सम्पत्ति ट्रष्ट बनाएर राख्नका लागि आज सरकारले समिति गठन गरेको छ । समितिका होनाहार महानुभावहरुमा लिडर गोपालमान श्रेष्ठ उनका सहयोगिहरुमा एमालेका मन्त्री धर्मनाथ शाह र कांग्रेसी मन्त्री दिलेन्द्रप्रसाद वडु छन् ।

यस अगाडि राजाको सम्पत्ति कहां कत्ति रहेछ भनेर दुइ कम्रेडहरुले ज्यान फालेर खोजेका थिए । एक थिए सार्वजनिक लेखा समितिका संयोजक चित्रबहादुर केसि अनी अर्का प्राकृतिक स्रोत साधन समितिका संयोजक प्रकाश ज्वाला ।

केसिले दरवारलाई चारवटा पत्र पठाउने बाहेक अन्य केही गर्न सकेनन् । तर ज्यावालाले भने ज्वालारुप नै धारण गरेर कमसेकम ४३ जिल्लाको विवरण जनताका माझ ल्याइदिएका थिए ।त्यो बेला नै जनताले थाहा पाए ज्ञानेन्द कत्तिका धनि रहेछन् भनेर ।
Newakot Darbar
अहिले पुन मन्त्रीपरिषद्को निर्णयवाट चुनिएका तीनजनाको राजनीतिक हुत्ति हेर्ने हो भने केही गरेर खालान् भनेजस्तो मलाइ लाग्दैन । वडु कुरो बढि काम कम गर्ने ब्यक्तित्वका रुपमा परिचित छन्। शाहको बारेमा कमेन्ट नगरौ मैले त्यत्तिको संगल गर्न पाएको छैन । अनी श्रेष्ठको हुति पनि त्यही नै हो । त्यसैले उनीहरुले एक महिनामा केही गर्लान् भन्ने मैलेचांही आश गरेको छैन ।

Hanumandhoka Darbar

दरवारको सम्पत्तिको खोजि गर्नु भनेको पहाड खन्नु बराबर हो । अहिलेको सरकारले विदेशमा राखेको को त के कुरा यही नेपालमा रहेको राजाको सम्पत्तिको विवरण तयार पार्न सक्यो भनेपनि त्यो ठुलो उपलब्धीको रुपमा हेर्नुपर्छ नै ।

आज मन्त्रीपरिषद्को निर्णय सुनेपछि दरवारको सम्पत्तिको विवरण खोज्दै पत्रिका मार्फत सार्वजनिक गर्न माहिर पत्रकार सुर्य थापासंग सम्पर्क राखेको थिए । उनले त ठाडै सरकारले फेरी अर्को नाटक गरेको टिप्पणि पो गर्छन् ।

अहिलेको ज्ञानेन्द्र कत्तिका धुर्त रहेछन् भने उनले हिजोको दिनमा राज्यले पाइसकेको दुइवटा दरवार समेत आफ्नो नाममा पारिसकेका रहेछन् । एउटा हो गोरखा दरवार अनी अर्को काठमाडौंको हनुमान दरवार ।

पहिला गोरखा दरवार गोरखा दरवार विकास समितिको नाममा थियो अहिले ज्ञानेन्द्रको नाममा छ अनी हनुमानढोका दरवार क्षेत्र पुरातत्व विभागको मातहतामा रहेको भएपनि अहिले त्यो ज्ञानेन्द्रको नाममा नै सरेको छ रे ।

Gokarna Golf resort
अहिलेसम्म ज्ञानेन्द्रमाथि दाइको खलम मारेर राजा भएको आरोप लागि नै रहेको छ । जेठ १९ २०५८ को नारायणहिटी रक्तकाण्डसंगै ३५ रोपनीवाट एकाएक ६२ हजार रोपनी जग्गाको मालिन बन्न पुगेका ज्ञानेन्द्रको चाला हेर्दा उनीमाथि लागेको दाइमाराको आरोप त्यसै हो भन्ने आधार छैन ।

राजा हुनु अगाडि काठमाडौंको महाराजगन्जमा रहेको निर्मल निवासले चर्चेको ३५ रोपनी जग्गामात्र ज्ञानेन्द्रको नाममा थियो । दरवारहत्याकाण्ड पछि त उनी मुलुकभरका गरी करिव ६२ हजार रोपनीका मालिक त बने नै नेपालका देखिएको केही व्यावापारिक फर्ममा रहेको उनको लगानी नै करिव १५ अर्ब छ रे ।

अहिले विरेन्द्रको नाममा केवल काठमाडौंको गोकर्णमा रहेको ३२ सय रोपनी मात्र हो रे । त्यो पनि गल्फ रिसोर्टका लागि िसंगापुरको कम्पनिलाइ मासिक एक करोडमा भाडा दिएकाले नामसारी गर्न नसकेको रहेछन् । त्यो बाहेक विरेन्द्र र उनका परिवारको सबै सम्पत्ति ज्ञानेन्द्र र उनको परिवारको नाममा सरिसकेको विवरण यस अगाडि नै सार्वजनिक भएको हो ।

अझ त्यो नारायणहिटी दरवारको पनि कहानी राम्रै रहेछ । त्यो २०२४ सालमा पाचायतका पिता राजा महेन्द्रले सरकारलाइ नौ करोडमा विकि्र गरेका थिए रे । तर अहिले त्यो पनि श्री ५ महाराजधिराजको नाममा लालपुर्जा छ रे ।

यस्तो अवस्थामा श्रेष्ठ समितिले कसरी काम गर्ने हो त्यो हेर्न लायक नै हुनेछ । ज्ञानेन्द्रको नामको कत्ति सम्पत्ति राष्ट्रियकरणमा पर्ने हो अनी कत्तिचांही विरेन्द्रको सम्प्पत्तिको ट्रष्ट बन्ने हो त्यो सबैको कौतुहलताको कुरा हुने नै भयो । भनिन्छ स्वदेशमा भन्दा ज्ञानेन्द्रको सम्पत्ति विदेशमा नै बढि छ । त्यो मात्र हैन स्वर्यि रानी ऐश्वर्याको नाममा स्वीस बैंकका अर्बौको सम्पत्ति रहेको पनि चर्चा चलेको हो । यो पनि हेरौ के के हुन्छ ।

copy from hamroblog
 
Posted on 02-27-07 12:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

raja ko sampati ani tyo gopalman ko pani rastriyakaran garnuparcha. power ko bhar ma gopalman le afno ghar nepal bhdhuit pradhikaran lai(kaligandaki A) barsau samma bahal ba lagayara dhutnu dhuteko cha. petrol pump, atha sampati. tyes ko pani raja ko bhanda kam china. testa le payo bhane 10-20 lakh ma kam kura milau chan.
let all the mps and ministers, if they wanna rule the country and remain in power, nationalize their properties first.
raja ko pani garnai parcha. raja ko ani aru bardar haru ko pani ....
and we should make sure these ruling people wont have any chance to smell the nationalized properties
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ICE kidnapping people off the streets over op eds
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters