[Show all top banners]

raitii
Replies to this thread:

More by raitii
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 भोट नदिएको आरोपमा दलित परिवारलाई खानेपानी बन्देज
[VIEWED 5896 TIMES]
SAVE! for ease of future access.
Posted on 04-25-08 3:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बझाङ, १३ वैशाख
संविधानसभा चुनावमा आफूले भनेको दललाई मत नदिएको आरोपमा कथित उपल्लो जातका एक परिवारले दलितलाई खानेपानीबाट वञ्चित गरेको छ । सदरमुकामसँग जोडिएको हेमन्तवाडा गाविस-६ का नवराज विष्टको परिवारले वडा नम्बर ४ र ५ का करिब ५० घर दलित परिवारलाई खानेपानीबाट वञ्चित गराएका हुन् । कांग्रेसको चुनाव चिह्न रूखमा मतदान नगरेको भन्दै घरनजिकैको सार्वजनिक धाराको पानी प्रयोगबाट वञ्चित गरिएको पीडितले बताएका छन् । पीडित गणेश ओडले संविधानसभा चुनावको दिनदेखि आफूहरूले गाउँको धाराबाट पानी ल्याउन नपाएको बताए । विष्ट परिवारले दलितलाई धारा आफ्नो भएको भन्दै पानी भर्न बन्देज लगाएको उनको आरोप छ ।

'मैले भनेको चिह्नमा भोट नदिने तिमी डुमले मेरो धारामा पानी भर्न पाउँदैनौं,' विष्ट परिवारले गाली बेइज्जती गरेको बताउँदै ओडले भने, 'पानी भर्न धारामा गएको थिएँ, मेरो धारामा किन पानी लिन आउँछौं ? भनी पानी भरेको गाग्रीमा लात्तीले हानेर फालिदिए ।' विष्ट परिवारले 'जुन पार्टीलाई भोट दिएका थियौ, उनीहरूकोमा गएर पानी ल्याऊ' भनी दलितलाई फर्काइएको पनि पीडितले बताए । जिल्ल्ाा विकास समितिको आर्थिक सहयोगमा ०६२ सालमा निर्माण भएको सो धारामा पानी बगिरहेको छ । स्थानीय दलित परिवारले भने करिब दुई घन्टा टाढाबाट पानी बोकेर ल्याउने गरेका छन् । खानेपानीबाट बन्देज गरेपछि गाविस कार्यालयमा जानकारी गराउँदा सुनुवाइ नभएको दलितको गुनासो छ ।

एमालेबाट समानुपातिक सूचीमा नाम समावेश गरिएका तथा सोही गाविस-५ का अफिलाल ओखेडाले घटनाबारे विभिन्न निकायमा खबर गरे पनि सुनुवाइ नभएको बताए । विष्टको परिवारले धारा निजी भएको बताउँदै कसैलाई पानी नदिने अडान लिएका छन् । दलितले भने आफूहरूलाई मात्र बन्देज गरिएको बताए ।

Source: Nayapatrika daily

 


 
Posted on 04-25-08 4:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This is not  even a news. Looks like two neighbours finghting over some disagreement.
Last edited: 25-Apr-08 04:20 PM

 
Posted on 04-25-08 4:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

The following sentences clearly mention whether it's the neighbors' dispute or the CRIME:

कांग्रेसको चुनाव चिह्न रूखमा मतदान नगरेको भन्दै घरनजिकैको सार्वजनिक धाराको पानी प्रयोगबाट वञ्चित गरिएको पीडितले बताएका छन् ।

जिल्ल्ाा विकास समितिको आर्थिक सहयोगमा ०६२ सालमा निर्माण भएको सो धारामा पानी बगिरहेको छ ।


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters