[Show all top banners]

amricane
Replies to this thread:

More by amricane
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 कल्ले भन्छ हामी नेपाली गरीब भनेर
[VIEWED 12808 TIMES]
SAVE! for ease of future access.
Posted on 11-20-09 8:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुजाताको दैनिक खर्च ३ लाखभन्दा बढी


प्रेसेडेन्सियल स्वीटमा बस्छिन्, भाडामा लेमोजिन कार चढ्छिन्-
बलराम बानियाँ, काठमाडौं मंसिर ६ -आफ्ना पिता कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको उपचारमा सहयोग गर्न गएकी उपपप्रधान एवं परराष्ट्रमन्त्री सुजाताले सिंगापुरमा विलासी दिनचर्या बिताउन थालेकी छन्।
स्रोतका अनुसार उनी एक सातादेखि पिताको उपचारमा सहयोग गर्नभन्दा विलासी होटल, कार र खानपानमा रमाइरहेकी छन्। कोइरालासँग गएका उनका निजी चिकित्सकद्वय मनबहादुर केसी र जिजुनाथ पोखरेल, भतिजा शेखर कोइराला, स्वकीयसचिव शेखर थापा र निजी सुरक्षाकर्मी महेन्द्र मरासिनी आफैंले खोजेर सामान्य होटलमा बस्दै आएका छन्। सिंगापुरमा उनीहरूको यातायात खर्चसमेत सामान्य छ।
कोइरालाकी छोरी सुजाता भने 'उपप्रधानमन्त्रीलाई स्तरीय होटल चाहिन्छ' भन्दै सिंगापुरको महँगोमध्ये पर्ने डिलक्स होटलमा बस्दै आएकी छन्। उनी डिलक्स होटलको पनि महँगो कक्ष 'प्रेसिडेन्सियल स्वीट' मा बस्दै आएकी छन्।
सुजाता दैनिक १४ सय अमेरिकी डलर (१ लाख ५ हजार रुपैयाँ) पर्ने स्वीटमा बसेको जानकारी परराष्ट्र मन्त्रालयबाट पाएपछि बुधबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री र मन्त्रीहरूले सुरुमा त पत्याउँदै पत्याएनन्। त्यो सत्य भएको थाहा पाएपछि भने उनीहरू झस्किए।


होटलमात्र होइन, सुजाताले भाडामा लिएको कारसमेत अत्यन्त विलासी छ। उनले संसारमै महँगोमध्ये पर्ने लेमोजिन कार भाडामा लिएर चढ्दै आएकी छन्। तत्कालीन राजा ज्ञानेन्द्रले शाहीकालमा रोयल्स रोयस र लेमोजिन कार झिकाउँदा विवादमा परेका थिए। उक्त लेमोजिन कार हाल राष्ट्रपति रामवरण यादवले चढ्छन्।


सुजाताले सात दिनदेखि भाडामा चढिरहेको लेमोजिन कारको दैनिक भाडा २ हजार सिंगापुर डलर (करिब २ लाख रुपैयाँ) छ। उनको अरू खानपानलगायत दैनिक खर्चसमेत महँगो रहेको स्रोत बताउँछ।


प्रचलित नियमअनुसार उपप्रधानमन्त्री र मन्त्रीले विदेश भ्रमणमा जाँदा २ सय ५० दैनिक भ्रमणभत्ता (होटल तथा खाना खर्च) तथा भ्रमण अवधिभरलाई ३ सय अमेरिकी डलर भैपरी खर्च पाउँछन्।


मन्त्रिपरिषद्को बुधबारको बैठकमा परराष्ट्रका तर्फबाट उपपप्रधानमन्त्री सुजाताको होटल, कार र खानाको विलासी बिल सुन्नासाथ सबैजसो मन्त्रीले विरोध गर्दै त्यति ठूलो फजुल खर्च सरकारले कुनै हालतमा बेहोर्न नहुने अडान राखेका थिए।
बैठकमा मन्त्रीहरूले 'उपपप्रधानमन्त्री सुजाता सरकारी ढुकुटीको दुरुपयोग गर्दै सिंगापुर सयर गर्न गएकी हुन् कि पिता सभापति कोइरालाको उपचारमा?' भन्ने प्रश्न गरेका थिए।


मन्त्रीहरूबाट विलासी खर्चको तीव्र विरोध भएपछि मन्त्रिपरिषद् बैठकले सिंगापुर गएका कोइरालाका निजी चिकित्सक र सहयोगीहरूलाई मुलुकको आर्थिक अवस्था हेरेर मितव्ययी खर्च गर्न निर्देशन दिएको छ। मन्त्रिपरिषद्ले कोइरालाको एअर एम्बुलेन्स, उपचार, उनका सबै सहयोगीको आतेजातेसहित सम्पूर्ण खर्च बेहोर्ने निर्णय गर्दै सहयोगीहरूलाई त्यस्तो निर्देशन दिएको जानकारी स्रोतले दिएको छ।


मन्त्रिपरिषद्मा त्यो निर्णय गर्दा पनि उपप्रधानमन्त्रीको खर्च बेहोर्नेबारे मन्त्रीहरू सहमत हुन सकेनन्। मन्त्रिपरिषद्ले उपप्रधानमन्त्रीको विलासी खर्चबाट उत्पन्न समस्या समाधान गर्न प्रधानमन्त्री, अर्थमन्त्री र परराष्ट्रमन्त्रीलाई जिम्मा दिएको छ।


मन्त्रिपरिषद्ले सुजाताको विलासी खर्च नबेहोर्ने निर्णय गरेको जानकारी स्रोतले दिएका छन्। प्रचलित नियमकानुनले उपप्रधानमन्त्रीलाई दिएको सुविधाभन्दा बढी खर्च नबेहोर्ने निर्णय गरेको जानकारीसमेत स्रोतले दिएको छ। मन्त्रिपरिषद्को बुधबारको बैठकले कोइरालाको सम्पूर्ण खर्च बेहोर्ने निर्णय गर्दै पेश्कीस्वरूप २ करोड रुपैयाँ उपलब्ध गराएको छ।


एअर एम्बुलेन्समा राखी उपचार गर्न सिंगापुर लगिएका कोइरालाको प्रायशः सबै स्वास्थ्य परिक्षण सकिएको छ। उनको स्वास्थ्य स्थितिमा धेरै सुधार आइसकेको र आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको जानकारी सहयोगीले दिएका छन्।
सुजाताको जीवनयापन विलासीमात्र छैन, सरकारी ढुकुटीबाट उपहार दिने सवालमा पनि उत्तिकै दानी छन्। उनले भारत, पोर्चुगल र इजिप्ट भ्रमणका क्रममा भेटेका विदेशी समकक्षीलाई ५ लाख २६ हजार रुपैयाँ बराबरका चाँदीका प्लेट उपहार दिएकी थिइन्।


उपहारका प्लेटमा उनले आफ्नो नाम र पद लेख्ने गरेकी छन्। यसअघि नेपाली मन्त्रीहरूले नेपाली परम्परागत पस्मिना, बुद्धको मूर्तिजस्ता नेपाली हस्तकला र कलात्मक सामान उपहार दिने गर्थे। ती सामान सुजाताले दिएका चाँदीका प्लेटभन्दा अत्यन्त सस्तो पर्छन्।


 
Posted on 11-20-09 11:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो बौलाई लाई र करिना बेगम लाई एउटई खाल्टो मा हालेर गाड्नु पर्ने हो |

 
Posted on 11-21-09 12:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kura sun da-
aaahile katnu jasto
aahile khalto ma purnu jasto
aahile jeudo jalau nu jasto
aahile mare diu jasto
aahile nai gauto parnu jasto.......................
                lachar chau sathi hami sabai
                      lachar nepali janata.

 
Posted on 11-21-09 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sara nepali ko pasinako kamai swaha parne yo randi lai ta jhirle ropi ropi marnu parne, ani yo rndi ko pachi lagera thulo bhaag khana khojeka aru mjhi kukur neta harulai chahi tudikhelma lagera jhundyaunu parne...... sala bwasaharu........ ajhai pani yehi randilai pradhan mantri banauchu bhandai hidne chande prachande lagayat ka haru ...thuikka timiharuko buddi...


 
Posted on 11-21-09 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पहिलो कुरा त यो आईमाई सरकारी निकाय बाट भ्रमण मा गएको भए पनि के हो के हो, उस्को बाउको लागि गएको , जर्मनी पैसा खर्च गर्नु पर्ने!
लूटको धन फुपुको स्राद्ध गर्न लाई के को आईतवार ? 

 
Posted on 11-23-09 7:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आकस्मिक उपचारमा सहयोगी बनेर सिंगापुर गएकी सुजाता कोइरालाले गरेको विलासी खर्च गरिब देशका नागरिकमाथि कठोर व्यंग्य हो। सरकार वा राष्ट्र प्रमुखले राजकीय वा औपचारिक भ्रमणमा जाँदा पनि दुईपल्ट सोच्नुपर्ने स्तरको होटलमा बसेर गरेको उनको खर्च कुनै पनि कानुन र प्रचलनबाट स्वीकार्य हुन सक्दैन।
दैनिक १ लाख १० हजार रुपैयाँ पर्ने स्विटमा बसेको जानकारी परराष्ट्र मन्त्रालयबाट पाएपछि बुधबार मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री र मन्त्रीहरूले सुरुमा पत्याउन नसकेको अवस्थाले पनि त्यसै खर्चिलो स्वभावकी सुजाताले सरकारलाई नैतिक संकटमा पारिदिएकी छन्। मन्त्रिपरिषद्ले पूर्व प्रधानमन्त्री कोइरालाको हवाई एम्बुलेन्स, उपचार, उनका सबै सहयोगीको आतेजातेसहित सम्पूर्ण खर्च बेहोर्ने निर्णय गर्दै दुई करोड रूपैयाँको भ्रमण पेस्की स्वीकृत गरेको थियो। मन्त्रीका लागि होटल खर्च र भ्रमण भत्ता बढाउने निर्णय न गरेको थियो, न त अहिले गर्नै सक्छ। तैपनि आफ्नै बिरामी पिताको दीर्घ राजनीतिक जीवनको मानमर्दन हुने गरी सुजाता सिंगापुरकै महँगोे होटलको पनि खर्चालु प्रेसिडेन्सियल स्विटमा बसिन्। र, बाबुको उपचारभन्दा यात्रालाई स्वर्गीय आनन्दमा परिणत गर्न खोजिन्।
गरिब देशको टिठलाग्दो राज्यकोषप्रति सुजाताले गरेको व्यंग्य त्यसमै सीमित थिएन। उनले भाडामा लिएको रोल्स रोयस कम्पनीको लिमोजिन कार संसारका एकसे एक धनी, कुनभन्दा कुन ठूलो कम्पनीका प्रमुख कार्यकारी अधिकृत र हलिउड अभिनेताको जीवनशैली हो। संसारकै महँगो कार भाडामा लिएर दैनिक अढाई लाख रुपैयाँ बराबर अमेरिकी डलर खर्च नेपाल सरकारको टाउकामा हालिदिएकी छन्। ग्य्रान्ड प्रेन्सिडेन्सियल स्विट र रोल्स रोयसको लिमोजिन कार समृद्धि र सम्पन्नताका प्रतीक हुन् जसको बेपर्वाह प्रयोग गरी नेपालकी उपप्रधानमन्त्रीले दिनको असी रुपैयाँ औसत आम्दानी भएका गरिब नागरिकको गालामा थप्पड हानिदिएकी छन्।
विदेश भ्रमणमा नेपाल सरकारको नियम र परम्पराअनुसारको व्यवस्था आफैंमा उच्च छ। प्रचलित नियमअनुसार उपप्रधानमन्त्री र मन्त्रीले विदेश भ्रमणमा जाँदा २ सय ५० अमेरिकी डलर दैनिक भ्रमणभत्ता (होटल तथा खाना खर्च) तथा भ्रमण अवधिभरलाई ३ सय डलर भैपरी खर्च पाउँछन्। उक्त रकमले धेरै देशमा पाँचतारे होटलकै कोठा खर्च धान्न सक्छ। नेपालको आर्थिक हैसियत हेरी त्यसलाई अझ कटौती गर्नेतर्फ सोच्ने जिम्मेवारी सरकारको नेतृत्वको हो। नियममा भएभन्दा झन्डै ६ गुना बढी महँगो होटलको कोठा 'बुक' गर्न लगाएर उनले आफूलाई कानुनभन्दा उच्च सावित गर्न खोजेकी छन्।
विश्वकै सबभन्दा गरिब जनताको बसोबास रहेको देशकी प्रतिनिधिको दैनिक ३ लाख रुपैयाँ खर्च हुने जीवनशैली प्रदर्शन आडम्बर हो। अझ त्यति रकम राज्यको ढुकुटीबाट खर्च गर्ने हो भने त त्यो जनताको आशा, अपेक्षा र विवेकमाथि क्रूर प्रहार हो। यस्तो जीवनशैली अवलम्बन गर्ने सार्वजनिक पदाधिकारी सार्वजनिक बहिष्कारका भागिदार हुन्छन्, सम्मानको होइन।
सुजातालाई सरकारले उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीका रूपमा पठाउनु पनि आफैंमा विडम्बना हो। समकालीन नेपालको शीर्षस्थ राजनीतिक नेताको उपचारका लागि राज्यले हवाई एम्बुलेन्सदेखि सिंगापुरको सुबिधासम्पन्न अस्पतालसम्मको खर्च आलोचनाको विषय भएको छैन। त्यसमा परिवारका अन्य सदस्य, अंगरक्षक, अन्य सहयोगीहरूसहित निजी चिकित्सक समेत गइसकेपछि सुजाताको सहभागिता व्यक्तिगत हुनुपर्ने थियो। राजदूत र दूतावासले आवश्यक सरकारी व्यवस्था गर्ने प्रबन्ध मिलाइसकेपछि मन्त्रीकै आवश्यकता स्वाभाविक मान्न सकिँदैन। तर, उनले नायब शिष्टाचार महापालसमेत आफूसँगै लगेर आफ्नो भ्रमणलाई औपचारिक तुल्याइन्। त्यसलाई प्रधानमन्त्री माधवकुमार नेपालले रोक्न नसक्नु गठबन्धन सरकारको कमजोर चरित्र हो।
सरकारी ढुकुटीबाट विदेशी समकक्षीलाई उपहार दिने मामलामा पनि उनी उत्तिकै राजसी छन्। भारत, इजिप्ट र पोर्चुगल भ्रमणका क्रममा उनले पाँच लाख २६ हजार रुपैयाँ बराबरको चाँदीको प्लेट उपहार दिएकी थिइन्। उपहार प्लेटमा उनले देशको नाम होइन, आफ्नो नाम लेख्ने गरेकी छन्। उनले राजनीतिमा सादगी र स्वाभाविकता होइन, तडकभडक र आडम्बरलाई आफ्नो परिचय बनाउँदै लगेकी छन्।
राज्यको ढुकुटीमा मनपरी गर्ने अधिकार कसैलाई पनि छैन। सुजाता अपवाद हुन सक्दिनन्। सिंगापुर बसाइका क्रममा उनले गरेका खर्च सरकारले बेहोर्न नहुने मन्त्रिपरिषद् सदस्यहरूको तर्क जायज छ। व्यक्तिगत विलासलाई राज्यका पदाधिकारीको आवश्यकता मान्न सकिँदैन। उनले जवाफदेहिता बहन गर्नैपर्छ। सरकारले उनलाई जवाफदेही तुल्याउन सक्नुपर्छ। अन्यथा मन्त्रिपरिषद् एकजना सदस्यको गैरकानुनी र गैर जिम्मेवार व्यवहारको मतियार मानिने छ।
राजनीतिक जीवन सदाचार, सार्वजनिक प्रतिबद्धता र जवाफदेहिताले बाँधिएको हुन्छ। गरिब देशमा लोकतन्त्र कमजोर हुँदा स्वेच्छाचारिता हावी हुन पुग्छ। पिताको प्रभावका बलमा सुजाताले मन्त्रिपरिषद्लाई आर्थिक अनुशासनहीनताको कठपुतली बनाउन खोजेकी छन्। केही लाख वा केही करोड रूपैयाँ राज्यका लागि ठूलो रकम होइन तर एक-एक रूपैयाँको हिसाबकिताब, पारदर्शिता र अनुशासन कायम गर्नु लोकतान्त्रिक सरकारको कर्तव्य हो।
राज्यका पदाधिकारीले गर्ने मनपरी खर्च जथाभावी स्वीकृत गर्ने हो भने आर्थिक अनुशासनहीनतालाई सरकारले प्रोत्साहित गरेको ठहरिनेछ। त्यसले राज्य प्रशासनमा विसंगति ल्याउने र अन्ततः नागरिक जीवनका मूल्य र मान्यतालाई प्रभावित गर्नेछ। सदाचार राजनीतिक जीवनको अनिवार्य सर्तका रुपमा स्थापित हुन नसकिरहेको नेपालमा यसबाट नैतिकताको थप खडेरी पर्नेछ।
संयुक्त गठबन्धन सरकारलाई आर्थिक अनुशासनहीन तुल्याउन उदाहरण बनेको सुजाताको सिंगापुर प्रकरण राष्ट्रिय लज्जासमेत हो। आर्थिक रूपमा उदाउँदो विश्व शक्ति बनेको छिमेकी भारतले समेत हालसालै पनि आर्थिक मितव्ययिताका लागि मन्त्री तथा नेताहरूले स्वतःस्फुर्तरूपमा आफैं विलासी कार्यजीवन त्याग्न थालेको स्मरणीय छ। मन्त्रीहरूले पाँचतारे होटल र जहाजका 'बिजनेस क्लास' टिकट पन्छाउन थालेका छन्। सुजातालाई लोकतान्त्रिक राजनीतिमा पारिवारिक नाताले मात्रै सधैं साथ दिँदैन भन्ने ख्याल हुन जरूरी छ। उनले छिमेकी भारतमात्रै हेरे पुग्छ, राहुल गान्धीले पद र पैसाका लागि मरिमेटेका छैनन्, बरू करोडौं भारतीय युवा पुस्तालाई राजनीतिप्रति आकर्षित गर्न रेलको साधारण डिब्बामा यात्रा गर्न थालेका छन्।

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters