[Show all top banners]

GauleSathi

More by GauleSathi
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 The most positive man and interview, प्रहरी र पत्रकारले मलाई डन बनाए: गणेश लामा
[VIEWED 4917 TIMES]
SAVE! for ease of future access.
Posted on 07-09-12 9:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I have personally met him couple of times in thamel, he is so polite and humble to everyone.Look at his interview skills and positiveness.


प्रहरी र पत्रकारले मलाई डन बनाए: गणेश लामा

अश्विनी कोइराला

 

केही दिनअघि प्रहरीले आपराधिक गतिविधिमा संलग्न भएको आशंकामा काठमाडौंका ६४ जना युवाको घरमा छापा मार्‍यो। यसरी छापा मार्दा  चर्चित डनका रूपमा कहलिएका गणेश लामाको घरमा प्रहरी किन पसेन भन्ने प्रश्न सवर्त्र उठ्यो। यसले प्रहरी प्रसासन मात्र होइन, गृहमन्त्रीमाथि पनि अपराधलाई संरक्षण गर्न खोजेको आरोप लाग्यो। आखिर गणेश लामामा त्यस्तो के छ, जसको घरमा छापा नमारिएको पनि  समाचार बन्छ ? यसपटक साप्ताहिकका अश्विनी कोइरालाले गणेश लामासँग भेटेर काठमाडौंमा उनको डनगिरीका सम्बन्धमा केही खोतल्ने  निर्णय गरे।



केही दिनअघि प्रहरीले आपराधिक गतिविधिमा संलग्न भएको आशंकामा काठमाडौंका ६४ जना युवाको घरमा छापा मार्‍यो। १ हजार ५ सय  प्रहरी परिचालन गरिएको उक्त छापा हात्ती आयो हाती आयो फुस्साजस्तै भयो। ती युवाहरूको घरबाट आपराधिक गतिविधि पुष्टि हुने त्यस्तो  केही भेटिएन। यसरी छापा मार्दा चर्चित डनका रूपमा कहलिएका गणेश लामाको घरमा प्रहरी किन पसेन भन्ने प्रश्न सवर्त्र उठ्यो। यसले  प्रहरी प्रसासन मात्र होइन, गृहमन्त्रीमाथि पनि अपराधलाई संरक्षण गर्न खोजेको आरोप लाग्यो। आखिर गणेश लामामा त्यस्तो के छ, जसको  घरमा छापा नमारिएको पनि समाचार बन्छ ? यसपटक साप्ताहिकले गणेश लामासँग भेटेर काठमाडौंमा उनको डनगिरीका सम्बन्धमा केही  खोतल्ने निर्णय गर्‍यो। आखिर गणेश लामा त्यति सजिलै हात कहाँ पर्थे र ? दरबारमार्ग र ठमेल क्षेत्रमा उनको नाम बढी सुनिने हुनाले पहिले  उनको खोजी त्यतै भयो। स्थानीय चिङफेरा (डनका सहयोगी) हरूबाट कुरा चुहिन्छ कि भन्ने आशाले उनीहरूसँग सम्बन्ध बढाइयो। उनीहरूले  सूचना दिन अस्वीकार गरेपछि प्रहरी प्रसासनको सहयोग लिइयो। साधारण प्रहरीको गणेशसम्म पहुँच हुने कुरै थिएन, केहि विशेष प्रहरीबाट  भने गणेशका दुई-तीनवटा नम्बर प्राप्त भए। त्यसपछि गणेश लामासँग कुरा त भयो, तर उनले पत्रकारले आफूलाई डन बनाएको भन्दै चित्त  दुखाएर भेट्न अस्वीकार गरे। अन्त्यमा उनका एक जना विश्वासपात्र र कुनै बेला डनका रूपमा चर्चित एक सहृदयी व्यक्तिले गणेशसँग भेट्ने  चाँजोपाँचो मिलाइदिए। वाहिर अनेक हल्लाका कारण हाउगुजी भएका गणेशसँग कस्तो कुरा गर्ने भन्ने दोधार पनि उत्तिकै थियो। जब लामासँग  भेट भयो, उनी अन्यन्तै साधारण, मृदुभाषी एवं फरक रूपमा देखिए। उनको कार्यालयमा न त कल्पना गरेजस्ता केटाहरूको झुन्ड थियो, न त  उनी कुनै डनजस्ता देखिन्थे।



म कुनै धार्मिक व्यक्तिसँग कुरा गरिरहेको छैन, त्यसैले म कस्ता प्रश्न गर्छु भन्ने अनुमान त पक्कै लगाउनुभएको होला, होइन ?

हो, मैले अनुमान गरेको छु। अन्तरर्वार्ताको सुरुमा म के प्रस्ट पार्न चाहन्छु भने तपाईं पाँच-सात वर्षअगाडिको गणेश लामा सम्झेर यहाँ  आउनुभएको छ। रत्नाकर डाकु वाल्मीकि भैसकेको कुरा तपाईंलाई थाहा नहुन सक्छ।

ठीक छ, त्यो त कुराकानीकै सन्दर्भमा आउला, मेरो पहिलो प्रश्न छ, के तपाईं साच्चैको डन हो, तपाईं आफूलाई के भन्न रुचाउनुहुन्छ ?

पहिले त डन भनेको के हो भन्ने नै मलाई थाहा छैन। यदि डनको अर्थ असल काम गर्न चाहने व्यक्ति हो भने त्यो म हुँ। किनभने म भित्रैदेखि  असल व्यक्ति बन्न चाहन्छु। मेरा श्रीमती र छोरा-छोरी छन्। यदि राजनीतिमा लागेको मान्छेलाई डन भन्छन् भने ठीकै छ, म फोरम लो कतान्त्रिकको केन्द्रीय सदस्य हुँ। यदि व्यापारीलाई डन भन्छन् पनि ठीकै छ म रियल स्टेट र निर्माण व्यवशायी हुँ। अब तपाईं नै भन्नुहोस् डन  भनेको के हो ?

आम मान्छेले बुझ्ने डन भनेको आपराधिक गतिविधि गर्न सम्पूर्ण संयन्त्र हातमा लिएर बसेको विशेष व्यक्ति हो र तपाईं त्यस्तै खुँखार व्यक्ति  हो भन्ने छाप आम मान्छेमा छ नी?

यो देशमा कानुन छ, प्रहरी छ, न्यायालय छ। म त्यस्तो व्यक्ति भए प्रहरीले मलाई किन पक्रँदैन ? कानुनी कारबाही किन गरिँदैन ? के ने पालको कानुन यति कमजोर छ, जसले गणेश लामा जस्तो साधारण मान्छेलाई कानुनको कठघरामा उभ्याएर उसको कामको पर्दाफास गर्न  सक्दैन ? मलाई गलत प्रमाणित गरेर जेल हाल्न सक्दैन ?

प्रहरी प्रशासनबाट तपाईंका बारेमा के भनिन्छ भने तपाईं अहिले गृहमन्त्री अध्यक्ष रहेको पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ। गृहमन्त्रीको डरले  कसैले पनि तपाईंमाथि हात हाल्न सक्दैनन्?

त्यसो भन्ने प्रहरी नै गलत हो। प्रहरी कानुनको रक्षक हो। यदि म गृहमन्त्री भएँ भने पनि कानुनभन्दा माथि हुन्न। यो देशमा बहालवाला मन्त्री  भष्ट्रचार प्रमाणित भएर जेल गएको मानिसहरूले विर्सिएका छैनन् भने म जाबो को हुँ र ?

भनेपछि तपाईं दुधले नुहाएकै व्यक्ति हो ?

म त्यसो पनि भन्दिनँ। एउटा उमेर हुन्छ, जुन बेला कसैले हेर्‍यो भने यसले मलाई घुरेर हेर्‍यो भन्ने लाग्छ र किन घुरेर हेरिस् भन्न मन लाग्छ।  त्यसले समस्या निम्त्याउँछ। आजभोलि कसैले हेर्‍यो भने मलाई चिनेर हेर्‍यो कि भनेर हाँस्न मन लाग्छ। अब एउटै हेराइमा पहिले दुस्मनी  हुन्थ्यो भने अहिले त्यसले दोस्त बनाउँछ। समयले मान्छेलाई कुन ठिक कुन गलत, के गर्नुहुन्छ, के हुँदैन भन्ने सिकाउँदो रहेछ। कलिलो उमेरमै  कसैलाई डन, अपराधी भन्दै गयो भने पछि गएर ऊ साँच्चैको अपराधी हुन्छ। प्रहरी र पत्रकारले यो कुरा बुझेनन्।

प्रहरी र पत्रकारले के बुझेनन् ?


पहिले काठमाडौंमा डन भनिनेहरू कति जना थिए ? तपाईं एक वा दुईको नाम सुन्नुहुन्थ्यो होला। अहिले प्रहरीले ६४ जनाको घरमा छापा  मार्‍यो। यसले दुईतिर असर गर्‍यो। पहिलो फलानो मान्छेले अपराध गरेर यति धेरै पैसा कमायो भन्ने सुनेपछि को दुःखी, गरिब र पीडित मान्छे  मेहनत गरेर पैसा कमाउँन चाहन्छ ? यसले सामान्य मानिसहरूलाई अपराधतर्फ उक्साउँछ। त्यसलाई राजनीतिले संक्षरण गर्न थाल्छ। उनीहरू  नेताहरूको निहित स्वार्थमा प्रयोग हुन थाल्छन्। अर्कातिर यसरी नाम आएपछि उसले त्यसको दुरुपयोग गर्न चाह्यो भने पनि सजिलै गर्न  सक्छ। यसका लागि म आफ्नै उदाहरण दिन्छु। तपाईंहरूले मलाई यति ठूलो डन बनाइदिनुभयो कि अब मेरो नाम झापामा पनि चिनिन्छ,  दार्चुलामा पनि सुनिन्छ। मलाई नदेखे पनि एक फोनका भरमा म गलत काम गर्न सक्छु। यदि मलाई टोलमै गलत काम गरिरहेको अवस्थामा  ठिक बाटोमा ल्याउने प्रयास गरेको भए म यति माथि आउने थिइनँ। त्यसका लागि उसलाई सुध्रने वातावरण चाहिन्छ। विगत पाँच-सात वर्षदे खि मैले कानुनले निषेध गरेका कुनै पनि काम गरेको छैन, तर पुरानै कुरा जोडेर मलाई गुन्डा, अपराधी वा डन भनिन्छ। अरे बाबा, म त्यो  बाटोमा छैन भन्दा भन्दै मलाई जबरजस्ती किन तँ डन नै होस् भन्न खोजिन्छ ? यसमा कसको स्वार्थ छ ?

तपाईंको नाममा स्थानीय केटाहरूले बजारमा पैसा उठाउँछन्, कतिपय कुरामा यो काम गणेश लामाको हो भनेर डर देखाइन्छ, यो तपाईंमा  मात्र लागू हुँदैन, तमाम डन भनिनेहरूबाट भैरहेको छ, त्यसलाई के भन्ने ?

मैले पनि यस्ता कुरा सुनेको छु। पहिले मेरो नाममा कसैले काम गराइसक्छ, पछि मेरो कानमा पर्छ। प्रहरी प्रशासन र आम जनतालाई म  तपाईंहरूको लोकप्रिय पत्रिकामार्फत के भन्न चाहन्छु भने मेरो नाम मात्र होइन, कुनै अमुक व्यक्तिका नाममा गलत क्रियाकलाप हुन्छ भने  तपाईंहरू बुझ्नुहोस् र कारबाही गर्नुहोस्। त्यो अपराधलाई त्यहिँ निर्मूल गरिदिनुहोस्। कसैको नामबाट किन डराउने ? कि त तपाईंले नै गलत  गरेको हुनुपर्‍यो ?

अहिले तपाई ३६ वर्षको हुनुभयो। प्रहरीले तपाईंसँग झन्डै १ अर्ब रुपैयाँ बराबरको सम्पत्ति हुन सक्ने अनुमान गरेको छ, सीधा व्यवसाय गरेर  यति छोटो समयमा यति धेरै पैसा कमाउन सकिन्छ ?

बुद्धि पुर्‍याएर काम गर्‍यो भने नेपालमा पैसा कमाउन लामो समय कुर्नु पर्दैन। मानौं, २०५९ सालमा तपाईंले काठमाडौंमा २० लाखमा एउटा  टुक्रा जग्गा किन्नुभएको थियो, त्यसलाई तपाईंले ०६४ सालमा बेच्नुभयो। यो पाँच वर्षमा त्यो जग्गाको मूल्य कम्तिमा एक करोड पुग्यो। अब  पाँच वर्षमै त्यो ८० लाख कसरी कमाइस्, तैले के अपराध गरिस् भनेर दुःख दिन मिल्छ ? भाग्यले दियो, बुद्धिले दियो, समयले साथ दियो त  मैले के अपराध गरें ?

तपाईं काभ्रेको समान्य परिवारको सदस्य, एकैपटक यति धेरै सम्पत्ति देख्दा शंका गर्न पाइँदैन ?

बाहिर मेरो वास्तविकताभन्दा हल्ला बढी छ। सबैभन्दा ठूलो कुरा त मलाई कसैले १ अर्ब होइन, ८० करोड नगद लिएर मेरो र मेरो  परिवारको सबै सम्पत्ति लिन राजी छ भने म दिन तयार छु। मेरो बुवाले म सानै छँदा काठमाडौंमा घर बनाउनुभएको थियो। उहाँ पहिलेको  प्रधानपञ्च र पछि जिल्ला सभापति भैसकेको मान्छे। राम्रो जग्गा जमिन भएकाले खान लगाउन कहिलै दुःख भएन। म काठमाडौंमै स्कुल र  कलेज पढेको मान्छे। यसको अर्थ म पहिले नै करोडपति थिएँ भन्दिनँ। जब बिजनेस गर्न थाले एक समयमा राम्रै पैसा कमाएँ।

तपाईंले रक्तचन्दनको काम गरेर करोडौं कमाउनु भयो भन्छन्, हो ?

जतिबेला नेपालमा रक्त चन्दनको ठूलो कारोबार भयो, त्यो बेला मेरो उमेर २५ वर्ष थियो। मैले पहिले नै भने, म खान लगाउन पुग्ने भए पनि  करोडपतिको छोरो होइन। अब २५ वर्षको उमेरमा करोडौं रुपैयाँ कमाउने रक्तचन्दनको विजनेस गर्ने बुद्धि कसलाई आउला ? यो त यसलाई  कसरी फसाउँ भन्ने कुरा हो। यद्यपि सत्य कुरा के भने त्यो बेला रक्तचन्दनको कारोबारमा धेरै प्रहरीका हाकिम, केही सरकारी कर्मचारी अनी  कतिपय राजनीतिक नेताको संलग्नता थियो। ती सबैको सहयोग बिना भारतको आन्द्रप्रदेशको रक्तचन्दन २ हजार किलोमिटर पार गरेर खासा  पुग्दैनथ्यो। यसलाई धेरैले पैसा कमाउने माध्यम बनाए। माओवादीले एक किलो रक्तचन्दन पार गर्दा १० हजार रुपैयाँ लिन्थ्यो भन्ने कुरा सबै लाई थाहा भएकै कुरा हो। यदि ती सबै पार्टी र व्यक्तिहरू आफूले गरेको अपराध कबुल गर्न राजी छन् भने म पनि यो कवुल गर्न राजी छु।

तपाईंले पैसा कमाउने अर्को धन्धा भनेको अरूबाट पैसा असुली हो भनिन्छ, केही भन्नु छ ?

यसमा मेरो ठूलो आपत्ति छ। व्यापार-व्यवसायमा हरेक व्यक्तिको आ-आफ्नै इथिक्स हुन्छ। बिजनेस गर्ने मेरो तीनवटा इथिक्स छ। पहिलो म  कसैको आँसु बगाएर कमाउँदिनँ। दोस्रो म ड्रक्सको व्यापार गर्दिनँ। तेस्रो म मानव बेचविखनसँग सम्बन्धित काम गर्दिनँ। धम्क्याएर पैसा असुली  गर्नु भनेको अर्कालाई रुवाएर लिनु हो। त्यस्तो हरामको कमाइ मलाई चाहिँदैन।

तपाईंले रात्रिकालीन व्यवसाय गरेर पनि राम्रो आम्दानी गर्नुभयो भन्छन् नि ?

हो, मैले सरकारले तोकेको स्थानमा उसलाई कर तिरेर त्यो व्यवसाय गरेको थिएँ। यदि डान्स वार वा त्यस्ता केही मनोरञ्जनात्मक रेटुराँ खो ल्नु अपराध हो भने सरकारले त्यसलाई पहिलै बन्द गर्नुपर्छ। होइन भने यसरी पैसा किन कमाइस् भन्न पाइँदैन। मेरो विचारमा रात्रिकालीन  मानोरञ्जन आधुनिक मानिसको आवश्यकता पनि हो।

रक्तचन्दन र रात्रिकालीन व्यवशाय पुरै छाड्नुको कारण के हो ?

मैले जबदेखि कानुन विपरीतको काम गर्दिन भन्ने निर्णय गरें, त्यही बेलादेखि सबै क्रियाकलाप बन्द गरेको हुँ। पाँच-सात वर्षदेखि मलाई गलत  आक्षेप लाग्ने कुनै काम गर्दिनँ भनेर बाहिरिएको हुँ। मैले जति गल्ती गरें, त्यसको सजाय पाइसकें। म अब शुद्ध व्यक्ति बन्न चाहन्छु। त्यो मैले  भनेर हुँदैन, मेरो व्यवहारले नै देखाउनु पर्छ। त्यसैले गलत आरोप लाग्ने, टीका-टिप्पणी हुने सबै किसिमका व्यवशाय छाडेको हुँ।

पुरानो अपराध उल्टिन्छ भनेर राजनीतिको शरण लिनुभएको हो ?

जब गणेश लामाले सबै गलत काम छाड्यो, बदनाम गर्नेहरूलाई औडाहा भयो, त्यसैले यस्तो आरोप लगाइएको हो। मेरो बुवा आज पनि  राजनीति गर्नुहुन्छ। त्यो संस्कार ममा हुनु स्वाभाविक हो। यो उमेरमा मैले पैसा कमाए, नाम भन्नुहोस् बद्नाम भन्नुहोस्, त्यो पनि कमाएँ। अब  के गर्ने ? त्यसै बस्न मन लागेन। त्यहि भएर राजनीति गर्न थालेको हुँ।

एउटा पहाडको लामाले मधेसको राजनीति गर्दा यो प्रश्न उठ्नु स्वभाविक हो भन्ने लाग्दैन ?

यस्ता आरोप लगाउने व्यक्तिले विजय गच्छेदारको नीति बुझेका छैनन्। विजय गच्छेदार यस्तो नेता हो, जसले मधेसीको पीडा पनि बुझेका  छन् र लामो समय गिरिजाप्रसाद कोइरालाको नजिक बसेर राष्ट्रिय राजनीति पनि बुझेका छन्। मधेस आन्दोलनपछि मधेसी र पहाडीमा जुन  तिक्तता बढ्यो, त्यसले क्षेत्रीय अशान्ति निम्त्याउने सम्भावना थियो। त्यसलाई रोक्न उहाँ कांग्रेस छाडेर मधेसी पार्टीमा आउनुभएको हो। यो  राष्ट्रका लागि ठूलो त्याग हो। उहाँले यसलाई नै राष्ट्रिय पार्टी बनाउने उद्घोष गर्नुभएको छ, त्यो नीतिलाई मैले सघाएको मात्र हुँ। अर्को कुरा  मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) मा म मात्र पहाडे नेता होइन, सिन्धुपाल्चोकका एकजना दलित हस्तबहादुर विक पनि हुहुनुन्छ। नाम  भएकाले मात्र मेरो नाम अघि आएको हो।

अरू दल पनि छान्न सक्नुहुन्थ्यो, होइन र ?

म सानैदेखि कांग्रेस राजनीतिबाट आएको मान्छे। प्रजातान्त्रिक कांग्रेसका लागि कलेज-कलेजमा लडाइँ गरें। मेरो शरीरमा त्यो बेला लागेका  चोट अहिले पनि छन्। म मात्रै होइन, मजस्ता सबै गुन्डा भनिएका युवालाई यसैगरी सबैजसो राजनीतिक दलले संरक्षण दिएका हुन्। हामी  जस्ता व्यक्तिले जव सबै कुरा छाडेर सक्रिय राजनीतिमा लाग्ने कुरा गरिन्छ, उनीहरूको दृष्टिकोण त्यही हुने रहेछ। हामी पार्टीका लागि ज्यान  दिने, नेता चाहिँ अरु नै हुने ? त्यो कसरी हुन्छ ? विजय गच्छेदारले मलाई चिन्नुभयो र भन्नुभयो, मधेसी दललाई मधेसीको मात्र होइन,  राष्ट्रिय दल बनाउने मेरो चाहना छ, के गर्छौ ? मैले सहर्ष स्वीकार गरें।

अब तपाईं डन कि नेता ?

मलाई नेता भन्दा कस्तो-कस्तो लाग्छ। नेता हुनु धेरै ठूलो कुरा हो। बरु समाजसेवी भन्न रुचाउँछु। पहिले मैले काभ्रेका सयौं युवालाई रोजगारी  दिएँ। अहिले सरकारी विद्यालयबाट एसएलसीमा जिल्ला टप गरेका र केहि गरिब जेहेन्दार विद्यार्थीलाई आफ्नै खर्चमा पढाउँदैछु। यदि मलाई  सबैले डन नै भन्न रुचाउँछन् भने म जवरजस्ती त गर्न सक्दिनँ तर यति चाहिँ भन्छु, म सुध्रन चाहन्छु। मलाई जवरजस्ती अपराधी घोषणा  नगरिदिनुहोस्। पाँच-सात वर्षदेखि म जुन बाटोमा हिडिरहेको छु, म त्यसमै हिंड्न चाहन्छु। गणेश लामालाई प्रहरीले पक्राउ गर्‍यो भन्ने  समाचार भन्दा गणेश लामाले गरिव विद्यार्थीलाई छात्रवृत्ति दियो भन्ने समाचार देश र समाजका लागि राम्रो, होइन र ?

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters