[Show all top banners]

pintu

More by pintu
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

NeptM
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 A man killed his wife to marry his girlfriend
[VIEWED 9929 TIMES]
SAVE! for ease of future access.
Posted on 07-21-10 8:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिहे गरेको महिना नपुग्दै श्रीमतीको हत्या














काठमाडौ, श्रावण ४ -

बिहे गरेको एक महिना नपुग्दै राजधानीका एक युवकले प्रेमिकाको मिलेमतोमा
श्रीमतीको हत्या गरेका छन् । काठमाडौंको काभ्रेस्थलीका सन्तोष फुयालले १८
वषर्ीया श्रीमती अञ्जु खनालको घाँटी थिचेर हत्या गरेका हुन् ।


प्रेमिकालाई पाउन उनैको सल्लाहमा आफूले श्रीमतीको हत्या गरेको फुयालले
बताएका छन् । गत असार १० गते उनले चण्डोलकी खनालसँग मागी विवाह गरेका थिए



बिहेपछि हनिमुन मनाउन भन्दै गत साउन २ गते पोखरामा लगेर फुयालले लेकसाइडको
मदरल्यान्ड होटलमा श्रीमतीको हत्या गरेको बयान प्रहरीलाई दिएको महानगरीय
प्रहरी वृत्त महाराजगन्जमा डीएसपी दीपक थापाले बताए ।  'होटलमा बियर
खुवाएर लठ्ठ बनाएपछि घाँटी थिचेर हत्या गरें, अनि  बाहिरबाट ताल्चा मारेर
भागें,' उनले बयानमा भनेका छन्, 'अर्कै होटलमा बसेर भोलिपल्ट काठमाडौं आएँ
।'


हत्यापछि फुयाल होटलको कोठामा बाहिरबाट ताल्चा मारेर रिसेप्सनमा पान किन्न
जानु छ भन्दै श्रीमतीले लगाएका गहना बोकेर निस्किएका थिए । काठमाडांै
आएपछि घर परिवारले श्रीमतीबारे सोधपुछ गर्दा उनले अपहरणकारीले सुनचाँदी
देखेर अपहरण गरेर लगेको बताउँदै आएका थिए । छोरी बेपत्ता भएपछि अञ्जुका
बुवा नवराजले प्रहरीमा उजुरी दिएका थिए । 'श्रीमानसँग घुम्न गएको भनेपछि
हामीले फुयाललाई पक्राउ गरेर ल्यायौं,' डिएसपी थापाले भने । उनका अनुसार
फुयालले राति १२ बजे मात्र आफूले हत्या गरेको स्वीकारेका


थिए । उनले राखेको श्रीमतीको गहनासमेत प्रहरीले बरामद गरेको


छ । सन्तोषले प्रेमिका गोलढुंगाकी कोपिला फुयालसँग ६ वर्षदेखि प्रेम
सम्बन्ध रहँदै आएको बताएका छन् । तर, परिवारले एउटै थरसँग बिहे गर्न
नमिल्ने भन्दै अस्वीकार गरेपछि उनले खनालसँग बिहे गरेका थिए । खनाल
शिवपुरी उच्चमावि महाराजगन्जमा  ९ कक्षामा पढ्दै थिइन् । उनी तीन
दिदीबहिनीमध्येकी माहिली हुन् ।


प्रेमिकाले आफूले बिहे गरेको खबर थाहा पाएपछि उनलाई फकाउन श्रीमतीको हत्या
गरेको सन्तोषको बयान छ । 'बिहे गरे पनि तिमीलाई नै माया गर्छु भन्दा
कोपिलाले मानिनन्, अनि दुवै जनाको सल्लाहमा खनाललाई मार्ने योजना बनेको
थियो,' फुयालले भने ।


प्रहरीले राति २ बजे गोलढुंगा पुगेर कोपिलालाई पक्राउ गरेर ल्याएको थियो ।
कोपिला मनमोहन मेमोरियल कलेज सोह्रखुट्टेमा १२ कक्षामा पढ्दै छिन् ।
प्रहरी वृत्त आएकी खनालकी आमा शोकविह्वल भएकी थिइन् । बुवा नवराज छोरीको
शव लिन मंगलबार पोखरा गएका छन् । फुयाल र उनकी प्रेमिका कोपिलालाई
महानगरीय प्रहरी वृत्त महाराजगन्जले पक्राउ गरेर मंगलबारै पोखरा पठाएको
वृत्त डिएसपी दीपक थापाले जनाए । 


अभियुक्तलाई हेर्न पाउनुपर्ने भन्दै चण्डोलका स्थानीयवासीले मंगलबार दिनभर
प्रहरी वृत्त घेरिरहे । वृत्तको कम्पाउन्डबाहिर र भित्र स्थानीयको भीड
थियो । डिएसपी थापाले आएका आफन्त र छिमेकीलाई अभियुक्तमाथि कानुन बमोजिम
कारबाही हुने बताएका थिए । साँझसम्म पनि भीड कम नभएपछि प्रहरीले सामान्य
बल प्रयोग गरेर उनीहरूलाई हटाएको थियो ।



http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=221706





 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters