[Show all top banners]

lamjung
Replies to this thread:

More by lamjung
What people are reading
Subscribers
:: Subscribe
Back to: Politics Refresh page to view new replies
 राकेश सुदलाई जुत्ता प्रहार
[VIEWED 6155 TIMES]
SAVE! for ease of future access.
Posted on 10-07-10 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ पत्रिका


सोलुखुम्बु, २० असोज


फाप्लु
विमानस्थलमा उत्रनासाथ खादा ओढाएर सम्मान गरिएका भारतीय राजदूत राकेश
सुदमाथि विमानस्थलबाट बाहिरिन नपाउँदै जुत्ता प्रहार भएको छ । सार्वजनिक ओहोदाको कुनै पनि व्यक्तिलाई जुत्ता हानिएको नेपालमा यो पहिलो घटना हो 


नेपाल-भारत विकास मैत्री संघको सोलु शाखा उद्घाटन गर्न बुधबार बिहान ८:३० मा सुद फाप्लु विमानस्थलमा ओर्लिएका थिए । नेपाल एअरलाइन्सको विमानबाट झर्नासाथ आयोजकले उनलाई बाजागाजासहित खादा ओढाएर स्वागत गरेका थिए । तर, भित्र बाजागाजा भए पनि विमानस्थलबाहिर माओवादी कार्यकर्ताले भारतीय विस्तारवाद मुर्दावाद भन्दै नाराबाजी गरिरहेका थिए 


सुद विमानस्थलबाट बाहिर आएर गाडी चढ्न खोज्दा उनीमाथि माओवादी कार्यकर्ताले जुत्ता प्रहार गरेका थिए । केही सेकेन्डमै उनीमाथि आठ जोर जुत्ता प्रहार भएका थिए । प्रदर्शनकारीले जुत्ता मात्र होइन, ढुंगा पनि प्रहार गरेका थिए । तर, सुदलाई कुनै चोटपटक भने लागेको छैन 


हिमाली
क्षेत्रमा समेत पुगेर चीनविरोधी गतिविधि गर्न सोलुखुम्बु आएको आरोपमा
माओवादीका स्थानीय कार्यकर्ताले सुदलाई कालो झन्डा देखाउने कार्यक्रम तय
भएको थियो । माओवादी पोलिटब्युरो सदस्य तथा सभासद् गोपाल किराती र अर्का सभासद् आङदावा शेर्पाले विरोध कार्यक्रमको नेतृत्व गरेका थिए 


बिबिसीकी
स्थानीय संवाददाता सुजाता तामाङका अनुसार भारतीय राजदूत सुद सोलु आउने
थाहा पाएपछि माओवादीले विरोधका लागि अघिल्लो दिन नै तयारी गरेका थिए । 'सुरुमा माओवादी कार्यकर्ताले ढुंगा मात्रै गाडीमा प्रहार गरे, तर केहीबेरपछि जुत्ता पनि प्रहार गरे,' तामाङले जानकारी दिइन् । उनीहरूले विमानस्थलदेखि कार्यक्रम हुने स्थानसम्म ठाउँ/ठाउँमा ढुंगा राखेका थिए । सुदकै सुरक्षाका लागि भन्दै सोलुका अन्य इलाकामा रहेका प्रहरी पोस्टबाट समेत ठूलो मात्रामा प्रहरी झिकाइएको थियो । तर पनि माओवादी कार्यकर्तालाई नियन्त्रणमा राख्न प्रहरीको प्रयास असफल भएको थियो 


सुदको
सोलुखुम्बु भ्रमणको विरोध कार्यक्रमको नेतृत्व गरेका माओवादी नेता किरातीले
चीनविरोधी गतिविधि अघि बढाउन सुद सोलु पुगेको दाबी गरे । 'चीनविरुद्ध अर्को खम्पा विद्रोह मच्याउने योजनाअनुसार सुद सोलु आएका हुन् । हामी त्यसो गर्न दिँदैनौँ,' किरातीले भने 


माओवादीका स्थानीय नेताका अनुसार खानेपानी र शिक्षाको 'कभर' मा भारतीय दूतावासले सोलुका गुम्बाहरूमा पनि लगानी गरेको छ 
माओवादी जिल्ला सहइन्चार्ज हिमाल गिरीले भने, 'हामीलाई जानकारी भएसम्म
सुदले च्याल्सा, टाक्सिन्दु र जिल्लाका अन्य गुम्बा भ्रमण गरी आर्थिक सहयोग
गर्ने कार्यक्रम छ ।' विरोध गर्ने तयारी भए पनि जुत्ता हान्ने योजना नभएको किरातीले बताए । 'विरोध कार्यक्रम आयोजना गरिए पनि सुदलाई जुत्ता हान्ने आदेश थिएन,' किरातीले भने, 'भीडबाट कसले जुत्ता हान्यो थाहा भएन ।' 
अवरोधबीच
जिल्ला विकास समितिको समीक्षाहलमा आयोजित साक्षात्कार कार्यक्रमलाई
सम्बोधन गर्दै सुदले माओवादीप्रति आक्रोश व्यक्त गरेका थिए 
भारतले सधैं नेपालको प्रगति चाहेको भन्दै सुदले भने, 'नेपाली जनतालाई
खानेपानी र नुन सहयोग गर्दा भारतको हस्तक्षेप बढ्यो भन्नु साँघुरो सोचाइ हो ।'
भारतले अहिलेसम्म नेपालमा सडक, स्वास्थ्य, खानेपानी र विद्यालय निर्माणमा
५७ अर्ब लगानी गरिसकेको दाबी गर्दै तीन सय ९० भारतीय परियोजना सञ्चालनमा
रहेको पनि बताए 




स्रोतका
अनुसार चीनले नेपालका हिमाली जिल्लामा निःशुल्क खाद्यान्न वितरण गर्दै
आएकाले भारतले पनि हिमाली जिल्लामा प्रभाव बढाउने अभियान सुरु गरेको हो । हाल चिनियाँ राजदूत छिउ गुहोङ माथिल्लो मुस्ताङमा छन् । चीनले तिब्बतसँग सीमा जोडिएका नेपालका विभिन्न २० गाविसलाई सहयोग गर्ने औपचारिक घोषणा गत वर्ष नै गरिसकेको छ 


सल्लेरीमा दुई घन्टा बसेपछि सुद बुधबार नै खुम्जुङतर्फ लागेका छन् । उनले लुक्ला, नाम्चे र चौंरीखर्कमा खानेपानी आयोजना उद्घाटन गर्ने कार्यक्रम छ । सोलुका प्रहरी नायव उपरीक्षक सुदमकुमार सिजापतिले कडा सुरक्षाबीच सुदलाई माथिल्लो क्षेत्रमा लगिएको जानकारी दिए 




 
Posted on 10-07-10 2:03 PM     [Snapshot: 37]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hey Dont forget to add this news too


सुदले भारतमा रहेका पचास लाख नेपाली फिर्ता गर्छु भने : माओवादी नेता

भानुभक्त निरौला, सल्लेरी, असोज २१ - माओवादीका पोलिटब्युरो सदस्य तथा सभासद गोपाल किराँतीले आफूलाई भारतीय राजदूतले भारतमा रहेका ५० लाख नेपालीलाई फिर्ता गर्ने धम्की दिएको दाबी गरेका छन्। जुत्ता प्रहारपछि किराँती र राजदूत राकेश सुदबीच भएको गोप्य कुराकानीमा यस्तो धम्की दिएको उनले बताए। हिजो माओवादी कार्यकर्ताले सदरमुकाममा राजदूत सुदलाई जुत्ता प्रहार गरेको विषयलाई लिएर आज रिपोर्टर्स क्लब सोलुखुम्बुले गरेको साक्षात्कारमा पूर्व मन्त्री किराँतीले यस्तो रहस्य खुलाएका हुन्। उनले भने- 'सुदलाई मैले भारतसँग भएको पुराना सन्धि सम्झौता खारेज गर्नुपर्ने र नयाँ आधारमा गणतान्त्रिक सम्झौता गर्नुपर्छ भनेपछि उनले मलाई भारतमा रहेका ५० लाख नेपाली फिर्ता गर्ने धम्की दिए, यसमा म खेद प्रकट गर्दछु।'

हिजो माओवादी कार्यकर्ताले सुद चढेको गाडीमा जुत्ता प्रहार गरेकोमा आफूलाई 'गर्व लागेको' बताउँदै आएका सभासद किराँतीले सुदसँगको वार्ता पार्टी अध्यक्ष पुष्पकमल दाहालकै निर्देशनमा भएको र वार्ताका क्रममा दुई प्रश्‍न र तीन अनुरोध गर्ने सल्लाह भएको जानकारीसमेत गराए। सोहीबमोजिम शेर्पा गणराज्य नेपालका संयोजक गोम्बु शेर्पा (कर्ज्याङ) ले राखेका दुईवटा प्रश्‍न र आफूले राखेका तीन वटा अनुरोधमा एउटा अनुरोधको मात्र सकारात्मक जवाफ पाएको उनको प्रतिक्रिया थियो। नेपालमा राजनीतिक स्थायित्व कायम होस् भन्ने अभिप्रायले मैले चीनका विदेश मन्त्री र राजदूतका साथीहरुसँग छलफल चलाइरहेको छु, सुदको भनाई उदृत गर्दै किराँतीले भने- 'यो मात्र मलाई चित्त बुझ्दो जवाफ लाग्यो, अन्य सबै भारतीय हेपाहा प्रवृत्ति नै थियो'। १५ मिनट लामो वार्तामा सुदसमक्ष उनले हालसम्मका सन्धि सम्झौता खारेज गरी नयाँ सन्धि सम्झौता गर्न, अन्तर्रार्ष्ट्रिय कानुनबमोजिम नेपालले पारवहन सुविधा पाउनुपर्ने र नेपालको राजनीतिक स्थायित्वका लागि छिमेकी मुलुक चीन, भारत र नेपाल बीच उच्चस्तरीय रणनीतिक योजना बनाएर अघि बढ्न अनुरोध गरेको बताए।

वार्ताका क्रममा शेर्पा गणराज्य नेपालका संयोजक कर्ज्याङले सोलुखुम्बुको थामे किन जाने र नेपालको शान्ति प्रक्रिया, संविधान निर्माण र सरकार गठनमा भारतीय हस्तक्षेप किन? भनेर प्रश्न सोधेको र जवाफमा यी सबै गलत हुन् भन्ने जवाफ पाएको सभासद किराँतीले पत्रकारहरुलाई जानकारी गराए। प्रति उत्तरमा संयोजक कर्ज्याङले यी सबै गलत नै सावित होस् भन्ने शुभकामना समेत दिएको उनले बताए।

राजदूत सुदसँगको बार्ता पश्चात आफूमा भारतीय कम्युनिष्ट पार्टी माओबादीमा सामेल भई भारतीय गृहयुद्धमा सामेल हुने इच्छा जागेको समेत बताए। उनले भने, 'मलाई पार्टीले अनुमति दिन्छ भने म भारतीय विस्तारबादको विरुद्धमा भारतमै गएर लड्छु।' पूर्व निर्धारित कार्यक्रम बमोजिम हिजो राजदुत सुद बिहान साँढे सात बजे नेपाल एयरलाईन्सको ट्वीन अटर विमान मार्फत सोलुखुम्बु आएका थिए। अघिल्ला दिनदेखि नै विरोधको तयारी गरिरहेका एकीकृत माओबादीले सुद फाप्लुबाट सदरमुकाम सल्लेरी आउने क्रममा सुद चढेको गाडीमाथि तीन पटक जुत्ताले हानेका थिए।

 
Posted on 10-07-10 2:09 PM     [Snapshot: 65]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks khoikkhoik

 
Posted on 10-07-10 3:18 PM     [Snapshot: 151]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Great................
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ए १ पनि पुगेनछ ?
maga got what they voted for
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
Funny when Nepalis talk about Epstein and injustice
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
where are Hunter Biden and Biden got 40k maga hounds?
Why Oli must go for the UML to survive?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters