[Show all top banners]

SateLite
Replies to this thread:

More by SateLite
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

ThahaChaena
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 एउटा violent दशैंको सम्झना-....a story
[VIEWED 7743 TIMES]
SAVE! for ease of future access.
Posted on 07-18-07 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झमक्कै साँझ त परिसकेको थियन तर सुर्य अस्ताउने तयारिमा थियो !म कालोपुलबाट माथि निस्केर गौशाला निस्कने एउटा पैदल मार्गमा एकसुरले MP3मा song सुन्दै बिस्तारै हिंडिरहेको थियँ,mood केहि off थियो कारण बालुवाटार,जहाँ म मामाको घरमा बस्थें,दिनभरिको दौडादौडबाट फर्कियर मामाको छोरा,जो यतिबेला कुनै अर्कै देशमा थिय उनको बाइक ढोकाभित्र पार्क गरेर माथि उक्लेको थियँ !मामाले निशुल्क उपदेशको अर्को Part शुरु गर्नुभयको थियो,जस्मा अलिकति आक्रोशपनि मिसियको थियो आज !नेपालि सिने क्षेत्रका बिसंगतिका बारेमा प्रतिबेदन नै तयार पारेर बस्नुभयको रहेछ, म पुगेर सोफामा के बसेको थियँ,on हुनुभयको थियो, सुनिरहें...सुनिरहें सधै जस्तै...उहाँलाइ off गर्ने कुनै प्रयाश नगरि !आज अलिक Doze बढि नै दिनुभयको रहेछ,बस्न मन लागेन !कहिलेकाँहि सारै भन्दा म एक्-दुइदिन घरमा बस्न छोडेर बानेश्वर साथिहरुकहाँ गयर बस्थेँ,अनि ठिक ठाँउमा आयपछिजान्थेँ !
आज पनि कुनै यस्तै दिन थियो...! माइजुले रोक्नु हुँदा-हुँदै म बाहिरियको थियँ !थाकेको थियँ..कारण धुलिखेलबाट फर्कियको थियँ अघिभर्खर !धुलिखेलमा रहेको Mirable Resort मा दिनभरिमा केहि shot हरु लिइयका थिय अनि घाम नलागेकोले गितको Outdoor shooting क्यान्सिल भयको थियो !घरबाट बालुवाटार चोकमा निस्केर'City Heart Resturant'मा छिरेँ !केहि मान्छेहरु खाइ-पिइरहेका थिय !अब हाम्रो नेपालमा प्रजातन्त्रको अर्थ जतिबेलापनि पिउनपाइनेसम्ममा त सिमित भयको थियो !मैलेपनि एउटा'टुबोर्ग' खन्यायँ सिसाको गिलासमा अनि त्यहि सिनित्तै पारेर मामाको कुरापनि निलेँ!एउट बियर पियर बाहिरिने सोँचमा पसेको थियँ !कस्ति छुचि साहुनि रहिछिनभने,पिउन नपाँउदै-'अरु के ल्याँउ'अरु के ल्याँउ' भनेर सोधेरै हैरान पारिन !आफुले पाँचपल्ट भनेर गयपछि फेरि वेटर केटालाइ पठाइन सोध्न-'दाजु के ल्याम?'......मलाइ नि झोंक चल्यो अनि सोधेँ- के ल्याउछौ ?
'जे भन्नुहुन्छ,यहाँ सबै पाइन्छ 'केटोले एकैसासमा भन्यो-मलाइ कसैले एकदम force गर्यो भने foo बनायझैं लाग्ने एउटा पुरानो बानि थियो,अनि रिस उठ्यो !' 'ओ के जाउ एकप्लेट सुँगुरको मम लियर आउ'अनि उ जिल्ल पर्यो किनकि मलाइ थाहा थियो त्यहाँ त्यो छैन भन्ने !अनि 'त्यो त छैन'भन्दै अरु भन्न लाग्दै थियो ,मैले गिलास घाँटिबाट तलझार्दै,हातैले जानभनेपछि,उ थियन त्यहाँ !येसो टाउको फर्कायर हेरेको पर कुनाकोलाइ सताउन पुगेको रहेछ !Customer को care गर्नु त राम्रै हो तर over care ले पनि बिताँउदोरहेछ !'चिकन चिल्लिको'पिससँग अन्तिम गिलास घुटुक्क पार्न नपाउदै, फेरि प्रकट भयो त्यो केटा- दाजु के ल्याँउ? चिसो बियर कि ? सारै चिसो छ !


ओहो यो रुघा-खोकिले त सोधेरै सतायो बा ,अब त उस्लाइ हेरेर हाँसो लाग्न थालेको थियो !म अलिअलि हासेको देखेर- फेरि सोध्यो- के ल्याम दाजु ?
'ल ल्याउ यार बुढानिलकण्ठ,जे मन लाग्छ ल्याउ,एउटा चिसो बीयर अनि एउटा चुरोट ल्याउ'मैले भनेपछि 'Mission success'भन्ने हिसाबले बिलायो उ मेरो अगाडिबाट अनि एक्छिनमा आयो ,एउटा भनेको दुइटा चुरोट लियर अनि बीयरको बोतल हल्लाउदै !अनि म चुरोटको धुवाँ मन नलागेरै उडाउन थाले ! एकछिनपछि म हाँडिगाउका साँघुरा गल्लि हुँदै कतै हिँडिरहेको थियँ !कहाँ अथवा कुन साथिकोमा जाने कुनै निर्णयबिना ! कहिलेकाहि Life मा बिनाउद्देश्य हिड्नुमापनि एउटा रमाइलो हुन्छ ! म भत्केपुलको डिलैडिल भ्रष्टाचारि नेता चिरञ्जिवि वाग्लेको सरकारि निवास हुँदै कालोपुलतिर लम्किरहेको थियँ ! कानमा कुनै गीत बजिरहेको हुनुपर्छ तर त्यता ध्यान थियन न त आफु हिँडिरहेको बाटोमा नै !केहि पर पुगेर म ढुङ्गै-ढुङ्गाले बनाइयको अग्लो सिँढि उक्लेर गौशाला जाने बाटोमा थियँ ,जहाँ केवल पैदलमात्र हिन्थे मान्छेहरु !मोटर लैजान नमिल्ने साँघुरो !दशैं आउन बिस दिनभन्दा बढि नभयकोले काठमाडौको जनसङ्ख्या पातलिसकेको थियो ! Valley बाहिरकाहरु जान शुरु गरिसकेका थिय !

गौशाला धर्मशाला पछाडि सानो जंगलजस्तो थियो त्यसैको आडमा भयको साँघुरो बाटोमा मा म हिंडिरहेको थियँ बिनाउत्साह !हावामा Festivle को रौनक लागिसकेको थियो !डेढमाइलजति हिँडिसक्दा अगिका दुइटा बियरहरु कतै हराइसकेका थिय !गौशालाको अग्लाइबाट बाँकि काठमाडु एउटा बनाउदा-बनाउदै बिग्रियको तस्विर जस्तो कुरुप देखिइरहेको थियो !South Asia को सबैभन्दा Polluted City को रुपमा चर्चामा आयपछि म काठमाडौलाइ'HellCity'सम्झिन थालेकोथियँ अचेल ! जताततै फोहोर अनि मान्छेको चाप ! कतिबेला बुटवल फर्कौँ जस्तो लाग्थ्यो !


**********************************

अचानक कसैको दबाबसहितको हात मेरो पछाडि परेको थियो !काँधमा दुइतिरबाट कसैले समातेको थियो !नजिकैको झाडिका केहि पातहरु अझै हल्लिरहेका थिय !अनि मेरो अगाडि दुइवटा केटा अनि पछाडि सायद एउटा हुनुपर्छ, थियो !केटाहरुलाइ हेरें,मेरै उमेरका थिय- तर ओँठबाट झरिरहेको रयाल र एकोहोरियका आँखाहरु देखेपछि धेरैबेर लागेन चिन्न -मित्रहरु ड्रग्सभक्त थिय भन्ने कुरा ! म पनि धन्नै परिसकेको थियँ ड्रग्समा कुनैबेला !use चाँहि Border नजिकैको City सम्म पुगेर सबै गरेको थियँ ! पहिलैको कुरा थियो यो,SLC ताकाको !

'जे छ निकाल कान्छा' एउटाले बिनाकारण गालामा एक्थप्पड लगायरै भन्यो ! अनि अर्कोले जिन्सको पछिल्लो खल्तिमा हातपुरायर वालेट निकाल्यो !जम्मा तिनसय चानचुन पैसा भेटायपछि,काँधमा समातिरहेको केटा रिसायर एकलात हान्यो' साले पानसयसम्म नि नबोकि यो बाटो हिड्ने तँ' उसको नमिठो लातले म नजिकैको पर्खालमा ठोक्किन पुगेंछु !निधारबाट रगत आयछ ! मेरो बियरको सबै ताल आर्यघाटमा पानि लिन गयको थियो होला सायद,सबै हरायो !मेरो वालेट हुत्याउन थालेको देखेर मैले भने-'हेल्लो त्यसमा मेरो लाइसेन्स छ यार,पैसा लगेपनि त्यो वालेट पाम यार'

अर्को एकजना चाहिं अलि कुल देखिन्थ्यो ड्रगिस्टनै भयपनि, उल्ले भन्यो- 'ओइ बिकासे यो भातेको पर्स दे'तर अर्को डनजस्त बिचमै करायो फेरि - खोइ यता ले त यस्को कात्रो भन्दै !


'के हो बे, लाइसेन्समा त बच्चै देखिन्छस नि मुला भाते'उस्ले मलाइ हेर्दै भन्यो !म प्रतिक्रियाबिहिन बसेँ !
'खोइ पर्स पाम त मित्र'मैले भने, निधारको रगत हत्केलाले पुछ्दै !यो बाटोमा यहि कारणले साँझमा मान्छेहरु नहिड्दा रहेछन आफु हिँडियो अनि परियो !
'नदिय के गर्छस ...क कार्कि...मार्छस्" लाइसेन्समा नाम हेर्दै भन्यो उस्ले ब्डो उपेक्षाभावमा !
'सायद हुनसक्छ' मैले रिसको झोंकमा भनें

'हा हा हा....साले,गफ दियो भातेले'अगिसम्म जस्लाइ अलि cool ठानेको थियँ ! उस्ले अर्कोको हातबाट पर्स थुतेर ,लाइसेन्स हातमा लियर दुइटुक्रा पार्यो..अनि पर्स हुत्यायो झाडितिर !लाइसेन्सको लेमिनेशन प्लास्टिक एकातिर अनि कागज एकातिर हावामा उडिरहेका थिय !के गर्ने के नगर्ने..अवस्थामा पुग्यो मन !एकमनले सोच्यो- 'सकियला कि नाँइ तिनजनालाइ, सकिय त ठिकै छ नत्र मार्छन सालाहरुले' अर्को मन ले भन्यो'hya..कि मर कि मार साला डरपोक,आफैले आफैलाइ कायर देख्नुजति अभिसाप अरु हुँदैन होला !ओ के....here we go
नजिकै रहेको cool चाँहिलाइ मैले ,एकै'punch'हानें तर right hand side को कानको मुन्तिर !जे सोचेर हानेको थियँ त्यहि भयो, थोरै blood को थोपासहित उ भुँइमा घोप्टियो !कुनबेला-कहाँ-कसरि आत्मरक्षाका निम्ति हान्नुपर्छ भन्ने basic knowledge त मलाइ थियो तर सिनेमाको नायकले झैं ग्रुपफाइट गर्ने कला थियन !अब कि मर्ने कि सिध्याउने भनेरै लागेपछि त केहि गर्नै पर्यो !बाँकि दुबैजना रिसले पोजिसनमा आइसकेका थिय !
'साले तँ आज मरिस..भन तेरो अन्तिम इक्ष्या'ठुलोचाँहि रिसमा हात घुमाउदै करायो, उसको हल्का हात चलाइबाटै मैले बुझें, उ पनि कराँते या तेक्वान्दो एउटाको त पक्कै जानकारि भयको मान्छे हो भनेर atleast basic !टोपेहरुलाइ कसो नसकियला र भनेर एकछिन घम्साघम्सि पर्यो !ठुलोचाहिले हानेको punch मेरो face को अघिल्तिर लागेर कडा पिडा दियो,प्रतिउत्तरमा मैले नाइटोनिर दियको सानो स्पर्सले उस्लाइ भुँइमा पुग्न सहयोग त गर्यो तर पछाडिबाट अर्को दुर्योधनले Paper काट्ने कैंचि ले पेट ताकेर हानेको थोरै अन्तरले दाहिने पाखुरामा गढेर कानसम्म पुगेछ...यो अति Unexpected प्रहार थियो अनि म कुनै हिरो पनि थिइन..अथाह पिडाले छट्पटिदै म ढलेँ..गन्द्रम्म धुले भुँइमा !यो दुखाइ सहन नसक्ने किसिमको थियो..उसले अर्को प्रहार छातिमा गर्नुपुर्ब मैले कैंचि समात्न सकेँ..अनि हावामा हुर्याँय कतै टाढा... झाडिमा खसेछ कतै..हल्का आवाजसहित !उनिहरुसँग अरु हतियार त रहेनछ र भयको कैंचि पनि हराइसकेको थियो तर अगिका घायलहरु उठिसकेका थिय..म निरिह भुँइमा थियँ ..एउटाले Face ताकेर हानेको लातको बदलामा मैले अन्तिम प्रहार उस्को दुइटै खुटटा लाइ छड्केहानेर नराम्ररि भुँइमा खसाल्न त सफल भयको थियँ...सायद अति पिडाले उ कराउदै थियो एक्छिनसम्म..अनि शान्त भयो, या मर्यो..या बेहोश तर अब मेरो पालो थियो खाने, मसँग कुनै option थियन !मैले थाहा पाउञ्जेल उनिहरुले लात बर्षाइरहेका थिय..मैले सुनेको अन्तिम बाक्य-उनिहरुमध्ये एउटाले अर्कोलाइ..'जा साले माने ..अलिकति ढुङ्गा लियर आइज परबाट..यो***को बाहनको आज यँहि काजक्रिया गर्नुपर्छ !अनि मैले केहि पर केहि मान्छे गुन्गुनायको सुने बिस्तारै..उनिहरु नै थिय या अरु कोहि पैदल यात्रि थाहा भयन तर ...मैले मेरो अन्त्य यस्तो रहेछ भनेर लामो सास फेरेको..नाकमुखभरि धुलो छरियो..रगतमाथि धुलोले गर्दा हिलोजस्तो भयको थियो सायद !एउटा चर्को..प्रहार ढाडमा परेपछि..मैले केहि थाहा पाइन !अगि गुन्गुनाइरहेका केहि अपरिचित स्वरहरि नजिकियको बाहेक !!!!!


*****************************************************
दशैको पुर्वसन्ध्यामा म नौ दिनको हस्पिटलबसाइ सकेर...बुटवल घरमा थियँ !कमजोर अनि शिथिल मनश्थिति सँगै कौसिको कुर्सिमा बसेर...पाखुरामा बाँधियको कडा Bandage हेर्दै !एउटा सानो घटनाले दुइ महिनासम्म बर्तमानबाट धेरै पर पुर्यायको थियो,कमजोर अनि चुपचाप मान्छेमा परिणत गरेर !
त्यो दसैं अनि त्यो तिहार...बिना-उत्साह बितेको थियो घरमा !पुरै घरमा एउटा सन्नाटा लियर आयको त्यो दशैं..2003 को थियो !यो दसैंको पुर्वसन्ध्यामा फेरि तेहि बर्ष सम्झना आइरहेको छ !सायद ति गुन्गुनाइरहेका अपरिचित स्वरहरुले Teaching Hospital पुरयायको हुनुपर्छ !कहियै भेट भयन ति स्वरहरुसम्ग अनि मनबाटै Thank you भन्ने एउटा सपना अधुरै रह्यो..ति Beautyful Stranger हरुलाइ !


******* The End*****
 
Posted on 07-18-07 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nice story . thanks for sharing
 
Posted on 07-18-07 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nice one................
 
Posted on 07-18-07 5:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nice one,
Good presentation. The way you described the situation is spectacular. I can imagine my self Observing "गौशालाको अग्लाइबाट बाँकि काठमाडु एउटा बनाउदा-बनाउदै बिग्रियको तस्विर जस्तो कुरुप देखिइरहेको थियो"
...Lot better than hundreds of Nepali Movies (scripts)
Keep up the good work...
 
Posted on 07-18-07 5:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bro are you from Butwal?

I am from butwal kya
 
Posted on 07-18-07 5:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters