[Show all top banners]

notavailable
Replies to this thread:

More by notavailable
What people are reading
Subscribers
:: Subscribe
Back to: Politics Refresh page to view new replies
 बैधानिक dakaiti
[VIEWED 4512 TIMES]
SAVE! for ease of future access.
Posted on 05-09-08 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसरी नेपाली जनताले तिरेको  Tax बाट जनताको प्रतिनिधिहरुले यसरी मन्परी गर्न मिल्छ कि म गलत हो ? euta section officer lai teti paisa kamauna 6 months jati lagchha.yesari nai deshma bhastracharlai encouragement milchha ?yesari matthillo levelma basekale tetro kumlyapacci tallo karmacharile bhastrachar nagarera hunchha ta? hajurko bichar po k hola kunni.

 

सभासद्लाई मासिक पौने तीन करोड


संविधानसभाका ६०१ सदस्यको तलब सुविधामा मात्रै राज्यले मासिक झन्डै तीन करोड खर्च गर्नुपर्ने भएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रत्येक सभासद्ले व्यवस्थापिका संसद्का सदस्यहरूसरह विभिन्न शीर्षकमा मासिक ४५ हजार पाँच सय ९८ रुपैयाँ  पाउने छन् । Oh My God !!
संविधानसभाका अध्यक्ष तथा उपाध्यक्षलाई पनि संसद्को सभामुख तथा उपसभामुखको बराबर तलब सुविधा उपलब्ध गराउने निर्णय आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको छ । सरकारी निर्णयअनुसार संविधानसभाका अध्यक्षले आवासका लागि मात्रै मासिक २९ हजार पाउने छन् । उनको मासिक पारिश्रमिक २८ हजार आठ सय हुनेछ भने मसलन्दबापत मासिक दुई हजार पाँच सय, पत्रपत्रिकाका लागि मासिक तीन सय, पेट्रोल मासिक दुई सय ५० लिटर र मोबिल त्रैमासिक रूपमा १० लिटर पाउने छन् ।

संविधानसभाका उपाध्यक्षका लागि मासिक पारिश्रमिक २४ हजार तीन सय रुपैयाँ निर्धारण गरिएको छ । यस्तै, धारा र बिजुलीका लागि मासिक ६ हजार सात सय, आवासका लागि मासिक १० हजार, मसलन्दका लागि मासिक एक हजार सात सय, पत्रपत्रिकाका लागि मासिक तीन सय, पेट्रोल मासिक दुई सय लिटर र मोबिल त्रैमासिक रूपमा पाँच लिटर उपलब्ध गराइने भएको छ । धारा, बिजुली र टेलिफोन शुल्क सरकारले बिलअनुसार नै भुक्तानी गर्ने भएको छ ।

संविधानसभा सदस्यहरूले मासिक पारिश्रमिक २३ हजार एक सय, धारा र बिजुली महसुलबापत मासिक एक हजार दुई सय ४८, टेलिफोनबापत मासिक दुई हजार, आवासबापत मासिक ६ हजार पाँच सय, मसलन्दबापत मासिक एक हजार तथा पत्रपत्रिकाका लागि मासिक तीन सय रुपैयाँ पाउने छन् ।
संविधानसभाका अध्यक्षले हाल सभामुखले पाएजस्तै उपसचिवसहित ६ जना कर्मचारी पाउने छन् । निजी सचिवालयअन्तर्गत रहेका कर्मचारीका लागि सरकारले मासिक ५३ हजार आठ सय ८० रुपैयाँ उपलब्ध गराउँदै आएको छ । हाल सभामुखले बालुवाटार तथा उपसभामुखले पुल्चोकस्थित सरकारी निवासको प्रयोग गर्दै आएका छन् भने सोही निवास संविधानसभाका अध्यक्ष तथा उपाध्यक्षले प्रयोग गर्नेछन् । उपाध्यक्षको निजी सचिवालयका लागि उपसचिवसहित पाँच कर्मचारी उपलब्ध गराइनेछ भने कर्मचारीहरूका लागि मासिक ३७ हजार आठ सय ३० रुपैयाँ उपलब्ध गराइने निर्णय भएको छ ।
विभिन्न ४७ वटा प्रस्ताव पारित गरेको आइतबारको मन्त्रिपरिषद् बैठकले सूचना आयोग गठन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । संविधानसभा चुनावका क्रममा हत्या भएका तीनजना उम्मेदवारका परिवारलाई १५ लाखका दरले क्षतिपूर्ति दिइने भएको छ ।यस्तै, चुनावका क्रममा हत्या भएका राजनीतिक दलका कार्यकर्ता तथा सर्वसाधारणको परिवारका लागि १० लाखका दरले क्षतिपूर्ति दिने निर्णय भएको स्वास्थ्य तथा जनसंख्यामन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए ।

संविधासभा सदस्यको सपथ सात दलको सहमतिका आधारमा तय गरिने र अध्यादेश जारी गर्ने निर्णयसमेत भएको छ । संविधानसभा चुनावका क्रममा दाङ, महोत्तरीलगायतका जिल्लामा भएका हिंसात्मक घटनाको छानबिन गर्नर् आयोग गठन गरिने भएको छ ।सरकारले मुलुकभरका २५ वटा उपस्वास्थ्य चौकीलाई स्वास्थ्य चौकीमा स्तरोन्नति गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै मकवानपुर, अछाम, नवलपरासी, ललितपुर, जुम्ला, रूपन्देही, महोत्तरीलगायतका स्थानमा रहेका उपस्वास्थ्य चौकीहरूको स्तरोन्नति हुनेछ । यसैगरी नवलपरासीको सुस्ता र जुम्लाको मालिकाठाँटामा उपस्वास्थ्य चौकी स्थापना गर्ने निर्णय भएको स्वास्थ्यमन्त्री पोखरेलले जानकारी दिए ।
वामपन्थी आन्दोलनका सहिद सूर्यनाथराम यादवको नाममा धनुषाको डुमरियामा १५ शय्याको अस्पताल स्थापना गर्ने, ललितपुरको मानिखेलमा १५ शय्याको अस्पताल स्थापना गर्ने, मकवानपुरको हात्तीसुँडेमा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गर्नेसमेत सरकारले निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले संविधानसभा चुनाव सफल बनाउन योगदान दिएकोमा निर्वाचन आयोग, राजनीतिक दल, अन्तर्राष्ट्रिय समुदाय, नागरिक समाज, सुरक्षाकर्मीलगायत सबैलाई धन्यवाद दिएको छ ।
श्रममन्त्री रमेश लेखकका अनुसार बैठकले संविधानसभा चुनाव सञ्चालनका लागि कुशल नेतृत्व प्रदान गरेकोमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई पनि धन्यवाद दिएको छ । कोइरालाले बैठकमा ‘धन्यवादको पात्र आफूमात्रै नभएर सबैजना भएको’ बताएका थिए ।

नेपाल BC डट कम ( k garne yeso nagari post garnai diyena, promotion hunchha vanera, aafulai source quote nagare feri plagiarismko case lagla vanera kasto daar, mind nagarnu hola)


 
Posted on 05-09-08 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Its not bad.'

Rs 50,000 for a month is considered as Middle class in Nepal, But the facility are really good....if they will not be given these enemities then they will get it by aby ways.

 

Nepali


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
A legit Non-Profit organization "United For TPS Nepal "
Business Ideas in Nepal?
2020 : Why No Trump !
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters